१. अन्तरिम संबिधानमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरे पनि राष्ट्रिय जनावर गाई नै राख्नु पर्ने हिन्दूबादी एमाले काङ्ग्रेसको अडानमा माओबादीले लुसुक्क सहमती गर्न पुग्यो के यो गद्धारी होइन र ?
२. जनयुद्ध कालमा ताम्सालिङ लिम्बुवान आदी राज्यहरुको घोषणा गरेर ति राज्यहरुको अभ्यास गर्दै समानान्तर सरकार चलाऊने माओबादीले अन्तरिम संबिधान बनाउदा अन्तरिम संबिधानमा सङ्घिय भन्ने एउटा शब्द पनि उल्लेख गरेन जुन एमाले काङ्ग्रेसले सङ्घियता चाहेको थिएन । अन्तरिम संबिधानमा सङ्घिय भन्ने शब्द नराखेको भन्दै मधेश आन्दोलन चर्क्यो आन्दोलनमा चार दर्जन भन्दा बढी मधेशी जनताले बलिदान गरे मधेशी जनताको रगतको खोलीबाट अन्तत एमाले काङ्ग्रेस माओवादीले घुडा टेक्न पुग्यो र अन्तरिम संबिधान प्रथम पटक सङ्सोधन गरेर सङ्घिय भन्ने शब्द राख्न वाध्य हुन पुग्यो । सङ्घियताको लागि मधेश आन्दोलनलाई इतिहासले कहिल्यै बिर्सिनु हुदैन
३. संबिधानसभाको ६०१ सभासद मध्ये दुई तिहाइ सभासदले पहिचान सहितको सङ्घियताको लागि लिखित हस्ताक्षर गरेर एमाले काङ्ग्रेस माओबादी सबैलाई बुझाईयो पहिचान बिरोधी एमाले काङ्ग्रेस पहिचान सहितको सङ्घियता कुनै हालतमा चाहदैन थिए उनीहरुकै पक्षमा लागेर माओबादीले अन्तत सहमती मै संबिधान सभाको हत्या गर्न पुगे । यसरी आदिबासी जनजातिको मुद्धाहरु जतिमा माओबादीले एमाले र कांग्रेससंग सहमति गर्दै आइरहेको छ
के यि सब कदमहरु आदिबासी जनजाती बिरुद्धको होइन र ? के यो धोका होइन र ? के यो गद्धारी होइन र ?
No comments:
Post a Comment