सरोजमोहन लामा तमाङ
विषय प्रवेश :
मुलुकमा पहिचान र सामथ्र्यको मुद्दा वर्तमान समयमा पेचिलो भन्दै जादा तामाङ जातिको पहिचान र सामथ्र्यको वारेमा चर्चा गर्नु वर्तमान समयको माग र आवश्यकता हो । यस वारेमा धेरैभन्दा धेरै चर्चा, खोज, विश्लेषण र व्याख्या हुन जरुरी छ । तर यहाँ थोरै मात्र यो पंक्तिकारले विश्लेषण, व्याख्य र चर्चा गर्न खोजिएको छ । किनकी राज्यको अग्रमामि पुनःसरचना गर्ने विषयमा संविधान सभाको सम्बन्धित समितिमा छलफल र बहष हुँदा नेपालको संघिय संरचनामा संघ/राज्य/प्रदेशहरुको संरचनाको मुख्य आधार पहिचान र अर्को सामथ्र्यलाई निक्र्योल गरिसकेको अवस्था हो । अर्थात राज्यको पुनःसंरचना गर्दा संङ्घीय राज्यको नामाङ्कन र सिमाङ्कनको आधार मुख्य पहिचान र अर्को सामथ्र्यलाई सर्वसहमत रुपमा चयन गरिएको छ । जसमा पहिचानको पाँच तत्व÷आधार (१ जाती, २ भाषा ३ संस्कृति ४ भौगोलिक क्षेत्रगत निरन्तरता ५ ऐतिहासिक निरन्तरता) र सामाथ्र्यको चार तत्व/आधार (१ आर्थिक अन्तरसम्बन्ध र सामाथ्र्य, २ पूर्वाधार विकासको अवस्था र सम्भावना, ३ प्राकृतिक साधन र श्रोतको उपलब्धता ४ प्रशासनिक सुगमता) निक्र्योल र उल्लेख गरिसकेको स्थिति छ । यद्यपि मुलुकमा संविधान सभाले अहिले पूर्ण संविधान बनाई जारी गर्न नसकेको अवस्था हो ।
तामाङ जातिको पहिचानको दार्शनिक भाव :
यो पृथ्वीमा मानवशास्त्री तथा समाजशास्त्री दृष्टिकोण अन्तर्गत बहुरेखिय उत्द्विकास क्रम अनुसार मानव जातिको उत्पति र विकासक्रमसँगै तामाङ जातिको पनि उत्पति भयो त्यसमा कसैको दुईमतै हुन्न । भला तामाङ जाति भनेर पहिचानको चिनारी केहि पछि भयो होला । आखिर तामाङ जाति पनि मानव जाति नै त हो । ऐतिहासिक द्घन्द्घात्मक भौतिकवादी सिद्घान्त÷विचार अनुसार जुनसुकै चीजको विकास हुने क्रममा मानव र मानव सामाजको पनि विकास हुदै गयो । र निरन्तर रुपमा हुँदै पनि छ । यसै क्रममा अहिले तामाङ जाति भनेर सम्बोधन गर्ने मानिसहरुको समुदायलाई पहिला पहिला मुल्मी, दुवारे, भोटे, तामक (घोडेचडी सैनीक), रिसल्ला आदि परिचयले चिनारिन्थ्यो रे भनी विभिन्न लिखित वा मौखिक जनश्रुतिमा अहिलेसम्म पनि पढ्न र सुन्न पाईन्छ । त्यो जाति अहिले नेपाल देश भनी विश्वको रुपरेखामा सिमाङ्कन भएको देशको कुनै निश्चित भूभाग/भूमिमा आई पहिला उर्बरा, अवाधी गरी वा चुम्बन/चुमी बसोबास गरयो । जुन उर्बरा, अवाधी गरी चुम्बन/चुमी बसोबास गर्ने थलोलाई थातथलो भनिन्छ अहिले । त्यस भूभाग/भूमिमा उनीहरुले मानव र मानव सभ्यताको विकाससँग सम्बन्धित आफ्नो मौलिक संस्कृति, परम्परा, रितिथीति, धर्म, कर्मको विकास ग¥यो । मानव भौतिक शरिर रुपी पदार्थ हो त्यही पदार्थमा पछि चेतना आउछ, यसरी ऐतिहासिक द्घन्द्घात्मक भौतिकवादी विचारै अनुसार तामाङ जाति पनि विकास हुदै गयो । अनि उनीहरुमा चेतनाको विकास हुँदै जादाँ चिन्तन, मनन्, बुद्घि, ज्ञान, विवेकको क्रमशः बृद्घि हँुदै गयो र जान्छ अनि जादैपनि छ । सोही क्रममा त्यो थातथलो/भूभाग/भूमिलाई ताम्सालिङ भनी नामकरण गरियो उनीहरु (तामाङ जाति) ले नै । जो उक्त भूमिको ऐतिहासिक, भौगोलिक निरन्तरतामा स्थापित परिचय बन्न गयो, अनि बन्ने पनि त्यसरीनै हो । त्यसपछि त्यो ताम्सालिङ को अस्तित्वमा आजसम्म छ र रह्यो l अहिले वर्तमान युग सम्म आईपुग्दा विभिन्न कारणबाट जुनसुकै नाम गरेको जिल्लाहरुमा (रसुवा, नुवाकोट, दाधिङ्ग, मकवानपुर, चितवानका केहि भू–भाग, काभ्रे, सिन्दुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली) सो (ताम्सालिङ) भूमि परेपनि त्यसको ऐतिहासिक र भौगोलिक निरन्तरताको आधारलाई मान्ने र खोज अनुसन्धान गर्ने हो भने त्यो ताम्सालिङ नै थियो, हुन्छ र हुनेछ । यो पृथ्वीको अतित्व रहेसम्म l चाहे त्यो भूमिलाई ताम्सालिङ भनि नाम नै किन नराखोस् वा सम्बोधन नै किन नगरोस् । फेरि भूमि सबै मानव जातिको साझा थलो हुन्छ र रहन्छ । त्यसोहुँदा उक्त भूमि पनि साझै नै हो र छ अहिलेसम्म । यद्यपि मानवको उच्च चेतनाको प्रयोगबाट भूमि फरक देश र राज्यको नामबाट देश, राज्यमा सिमाङ्कन मानवले नै गरिएको हुदोरहेछ । अनि फरक फरक नियम कानून मानवले नै आविस्कार गरेको हुदोरहेछ र छ । दर्शनशास्त्र, राजनीतिक चिन्तन, विचारधारा, विज्ञान, धर्म, संस्कृति, नैतिक, साहित्य, कला, पहिचान आदि सबै सामाजिक चेतनाका रुप हुन् । सामाजिक चेतनाका रुपहरु मानवले समाजको आर्थिक–सामाजिक संरचनाअनुरुप नै हुने किसिमको बनाउने गर्दछन् । उसले आफ्नो ऐतिहासिक, भौगोलिक निरन्तरतामा स्थापित परिचयलाई जोगाउनलाई भूमिको भूभागलाई पनि आफ्नो पहिचानसित गाँसिएको हुन्छ र छ । संसारको इतिहास र अहिलेसम्मको विश्व व्यावहारमा मानवले नै भूमिको नाम आफ्नो ऐतिहासिक र भौगोलिक निरन्तरताको आधार र बिशेषतः आफ्नो जाति, भाषा, संस्कृतिको आधारमा नै नामकरण गरेको पाईन्छ । जसलाई अहिले पहिचान भनिन्छ ।
त्यस्तै सो भूमिमा समयअन्तरालमा पछि वा पछिल्लोसमयमा बसोबास÷बसेका अगिल्लो जातिभन्दा अर्को जाति, भाषा, संस्कृति हुने मानिसले पनि स्वातः स्वामित्वा ग्रहणगरी सहर्स स्वीकारेको अवस्था देखिन्छ र स्वीकार्नु पर्छ । किनकी उनीहरु पछि आएको पछिल्लोवालाहरु मानव जाति हो उक्त भूमिमा । तथापि उनीहरुको पहिचानलाई पनि अगिल्लोवालाहरु (पहिला उर्बरा, अवाधी गरी वा चुम्बन÷चुमी बसोबास गर्ने मानव जाति) ले स्वीकारी स्वातः स्वामित्व ग्रहणसहित सहर्स रुपमानै स्वीकारिनु पर्छ र सम्बोधन गर्नुपर्छ । नेपालको सवालमा त्यस्तो क्रम विकास भएको देखिदैन र छैन । नेपालमा त ठीक त्यसको उल्ठो क्रम विकास भएको देखिन्छ । नेपालमा त पछिल्लोवालाहरुको कुरा अगिल्लोवालाहरुले स्वीकारी स्वातः स्वामित्व ग्रहणसहित सहर्स रुपमानै (बली दिन लागेको वेला कुखुरालाई पर्साउन पानी हाल्दा कुखुराले पानी थापे सरी) स्वीकारी रहेको थियो र छ तर हालको वर्तमान अवस्थामा उल्टो भएको त्यो इतिहासलाई सुल्टो क्रम विकासको अवस्थामा डोरयाउन लाग्दा उनीहरुले हामीलाई त्यो निर्णयमा स्वामित्वको भावना जागेन, छैन वा भएन भनिरहेको स्थिति हो अहिलेको अवस्था । हामीले हारको महशुस गरयौ भन्ने हो उनीहरुको भावना तर त्यसो भए अहिलेसम्म जीतेको र जीतको महशुस गरेको रहेछ नी ? एउटाले जित्दा फेरि अर्को कुनै त विचारा युगौदेखि हारको महशुस त गरिरहेको पक्कै होला फेरि र गरिरहेकै थिए र छ आजसम्म पनि । त्यसैले कसैले जित्दा अरु कुनैले हारेको हुन्छ भन्ने धु्रवसत्यलाई पहिल्याएर यहाँ सबैले सुल्टो क्रम विकासको अवस्थाको ऐतिहासिक, भौगोलिक आधारको तथ्यलाई स्वीकार्नु आजको आवश्यकता हो । त्यसैले यी सबै कुरा पहिचानसँगै जोडिन्छ । पहिचान मानवको प्राकृतिक गुण नै हो । फेरि पहिचान अस्तित्वसँग गाँसिएको हुन्छ । अस्तित्वलाई स्वतः स्वामित्वसँग टाँसिएको ठान्नुपर्छ, मान्नुपर्छ किनकी त्यो अस्तित्व फरक फरक तर निश्चित एक थरीको हुन्छ । तामाङ तामाङ नै हो, बाहुन बाहुन नै हो । त्यसमा बहुतामाङ या बहुबाहुन भनेर दुबैको पहिचानको सम्बोधन हुन्न र पहिचानको अर्थ पनि आउन्न । त्यसमा राज्यले पहिलादेखि वर्तमान अवस्थासम्म आईपुग्दा या आजको दिनसम्म कसको पहिचानको अस्तित्व रक्षा गरेको छ ? र कसको पहिचानको अस्तित्व भएर पनि नामेट पारिएको छ ? त्यो विचरणीय कुरा हो । आजको हाम्रो मुलुकको राजनीतिक विवादको मुल चुरो कुरो यही हो । बहुथरीको पहिचान र अस्तित्व एक थरीले आफ्नो पहिचान र स्वामित्वको रुपमा स्वीकारिदैन र स्वीकारिए पनि त्यसमा सबैको पहिचान हुन्न । पहिचान नभैसके पछि अस्तित्व हुन्न, अस्तित्व नभए पछि स्वामित्वको भाव त झन् हुदैहुन्न । त्यसो हुँदा एक थरीको अस्तित्वको पहिचानलाई अर्को थरीले स्वामित्व ग्रहणको रुपमा वस्तुत स्वीकारिदैन किनकी विश्वको सबै ठाउँको जुनसुकै नाउको मानव जाति स्वार्थी नै हुन्छन् प्रायः, उनीहरुलाई आफ्नै छुट्टै पहिचान चाहिन्छ । तर पहिला जबरजस्त रुपमा नै स्वीकार्न लगएको उल्टो/भ्रमजाले क्रम विकास ऐतिहासिक, भौगोलिक आधारको पहिचानको अस्तित्वलाई अहिले सुल्टो क्रम विकास यथार्त सत्य हुँदा इतिहासको सुल्टो यथार्त सत्य गतिलाई फेरि बस्तुत स्वीकारनै पर्छ । त्यसो हुँदा त्यी पहिचान विहिनहरुलाई जबरजस्त रुपमा एक पक्षीय शोषण, दमन, उत्पीडन, उपेक्षा, असमानता, विभेद गरी राज्यले युगौ देखिनै कुनै एक पहिचान लादियो जुन उनीहरुको पहिचान थिएनन् । यदि आज उनीहरको आफ्नो वास्तविक पहिचान सम्बोधन गरेको खण्डमा त्यी हिजोका पहिचान नामेट र विहिनमा परेकाहरुले त्यो स्वीकारलाई क्षतिपूर्तिको रुपमा लिन्छन् । त्यसबेला उनीहरुले स्वामित्व/आत्मगौरब/आत्माबोध/अपनत्वको अनुभव पक्कै गर्नेछ र गर्छ । त्यसपछि मात्रै राज्य, राष्ट्र र समाजको राजनीतिक, सामाजिक, आर्थिक विकास गर्न स्वतः स्फुर्त रुपमा राज्य, राष्ट्र र समाजका सबै नागरिकहरु निसंकोच र विना आत्मग्लानी दायित्व, स्वामित्व र अपनत्वबोध गरी खुशीसाथ दत्तचित्त भई सक्रिर्य पूर्वक निरन्तर लाग्छन् र लागिरहन्छन् । आज विश्वको समृद्घ र विकसित राष्ट्रहरुमध्येबाट नं १ भई त्यसैको हाराहारीमा पुगेको देशहरुको इतिहासमा त्यस्तै भएको देखिन्छ । किनकी हरेक राज्यमा नागरिकहरुको पहिचान स्वीकारी सकेको हुन्छ त्यती वेला । उनीहरुले राज्यमा वास्तविकतामानै उपस्थिति र प्रतिनिधित्व भएको ठान्छन् । जतिवेला पहिचानको संम्बोधन भई स्थापित भएको हुन्छ ।
अधिकार, काम, कतव्र्यको सवालमा समानता र समता भएपनि मानव मूर्तिरुप शरीरको साथै देश, राज्य, राष्ट्रहरुको अस्तित्व, पहिचान र स्वामित्व वास्तवमै एकल पहिचानसँग जोडिन्छ । त्यी सबैमा आ–आफ्नो पहिचान हुन्छ, अस्तित्व हुन्छ र स्वामित्वको भावना जागिरहेको र जोडिएको हुन्छ । त्यसो नभएमा शुन्यता वा शुन्यवादतिर उन्मुख हुन्छ । शुन्यता वा शुन्यवादको न अतित्व हुन्छ न पहिचान । त्यसो भएमा न राज्यको नामाङ्कन चाहिन्छ न राष्ट्रको सिमाङ्कनकै जरुरत पर्छ । राज्य, राष्ट्र, समाज र नागरिकमा पहिचान, स्वामित्वको सवाल नै आउदैन त्यस्तो अवस्थामा । त्यसलाई सकारात्म र अग्रगामी रुपमा कार्लमाक्र्सले परिकल्पना गरेको साम्यावाद पनि भन्न सकिन्छ । जहाँ सबै समान हुन्छन्, राज्य विहिन, वर्ग विहिन, जाति विहिन समान नागरिकहरु भएका समाज हुन्छन् । जुन अवस्थामा पहिचानको आवश्यकता नै पर्दैन । त्यसैले मानव समाजमा त्यो अवस्था नआईन्जेर यदि अस्तित्वको सवाल आउछ भने पहिचान स्वतः चाहिन्छ, पहिचानले नै अस्तित्व र स्वामित्वको भाव जगाउदछ । अस्तित्व पहिचान हो । वास्तवमा पहिचान एकल हुन्छ । मिश्रित वा बहुपहिचान भनेको शब्दजाल हो । यथास्थितिमा राख्ने मानव नरसंहार गर्ने सुनामी रुपी छाल हो । रावणले सीतालाई हरण गर्न रचेको कथित सुनको हरिण बनाएर रामलक्ष्यमानलाई भ्रममा पार्न गरेको रावणरुपी छल हो । हिजोदेखि हालुमुहाली गर्नेहरुको दिवा सपनारुपी फगत मिठो भन्ने विषयुक्त फल हो । किनकी पहिचानमा मिश्रित वा बहुबचन अर्थ दिने शब्द झुण्डाएर त्यसको शाब्दिक अर्थको नै अनर्थ हुन्छ । त्यसमा पहिचानको खास अर्थ पनि आउदैन । पहिचानलाई पहिला त जातिय राज्यको संज्ञा वा अरोप लगाईयो । त्यो अरोपमा दम नभएपछि पहिचानलाई एकल र बहुबचनमा विभाजन गरेर बौद्घिक विलासीको विषय बनाइयो भ्रमको खेती गर्न । त्यसपछि पहिचानलाई एकल जातिय राज्यको रुपमा चित्रित गरी शब्द जालरुपी बहुपहिचान भन्ने शब्द प्रचलनमा ल्याई पहिचानलाई नै स्थापित गर्नको सट्टो विस्थापित गर्ने दुष्साहास गरियो र गरिदैछ । त्यसैको परकाष्ट हो पहिचान अगाडि एकल, बहु र मिश्रित जोडिएको शब्द । वास्तवमा पहिचान, पहिचान मात्र हो त्यसमा जोडिएको सबै भ्रम हो ।
पहिचानको पाँचवाट तत्व/आधार सँग ताम्सालिङमा तामाङ जातिको पहिचानको सन्दर्भ :
अहिले पहिचानलाई नै नस्वीकार्नेहरुले बिशेषगरी तामाङ जातिको पहिचान झल्कने तर वास्तवमा नेपालकै विशेषतामा स्थापित ताम्सालिङ लाई पहिचानको पाँच तत्व/आधार मध्ये एउटा जातिलाई मात्र आधार मान्यो भन्ने अरोप छ । त्यो सरासर गलत र भ्रामक छ । किनकी ताम्सालिङ मात्र एउटा जातिको शब्द बोकेको शाब्दिक अर्थ होइन । यो त नेपालकै गौरब र विशेषताभित्रको एउटा मोती हो । जो बहुमूल्य र दुर्लभ ज्योती हुन्छ र हो । तर त्यसको महत्वलाई नबुझ्ने बुज्रुकहरुले फगत भ्रम फैलाईरहेको छ जडियाको गफ जस्तो गरी । पहिचानको पाँच तत्व/आधारहरु १ जाती, २ भाषा ३ संस्कृति ४ भौगोलिक क्षेत्रगत निरन्तरता र ५ ऐतिहासिक निरन्तरता यी पाँचै तत्व÷आधार ताम्सालिङमा पाउदछ । नं. १ ताम्सालिङ भनेको जातिको नाम होइन । यो भूमिको नाम हो तामाङ जाति भनिने मानव समुदायले पहिला उर्बरा, अवाधी गरी वा चुम्बन/चुमी बसोबास गरेकोले तामाङ “सा” भनेको भूमि र “लिङ” भनेको संघ/राज्य/प्रदेश हो तामाङ भाषामा । त्यसो हुँदा यो तामाङ जातिको मात्र हुदैन यो भूमि संघ/राज्य/प्रदेशमा । यस भूमिमा हिजो, आज र भोलि जो बस्यो, बसिरहेछ र बस्नेछ सबैको साझा भूमि हुनेनै छ मात्र ऐतिहासिक र भौगोलिक रुपमा पहिचानको जर्गेना मात्रै गरेको र गर्नखोजिएको हो उक्त नामले । नं. २ यहाँ खास भाषा (नेपाली भाषा भनीने) पछि सबभन्दा ठूलो जनसंख्याले बोल्ने भाषा तामाङ हो । फेरि नेपाली भाषा त राष्ट्रिय भाषा र मुलुककै संम्पर्क भाषाको रुपमा विकास भई नै सकेको छ । सो भाषालाई संरक्षण, सम्बर्धन गर्नुपर्ने आवश्यकता नै छैन । त्यसैले उक्त क्षेत्रको नेपाली भाषा बाहेक सबै भाषालाई संरक्षण, सम्बर्धन र जर्गेना गर्नु आवश्यक त छ नै । त्यसमा पनि सो क्षेत्रमा विशेष त तामाङ भाषाको मुल थलो हुनेछ । त्यसमा के को नै आपति होलार ? नेपालीहरुको । त्यसोत फेरि नेपाली भाषालाई नामेट पार्ननै खोजिएको होइन र त्यो संभव पनि हुन्न फेरि त्यसो गर्नुपनि हुन्न । त्यसैले भाषिक रुपमा पनि यो संघ/राज्य/प्रदेशमा तामाङ भाषाको सम्बद्र्घन, संरक्षण, जर्गेना र फुलाउने ठाउँ बनाउन आवश्यक छ किनकी उक्त क्षेत्रमा नै सो भाषा बोल्ने बक्ताहरु धेरै पाइन्छ । नं ३ सो क्षेत्रमा तामाङ संस्कृति नै हो मुल संस्कृति । हुन त अरु अरुनै संस्कृति पनि नभएको होइन, त्यसको पनि संरक्षण, सम्बद्र्घन र जर्गेना गुर्नपर्छ साथसाथै तामाङ पनि । मुलुकनै बहुजाति, बहुभाषि, बहुसंस्कृति देश भएपछि उक्त क्षेत्रमा पनि त्यस्तै किसिमको संस्कृति त पाईन्छनै । तर विशेष त मुल रुपमा तामाङ संस्कृति नै सो क्षेत्रको मुल विशेषता हो । नं ४ र ५ अनुसार त झन् तामाङ जाति, भाषा, संस्कृति नै हो कि उक्त स्थानमा भौगोलिक क्षेत्रगत निरन्तरता हुदै विकास भई आईरहेको । यद्यपी राज्यले एउटामात्र जाति, भाषा र संस्कृतिलाई विशेष महत्व दिदादिदै पनि तामाङ जाति, भाषा, संस्कृतिले आफ्नो अस्तित्व राख्दै आयो । र ऐतिहासिक रुपमा पनि निरन्तर छ आजको दिनसम्म भोलि त झन अवश्य पनि रहनेछ नै युगयुगसम्म । त्यसैले राज्यको अग्रगामी पुनःसंरचना अन्तर्गत संघीय संघ/राज्य/प्रदेशको नामाङ्कन र सिमाङ्कनको मुख्य आधार पहिचानसँग ताम्सालिङ सम्बन्धित र सन्दर्भिक छ ।
ताम्सालिङमा सामर्थ्र्य :
ताम्सालिङमा सामथ्र्य अन्तर्गत चारवटा तत्व/आधारहरु १ आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, २ पूर्वाधार विकासको अवस्था र सम्भावना, ३ प्राकृतिक साधन र श्रोतको उपलब्धता ४ प्रशासनिक सुगमता यी सबै हुन्छन् र छन् । वास्तवमा यथार्थता के हो भने सामथ्र्य भनेको बुद्घि सहितको बल हो । बुद्घि चेतनाको उपज हो । जब चेतना मानव जातिमा हुन्छ तब चिन्तन मनन् गरी ज्ञान, बुद्घि, विवेको उत्पति र विकास हुन्छ । सो कुराको विकास भईसकेपछि मानवमा स्वतः सामथ्र्यवान बन्ने क्षमता सिर्जित हुन्छ । आजको दुनियासम्म आईपुग्दा मानवले नै उसको सिर्जनशीलता र उच्चतम चेतनाको विकासले यो संसारमा भएका प्राकृतिक साधन र श्रोतको अधिकतम् उपयोग गरी मानव भौतिक श्रम तथा औजारको प्रयोग गरी सामथ्र्यवान भएको हो, मानव र मानव बस्ती, समाज, क्षेत्र, संघ, प्रदेश वा राज्य । नकी कुनै अलौकिक शक्तिले । त्यसैले ताम्सालिङमा आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य छ जुन मानवले नै स्थापित गर्ने कुरा हो ।
त्यसोहुँदा मानव चेतना र सिर्जनशीलताभित्र असीमित सामथ्र्य लुकेको हुन्छ । जुन कुरालाई हामीले भुल्नु हुन्न तर त्यसको लागि नभई नहुने शर्त वा कुरा भनेको खुसीयाली हो । खुसीयाली फेरि पहिचान महशुस गरीरसकेपछि मात्र आउँदछ पहिचान खोज्नेहरुमा । माथि नै भनिसकेको छ कि पहिचान अस्तित्वसँग गाँसिएको हुन्छ । अस्तित्वलाई स्वतः स्वामित्वसँग टाँसिएको ठान्नुपर्छ, मान्नुपर्छ किनकी त्यो अस्तित्व एक अस्तित्व विहिन एक थरीको हुन्छ । जसलाई अस्तित्वको भाव पैदा भईसकेपछि पहिचानको अनुभव गर्दछ र स्वामित्व ग्रहन गर्दछ । अनि मनावले अपार मानव सिर्जनशीलतालाई उच्चतम रुपमा उजागर गर्दछ ।
सामथ्र्यको चर्चा भईरहदा पूर्वाधार विकासका अवस्था र सम्भावना कति छ भन्ने कुराको पनि ख्याल गर्नुपर्ने हुन्छ । कहाँ जल, जमिन, जंगल, खानी, जडिबुट्टी छ वा धेरै वा थोरै वा छदै छैन । कहाँ जमिन उर्वर छ वा छैन, कति स्कूल, अस्पताल, खानेपानी, मोटरबाटो लगायतका पूर्वाधारहरुको विकास भैसकेको छ वा छैनन् । आदि कुराहरु सामथ्र्यका आधारभूत पक्षहरु पक्कै हुन्, त्यसमा कसैको दुईमत नहोला । तर यी सबै कुरा फेरि मानव चेतना, सिर्जनशीलता, श्रम र औजारसँगै जोडिएको पक्ष हो । किनभने पानीबाट आफै विजुली बत्ति बल्दैन, उर्वरभूमिबाट आफै धानको वाला, जडीबुटीबाट आफ्फै ओखतीको ट्याबलेट बन्दैन, त्यहाँ मानव चेतना, सिर्जनशीलता, श्रम र औजारकै खाँचो र आवश्यक पर्दछ । मानव चेतना, सिर्जनशीलता, श्रम र औजारबाट नै हिजोको मानव चेतनाले असम्भव ठानिएका कुराहरु आज सम्भव भएका छन् । समुद्रमाथि मानव शहर, हवाई मैदान, मरुभूमिमा हराभरा खेतीबाली मानव सामथ्र्यका उदाहरणहरु हुन् ।
जहाँसम्म प्रशासनिक सुगताको कुरो छ त्यो संघीयता मा संभव छ । किनकी संघीयता शासन वास्तवमा एकात्मक र केन्द्रिकृत शासनलाई विकेन्द्रितकृत, स्वायत्तता, स्वाशासन र स्थानीय तहलाई बलियो बनाउने शासन हो । संघीय प्रणाली केन्द्र, संघ/राज्य/प्रदेश र स्थानीय/स्वायत्तता क्षेत्र/तहरुसँग सहमति र साझेदारीमा शासन गर्ने प्रणाली हो । त्यसो हुँदा अहिलेको जस्तो केन्द्रिमा सिंहदरवार जिल्लामा सदरमुकामा धाईरहनु पर्ने वाध्यता नहुनसक्छ किनकी स्थानीय/स्वायत्तता क्षेत्र/तहरुलाई नै बढीसे बढी शक्तिशाली र अधिकार संम्पन्न बनाउने उद्देश्यले नै त संघीय प्रणालीमा मुलुकलाई अग्रगामी पुनःसंरचना गर्न खाजिएको हो ।
उपसंहार :
त्यसैले विघठित संविधान सभाको राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँट समितिले पेशगरेको १४ संघीय प्रदेश (१ लिम्बुवान, २ किराँत, ३ शेर्पा, ४ सुनकोशी, ५ ताम्सालिङ, ६ नेवाः, ७ मधेश, ८ नारायणी, ९ तमुवान, १० मगरात, ११ थारुहट, १२ कर्णाली, १३ जडान, १४ खप्तड) र नेपाल सरकारले अन्तरिम संविधान अनुसार निर्माण गरेको राज्य शक्तिको बाँडफाँट सुझाब उच्च स्तरीय आयोगले समितिको १४ प्रदेशमा केहि परिमार्जित गरी १० संघीय प्रदेश (१ लिम्बुवान, २ किराँत, ३ ताम्सालिङ, ४ नेवाः, ५ माधेस मिथिला भोजपुरा, ६ नारायणी, ७ तमुवान, ८ मगरात, ९ मधेस अवध थारुवान, १० कर्णाली खप्तड) अन्तर्गतका ताम्सालिङ (संघ/राज्य/प्रदेश) संघीय प्रदेशमा पहिचानको पाँच तत्व÷आधार र सामथ्र्यको चार तत्व/आधारसँग विल्कुलै सम्बन्धित, तादाम्यता र सान्दर्भिक देखिन्छ । त्यसैले यी माथि उल्लेखित दस्तावेजलाई नै आधार बनाई अबको मुलुको संघीय प्रदेशको संख्या, नामाङ्कन, सिमाङ्कनमा सहमति गर्नुपर्दछ । जुन नेपाली विशेषताले भरीपूर्ण विविध जाति, भाषा, संस्कृति, धर्म, लिङ्ग, वर्ग, क्षेत्र, सीमाङ्ककृत, अल्पसंख्यक, दलित, मुस्लिम विभिन्न मुदायका प्रतिनिधिले प्रतिनिधित्व गरी बनाएको हो । न की ठूला भनाउदा कुनै खास एक निश्चित समुदाय, जाति, वर्ग, क्षेत्रका कुनै एक जातीय सिन्डीकेट युक्त राजनीतिक पार्टीका शिर्ष नेता/वरिष्ठ नेता भनउदाहरुले संविधान सभामा प्रतिनिधित्व गरिएका/नगरिएका अनि संविधा सभा भन्दा बाहिर रिसोर्ट, होटलमा अबैधानिक पाराले बनाएको । त्यसैले उक्त बैधानिक संविधान सभाका जनताको प्रतिनिधि सदस्यहरुले ४ वर्षसम्ममा सहमति गराई बनाएको समिति र आयोगका दस्तावेज नै त्यस्तो दस्तावेज हो जो जहिलेसुकै जहाँसुकै सहमति गराए पनि त्यसलाई आधार मान्नु पर्ने हुन्छ । सबैलाई चेतना भया ।

No comments:
Post a Comment