Wednesday, August 7, 2013

बौद्ध धर्ममा आएको उत्थान र पतन

बौद्ध धर्ममा आएको उत्थान र पतन

बुद्धको जन्मस्थल बुद्धभूमी नेपालमा किन बुद्ध धर्म फस्टाउन र राज धर्मको रूपमा बिकास हुन सकेन ?

     आज भन्दा २५ सय बर्ष अगाडी लुम्बिनीमा एयटा बालक जन्मियो । उ बढदै हुर्कदै जाँदा दुःखमा ग्रसित समाज देख्यो । दुःखलार्इ निर्मुल पार्ने उपाएका खोजिका लागि आफ्नो परिवार, राज्य, श्रीसम्पति सुखसयल सबैलार्इ त्यागेर उ दुःख निवारण र सत्यको खोजिमा निन्तर लाग्यो । उसले बोधी ज्ञान प्राप्त गरयो । उ गैातम बुद्ध भयो । यो संसार प्रसिद्ध मानव धर्म कहलियो । 

      बुद्ध धर्म  नेपालको सबै भन्दा पुरानो आदिकालीन आदिवासी लोकधर्म हो । यो स्वदेशी माटोमा जन्मिएको प्राचिन मानव लोक धर्म हो । बौद्ध धर्म स्वदेसमा जन्मिए पनि  यसले नेपाली माटोमा फुलने र फक्रने / हुर्कने सहज मैाका प्राप्त गर्न सकेन । नेपालको र्इतिहासमा किराटकाल र लिच्छविकालमा बौद्ध धर्म अत्यन्त लोकप्रिय, जनप्रिय प्रसिद्ध धर्म थियो । किराती राजा यलम्बर लगायतले बौद्ध धर्मका लागि दिएको योगदान अत्यन्त सराहनिय छ । लिच्छवीकालमा राजा अँशुवर्मा स्वयं बौद्ध धर्मावलम्वि थिए ।
उनको प्रशस्त बौद्ध बिहार गुम्वा र मठकरू निर्माण गरेका थिए । उनी आफु बुद्धिष्ट भएकै कारण आफ्ना छोरी भृकुटीलार्इ तिब्बती राजकुमार स्रङचङगम्पोसंग बिबाह गरीदिएका थिए । भृकुटीले तिब्बतमा गर्इ बुद्ध धर्मको ब्यापक प्रचारप्रसार गरेको एतिहासिक बर्णन पार्इन्छ । भृकुटीसँगै एक जना राजमात्य मगर पनि बौद्ध धर्म प्रचारका लागि तिब्बत गएका थिए । लिच्छवीकालिन राजा बृषदेव पनि बुद्धिष्ट थिए । राजा शिवदेव प्रथमले जीवनको अन्त्यतिर गौतम बुद्धले जस्तै राजदरबार छोडेर भिक्षु भएर हिडेका थिए भन्ने एतिहासिक भनाइ पाइन्छ । 
बौद्धमार्गि राजा नरेन्द्रदेवले आफ्नो कम्मरमा बुद्धको टाउको अँकिट पेटी बाँधेर बुद्धप्रति भक्तिभाव सम्पर्ण गर्दथे । यस समयमा राज्यका राजाप्रजा सबै बौद्ध धर्मालम्बि थिए । सुख र शान्तिकाल भएकोले नेपालको र्इतिहासमा यस बौद्धकाललार्इ लिच्छवीकालिन स्वर्ण युग भनेर र्इतिहासमा अँकित छ । किरातकाल र लिच्छवीकालमा बौद्ध धर्मको बलियो परम्परा थियो। तर मल्लकालको उत्तरार्ध र राणाकालमा बौद्ध धर्मको र्इतिहास माथि अत्यन्तै कालो बादल मडारिन पुग्यो । पञ्चायत र बहुदलिय प्रजातन्त्रकालमा त्यहि परम्परा हिन्दूराष्ट्रले कानुनी रूप र सम्बैधानिक मान्यता प्राप्त गरेपछि यो स्थिति अझै नाजुक हुन पुग्यो । 
      भारतमा हिन्दू मुसलमान आक्रमण र नेपालका हिन्दू आघात आक्रमणका कारण बौद्ध धर्मको क्षय हुदै गयो । सन १२०० तिर भारतमा मुसलमान आक्रमण हुँदा बौद्ध भिक्षुहरू जहा भेटीए त्यही काट्न थालिए । त्याहा बुद्ध धर्मको नाम निशानै मेटाने काम भयो । शँक्रमणकालमा चलाख ब्राहमणहरूले बुद्धकला र मूर्तिलार्इ हिन्दू मठ मन्दीरमा रूपान्तरण स्थापित गरे । हिन्दू राजा जयदेवले १२औं शताब्दीमा बुद्धलार्इ बिष्णुको नवौ अवतार हुन् भनेर हिन्दू सम्प्रदायको एकशाखाको रूपमा बुद्धलार्इ राखे । बुद्ध धर्म हिन्दू धर्मको एउटा शाखा हो भनेर बुद्ध र बौद्ध धर्मलार्इ गौण बनाउने खेल खेलियो । प्रश्न   उठदछ ? वर्णाश्रमवादी हिन्दू धर्ममा आएको बिकार बिकृतिलार्इ रोक्ननै बिकल्पमा बौद्ध धर्म उिभएकोले कसरी बौद्ध धर्म हिन्दू धर्मको शाखा हुन सक्छ ? जसका ज्ञान दर्शनहरू एक अर्काका बिपरीत छन् । कहाँको आत्मा र र्इश्वरको अस्तित्व मान्ने पछिल्लो हिन्दू धर्म कहाँ अनिश्वर र अनात्मावादी अघिल्लो बुद्ध धर्म । 

नेपाल मगर बौद्ध सेवा समाज के.स. द्धारा प्रकासित लेखक टी.बी. पुन मगरको किताबबाट उद्धृत 
 


No comments:

Post a Comment