परशुराम तामाङ
नेपाल खाल्डोको उत्पत्तिका विषयमा बौद्ध परम्परा तथा हिन्दु परम्पराअनुसारका आख्यानहरु पाईन्छन् । बौद्ध परम्परामा स्वयम्भू पुराण र ड्यानियल राईटको वंशावली छन् भने हिन्दु परम्परामा हिमवत्खण्ड, नेपाल माहात्म्य प्रमुख छन् । यो दुबै मतअनुसार उहिले नेपाल खाल्डो जलमग्न थियो । बौद्ध मतमा नेपाल खाल्डो दुई पटक जलमग्न थियो भन्ने कथा वणिर्त छ । पहिलो चोटि महामञ्जुश्रीले नागवास नामक तालको पानीको निकास खोली मानव निवासयोग्य बनाएको र दोस्रो पल्ट यसलाई दानासुरले तालको रुपमा परिणत गरेको थियो र यसलाई श्री कृष्ण वा विष्णुले वध गरे भनिएको छ -पाण्डे र रेग्मी २०५४) । स्वयम्भू पुराणमा महामञ्जुश्री महाचीनबाट आएका थिए र पानी बाहिर पठाएपछि आप्fmसाग आएका शिष्यहरुलाई आवाद गरी तथा धर्माकरलाई राजा थापी उनी स्वदेश प्fmर्किए भनिएको छ । त्यसलाई मञ्जुपतन भनिन्थ्यो । नागलाई तामाङ्ग भाषामा ङ्याङवु भनिन्छ र तामाङ्गहरु काठमाण्डौलाई याम्वु भन्दछन् । यहि "ङ्याङवु" अपभ्रंशमै "याम्वु" बनेको हो र आज नेवारले काठमाडौंलाई भन्ने "येा" चााही "याम्वु"को संक्षिप्त रुप हो भन्ने अनुमान हुन्छ । काठमाण्डौ उपत्यका पहिले ताल थियो भन्ने कुरा भूगर्भशास्त्र अनुसार पनि पुष्टी हुन्छ । पाण्डे र रेग्मीले टोनी हेगन र तजा अगस्टो ग्यानसागरलाई उदृत गरे अनुसार २८ करोड वर्षदेखि १३ करोड ५० लाख वर्षपूर्वसम्म वर्तमान हिमालयको स्थानमा विशाल समुन्द्र थियो । त्यतिखेर वर्तमान भारतीय उपमहाद्धीप अष्ट्रेलिया, दक्षिण अप्ािm्रका र दक्षिण अमेरिकाको भूभाग एकै ठाउामा थियो । अन्दाजी ७ करोडवर्ष पहिले अनेकौ पटक गरी दुई महादेशीय भाग निचोरीन जाादा पूर्व पश्चिम प्fmैलिएको हिमालय पर्वतमाला र उप हिमालय पर्वतमालाको उत्पत्ति हुन गयो । यसरी हिमालयको उत्पत्तिको सिलसिलामा दक्षिणतिर वग्ने नदीहरुको वहावलाई तल्लो हिमालय पर्वतमालाले रोकी दिदाा काठमाण्डौ र पोखराजस्ता तालहरुको उत्पत्ति हुन गयो । टोनी हेगनकाअनुसार यो उपत्यका तलाउ सुकेपछि कमसे कम २०० मिटर उठेको छ -२०५४, पृ.७६ ) ।
तामाङ समाजको विकासधरै विद्वान्हरूले काठमाडौ उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछि प्रवेश गरेका समुदायहरूसाग पराजित भएपश्चात् तामाङहरूले काठमाडौ उपत्यकाको काठ र वरिपरीको पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् -वंसिटार्ट, १९०९ः १४१, करण, १९६० ः ६६) । काठमाडौं उपत्यकाको बुढानीलकण्ठको दक्षिण-पूर्वतिर बानियापाखा र पण्डितगाउाको बीचमा रहेको धोबिखोलामा लेलीनग्राद विश्वविद्यालय पुरातत्व विभागका प्रागैतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लेभ शेटेन्कोबाट भएको उत्खनन्ले मंगोलियाका गोवी नमूनाका ढुंगेउपकरण काठमाडौामा फेला परेबाट पाषणयुगीय मंगोलियनहरू तिब्बत र हिमालयपार गरी नेपाल आइपुगेको र ईसापूर्व ३०,००० वर्षभन्दा पहिलेदेखि नै मंगोलहरू काठमाडौं उपत्यकामा आवाद भएको अनुमान गरिएको छ । यसबाट काठमाडौामा सबैभन्दा पहिले मंगोलमूलका मानिसहरूले बसोबास गरेका थिए र ती मानिसहरू तामाङ नै थिए भन्ने बलियो प्रमाण दिन्छ -शर्मा, सं. २०३९ ः ३५९-४६४) । यो उत्खनन्को परिणाम र चीनबाट आएका महामञ्जुश्रीले चोभार गल्छीमा ७००० हजारवर्षअघि डाँडा काटी नेपाल खाल्डोको पानी बाहिर पठाएको र त्यस ठाउामा आप\mना शिष्य धर्माकरलाई राजा बनाई आफूसंग आएका शिष्यहरुलाई बस्ती बसाएको वंशावलीको कथनका बीचमा निकै तादम्यता देखिन्छ ।
नेपालका आदिवासी शंकारहित रूपमा मंगोलहरू थिए -वंसिटार्ट, १९९१) । अहिले पनि काठमाडौा उपत्यकाको तीन शहर र तिनको उपशहरहरूको चारढोकादेखि बाहिर चारैतिर तामाङ जातिको घनावस्ती सुरूहुन्छ । सन् १८४७ मा हडसनले उपत्यकाको र त्यसको वरिपरी नेवार र मुर्मी -तामाङ) बसोबास गर्दछन् भनेका छन् -१९७२ः ३०) । डा. ओल्डफिल्डले पृथ्वीनारायण शाहले जित्नुभन्दा पहिले दूधकोशीदेखि अरूणसम्म किरात देश थियोे भनी सन् १८५८ मा लेखेका छन् -मो.१,ह.५३-५४)। सन् १८८० - १८९५ तिर वंसिटार्ट लेख्दछन्, "नेपाल उपत्यकामा घना आवादि छ र त्यहाा करिव ३००,००० मानिसहरू होलान्" भन्ने अनुमान गर्न सकिन्छ र तिनीहरूमध्ये अधिकांश नेवार र तामाङ छन् -१९९१ ः ६) । कर्कपैटि्रकले "नेपालमा नेवार जातिले राज्य गर्नुभन्दा पहिले भोटे जातिले राज्य गरेका थिए । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आजसम्म संरक्षित छन् र हाल कच्छाडको पहाड तर मुख्यरूपमा कुतिपट्टीको पर्वतीय भू-भागमा आवाद छन्" भनेका छन् -१८११ ः १४८) ।
हृयामिल्टनले हिन्दुकृत मूर्मि -तामाङ) नै काठ भोटिया हुन् र त्यो समुदाय नेवारभित्र समाहित छ भनेका छन् -१९९०ः५९) । लिच्छवीकालको अभिलेखमा चावहिल उत्तर-पूर्वको भू-भागलाई भोटबिस्टी भनिन्थ्यो । यसै क्षेत्रमा मानदेवको पालामा बौद्धनाथ स्तुपा बनेको भनिन्छ र त्यो तामाङ वंशावलीअनुसार योञ्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ पूर्खाहरूले निर्माण गरेका थिए -तामाङ सं. २०५१ः४२) । काठमाडौाका नेवारहरू अझै पनि बनेपालाई भोट भन्दछन् । यो तामाङ भाषाको वोद अपभ्रंश भै वोंदी, बनेपा र भोट बनेको हो । म्याकडोनाल्डले "तामाङहरू मुख्यरूपमा पूर्वमा दूधकोशी र पश्चिममा बढीगण्डकीबीचको माथिल्लो आधाभाग २०० मिटरदेखि २७०० मिटरको उचाइमा बसोबास गर्दछन्" भनेका छन् -१९८३ ः १२९) । यस क्षेत्रमा तामाङहरूको सैयौाको संख्यामा किपट -सामूहिक भूमि) पाइएको छ -हेर्नुहोस्-लामा -१९५९), वंसिटार्ट -१९०६), मोरिस -१९३३), लामा -२०४०), फुरर हेमेन्डोर्फ -१९५६) र रेग्मी -१९७८) ।
मूलतः यसै क्षेत्रलाई तामाङहरूले तामाङ स्वायत्त प्रदेश हुनुपर्दछ भन्ने माग गरेका छन् । यस क्षेत्रमा गोर्खा साम्राज्यको स्थापना नहुन्जेलसम्म पनि कुनै न कुनै रूपमा तामाङहरूको स्वशासित राज्य -मुख्खेली)हरू थिए । गोर्खाको पूर्वपट्ट िगण्डी -बुढीगण्डकी) को पूर्व किनार धादिङको सेमजोङको डाप्साङमा वाईबा थरका तामाङ जातिको राज्य थियो, जसलाई सम्भवतया गोर्खाका राजा राम शाहले पूर्वतर्फ बढ्ने क्रममा हराएका थिए । रसुवाको गोल्जुङमा राजा नरभुपाल शाहको पालासम्म घले तामाङराज्य थियो । पृथ्वीनारायण शाहले जितेपछि आन्तरिक नेतृत्व त्यहीको ज्योमोलाई दिई बाहिरी नेतृत्व गोर्खाले लिएको थियो -तामाङ, सन् २००५) ।
नुवाकोटको ककनीमा तामाङको रूम्बा थरको राज्य थियो । त्यसको अन्त्य कहिले भयो अज्ञात रहेको छ । मल्लहरुले नै ककनीराज्यलाई उखेलेका थिए । रामेछापको दोरम्बा, ताल्जुमा घिसिङ थरका तामाङ राजाको राज्य थियो । यसलाई गोर्खाली सैनिकले अन्तिम पटक सन् १७६२ भदौमा कब्जा गरेका थिए -थापा, २०३९ः७०-७१) । काभ्रेको तिमालमा बल तामाङको स्वायत्त राज्य थियो । पछि यो मकवानपुरको अधिनमा गएको थियो भन्ने देखिन्छ । यसलाई पृथ्वीनारायण शाहका भाइ दलजीत शाहको नेतृत्वमा आएको गोर्खाली फौजले वि.सं. १८१९ असोज २ गते कब्जा गरेको थियो -आचार्य, सं. २०६१ः२०४) । सो आक्रमणमा रेन्जेन दोर्जे राजासहित ३०० युवायुवतीहरुको हत्या भएको थियो । त्यो वेला यो राज्य मकवानपुरका सेनराज्यअन्तर्गत सामन्त राज्य रहेको बुझिन्छ । यो नै तामाङको अन्तिम सत्ता थियो । यस्ता सत्ताहरू थर -अबिल) र किपट -अommगलष्तथ बिलम) माथि आधारित थिए ।
नेवार समाजको विकासयता काठमाडौ उपत्यकामा विभिन्न समयमा दक्षिणबाट आएकाहरूको ज्यापूसंस्कृतिमा घुलमिल भई एउटा नयाा समुदायको विकास भयो, जुन आज नेवार समुदायको नामले प्रसिद्ध छ । त्यसैले नेवार समाज नश्लको आधारमा नभई भाषाको आधारमा विकसित एक भाषा समुदाय हो । यो खस, तामाङ, गुरुङ, मगर जस्तो जाति बाचक शब्द होइन । चित्तरञ्जन नेपालीका अनुसार यस समाजमा विशुद्ध आर्य जातिका सन्तती ठकुरी, मल्ल, कान्यकुब्जी ब्राम्हण राजोपाध्याय, मैथिली ब्राम्हणको एक समूह, शाक्य, विभिन्न जातिका व्यक्तिहरुको सम्मिलन हुन आएको छ । राइटस्का अनुसार वंशावलीको भनाई अनुसार नेवा-र) हरुको प्रवेश मिथिलाका राजा नान्यदेव र हरसिंहदेवसित भएका हुन् । स्मीथ आदि विद्धान्हरुले नान्यदेव दक्षिणी कणर्ाटवंशी भएको र उनीसंग आएका "नाएर" वा "नैयार" हरु नै कालान्तरमा अपभ्रंश भै नेवा -र) हुन गएको हो । यसलाई खण्डन गर्दै वावुराम आचार्यका अनुसार यस देशका आदिजाति किरातहरुको एक शाखा "नेपार" वाट नेवार र नेपाल देश हुन गयो । चित्तरञ्जन नेपालीले पनि यस विचारलाई समर्थन गरेका छन् -२०६०, पृ. १७३-१८३) ।
रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मीका अनुसार डा. थमस यङ्ग र जर्ज गि्रयर्सनको मतमा नेपाल र नेवार शब्द कुनै एकै मूलवाट व्यूत्पन्न भएका हुन् । बावुराम आचार्यले यसको समर्थन गर्दै नेपाल र नेवार शब्दहरुको उत्पत्ति मुर्मि वा तामाङ वोलीको "न्यार्वा" शब्दवाट भएको अनुमान गरेका छन् । उनको अनुसार मौर्यकालीन मगधको भाषामा "र" को उच्चारण थिएन तथा "र" को ठााउमा "ल" को उच्चारण गरिन्थ्यो, यसै कारण नेवार वा नेपारलाई कौटिल्यले "नेपाल" भनेका हुन् । उनको विचारमा नेपालको पूर्वरुप नेपार थियो र किरातहरु नेपार थिए -पृ. ८) ।
वावुराम आचार्यका अनुसार नेपारहरु पछि आएका लिच्छवीहरुले पराजित गरेपछि उनीहरु उपत्यकाका वरपरका डाडातिर लागे । पहाडतिर लागेपछि यस जातिको नाम "नेर्वुङ", "न्यार्वा" -"ङार्वा", "न्येर्वा" -ले.) आदि हुन गयो -आचार्य, संस्कृति, वर्ष १, अंक १) । नेर्वुङ तथा ङार्वा भनेको तामाङजातिमा वर्ण शंकर भई बनेको थर हो । यो नेवार माजमा आर्य, द्रविड, मंगोल जस्ता नश्लहरु समिश्रति छन् । चित्तरञ्जन नेपालीका अनुसार नेवार शब्दको प्रयोग सबभन्दा पहिले गोरखाका राम शाहको थिति बन्दोबस्तसम्बन्धी पत्र र पृथ्वीनारायण शाहको दिब्य उपदेशमा भएको थियो -२०६०, पृ. १८२) ।
यो समाजलाई सधै दक्षिणबाट आएका ठकुरी, मल्लहरुले शासन गरे । वाहिरका समाजले मल्लराजालाई नेवारराजा भने पनि नेवारहरुले मल्लराजालाई नेवारराजा र मल्लहरुले पनि आफूलाई नेवार राजा कहिल्यै भनेनन् -नेपाली, २०६०, पृ. १८१)। अहिलेसम्म पनि नेवारहरु मल्लहरुलाई ठकुरी राजा -ठकुजुजु) नै भन्दछन् । प्राचीन नेवारहरु आफैले भने राज्य नै बनाएको वा चलाएको देखिदैन । मल्लराजाहरुले जनता नेवारी भाषा बोल्ने नेवार भएको र आफू दक्षिणबाट आएको र आफनो भाषा संस्कृति मैथिली भएकोले नेवार समुदायमा आफनो संस्कृति फैलाउन मैथिली साहित्यलाई नेवारीभाषामा अनुवाद गराए र मैथिली भाषाको पनि प्रचलन गराएको देखिन्छ ।
जेहोस् यो नेवारसमाजले मल्लकालको उत्तरार्धमा तिब्बत, चीन र भारत बीचको व्यापारिक मार्गका फाइदा उठाउदै व्यापारिक पूाजीको विकास गर्यो र काठमाडौंलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्यो । यसैले नेवारहरु नै नेपालको पहिलो त्यो समुदाय हो जसले व्यापारिक पुाजिपति वर्गको जन्म दियो । यही क्रममा नेवारहरु तिब्बत जाने मार्गका तामाङबस्तीहरुमा पुगेका थिए । गोर्खाले जितेपछि नेवार कालीगढहरुलाई माना पाथी ढक बनाउने र व्यापार गर्न गोर्खा सरकारको तर्फबाट नै नेपालको पूर्व तथा पश्चिमतर्फ पुर्याएका थिए । तर त्यस वेला त्यस्ले मल्लराज्य र शाहराज्य दुवै हिन्दुतन्त्रात्मक सामन्तवादी राज्यका कारणले औद्योगिक पुाजिमा रुपान्तरण हुन पाएन । अहिलेको वास्तविकता भनेको नेवारहरू काठमाडौं उपत्यकाकेन्दि्रत पुाजिवादउन्मुख अर्थतन्त्र र तामाङहरू उपत्यकावरिपरिको काठ र बाहिरका पहाडकेन्द्रीत मुलरुपमा गुजराअर्थतन्त्र कै स्थितिमा छन् ।
तामाङ-नेवार सास्कृतिक अन्तरनिर्भरतातामाङ र नेवार नेपालको कूल जनसङ्ख्याको ५ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुने समुदाय हुन् । सन् २००१ को जनगणनाको प्रतिवेदनअनुसार तामाङ जातिको जनसङ्ख्या १२,८२,३०४ -५.६ प्रतिशत) र नेवारको जनसंख्या १२,४५,२३२ -५.४ प्रतिशत) रहेको छ । यी दुवै समुदायले हिमालय पर्वतश्रृङ्खलाको दक्षिणी पाटोको मध्यभागलाई साझे गर्दछन् । कुल नेवार जनसङ्ख्याको ७०.९ प्रतिशत नेवारहरू काठमाडौं उपत्यकामा छन् । त्यस्तै, कूल तामाङ जनसङ्ख्याको ८०.५ प्रतिशत तामाङहरु काठमाडौं र वरिपरिको पहाडिभागमा केन्दि्रत छन् । मल्लकालदेखि राणाकालसम्मको काठमाडौं खाल्डोको बसोबासको स्थितिको अध्ययनबाट के देखिन्छ भने काठमाडौं खाल्डोको ४ शहरको ४ ढोकाभित्र नेवार र ढोकाबाहिर तामाङहरूको बसोबास थियो । नेवार मुलतः व्यापारी समुदाय र तामाङहरू गुजारा अर्थतन्त्रका नेवार व्यापारीहरूका क्रेता र नेवार नगरराज्यको विकासका लागि आवश्यक श्रमपूर्ति गर्ने जनसङ्ख्या थियो । नेवारहरु तिब्बत व्यापार गर्थे र व्यापारिक बस्तुहरुको ओसारपसारमा तामाङहरुको श्रम प्रयोग गरिन्थ्यो । अहिले देखिने नेवार-तामाङ आवादीबीचको बस्तीहरु पृथ्वीनारायण शाहको पालामा शुरू भई पछिल्लो ३०-४० वर्षभित्रमा तीब्ररूपमा बनेका हुन् ।
भाषा वैज्ञानिकहरु तामाङ भाषा र नेवारी भाषा दुवै भोटे-बर्मेली समुदायका भाषा हुन् भन्छन् । काठमाडौंलाई नेवार-नेवा) ले या र तामाङ -ता) ले यम्बु, ललितपुरलाई नेवा-येल -ता-येराङ), भक्तपुरलाई नेवा-खोप -ता-खोपङ), बनेपालाई नेवा-भोाट -ता-वोाद) भन्ने तथा सैवु, भोटाहिटी, भोटेबहाल जस्ता अनगिन्ती शब्दहरु त दुवैको जनजिब्रोमा पाइन्छ । मल्लकालसम्ममा काठमाडौं खाल्डोमा दक्षिणबाट प्रवेश गरेका मैथिली ब्राहृमण औं मानिसहरूसमेत नेवार बने । यो क्रममा केही काठे तामाङहरू पनि नेवार समाजमा अन्तरघुलन भएको देखिन्छ । काठमाडौं खाल्डोको शासन ठकुरी तथा मल्लहरूको हातमा गएपछि हिन्दूधर्म, मैथिली र संस्कृत भाषाको प्रभाव नेवारी समाज र भाषामा व्यापक मात्रामा पर्यो । यसले तामाङ भाषा र नेवार भाषाबीचको सजातीयपनमा दुरी पैदा गरेको यथार्थ लुकाउन सकिदैन ।
नेपालको इतिहासले किराातकाललाई स्वीकार्दछ र नेवार समाजले समेत ज्यापूमा किराात अस्तित्व खोजेको देखिन्छ । नेवार समुदायमा ज्यापू सबभैन्दा आदिबासी जाति मानिन्छ । किराात भनेको द्रबिड र आर्यजातिभन्दा भिन्न मानव समुदाय हुन् भन्ने किराात नालीबेलीका लेखक नारदमुनि थुलुङको भनाइलाई मान्ने हो भने ज्यापू र तामाङहरू मंगोलमूलका भोट-बर्मेली भाषा बोल्ने मंगोल-किराात समुदाय हुन् भन्दा अतिशयोक्ति हुादैन । यस. के. चटर्जीले कालान्तरमा किराातहरु आसामदेखि काश्मीरको हिमालय -लद्दाख) सम्मको मध्यपर्वतीय अञ्चलमा फैलिए भनेका छन् -१९६५, पृ. १६९) । टुाडिखेलमा योञ्जन तामाङको कूल महाकाल, इन्द्रचोकमा ब्लोनको पूर्खा स्वेत भैरव र पशुपति-बागेश्वरीमा रूम्बाको कूल ६ हाते भैरब हुनु संयोग मात्र होइन । तामाङहरूको मुख्य धार्मिक तिमालजात्रा -पितृश्रद्धापुजा) र प्रमुख तीर्थहरू-नमोबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू काठमाडौं उपत्यकामा पर्दछन् । आजभन्दा ५०-६० वर्षअधिसम्म पनि वौद्ध -ज्यारुङखस्योर) क्षेत्रमा तामाङहरु मात्र बस्दथे र अहिले सम्म पनि त्यो ६०घरको नामले प्रसिद्ध छ ।
तामाङ-नेवार सामाजिक तथा सास्कृतिक भिन्नतातामाङ र नेवारले भूगोल, इतिहास, भाषा, अर्थतन्त्र, आवादी र सभ्यता साझे गरे पनि यी दुई समुदायका बीचमा निकै ठूलो भिन्नताहरू पनि छन् । तामाङ समाज समतामूलक संरचनामा खडा छ भने नेवारी समाज जातप्रथामा आधारित छ । तामाङ जातिभित्र जातप्रथा -ठूलो-सानो, उच्च-निच) छैन । तामाङका थुप्रै थरहरू छन् र ती समान छन् । ती सबै एकै विवाह संगठनमा आवद्ध छन् । राजा जयस्थिति मल्लले सन् नेवारी समाजमा ४ जात वर्ण र ६४ उचनिच जात -प्रथा)को शुरु गर्यो । सन् १८५४ मा राजा सुरेन्द्रको पालामा बनेको मुलुकी ऐनमा नेवारमा ब्राहृमण-राजोपाध्याय र बज्राचार्य तथा दलित -च्यामे, पाडे) सहित ४ वर्ण वा जातको व्यवस्था गरिएको थियो र अहिलेसम्म पनि ती चार वर्ण वा जातकाले आफूलाई नेवार सम्झे पनि ती उचनिच नेवारी जातका बीचमा विहेबारी हुादैन । नेवारी समाज विवाहजस्ता सामाजिक प्रकि्रयाबाट जोडिएको छैन, उनीहरुलाई जोड्ने तत्व भाषा मात्र हो ।
तामाङ समाजमा बढी मात्रामा सांस्कृतिक एकरूपता पाइन्छ । तामाङहरू मूलरूपमा एकै किसिमको चाडवार्ड, पर्व, धार्मिक मान्यता र लामा बुद्धधर्म मान्दछन् । नेवारभित्र थुप्रै सांस्कृतिक विभिन्नताहरू पनि छन् । नेवारी समाज बौद्ध धर्म र हिन्दुधर्ममा बााडिएका छन् । काठमाडौं खाल्डोमा विभिन्न समयमा दक्षिणतिरबाट आएका लिच्छवी, कोलीय, शाक्य, बज्जी, मल्लहरूले नेवार समाजलाई हिन्दूधर्म, बौद्धधर्म, जातप्रथा, हिन्दु संस्कृति दिए । यही कारणले तामाङ समुदायभन्दा नेवारहरू बढी हिन्दूकृत छन् । वालचन्द्र शर्माका अनुसार तिव्वत-नेपालको पारम्परिक व्यापारमा तामाङहरुको श्रमको बढी भूमिका भएकोले यिनको भाषा र विचारमा तिव्वतीहरुको प्रभाव परेको देखिन्छ ।
तामाङहरु कुल वौद्ध जनसंख्याको ४७.४ प्रतिशत र नेवारहरु कुल वौद्ध जनसंख्याका ७.८ प्रतिशत छन् । नेवार जनसंख्यामध्ये १५.३ प्रतिशत मात्र बौद्ध छन् ता कि तामाङहरु ९०.३ प्रतिशत छन् । नेवारको शिसु तथा बालमृत्युदर प्रतिहजार ६९ जना तथा ५२.५ जना, आयु ६३.२ वर्ष रहेको छ भने तामाङको शिसु तथा बाल मृत्युदर प्रतिहजार १४२ तथा ९८ जना र आयू ५२.२ बर्ष छ जुन नेवार र बाहुन क्षेत्रीको तुलनामा ७५ जना र ४६ जनाले मृत्युदर बढी छ । त्यस्तै तामाङको सरदर आयूदर नेवार र बाहुन क्षेत्रीको तुलनामा १०.७ अर्थात् ११ बर्षले कम छ । यही हालत तामाङको आर्थिक स्थितिमा देखिन्छ । नेपालको जनसंख्याको ३१ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि अर्थात् दिनमा एक डलरभन्दा कम कमाउने छन् भने तामाङ जातिको ६१ प्रतिशत तामाङहरु गरिवीको रेखामुनि छन् । यस्ले अझै पनि तामाङहरु कम ज्याला पाउने शारीरिक श्रम तथा अकुशल ९द्यबिअप ऋयिगच व्यद० काम गर्दछन् । नेवार जातिको १४ प्रतिशत मानिस मात्र गरिवीको रेखामुनि छन् ।
नेवार समुदायमा ७५.६ प्रतिशत साक्षर छन् । ३४.४० प्रतिशत तामाङहरु मात्र लेखपढ गर्न जान्दछन् र ६५.६० प्रतिशत तामाङहरु अझै लेख्न सक्तैनन् । ३८.१० प्रतिशत स्कूल जाने उमेरकाहरु विद्यालय जादैनन् । स्कूल गएमध्ये १७.३ प्रतिशतले माध्यमिक शिक्षा उत्तीर्ण हुन्छन् । प्रभाण पत्र तह ०.७ प्रतिशत र स्नातक तथा त्यस भन्दामाथि ०.७ प्रतिशतले मात्र उतीर्ण गरेका छन् । यो शैक्षिक स्थिति तामाङ जातिको स्वास्थ्य र आर्थिक स्थितिसंग प्रत्यक्षरुपमा जोडिएको छ । त्यसैले तामाङहरु संख्यामा ठूलो भएपनि राज्य र राष्ट्रिय जीवनमा कहिा र कतै उनीहरुको उपस्थिति नदेखिएको हो । नीति निर्माण गर्ने संसद, कार्यान्वयन गर्ने मन्त्री परिषद र न्याय दिने सर्वोच्च अदालतमा तामाङको उपस्थिति लगभग नदेखिनु त्यस्को प्रतिविम्व हो । काठमाडौं खाल्डोबाटै सभ्यताको शुरुवात् गरेका यी दुई छिमेकी समुदायवीच अहिलेे एकाइसौं शताब्दीमा आइपुग्दा निकै ठूलो राजनैतिक, आर्थिक, साास्कृतिक असमानताका खाडल र भिन्नता देखा परेका छन् ।
काठमाडौं उपत्यकाको राजनैतिक ईतिहासकिंवदन्ती अनुसार काठमाडौं खाल्डोमा पौराणीक कालमा गोपाला, महिसपाला तथा किराता -घमन्ते मंगोलहरु) ले सन् २०५ सम्म राज्य गरेको थियो । त्यसपछि किराताहरुलाई सन् २०५मा दक्षिणवाट आएका सोमवंशी लिच्छवीहरुले पराजित गरेके थिए । लिच्छवीकालमा नेपालको सीमा त्रिशुलीदेखि दूधकोशीसम्म पुगेको थियो अनुमान गरिएको छ । लिच्छवी शासनको अन्त्य सन् ८८० मा भयो भन्ने इतिहासकारहरुको मत रहेको छ । त्यसपछि सन् ८८० देखि सन् १२०० सम्मको नेपालको इतिहासका धेरै कुरा प्रकाशमा आएको छैन ।
सन् १२०० देखि भारतवाट आएका मल्लहरुले काठमाडौंमा राज्य खडा गयो र जस्को सिमा सूर्यविक्रम ज्ञवालीका अनुसार उत्तरमा शिवपुरी, दक्षिणमा चित्लाङ, र पश्चिममा त्रिशुली थियो । राजा जयस्थिति मल्लले नेवारसमाजलाई ४ वर्ण र ६४ जातमा बााडेका थिए । सन् १४२८ लेखि १४८२ सम्म यक्षमल्लले शासन गर्यो र उनको राज्य पूर्वमा कोशीसम्म पुगेको थियो । उनको शेषपछि यक्षमल्लको राज्य उनका छोराहरुमा बााडियो र कान्तिपुर, ललितपुर, भादगाउा -त्रिपुरा) र बनेपा -भोाट) -बनेपा पछि भादगाउामा विलय भएको थियो) मा विभाजित राज्य काठमाडौं उपत्यकामा सिमित थियो । कान्तिपुर सन् १४८४ देखि १७६८ सम्म, ललितपुर सन् १५३६ देखि १७६८ सम्म र भादगाउा सन् १४९६ देखि १७६९ सम्म स्वाधीन राज्यहरु थिए । यी तीनै राज्य कामाडौं खाल्डोमा सिमित थियो -हेर्नुहोस नक्सा २) । पृथ्वीनारायण शाहले कान्तिपुर र ललितपुरलाई सन् १७६८मा र भादगाउालाई सन् १७६९मा पराजित गरेपछि मल्लराज्यहरुको अन्त्य भयो ।
सन् १४८३ देखि काठमाडौं खाल्डोवाहिर दक्षिणतर्फ सेनहरुले सन् १८०६ सम्म राज्य गर्यो । काठमाडौं खाल्डोमा एउटै राज्य हुदाा नेवार सभ्यताको शुरुवात् र तीन राज्य हाुदा नेवार सभ्यता शिखरमा पुगेको देखिन्छ । उक्त अवधिमा काठमाडौं खाल्डोमा क) नेवारीसमाज ४ वर्ण र ६४ जातमा विभाजन, ख) प्रत्येक जात विशेषको अलगअलग गुठि व्यवस्था, ग) नेवारी भाषा र साहित्यको विकास र संस्कृत तथा मैथिली साहित्यलाई नेवारी भाषा र साहित्यमा प्रवेश, घ) सवै प्रकारको फाइन आर्ट, पेन्टिङ, भवन निर्माणकला आदिको विकास, घ) धेरै मठमन्दिर बने, मूर्तिहरु कुादिए र नयाा चाडपर्वहरुको सृजना, ङ) कृषिको विकास, र, च) काठमाडौं भारत चीन तिब्बतको व्यापारिक मार्ग बन्यो र व्यापारिक पूाजीको विकास भै काठमाडौं खाल्डो रोम जस्तै नगरराज्यको रुपमा तीब्र गतिमा विकास भएको थियो ।
स्रोतः अर्याल र ईञ्चले, २००५।
नेवाः गणराज्यको घोषणाः२०६६ पौष ११ गते नेवारहरुको विभिन्न संघसंस्थाहरुको मोर्चा, नेवाः स्वायत्त राज्य संघर्ष समितिले काठमाण्डौंमा एक विशाल जनसभाका बीचमा नेवाः राज्यको घोषणा गर्यो । उक्त घोषणापत्रमा नेवा राज्यको क्षेत्र सम्बन्धमा "ऐतिहासिक नेपाल मण्डलको आधार नै वर्तमान नेवा राज्यको क्षेत्र निर्धारण गर्दाको प्रमुख आधार हो" भनिएको छ । त्यस्तै, राज्यको घोषणामा, "त्यस नेपालमण्डल क्षेत्रमा विगतदेखि वर्तमान पर्यन्त जहाा जहाा नेवारहरु आफनो आदिभूमिको रुपमा बसोबास बनाइआएका छन् र जहाा जहाा उनीहरु अरु आदिवासीहरुभन्दा अधीक संख्यामा छन् ती सम्पूर्ण भूभाग समावेश भएको समस्त भूभाग नै नेवा स्वायत्त राज्य हो" भनिएको छ । उक्त घोषणापत्रमा काठमाडौं उपत्यकाका नेवार जनसंख्याको एक चौथाइ संख्या र नेपाल मण्डल दावी गरिएको क्षेत्रमा आदिकालदेखि बसोबास गरिरहेका करिव ११ लाख तामाङ आदिवासीजातिका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन ।
२०६६ मंसिर २१ गते ताम्सालीङ स्वायत्त प्रदेश -राज्य) को घोषणा गर्दा ताम्सालीङ संयुक्त संघर्ष समितिले काठमाण्डौं उपत्यकाको नेवारबाहुल्यक्षेत्रमा नेवाराज्य बनाउने नेवारसमुदायको भावनालाई कदर गर्दै काठमाण्डौं वरिपरिको तामाङबाहुल्यक्षेत्रमा ताम्सालीङ स्वायत्त प्रदेश घोषणा गरिएको छ भनिएको थियो तर नेवारसमुदायकोतर्फबाट ताम्सालीङ स्वायत्त प्रदेशप्रति त्यस्तो सद्भाव र मान्यता पनि प्रकट गरिएन । उक्त घोषणालाई अनुमोदन तथा समर्थन गर्दै विभिन्न वक्ताहरुबाट घोषणासभा र विभिन्न संचार माध्यममार्फत नेपालमण्डल भनेको मल्लकालको मल्लराज्यको भूगोल हो यसको मुख्य भूभाग दक्षिणमा चिसापानीलगायत त्रिशुलीदेखी दुधकोशीसम्मको हालको १२ जिल्ला हो यो प्रदेश र यो भूभागसंग जोडिएको जल, जंगल, जमिनमाथि नेवार समुदायको अग्राधिकार हुनुपर्छर् नेवाः राज्य कुनै अर्को राज्य वा प्रदेशले घेरिनु हुदैन दोलखा, विदुर, चौतारा, हेटौडा जस्ता नेवारबाहुल्य साना बस्तीहरु नेवाराज्यभित्र पर्छ र नेवाराज्यलाई उत्तरमा तिब्बतको खासासंग जोडिएको कोदारी नाका र दक्षिणमा भारत जोडिने नाका चाहिन्छ'' भन्ने आशय प्रकट भयो । त्यसको केही दिनपछि काभ्रेका सातगाउँका नेवारहरुले संयुक्त रुपमा ताम्सालिङ प्रदेशमा नबस्ने र सो गाउाहरु नेवाःराज्यमा सामेल हुनुपर्ने माग समेत गर्यो ।
यो घोषणाले केही सैद्धान्तिक केही व्यावहारिक समस्या खडा गरेको छ । पहिलो त यसले काठमाडौं उपत्यका र उपत्यकाबाहिरको त्रिशुलीदेखि दुधकोशीवीचको तामाङजातिको ऐतिहासिक सघनआवादी भुमि र अस्तित्वलाई स्विकार गरेको छैन । यही उपत्यकाका आदिवासी तामाङ जाति र तामाङभाषाको कस्तो किसिमको हैसियत हुनेछ भन्ने बारेमा बताइएको छैन । यो क्षेत्रमा करिव पौने ८ लाख नेवार र साढे १० लाख तामाङहरु बसोबास गर्दछन् । यहाा प्रश्न उठ्छ के आफूभन्दा ठूलो आदिवासी समुदायको सहअस्तित्वलाई स्विकार नगरी नेवारको मात्र स्वायत्त राज्य बन्ला ? नेवारहरुले दोस्रो, काठमाडौ उपत्यकामाथि भएको पृथ्वीनारायण शाहको राज्यविस्तारलाई गोर्खा साम्राज्यवाद वा आन्तरिक उपनिवेशवाद मान्दै त्यसमा विरुद्ध स्वशासनको माग गरेको छ । यहाा उनीहरुले एकातिर गोर्खाविस्तारलाई मान्यता नदिने अर्कातिर मल्लराज्यको आधारमा नेवारको स्वशासित राज्य खोजेर द्धैद चरित्र देखाएका छन् । यो एक किसिमको सैद्धान्तिक विचलन हो । नेवारहरुले पृथ्वीनारायण शाहको राज्यविस्तारलाई अतिक्रमणकारी र साम्राज्यवादी हमला मान्दा तामाङहरुले मल्लराज्य विस्तारलाई अतिक्रमणकारी र साम्राज्यवादी हमला किन नमान्ने ? हामी तामाङहरुको लागि त गोर्खाको होस् वा मल्लको, दुवैको आक्रमण विस्तारवादी आक्रमण थियो र त्यसबाट तामाङहरु आर्थिक रुपमा सिमान्तकृत, जातीय रुपमा उत्पीडित र राजनीतिक रुपमा बहिष्कृत भएका थिए ।
तेस्रो, तामाङआवादीद्धारा काठमाण्डौंउपत्यका पूर्णरुपमा बेष्ठीत भएको परिवेशमा नेवाः राज्य उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिनुपर्दछ भन्ने भनाईले तामाङ राष्ट्र र ताम्सालीङ प्रदेशलाई खण्डित गर्दछ । त्यसैले, अन्तिम विश्लेषणमा, तामाङको पुख्र्याैलीक्षेत्रमासमेत नेवाःराज्य हुनुपर्ने घोषणा एक प्रकारको स्थानीय जातीय अहंकारवाद प्रतित हुन्छ । यो नेवा घोषणाले उत्पीडित आदिवासी तामाङजातिको अन्तर्राष्ट्रिय कानूनअनुसार प्राप्त आप\mनो पुख्र्यौलीभुमिमाथि आफनै आत्मनिर्णय र स्वशासन गर्ने अधिकारलाई उपेक्षा गरेको छ । यदि यसो भएमा स्थानीय नेवार अहंकारवाद विरुद्धको तामाङहरुले आन्दोलन गर्नुपर्ने हुन्छ । के यसले नेवारलाई स्वशासित राज्य स्थापना गर्न मद्दत देला ? हाम्रो बुझाईमा यसवेला नेवार र तामाङहरु दुवै एउटै जातीयसत्ताबाट थिचोमिचोमा परेका छौं । त्यसका विरुद्ध हामीले संयुक्त संघर्ष गर्न सक्यौ भने मात्र नेवार र तामाङ दुवैले स्वशासन प्राप्त गर्न सक्छौं । यदी नेवार र तामाङहरु आपस्तमा लड्ने हो भने हामीलाई अधिकार दिन नचाहानेहरुका लागि त्यो भन्दा ठूलो रमिता के होला ? उनीहरु त् यही चाही रहेछन् । र, चौथो, नेवारहरु तामाङहरुङद्धारा चारैतिरबाट घेरिएको छ । यसतो एक जातिले घेरिएको अवस्थामा अर्को कुनै जातिको स्वायत्त प्रदेश बन्दैन भन्नेहरु पनि छन् । दक्षिण अफि्रकाभित्र स्वाधीन लेसोथो राज्य बन्न सक्छ भने ताम्सालिङले घेरिएको नेवाःराज्य बन्न सक्तैन भन्ने भ्रम पाल्नु हुादैन । यहाा बुझनु पर्ने कुरा के हो भने हामीले छुट्टै राज्य खोजेका होइनौ एउटा संघीयराज्यभित्र स्वशासन मात्र खोजेका हौं । पारम्परिक सहअस्तित्व र अन्तरनिर्भरतालाई स्विकार गरेर नेवार र तामाङ संगै बस्ने हो । हामी सवैले नेवारको भलाईमा तामाङको भलाई र तामाङको भलाईमा नेवारको भलाई गासिएको छ भन्ने बुझ्नु पर्दछ ।

(लेखक ताम्सालिङ- नेपाल राष्ट्रिय दलका अध्यक्ष हुन)
No comments:
Post a Comment