डम्बर अधिकारी
यी युवाको तस्बिर हेर्नुस त। छातीमा रगतले वी वान्ड गोरखाल्याण्ड भन्ने नारा लेखिएको छ । तस्बिर खिचिएका यि युवा त एक प्रतिनिधी पात्र मात्र हुन ।यतिबेला दार्जलिङ र आसपासका क्षेत्रमा गोर्खाल्याण्डको माग गर्दे हजारौ नेपाली भाषी भारतीयहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपालीभाषी भारतीयहरुले यो माग राख्दै आएको झण्डै १०७ बर्ष भईसकेको छ । तर भारत सरकारले यस विषयमा आजसम्म कुनै सुनुवाई गरेको छैन । बरु उल्टो दमनको रणनीति अपनाउँदै आईरहेको छ । गोर्खाल्याण्ड आन्दोलनलाई एक पछाडि फर्केर हेर्ने हो भने भारतमा व्रिटिस साम्राज्य छदै देखि सन् १९०७ देखि नै दाजिलिर्ङमा छुट्टै राज्यको माग सुरु भएको थियो ।
सन् १९१७ मा पहिलोपटक हिलमेन्स एसोसिएसन नामक दलले दाजिलिङग ,जलपाइगुडी र डुवर्सलाई अलग गर्नुपर्ने माग गरेको थियो त्यो माग पनि त्यसै सेलायो ।त्यसपछि सन् १९४५ मा साहित्यकार रुपनारायण सिंहले दाजिलिङगलाई बंगालबाट अलग गर्नुपर्ने भन्दै लामो समय आन्दोलन गरे । त्यो आन्दोलन पनि निरर्थक बन्न पुग्यो । त्यसपछि सन् १९४६ मा कम्युनिस्टहरुले दाजिलिङग , सिक्किम, डुवर्स तथा तराईलगायतका भाग गाभेर सार्वभौम राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका थिए । तर त्यो अभियान पनि त्यतिकै तुहिन पुग्यो ।
जातीय, भाषिक सांस्कृतिक हिसाबले छुट्टै पहिचान भएका दार्जलिङगबासीहरुले उठाएको गोर्खाल्याण्डको मुद्धा लिएर त्यतिबेला जति पनि राजनीति दलहरु अस्तित्वमा आए उनीहरु असफल हुन पुगे ।जसले गर्दा राजनीतिक दलहरुको अस्तित्व नै संकटमा पर्न पुग्यो ।यहीबीचमा असीको दशकमा सुवास घिसिङले गोर्खाल्याण्डको मुद्धा उठाए ।आन्दोलन चरमोत्कर्षमा पुग्यो । २ हजार भन्दा बढी नेपाली भाषीहरुले ज्यान गुमाए भने सयौ संख्यामा नेपालीभाषीहरु घाइते हुन पुगे ।तैपनि गोर्खाल्याण्ड आन्दोलन सफल हुन सकेन ।बरु त्यही आन्दोलनलाई ढाल बनाएर घिसिङ गोर्खा पार्वत्य परिषद प्रमुख बन्ने पुगे । घिसिङ दुई दशक सम्म गोर्खा पार्वत्य परिषदको प्रमुख बने ।
त्यही बीचमा भारतीय टिभि च्यानलले आयोजना गरेको इण्यिन आइडल छनोट प्रतियोगितालाई पछ्याउदै विमल गुरुङगले दुई बर्ष अगाडि पुनः गोर्खाल्याण्ड आन्दोलन चर्काए । गुरुङको नेतृत्वमा भएको आन्दोलन निकै उचाइमा पुग्यो । तर उक्त आन्दोलन पनि गोरखा टेरिटोरियल एडमिनिस्ट्रेसन गठन गर्ने त्रिपक्षीय सम्झौतामा गरेर रोकिन पुग्यो । जुन सम्झौतमा केन्द्रका तर्फबाट तत्कालीन गृहमन्त्री पी चिदम्बरम ,पश्चिम वंगाल सरकारका तर्फबाट मुख्यमन्त्री र गोजोमोका तर्फबाट गुरुङगले हस्ताक्षर गरेका थिए । यद्यपी गोजमोले भने आफ्नो अन्तिम लक्ष्य गोर्खाल्याण्ड भएको हुँदा त्यसबाट पछि नहट्ने जनाएको थियो । उक्त त्रिपक्षीय संझौता भएपछि दार्जलिङग शान्त रहदै आएको थियो ।तर पछिल्लो समयमा केन्द्र सरकारले आन्ध्रा प्रदेशबाट छुट्याएर तेलंगा राज्य गठन गर्ने अन्तिम तयारी गरेपछि भने गोर्खाल्याण्ड आन्दोलन एकाएक तातिन पुग्यो । आन्दोलन तताउनका लागि गुरुङग राजीनामा दिएर सडकमा ओर्लिसकेका छन् भने गोर्खाल्याण्डका सर्मथक मंगल सिंह राजपूतले आत्मदाह समेत गरिसकेका छन् ।यि घटनाक्रमले अनुमान लगाउन सकिन्छ भने दार्जलिङगबासीहरु जस्तोसुकै मूल्य चुकाउनु परेपनि उनीहरु पछाडि फर्कने मनस्थितीमा रहेका छैनन ।
दार्जलिङगबासीहरुले अहिले जुन भागलाई केन्द्रित गरेर गोर्खाल्याण्ड माग गरिराखेका छन् ।भौगोलिक हिसाबले हेर्ने हो भने यो भूमि नेपाल, चीन ,भूटान र वंगाल देशको भू भाग संग सिमाना जोडिएको छ ।त्यसैले यसलाई सुरक्षा रणनीतिका हिसाबले समेत निकै महत्वपूर्ण मानिन्छ । सायद त्यही कारणले गर्दा पनि भारत सरकार गोर्खाल्याण्ड दिन आनाकानी गरिराखेको छ ।
आक्रमक ममता
पछिल्लो पटक जब गोर्खाल्याण्डको मुद्धा अगाडि बढ्न सुरु गरयो त्यसपछि वंगालकी मुख्य ममता वनर्जी निकै आक्रमक रुपमा प्रस्तुत हुन थालेकी छन् । आक्रमक रुपमा प्रस्तुत भएकी वनर्जी ७२ घण्टा भित्र आन्दोलन फिर्ता लिन चेतावनी समेत दिएकी छन् ।वनर्जीको यस किसिमको चेतावनी आएपछि आन्दोलनकारी थप आक्रम ढंगले प्रस्तुत हुन थालेका छन् ।
नेपाललाई अनावश्यक आरोप
यसैबीच जब जब गोर्खाल्याण्ड आन्दोलन चर्कन त्यसपछि भारतीय गुप्तचरहरुले गोर्खाल्याण्ड आन्दोलनलाई उकास्न नेपालीहरुले सहयोग गरेको आरोप लाग्ने गर्दछ ।यस्तैमा यसपटकको आन्दोलन सुरु भएपछि पनि भारतीय गुप्तचर संस्थाले आन्दोलनलाई नेपालबाट उर्जा थप्ने गरेको आरोप लागेको छ ।

No comments:
Post a Comment