बौद्ध धर्मको उत्थान र पतनभित्रको कथा
भारतीय हिन्दू पण्डित शंकराजचार्यले (हिन्दूहरू भगवान शंकराचार्य भनेर पूजा अर्चना गर्दछन्) भारतका बौद्धिष्टहरूलार्इ सखाप पार्दै नेपालतिर भगाए । उनी नेपाल आएर नेपालका बौद्धिष्ट लखेटेर भगाउदै तिब्बती डाँडो कटाए । ८४ हजार बौद्ध ग्रन्थहरू आगोमा जलाएर ध्वस्त पारे । भिक्षुणीहरूलार्इ अनैतिक रूपले बलात्कार गरियो, बिबाह गर्न बाध्य पारियो । नेपालबाट बौद्ध धर्म सखाप पार्ने काम शंकराभार्यले गरे । आखिर बौद्ध मूल लामाले आफनो तन्त्र मन्त्र ज्ञान विद्याले शंकराभार्यलार्इ मारेको किम्बदन्ती र्इतिहासमा पार्इन्छ ।
राजा राम शाहको हिन्दू कानुन आदिवासीहरूलाइ हिन्दूकरण गर्ने प्रयास थियो । राजा जयस्थिति मल्लले हिन्दू बाहेककालाइ देश निकाला गर्नु जघन्य अपराध थियो । राजा पृथ्बि नारायण शाहले " गोरक्षस्थल नेपाल असली हिन्दूस्थाना " घोषणा गरेर हिन्दूकरण गरे । बि. सं. १९१० को मुलुकी एनमा प्रधानमन्त्री जंग बहादुर राणाले " बौद्ध मत नास्तिक मत अन्यत्रको मत लिनु हुदैन" भनेर बौद्ध धर्म प्रति अछुत नराम्रो ब्यबहार गर्दै यसलाइ प्रतिबन्ध लगाउने प्रयास गरे । राणा शासन कालमा जव आदिकबि भानु भक्त आचार्यले संस्कृत रामायणलाइ नेपाली भाषामा उल्था गरे, गाउका घरघरमा रामकथा बाचन गर्न रामायणलाइ घोकाउन थालियो । राज्य द्वारा लाखैा प्रति रामायण छापेर पुजा पाठ बाचन गर्दै संगै सिरानी मुनी राखेर भगवानको भक्तिभाव गर्न लगाइयो । गाउघररमा स्वस्थानी ब्रत कथा रामायणको कथा मजान्ने मानिसनै हुदैनथे । यो लेखक १०,१२ बर्ष उमेर छदा स्वस्थानी ब्रतकथा र रामायणको कथा कण्ठस्थ थियो ।
बौद्ध ग्रन्थ र भजनका पुस्तकहरूलाइ जहाँ कहि भेटे पनि च्यात्ने र आगोमा पोल्ने ब्यापक नष्ट गर्ने अमानवीय घृणित कार्य भयो । गाउघरका अशिक्षित आदिवासी समाजमा बुद्ध भन्दा भगवान राम ठूला सर्वश्रेष्ठ देवता हुन भन्ने शिक्षा दिक्षा दिदै राम भजन गाउन थालियो । आज गाउँघरमा गाइने भजनमा रामायण र कृष्णलिलासंग सम्बन्धित भजन हुन्छन । हिन्दू धर्मशास्त्रका महाणन दुइ ग्रन्थहरू रामायण र महाभारत नेपालका आदिवासी समाजलाइ ध्वस्त पार्न खसालिएका ठूला धार्मिक ध्वंसात्मक बमहरूका रूपमा प्रयोगमा ल्याइयो भने स्वस्थानी ब्रतकथा अर्को बम थियो । बौद्ध धर्म नष्ट गर्न बौद्ध ग्रन्थका पुस्तकहरूलाइ समेत काठमाण्डैाका एर राख्न सडकहरूमा यत्रतत्र फालियो । आफु काठमाण्डुको सडक गल्लीमा हिडिरहेका बखत छरपष्ट फालिएको पुस्तक देखेर बिदेशी लेखक डा. राइटसको मन दुख्यो । यस्ता फालिएका एतिहासिक बौद्ध ग्रन्थका पुस्तकहरूलाइ बचाएर सुरक्षित राख्न पर्दछ
क्रमशः
नेपाल मगर बौद्ध सेवा समाज के.स. द्धारा प्रकासित लेखक टी.बी. पुन मगरको किताब बाट उद्धृत (निकालिएको ) गरिएको हो ।
No comments:
Post a Comment