म १२/१३ बर्षको हुँदा काठमाण्डौ आएको थिए काठमाण्डौमा दाईहरु काकाहरु अनी गाउलेहरु धेरै थिए उहाहरु गलैचा बुन्नु हुन्थ्यो । काकाको चाँही गलैचा कारखाना थियो । मलाई लाग्यो यो देशमा सबै भन्दा बढी तामाङ रहेछ जताततै तामाङहरु भेटिन्थ्यो जुनसुकै गलैचा कारखानामा तामाङ नै तामाङ थियो । फिल्म हेर्न गयो जुनसुकै हलमा पनि तामाङ मात्रा भेटिन्थ्यो । भट्टी तिर गयो जुनसुकै भट्टीमा पनि तामाङहरु भेटिन्थ्यो । म म खान गयो त्यहा पनि तामाङहरु नै भेटिन्थ्यो । रिक्सा चलाऊने ट्याक्सी चलाऊने पनि तामाङ नै भेटिन्थ्यो । बसमा खलासीहरु पनि तामाङ नै भेटिन्थ्यो । सडक तिर चोक तिर नाम्लो बोकेर भारी बोकिरहेको पनि तामाङ नै भेटिन्थ्यो । जता पुग्यो त्यतै तामाङ भेटिन्थ्यो । तामाङ भनेर चिन्नुको कारण चाँही तिनिहरु सबै तामाङ भाषा नै बोलिरहेको हुन्थ्यो ।
एकदिन सामान्य केसमा मेरो दाइलाई प्रहरीले ठानामा थुनियो दुई दिन । म र भाउजु दाइलाई खान पुर्याउन गएको थिए त्यहा पनि थुनेर राखेको कैदीहरु प्राय तामाङ नै रहेछ । तर त्यहा चाँही हामीलाई पुलिसले तामाङ भाषा बोल्न दिएन । के गाई खाने भाषा बोलेको नेपालीमा बोल भनेर एकजना नाक लामो डन्ठेले थर्कायो ।
..................... त्यतिबेला म जहाँ जहाँ पुग्थ्यो त्यहा त्यहा तामाङ नै बढी भेटिन्थ्यो अनी मलाई लाग्थ्यो यो देशमा सबै भन्दा बढी तामाङ होला ।
म ठुलो हुँदै गयो एस एल सी दिए नागरिकता बनाउन गए नागरिकता बनाउने कार्यालयमा कर्मचारीहरु तामाङ भेटिएन । कलेज पनि भर्ना गरे कलेजमा शिक्षकहरु त एक जना पनि तामाङ भेटिएन । तामाङ बिद्यार्थीहरु चाही औलामा गन्ने सङ्ख्यामा भेटियो । जिल्ला सदर मुकाममा बिभिन्न अफिसहरुमा तामाङहरु सुन्य भेटियो, शिक्षा कार्यालय, स्वास्थ्य कार्यालय, बन कार्यालय, मालपोत कार्यालय, बिध्युत कार्यालय जती पनि अन्य कार्यालयहरु छ ति सबैमा तामाङहरु कही पनि भेटिएन । सिंह दरबार भित्र पनि छिरेको थिए त्यहा त झन बिउ पनि भेटिएन । अनी मलाई लाग्यो तामाङहरु धेरै छैन रहेछ यो देशमा ।
जब २०५८ मा जनगणना भयो त्यतिबेला मात्रा सबै जातिको तथ्याङ्क थाहा भयो को को कती सङ्ख्यामा रहेछ भनेर । तर मलाई त्यो तथ्याङ्क मिथ्याङ्क लाग्यो मिथ्याङ्क मात्र नभएर झुक्याङ्क लाग्यो ।
No comments:
Post a Comment