Saturday, August 17, 2013
हामी तामाङ हुनुमा यसकारण गर्व गर्छौ
हाम्रो आफ्नै मात्रिभाषा हुनु, आफ्नै चाडपर्वहरु रितिरिवाज हुनु, आफ्नै भेष भुषा हुनु, आफ्नै खालको बाजा डम्फु टुङना हुनु, हाम्रो तामाङ समाज भित्र सानो जात र ठुलो जात भन्ने नहुनु, नारी स्वतन्त्रता हुनु, विश्व शान्तिको दुत महामानब भगवान बुद्धको अनुयायी हुनु, विश्वको अग्लो चुचुरो सगरमाथा अनी त्यो आसपास बाह्रै महिना हिउले सेताम्य भएको मनमोहक हिमालको फेदमा हाम्रो बसोबास हुनु, काठमाण्डौ खाल्डोको पानी बाहिर बगाएर उपत्यकाको पहिलो बासिन्दा हुनु, हाम्रो पुर्खाले बाघ भालु सर्प बिच्छी सँग अनी प्राकृतिक प्रकोप सँग जुध्दै संघर्ष गर्दै खनिखोस्रीको जमिन ताम्सालिङ हुनु, हामी सोझो इमान्दार देश भक्त रास्ट्र प्रति बफादार हुनु,
२४५ बर्ष देखी निरन्तर रुपमा खस हिन्दू ब्राम्हण्बादी राज्यसताले दमन शोषण अन्याय अत्याचार थिचोमिचो हेपाइ पेलाई ठेलाई घोचाई गरे पनि त्यसको बाबजुद अहिले सम्म हाम्रो पुर्खाले जसरी कुखराको माउले आफ्नो चल्लाहरुलाई काखी मुनी छोपेर हावा हुरी चर्को घाम पानी र चिल गिद्धबाट बचाइ राख्छ त्यसरी नै हाम्रो पुर्खाले हाम्रो भाषा धर्म सस्क्रिती भेष भुषा अनि खनी खोस्रेको प्यारो भुमि ताम्सालिङलाई बरु खानु नपरोस लाउनु नपरोस तर आफ्नो स्वाभिमान र पहिचानलाई बन्धकी राखेर जन बिरोधी शासकहरु संग इतिहासमा कहिल्यै आत्मसमर्पण नगरेर हाम्रो पहिचानलाई बचाई राख्न सफल भएको गौरबमय इतिहास हामी तामाङहरुको भएको हुनाले हामी तामाङ हुनुमा गर्व गर्छौं साहसी तामाङ आमाको काखमा लुट पुटिदै बुबु चुसेर हुर्केकोमा हामी गर्ब गर्छौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment