बुद्धचित्त माला प्रशासनले अवैध भन्दै हस्तक्षेप गर्नु बौद्धमार्गीहरूलाई पतन गर्ने षडयन्त्र ।
समुन्द्रि सतहबाट करिव २१ सय फिट भन्दा माथि रहेको काभ्रेपलाञ्चोक जिल्लाको तेमालबाट हरियाली डाँडाहरु र मनोरम दृष्यहरुलाई अवालोकन गर्न सकिन्छ ।
काठमाण्डौँ उपत्यकासँग जोडिएर रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले अति महत्वपुर्ण ठाउँ हो तेमाल । तेमाल प्राचिन नाम ‘तेरमाला’ बाट अपभ्रम्स भएर ‘तेमाल’ हुँदै तिमाल भएको दन्त्य कथाहरुमा उल्लेख गरेको पाइन्छ । तामाङ रितिरिवाज हराए तेमालमा खोज्न जानु भन्ने भनाईले तामाङ समुदयको पुर्ख्यौली थलो अथवा प्रचिन तामाङसालिङ्को राजधानी भएको ठाउँ हो भन्ने जनाउँछ र यसलाई सम्पूर्ण तामाङ समुदायको पुर्ख्यौली थलोको रुपमा मानिदै आएको छ । तेमालका विभिन्न डाँडाहरुबाट महाभारतको चुरे श्रृंखला, उत्तरपुर्व तर्फको सर्वोच्च शिखर सगरमाथा, लाङटाङ, मनासोलु, माछापुच्छ्रे, अन्नपूर्ण, गणेश हिमाल, गौरीशंकर लगायतका अन्य थुप्रै हिमचुचुराहरुलाई प्रभात र सन्ध्यामा सूर्यको स्वर्णिम किरणले पोतिदा हिमशिखरको रमणीय दृष्यहरुले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन नलोभ्याउला भन्न सकिन्न ।
अनि हिमशिखरसँगै बहँदै आएको त्यो चिसो हावाले प्राकृतिक सुन्दरतालई स्पर्श गर्दा झन सुनमाथी सुगन्ध थपेझै हुन्छ । साथै सुनकोशी र रोशीको बीचमा रहेको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक स्थल र तामाङ संस्कार सस्कृतिले भरिपूर्ण एक मात्र स्थल तेमाल डाँडा विदेशी र नेपाली पर्यटक एवं अनुसन्धानकर्ताहरुका लागि अति उपयोगी हुन्छ । तेमाल गन्तव्यका लागि अरनिको राजमार्ग धुलिखेलहुँदै पाँचखाल, बोहोरे दोभान र वी.पी.राजमार्ग अन्तगर्त बनेपा भकुण्डे बजारबाट तेमाल जानेबाटो र सिन्धुली बर्दिबासहुँदै जाँदा झन तेमालको हावाले स्पर्श गरेको महसुशहुँदै तेमाल पुगेको थाहा पत्तो नै हुँदैन । ९० प्रतिशत तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा तामाङ लगायत नेवार, मगर, दमै, कामी, सार्की, ब्राम्हण, क्षेत्री लगयातका जातिहरुको बसोबास रहेको छ । राज्यको विकास क्रमसँगै २२÷२४ से राज्यकालमा तेमालमा पनि छुट्टै राज्यको रुपमा विकास भएको ऐतिहासिक प्रमाणहरु अहिले समेत भेटिन्छ । तामाङ भाषा र संस्कृतिको अत्यधिक प्रयोग गर्ने र धनि तेमालमा ह्रेञ्जेन दोर्जे तामाङ राजाले आफ्नो राज्य पनि चलाएका थिए । यसबेलाका राज दरबारका पुराना दरबारहरु कोटतेमाल दरबार, विभिन्न प्रशासनिक भवन, स्वागत गेटका भग्नावशेषहरु अहिले पनि तेमालमा गएर हेर्न सकिन्छ । ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँमा पद्मसंभव (गुरु रेम्पोर्छे) ले तपस्या गरेको ठाउँलाई गेलुङ ऊ (गेलुङ ओडार) लगायत अन्य ऐतिहासिक धार्मिक स्थलहरु भगवानहरुले तपस्या गरेका ओडारहरु, गुम्बा, छयोर्तेन, ककलिङ गाङ लागयतका ठाउँहरु तेमालमा गएर अझै पनि हेर्न सकिन्छ । तेमाल क्षेत्रमा विभिन्न खालको जटिबुटिहरुका साथै बहुमुल्य बुद्धचित्त माला तामाङ समूदय लगायत तेमाल बासीले खेती गर्दै आइ रहेका छन् । हाल आएर यो बुद्धचित्त मालाको बजारीकरण चीन, थाइल्याण्ड, हङकङ, सिंगपुर, कोरिया, जापन, अमेरिका, भारत, भुटान, मलेसिया बर्मा लगयात देशहरुमा माग बढेपछि मालाको बजार भाउ सुनको मुल्यभन्दा पनि मंहँगोमा बिक्री वितरण भैरहेको छ । यसै बेला प्रशासले अवैध भन्दै हस्तक्षेप गरि रहेको अवस्था छ । काँक्रे विहारमा बुद्धको मुर्ति राख्न नदिनु काभ्रेमा आफ्नै बारीमा रोपेको माला अवैध भन्दै किसान, व्यापारीहरु समत्नु के यस्तो व्यवहारले कतै तामाङ लगायत बौद्धमार्गी धर्मवालम्वीहरुको धर्ममा सरकारले लात हानेर दवाएर राख्न खोजेको त हैन ? यत्तिबेला पहिचान सहितको संघीयता खोज्ने आदिबासी नेताहरु किन चुप बस्यो त ? किन केहि बोल्दैनन् आदिबासीको नाममा बोल्दै हिड्ने नेताहरु ? खै बौद्धमार्गी संघसंस्था सञ्चालन गर्ने संघसंस्थाकाहरु ? अहिले गाउँबाट माला बेच्न आउने किसानहरु जिल्ला प्रशासनले बिचबाटोमा समाती रहेको छ । भोलीका दिनहरुमा बुद्धधर्मवालम्बिहरुले हातमा र गाँटीमा लगाउने समत्छ भने पर्सि गोन्बोमा बस्ने लामा गुरुहरु नसमातिएलान् भन्न सकिदैँन् ! यसरी शान्तीको निम्ती र मन्त्र जप्ने माला समात्यो भने बौद्धमार्गीहरुले के जप्ने ? अहिले प्रशासानले देखाएको यो बेब्यहारले बौधमार्गीहरुको धर्म नै दबाउने त हैन ? यदि हैन भने आफ्नै खेत बारीमा रोप्ने यो माला किन प्रशासनले समत्यो त ? आफ्नै खेतबारीमा खेती गर्ने बुद्धचित्त माला अवैध भनेर प्रशासनले हस्तक्षेप गर्न पाउँछ ? तामाङ समुदाय तथा बौद्धमार्गीहरुले सदियौँदेखी संरक्षण र व्यावसयिक रुपले खेती गर्दै आएको बुद्धचित्त माला निर्धक्क रुपमा बिक्रिवितरण र यसको व्यवसाय गर्न पाउनु तामाङ समुदाय तथा बौद्धमार्गीहरुको अधिकार हो । यो अधिकार कोहि कसैले हनन् गर्न पाउँदैन तर प्रशासनले यी समूदायको धर्म र सँस्कृतिको आस्था बोकेको बुद्धचित्त मालालाई बेच विखनको लागि सहयोग गर्नुपर्ने ठाउँमा प्रशासनले अवैध भन्दै गाउँबाट किसानहरुले बेच्ने ल्याएको माला बिचबाटोमा समाती उल्टै दुःख दिइरहेको छ । हिजो २ सय ४० बर्ष अगाडि जसरी आदिबासी जनजातिलाई एक भाषा, एक धर्म घोषण गरेर आदिबासी जनजातिहरुको आ–आफ्नो भाषा, धर्म, चाडपर्व र संस्कार संस्कृति दवायो अहिले धर्मनिर्पेक्षता भनिए त पनि हिजोको जस्तै ठानेर दबाएर राख्न खोज्नु भ्रममा परेको हैन र ? किनकी अहिले हिजोका आदिबासी जनजाति नसम्झे हुन्छ ।
यो फल काभे्रपलाञ्चोक जिल्लाको तेमालमा भन्दा विश्वको जुनसुकै कुनामा गएर खोजे पनि पाउन सक्दैन र संसारको जुनसुकै कुनामा लगेर यसको बिरुवा रोपेर उमारे पनि यसको फल लाग्दैन अथवा फल्दैन भन्ने जनविश्वास रही आएको छ । अन्य देशको त कुरै छोडौँ नेपाल अथवा काभ्रेपलाञ्चोक जिल्लाकै तेमाल आसपासमा समेत यो बिरुवा रोपेर फलाउन सकिदैन । पद्धम् सम्भाव अथवा (गुरु रेमपोर्छे)को सुरुको तपस्या भएको ठाउँ तेमालको गेलुङ ऊ, तोङ साम कुन्ड अहिले पनि हेर्न सकिन्छ । माला बुद्धका अनुयायीहरुले तपस्या आध्यातमिक चिन्तन र शान्तिका लागि जप गर्न एक सय आठ वाट बुद्धचित्तको दानाबाट एउटा माला तयार पारि बुद्धत्व प्राप्त गर्न अँ मनि पेमा हुँ अँ मनि पदमे हुँ भनि प्रत्येक पलमा जप गरेर ध्यानमा बस्दै आएको छ । वि.स.२०१९÷२० साल देखि व्यक्तिगत प्रयोजनका रुपमा मात्र प्रयोग नगरी व्यवसायिक रुपमा पनि उपयोग गर्दै आएका छन् । यो माला जती सानो दाना भयो त्यती नै अमूल्य रहेको छ । किनकी सानोमाला बनाउँदा खोप्ने बाहेक अन्य कुनै औजार लगाउनु पर्दैन मात्र खोपे पछि माला बन्छ । अन्य औजारहरु प्रयोग नभए पछि माला फल लाग्दा बीचबाट श्रृष्ट्री हुँदा त्यहाँ महत्वपूर्ण तत्व हुन्छ । त्यो बुद्धचित्त माला प्रयोग गर्नेले बुद्धत्व प्राप्त गर्न पनि सकिन्छ भन्ने जनविश्वासका आधारमा यो माला झन मंहँगो हुँदै गएको हो । त्यसैले मालाको मुल्य पनि व्यापारीहरुले साइज अनुसार एउटा व्यापारीले किसानहरुसँग किन्ने गरेका छन् । ब्यापारीहरुले माला जम्मा गर्न आठ नौ महिना अगाडि देखि एउटा बोटको नै एक दुई लाख सम्म बैना किसानको घर घरमै गएर छोड्ने गरेको पाइन्छ । माला टिप्ने समय भएपछि माला चोर्न आउँछ भनि मालाको बोट मुनि दिनरात आफु अथवा तलाव दिएर कामदरलाई राख्ने खाने र राती सुत्ने त्यो मालाको बोट मुनि नै गरिन्छ । यूएनको जल, जंगल जडिबूटी र सँस्कृति सम्बन्धि आदिबासीको अधिकार सुनिश्चित सम्झौता अन्तर्गत पर्दछ । यो सम्झौतामा नेपाल सरकारले पनि हस्ताक्षर गरेको छ । बुद्धचित्त माला अवैद्ध वनपैदावार भन्न सरकारलाई कुनै पनि अधिकार छैन किन भने सरकारी संरक्षणमा कुनै वनमा यो बिरुवा पाउँन सकिन्न र यसको संरक्षणको लागि सरकारको तर्फबाट अहिलेसम्म कुनै पनि कदम चालिएको पनि त छैन । बुद्धचित्त माला प्रशासनले अवैध भनेर कुन आधारमा हस्तक्षेप गर्ने ? प्रशासनले गरेको अत्याचार विरुद्ध बौद्धमार्गीहरु आ–आफ्नो ठाउँबाट उठ्नुपर्छ जुट्नुपर्छ । आज व्यापारीहरु समत्छ भोली माला लागउने र पर्सि धर्मगुरुहरुलाई पनि अवैध माला जप्न पाउँदैन भनेर समात्छ । बौधमार्गीहरु आर्थिक रुपमा सम्पन्न हुने देखिएकाले सरकारले प्रशासनलाई खडा गरेर तेमालका किसानहरुले बेच्न ल्याएको बुद्धचित्त माला विचबाटोमा समातीनु बोद्धधर्मलाई अगाडि बढाउन नदिने षड्यन्त्र पनि हुन सक्छ । त्यसैले सम्पुर्ण बौद्धमार्गीहरु सचेतहुन जरुरी छ ।
No comments:
Post a Comment