Tuesday, August 6, 2013

इतिहास लेख्न जर्ुर्मुराएका तामाङ भावना र आवेग

इतिहास लेख्न जर्ुर्मुराएका तामाङ भावना र आवेग




- धनप्रसाद तामाङअध्यक्ष, नेपाल तामाङ घेदुङ


सबैभन्दा पहिले म हाम्रा तामाङ आखे, तामाङ मामहरूलाई सम्बोधन गर्न चाहन्छु । जसका कारणले म जन्मिएँ, हामी जन्मियौँ । जसका कारणले हामीले यो सुन्दर जीवन व्यतित गर्न पाइरहेका छौँ । हाम्रो बीचमा यो भेटघाट सम्भव भएको छ । तामाङको विषयमा चर्चा परिचर्चा गर्न पाइरहेका छौँ । ती महान् वंशजप्रति मलाई ज्यादै आत्मगौरव हुन्छ । आत्मस्वाभिमानले मलाई सगरमाथाभन्दा माथि उठाउँछ । मलाई लाग्छ हरेक, जातीय सचेतनाले भरिएको तामाङहरूलाई यस्तै अनुभूति भएको छ । त्यही अनुभूतिले हामीलाई यो ठाउँमा ल्याइपुर्‍याएको छ ।
ती महान् तामाङ जाति आज इतिहासको एउटा मोडमा उभिएको छ । इतिहासमा कहिल्यै पनि तामाङ जाति परेनन् र इतिहासकार बन्न सकेनन् । अब कसैले बनाएको इतिहासमा परिने हैन । कसैले लेखेको इतिहासमा पर्नका लागि गिट्गिट्याउने हैन, कसैले बनाएको ढाँचामा इतिहास लेख्ने हैन, अब आफैले इतिहास लेख्नर्ुपर्छ भनेर तामाङ जाति जर्ुमुराइरहेका छन् । ती जर्ुर्मुराइरहेका तामाङ मुठ्ठीहरू, भावनाहरू र आवेगहरूलाई प्रतिनिधित्व गर्दै यहाँहरूको बीचमा केही कुरा राख्न चाहन्छु । यो राख्ने क्रममा केही विलम्ब भए भने पनि तामाङ विरासतलाई र्सर्धैँ उच्च राख्न तामाङ अग्रसर हुन्छन् भन्ने पाठ यहाँहरूलाई मलाई दिनुहुने छ र यो पाठ बोकेर म मुलुकको अरू तामाङहरूको बीचमा पुर्‍याउने सङ्कल्प गर्न चाहन्छु ।
साँच्चै तामाङ जाति महान् जाति हो, विराट जाति हो । त्यसले निर्माण गरेको, त्यसले चर्चेको, त्यसले बनाएको यो मुलुक आज साँच्चै इमान्दारीपर्ूवक बुझिदिने हो भने विश्वको हिराको टुक्रा यो मुलुक बन्ने छ । किनभने एउटै महादेशमा नपाइने चराहरू यहाँ पाइन्छन् । ससारमा नपाइने सातथरिका फूलका प्रजातिहरू यहाँ पाइन्छन् । त्यस्तै संसारमा नपाइने जलचरहरू पनि यहाँ पाइन्छन् । संसारमा नभेटाइएका जैविक विविधताका तत्वहरू यहाँ भेटिन्छन् । हरेक हिसाबले प्राकृतिक हिसाबले, जैविक हिसाबले, साँस्कृतिक हिसाबले सम्पन्न छ । त्यसकारण यो मुलुकलाई साङ्ग्रिला भन्ने गरिन्छ । 'साङ्ग्रिला' भनेको 'ला टीबाला ग्ला' हो । 'सा' जमिन,  'ला' देउतार्,र् इश्वरले बास गरेको थलो । त्यसकारण तामाङहरूले स्थापित गरेको धर्मर्,र् इश्वर बसेको यो ठाउँ, कसले बनायो - तामाङले बनायो । तर त्यस्तो महान् राष्ट्र आज दुनियाँको दर्रि्र मुलुक बन्न गएको छ । संसारभरि हेला गरिने मुलुक भएको छ । यो मुलुकलाई बनाउने हातहरूलाई अरू कुनै दुष्ट हातहरूले काटिदिने काम गर्‍यो । यो मुलुकलाई चर्चिने गोडाहरूलाई अरू कुनै दुष्ट गोडाहरूले छिर्के हालेर लडाउने काम गर्‍यो । अब ती गोडा र ती हातहरू हटाइनर्ुपर्छ र जमिन चर्चिने गोडाहरू र यो मुलुक बनाउने हातहरू फेरि निर्माणमा जुट्नर्ुपर्छ । त्यसपछि साँच्चै यो हिरा बन्ने छ । त्यो हिरा बनाउने अभियानमा हामी लागेका छौँ । देशबासी लागेका छन् । आदिवासी जनजाति लागेका छन् । नागरिक समाज जुटिरहेको छ । बहुलवादले भरिपर्ूण्ा भए पनि यो मुलुक सधैँ केन्द्रीकृत भयो । यो मुलुक सधैँ एकल ढङ्गले चलाउने काम भयो । एक व्यक्ति एक परिवार एक वंश एक जाति एक धर्म एक भाषा र एक संस्कृतिले मात्र चलाउने काम भयो । रजाइँ गर्ने काम गर्‍यो । त्यो रजाइँ गर्ने काम गर्दाखेरि थुप्रै जाति भाषा धर्म संस्कृतिलाई तल पार्ने काम भयो । यो एकल जातिवादी केन्द्रीकृत शासन र राज्य भएको कारणले तामाङहरू पनि अरू जाति जस्तै शोषण दमनमा पर्नुपर्‍यो । उत्पीडनमा पर्नु पर्‍यो । अब हामी यसलाई बदल्न चाहन्छौँ । कसैले पनि बदल्नेवाला छैन । बुझनुपर्ने कुरा यो हो । कृष्णप्रसाद भट्टर्राईले बदल्दैन । गिरिजाप्रसाद कोइरालाले पनि बदल्ने चाहना राख्दैन । र अहिलेका बहुतै क्रान्तिकारी अलङ्कारले छोपिएका महान् नेताले पनि यसलाई बदल्न चाहन्न । यो बदल्ने काम हामीले नै गर्नुपर्छ । त्यसको एउटै कडी छ । यो कडी के हो भने तीनवटा अवाञ्छित तत्वहरूको गठजोड रहेको छ ।
यो मैले अरूकै शब्द सापट लिएको हुँ, गाई, बाहुन र राजा । यो तीनवटै कुरा सङ्गै रहेसम्म, सङ्गै जाने स्थिति रहेसम्म महान् क्रान्तिकारी नेताले पनि, महान् जादुगर तिलस्मी करिश्मा पैदा गराउने मान्छेले पनि यो मुलुकमा कुनै परिवर्तन ल्याउन सक्दैन । त्यसो भएको हुँदा आम जनताले, आदिवासी जनजातिले, तामाङ जनताले के भन्ने गरेको छ भने अघि भनिएको जस्तो ढङ्गले शासन चल्नु हुँदैन । अब यो मुलुकको रूप परिवर्तन गर्ने हो भने राज्यको नीति, राज्यको दमन, राज्यको चरित्र परिवर्तन हुनर्ुपर्छ । त्यो परिवर्तन भएर मात्रै त्यो परिवर्तित भएर आएको बहुधार्मिक, बहुभाषिक, बहुजातीय संरचनाको चरित्रको राज्यको व्यवस्थाबाट निर्मित कानुनले मात्रै यो मुलुकलाई चलाउन सक्छ । यो मुलुकको सुशासनभित्र सबै जनता समेटिन सक्छन् । यो विश्वास आम जनताको हो । तर सधैँ के हुने गर्दछ भने कर्ताहरू अगाडि निस्कनु पर्दोरहेछ । नेतृत्व गर्ने अगाडि निस्कनुपर्दोरहेछ । जिम्मेवारी लिनेहरू अगाडि निस्कनुपर्दोरहेछ । त्यो जिम्मेवारी लिनको लागि सरोकारावाला अगाडि बढ्नुपर्दोरहेछ । सरोकार नभएको स्वार्थ मात्र लुट्न चाहनेहरू अगाडि बढ्यो भने सरोकारवाला पछाडि पर्दछ । निर्माण गर्न खोजिएको कुरा सफल हुँदैन र त्यो ध्वंशतिर जान्छ । यसकारण अहिलेको आन्दोलन आदिवासी जनजातिको आन्दोलन हो । अहिलेको आन्दोलन हाम्रो आन्दोलन हो । अब निर्माण गरिने इतिहास हाम्रो इतिहास हो । यसकारण पनि हामी बेसी लाग्नर्ुपर्दछ । हामी बढी सचेत हुनर्ुपर्छ । हामी बढी जागरुक हुनर्ुपर्छ । हामी बढी सङ्र्घष्ाशील हुनर्ुपर्दछ । धेरै आन्दोलित हुनर्ुपर्दछ । आन्दोलित हुनका लागि अब तामाङ जनताले सांस्कृतिक कुरा मात्रै होइन, सामाजिक कुरा मात्रै हैन, राजनीतिक सवालहरूलाई उठान गर्नुपर्दछ र त्यो राजनीतिक सवाललाई काँधमा राखेर अग्रगतिका साथ अग्रपङ्तिमा रहेर तेज गतिकासाथ एउटा तीर हानिए जस्तै लक्ष्य भेदनका लागि अगाडि बढ्नर्ुपर्दछ । यो परिस्थितिको भनाइ हो । यो अहिलेको युगको भनाइ हो । यो मुलुकको आवश्यकताले बोलेको कुरा हो । यो कुरालाई नेपाल तामाङ घेदुङले कसरी लिएको छ - म त्यतातिर यहाँहरूको ध्यान मोड्न चाहन्छु ।
समाज परिवर्तनको कुरा धेरै चलेको छ । जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउने कुरा पनि धेरै चलेको छ । जनक्रान्ति गर्ने भन्ने कुरा पनि धेरै चलेको छ । तर जनक्रान्ति गर्नेहरूले ५० औँ वर्षबिताए । ६० वर्षबिताए । तर जनक्रान्ति कतै भएको छैन । सामाजिक परिवर्तन कतै भएको छैन । खोकिलामा ढुङ्गा राखेर चल्ला काढ्ने जस्तो कथा बनेको छ । अनि त्यो आख्यान अगाडि बढ्दै जाँदाखेरि मुलुक एउटा बगरमा परिणत भएको छ । ढुंगालाई अन्डा बनाएर चल्ला काढ्ने प्रयास भइरहेको छ, जो कहिल्यै हुँदैन । किन - त्यसको कारण भनेको सत्तामा पनि शासन मात्रै गर्ने स्वार्थ मात्रै लुट्ने भए । क्रान्ति गर्नेहरू पनि त्यस्तै भए । त्यही नीतिले निर्देशित भएकाहरू मान्छेहरू परे । त्यसकारण भालेले फुल पारेर चल्ला काढ्ने कुरा जस्तो भएको छ । अब यो मुलुक हाम्रो बनाउनुपर्‍यो । किनभने यो मुलुक हाम्रो बाहेक कसैको रहेनछ  । एउटा मात्र उदाहरण दिन चाहन्छु । मुलुकको सचिवले ग्रीन कार्ड लिनका लागि अमेरिकामा प्रयास गरिरहेको छ । यो मुलुकको सचिवस्तरको मान्छेलाई अमेरिकामा जानुपर्ने रहेछ । तपार्इर्र्हामीचाहिँ यहाँ रहनुपर्ने रहेछ । त्यो मान्छे टुरिस्ट रहेछ । नेपालीको स्वरुपमा विदेशी मान्छे रहेछ । त्यस्तो मान्छेले हाम्रो मुलुकको विकास गर्छ - यहाँको धेरै मान्छेहरूले पैसा लुटेर विदेशमा राखेका छन् । तिनले हाम्रो मुलुक चलाउँछ - हामी जन्मिन्छौँ, मर्र्छौँ । घोप्टो चेप्टो हुन्छौँ । सबै यहीँको माटोमा हुन्छ । हाम्रो जीवनलाई परिवर्तन गर्नका लागि यो मुलुकलाई परिवर्तन गर्नुपर्दोरहेछ । र त्यो परिवर्तन गर्ने मान्छे हामी मात्रै रहेछ । मुलुकलाई समृद्ध बनाउने त हामी मात्रै रहेछौँ । यसैले अब हामीले चलाउने यो मुलुकको शासन व्यवस्था कस्तो हुनर्ुपर्छ भन्ने तर्फहाम्रो ध्यान केन्द्रीत हुनुपर्‍यो । अहिलेको भनाइ यही नै हो । यसो गर्ने हो भने अहिलेको राज्यसत्ता कस्तो छ , अहिलेको राज्यसंरचना कस्तो - राज्य नीति कस्तो छ - यसको विषयमा हामीले धेरै ठाउँमा धेरै माध्यमबाट धेरै तरिकाले वसह गरिसकेका छौँ । अब त्यो वहसलाई तामाङ जनताको पीँधसम्मै, तामाङ जनताको भूइँसम्मै लिएर जानर्ुपर्छ । तामाङ जनताको अहिलेको जुन पर्ूव राजनीतिक अवस्था (Pre Political Stage) छ, यसलाई राजनीतिक अवस्थामा ल्याउनर्ुपर्दछ । यो राजनीतिक अवस्थामा ल्याउने अभियान नै सामाजिकीकरणको अभियान हो ।
अहिले नेपाल तामाङ घेदुङ सिङ्गो तामाङ जनतालाई राजनीतिक अवस्थामा ल्याउनका लागि सामाजिकीकरणको अभियानलाई तेजका साथ अगाडि बढाइरहेको छ । जुन शब्दलाई हामी राजनीतिक भन्न सक्दैनौँ । कारण हामी सामाजिक सङ्गठन हौ । हाम्रो नेपाल तामाङ घेदुङ सामाजिक सङ्गठन हो । त्यसकारण हामीले राजनीतिक शब्दावलीहरू कमभन्दा कम प्रयोग गर्छार्ँँैँ । तर राजनीतिक उद्देश्य पर्ूर्तिका गर्नका लागि राजनीतिक ढङ्गले सुसङ्गठित र शक्तिवान हुनका लागि हाम्रो प्रयत्नहरू अगाडि बढाइएका छन् । यसो भएको हुँदा राज्यको स्वरुप कस्तो बनाउने - राज्यको स्वरुप भनेको बहुजातीय हुनर्ुपर्छ र मुलुकलाई चलाउनका लागि बहुजातीय राज्यमा बहुजातिको पहुँच हुनर्ुपर्छ । बहुजातिको उपस्थिति हुनर्ुपर्छ । बहुजातिलाई सम्बोधन गरिनर्ुपर्छ । त्यसो गर्ने हो भने अहिलेको पर्रि्रेक्ष्यमा के गर्नुपर्दछ - अहिलेको पर्रि्रेक्ष्यमा हिन्दूजनलाई शीरदेखि पुच्छरसम्म निकालेर फाल्न सक्नर्ुपर्दछ । हिन्दूज्म भनेको बाहुनवाद हो । बाहुनवादलाई जोगाइराख्नु भनेको हिन्दूज्म हो । त्यसकारण यो धर्म निरपेक्ष राष्ट्र हुनर्ुपर्दछ । जुन घोषणा गरेको त्यसलाई अक्षरशः व्यवहारमा उतार्नुपर्दछ । अक्षरशः उतार्ने हो भने नुवाकोटमा रौत तामाङलाई गाई काटेको आरोपमा अब राज्यले थुन्न पाइँदैन । मौखिक रुपले धर्म निरपेक्ष राष्ट्र, व्यावहारिक रुपले हिन्दू राष्ट्र भएको छ । अहिले पनि दशैंमा बिदा दिने काम गर्‍यो । अहिले पनि दशैमा भत्ता बाँडफाँट गरेर मुलुकको ढुकुटी ध्वंस पार्ने काम गर्‍यो । अहिले पनि जनताको छोरा छोरी पढ्ने विद्यालय बन्द गरेर शिक्षालाई कटनी गर्ने काम गर्‍यो । अहिले पनि राँगा बोका काटेर हिंसालाई यथावत् राख्ने काम गर्‍यो । अब यो मुलुक हिन्दू राष्ट्र हो कि होइन -
-पर्ूवाञ्चल भेलामा -२०६४ मङ्सिर १ गते) व्यक्त गर्नुभएको सम्पादित मन्तव्य )

No comments:

Post a Comment