Friday, August 30, 2013

संघीय राज्य भएको देशहरु

कुमार योन्जन तामाङ 

पृष्ठभूमिः
अन्तरिम संविधान २०६३ ले नेपाल संघीयतामा जाने कुराको घोषणा गरिसकेपछि नेपालमा संघीयताका विषयमा विभिन्न कोणबाट यसको व्याख्या हुन थालेको छ । दलहरु र नागरिक समाजका मान्छेहरु समेत पहिचान समर्थक र पहिचान विरोधीका रुपमा चित्रित हुन थालेका छन् । जेठ १४ अघिका केही दिन सडकहरु समेत त्यस्ता नाराहरुले गुन्जायमान भएको कुरा सबैलाई थाहा भएकै कुरा हो । अन्ततः संविधान सभा नै त्यही कारणले विघटनको स्थितिमा पुगेको जगजाहेर छ । अहिले फेरि संविधान सभाको दोस्रो निर्वाचनको प्रक्रियामा जाँदा संघीयताका वारेमा बहस उठ्न थालेको छ । खास गरेर, संघीयता विरोधीहरुले जनतामा संघीयताका वारेमा काफी भ्रम पैदा गरेका छन् । त्यहीकारण श्रमजीवि जनताका पक्षधरहरु पनि संघीयताको मर्मका वारेमा भ्रममा पर्ने स्थिति बनेको छ । अतः यहाँ संघीयताका आधारभूत विषय एवं अनुभवहरु संक्षेपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
के हो संघीयता ?
एक लाइनमा भन्दा संघीयता भनेको देशका विभिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यस अन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने पद्धति हो । जहाँ उनीहरु आफ्नो हकमा स्वायत्त हुन्छन् र साझा सवालमा आपसमा अनुबन्धीत पनि हुन्छन् । अर्थात् यो एक खालको महासंघीय ढाँचा हो ।

संसारमा संघीयराज्यका विभिन्न स्वरुपहरु छन् । मुलतः संघीयराज्यको शक्ति बाँडफाँडको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बाँडफाँडको नियमलाई ठाडो प्रणाली । अर्थात् संघीय प्रणालीमा राज्यको शक्तिको बाँडफाँड समानान्तर हिसावले हुन्छ भने एकात्मक राज्यमा माथिबाट तलतिर हुन्छ । अतः संघीय राज्यको अर्थः हरेक एकाई (संघ¬)लाई आफ्नो मामलामा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र आफ्नो हकमा आफ्नो कानून आफैले बनाउन र कार्यन्वयन गर्न पाउने स्वायत्तताको अधिकारसम्म हुन्छ । तिनै राज्यहरु मिलेर एउटा संघ बन्छ र सो संघले केन्द्रको रुपमा काम गर्दछ, जसलाई राज्यहरुले नै केन्द्रीय संघको रुपमा निश्चित अधिकारहरु प्रदान गरेको हुन्छ ।
केन्द्रले आफ्नो तजविजले आफ्नो अधिकार तल्लो निकायलाई प्रत्यायोजन गर्ने प्रणालीलाई विकेन्द्रीकरण भनिन्छ । एकात्मक राज्य व्यवस्था त्यही प्रक्रियाबाट चल्ने हो । तर संघीय राज्यहरु आफूमा समानान्तर ढंगले चल्दछन् । यसैकारण विकेन्द्रीकरण र शक्तिको साझेदारिता फरक फरक कुरा हुन् तर हामी कहाँ धेरैले एउटै अर्थमा बुझ्ने र बोल्ने गर्दछन्, जो गलत हो । त्यसैकारण विकेन्द्रीकरणमा माथिको अधिकार तल प्रत्यायोजित मात्र हुन्छ तर संघीय राज्यमा भने संघराज्यहरुका वीच समानताका आधारमा अधिकारहरु बाँडफाँड हुन्छन् र ती राज्यहरुले मिलेर केन्द्रलाई केही साझा अधिकारहरु जो एउटा संयुक्त र साझा केन्द्रका हिसावले गर्नुपर्ने र गर्नसक्ने अधिकारहरु हुन्छन्, दिएको हुन्छ । अंगे्रजीको ‘फेडरल’ शव्दको अर्थ संघहरुको शक्तिशाली केन्द्रीकृत सत्ताको निर्माण हो जहाँ संघहरु स्वतन्त्र र समान् हुन्छन् । अंग्रेजीमा ‘युनियन’ र ‘कन्फेडरेशन’ शव्द पनि प्रयोग हुने गरेका छन् । सर्बोच्च सोभियत ‘युनियन’ हुन् भने अमेरिका र स्वीजरल्याण्ड भने ‘कन्फेडरेशन’ हुन् । त्यसैले संघीय राज्यको अर्थ, हरेक एकाई (संघ) आफ्नो मामलामा आपसमा स्वायत्त हुने र साझा हितका मामलामा आपसमा अनुबन्धित रहने पद्धति हो । यसता संघीय देशहरुमा केहीमा केन्द्र(संघ) बलियो हुन्छ भने केहीमा प्रान्त (राज्य) हरु बलियो हुने प्रणाली छ । भारतमा केन्द्र बलियो छ भने स्वीजरल्याण्डमा क्यान्टनहरु बलिया छन् ।
नेपालमा संघीयता नै किन ?
विस्वमा तीन तरिकाले संघीयताको निर्माण भएको पाइन्छ । पहिलो, भइरहेका राज्यहरु आपसमा मिलेर बनेको संघीय राज्य, जस्तोः संयुक्त राज्य अमेरिका । दोस्रो, विभिन्न समय क्रममा विभिन्न राज्यहरु आपसमा मिल्दै थपिदै बृद्धि भएर बनेका संघीय राज्य, जस्तोः स्वीजरल्याण्ड । तेस्रो, एकात्मक शासन व्यवस्थाबाट आफ्नो आवस्यकताले संघीयतामा गएका देशहरु जस्तोः भारत ।
नेपाल एकात्मक शासन व्यवस्थाबाट हाम्रो आवस्यकताले संघीयतामा जान लागेको हो । अर्थात् हामी तेस्रो तरिकाले संघीयताको निर्माण गर्ने प्रक्रियामा छौं । यसतो आवस्यकता किन पयो ? यसका केही महत्वपूर्ण कारणहरु छन् १) विगत अडाइसय वर्षमा नेपालमा वर्गीय, जातीय एवं भाषिक विभेद र असमानता चरणचुलीमा पुगेको थियो । त्यसलाई सम्बोधन गर्न नसके मुलुक लामो वर्गीय एवं जातीय द्धन्दमा फँस्ने स्थिति थियो । त्यही असमानता र वर्ग विभेदका विरुद्ध दशवर्षे जनयुद्ध समेत चलेको थियो । २) नेपालको विगत लामो एकात्मक केन्द्रीकृत शासनका कारण मुलुकमा क्षेत्रीय विभेदले सिमा नाघेको अवस्था थियो । त्यसलाई सम्बोधन नगरी नेपालको समग्र विकास सम्भव थिएन । ३) विगतमा एकात्मक शासनका कारण केन्द्रमा भएको शक्तिको केन्द्रीकरणले मुलुक भनेको काठमाडौ मात्रै हो, अरु यसका उपनिवेश मात्र हुन् भन्ने जनतामा गहिरो प्रभाव परेको थियो । यसको अन्त्य गरेर जनताको तल्लो तहसम्म अधिकारको पत्यायोजन र स्थानीय जनतामा सार्वभौमसत्ता व्यवहारमा नै हस्तान्तरण गर्न जरुरी भएको थियो । ४) लोकतन्त्र र गणतन्त्रलाई असली अर्थमा जनताको हातमा अधिकार पुग्ने गरी संस्थागत गर्नु यसको अर्को महत्वपूर्ण कारण थियो । अतः मुलुकका सामु खडा भएका यिनै मुद्धाहरुलाई सम्बोधन गर्न ने क पा माओवादी र संसदीय दलहरुका वीचमा १२ बुँदे सझौता र सो अनुरुपको ०६२।६३ को जनआन्दोलनद्धारा लोकतन्त्रको स्थापना सम्भव भएको थियो ।
यहीकारण उपरोक्त मुद्धाहरुलाई सम्बोधन गर्ने संरचनाका आधारमा संघीयता बनाउने क्रममा अन्तरिम संविधान २०६३ को धारा १३८(१) मा यसतो लेखिएको छ “वर्गीय, जातीय, भाषिक, लैंगीक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासनप्रणालीसहितको अग्रगामी पुर्नसंरचना गरिने छ ।”
अतः हामीले संघीयता कसरी बनाउने भन्नेवारे संविधानमा नै एउटा सिद्धान्त तय गरिसकेको अवस्था हो । तर संघीय संविधान बनाउने बेलामा विभिन्न कुतर्कहरुद्धारा त्यसको अवज्ञा गर्दै र राज्य पुर्नसंरचना आयोग तथा समितिले दिएको प्रतिवेदन समेतलाई अमान्य गरेर केवल भूगोलका आधारमा (पहिचान होइन) संघीयता बन्नसक्ने अडडी एकाथरिले लिएपछि संविधान बन्न नसकी संविधान सभा नै विघटनमा पुगेको कुरा जगजाहेर छ ।
कसरी भयो संघीयताको विकास ? केही अनुभवहरु :
संघीयताको विकास कसरी भयो ? त्यसवारे केही अनुभवहरु उल्लेख गर्नु राम्रै होला । अतः यहाँ अमेरिका, स्वीजरल्याण्ड र भारतको संघीयता निर्माणसम्बन्धी छोटो चर्चा गरिने छ ।
अमेरिका
संसारमा सवभन्दा पहिले संघराज्यको विकास अमेरिकामा भएको हो । सन् १७७६ मा अमेरिकी स्वतन्त्रतासंगै संघराज्यमा प्रवेश गरेको अमेरिकामा शुरुमा मात्र १३ वटा अलग अलग राज्यहरु थिए । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका ३० करोडभन्दा बढी जनसङ्ख्या रहेको सङ्घीय मुलुक हो । अमेरिकामा हाल ५० वटा राज्य, ५ वटा सम्बद्ध राज्य, १ सङ्घीय जिल्ला र १६० वटा आदिवासीका स्वायत्त क्षेत्रहरू छन् । ५० वटा राज्यमध्ये २८ वटा राज्यहरूको नामाकरण जाति, भाषा र त्यहाँको आदिवासीहरूको ऐतिहासिकताको आधारमा राखिएको छ । जस्तोः आल्वामा, अलास्का, एरिजोना, आर्कानसास, कनेक्टीकुट, डिलावार, हवाई, इधि, इलिनोइस, इण्डियना, लोवा, कान्सास, केन्टुकी, म्यासच्युट्स, मेसिगन, मिन्निसोटा, मिसिसिपी, मिसोरी, नेव्रास्का, डाकोडा, ओहायो, ओकलाहोमा, टेनिसिसी, टेक्सास, युटाह, विन्कन्सीन, न्यू मेक्सिको र वाओमिङ आदि हुन् । संविधानको धारा ३ ले सिनेटमा ती प्रदेशहरूबाट बराबरी प्रतिनिधित्वको व्यवस्था गरेको छ । संघीय शासन व्यवस्था भएकै कारणले अमेरिका अडाईसय वर्षभन्दा लामो समयदेखि एउटै र समृद्ध देशका रुपमा टिकिरहेको छ ।
स्वतन्त्र हुनु अघि अमेरिकाका ती राज्यहरु युरोपका खास गरेर बेलायत, फ्रान्स, डच र स्पेनीहरुको उपनिवेशका रुपमा रहेका थिए । औपनिवेशिक शासन खप्न नसकेपछि अठारौं शताव्दिको मध्यतिर अमेरिकीहरुले युरोपियन उपनिवेशका विरुद्ध संयुक्त आन्दोलन शुरु गरेका थिए । युरोपियनहरुको साम्राज्यबाट बच्न उनीहरुले एक हुन र संयुक्त भएर प्रतिरोध गर्न जरुरी थियो । उपनिवेश विरोधी आन्दोलनकै क्रममा सन् १७६३ मा पुग्दा फ्रेन्च आधिपत्य अमेरिकी महाद्धिपबाट समाप्त भइसकेको थियो भने व्रिटिश साम्राज्य यथावत थियो । त्यसका विरुद्धको संघर्षले अन्तत ४ जुलाई सन् १७७६ मा अमेरिकी महाद्धिपको स्वतन्त्रताको घोषणा भयो । त्यसले एक नयाँ संघीय राज्यको अवधारणागत रुपमा जन्म दियो । तर त्यसपछि पनि लगभग लगातार ६ वर्षसम्म अमेरिकी जनताले व्रिटिस साम्राज्यसंग लड्नुप¥यो । र, सन् १७८३ मा मात्र व्रिटिसहरुले आफ्नो पराजय स्वीकार गरेर सन्धीमा हस्ताक्षर गरे । त्यसको नेतृत्व महाद्धिपिय कांगे्रसले गरेको थियो । त्यसैको नेतृत्वमा संघीय संरचनाको निर्माणको प्रक्रिया अघि बड्यो । अन्तत, २ मे १७८७ मा भएको फिलाडेल्फिया सम्मेलनले १३ राज्यसहितको संयुक्त राज्य अमेरिकाको आधिकारिक जन्म दियो । अतः युरोपियनहरुको औपनिवेशिक शासनका विरुद्ध आफ्नो देशको राष्टियताको रक्षा गर्दै स्वाधिनता प्राप्त गर्नका लागि अलग अलग रुपमा रहेका अमेरिकाका ती १३ राज्यहरुले गरेको संघमा जाने निर्णयबाट संयुक्त राज्य अमेरिकाको संघीयराज्यको निर्माण भएको थियो । अतः अमेरिका भइरहेको १३ राज्यहरु मिलेर आफ्नो साझा हितका लागि संघीयतामा गएका थिए । एकताबद्ध भएका थिए । संघीय राज्य बनेपछि समयक्रममा क्रमशः विकास भएको त्यहाँको जातीय, क्षेत्रीय, भाषिक एवं अन्य समस्यालाई सम्बोधन गर्दै अहिले अमेरिकामा ५० वटा राज्यहरु छन् ।
स्वीजरल्याण्ड
संघीय देशहरुमा अर्को नमुना देश स्वीजरल्याण्ड हो । युरोपको एउटा सानो तर संसारका लागि उदाहरणीय देशका रुपमा रहेको पुरानो संघीय देशमध्ये स्वीजरल्याण्ड एक हो । सन् १८४८ देखि स्वीजरल्याण्ड संघराज्यमा परिणत भएको हो । सन् १८४८ मा बनेको स्वीजरल्याण्डको संविधान अहिले पनि संसारका लागि उदाहरणीय छ । यो संविधान र त्यहाँको संघीय संरचनाको अध्ययन गर्न नेपालका थुप्रै सभासद् र नेताहरु पनि स्वीजरल्याण्ड पुगेका थिए । यहाँ केन्द्रमा संघ जसलाई कन्फेडरेसन, २६ वटा क्यान्टन(राज्य) र स्थानीय तहमा कम्युनहरु छन् । स्वीजरल्याण्ड नै पहिलो देश हो जहाँ सवभन्दा पहिले लोकतन्त्र स्थापित भयो र सदैव गणतन्त्र नै रह्यो । अमेरिका स्वतन्त्र हुँदाखेरि स्वीजरल्याण्ड आफ्नो पाँचसय वर्ष पुरानो गणतान्त्रिक परम्परा मनाइरहेका थिए । स्वीजरल्याण्ड एकीकरणद्धारा होइन बरु एकपछि अर्को राज्य(क्यान्टोनहरु) बृद्धि थपिदै गएर बनेको थियो । १३ औं शदिमा ३ स—साना जातिय राज्यहरुका वीच भएको सन्धीद्धारा परिसंघ (अयलाभमभचबतष्यल० मा रहने सहमतिबाट शुरु भएको परिसंघमा फ्रेन्च राज्य क्रान्ति (१८ रौं शदिको प्रारम्भ) सम्म आइपुग्दा २२ वटा क्यान्टनहरु आवद्ध भइसकेका थिए ।
स्वीजरल्याण्डमा जम्मा ७ जना मान्छेले शासन गर्छन् । तिनिहरुलाई संघीय सभाले चार वर्षका लागि संघीय परिषदको सदस्यका रुपमा निर्वाचित गर्दछन् र हरेक एकले एक।एक वर्ष पालैपालो सभापतित्व गर्दछन् । उनीहरु मुख्य त भाषिक क्षेत्रको समानुपातिक प्रतिनिधित्वका आधारमा छानिने गर्दछन् र त्यसरी छान्दा लिंगीय सन्तुलनमा ध्यान दिन्छन् । त्यहाँ चार भाषाहरु मुख्य रहेका छन् । जर्मन ६४, फ्रेन्च २० र इटाली भाषी ७ र ०.१ प्रतिशत भाषा रोमान्स भाषा रहेको छ । सन् १८४८ कै संविधानले स्वीजरल्याण्डको आधिकारिक भाषाको रुपमा माथिका तीन मुख्य भाषाहरुलाई मान्यता दियो । र, परिषदका सदस्यहरु त्यही अनुपातमा छानिने व्यवस्था ग¥यो । त्यहाँ संसद सदस्य परिषदमा जान पाउँदैनन् । त्यस्तो संघीय परिषद ९ँभमभचब िऋयगलअष्०ि मा देशका विभिन्न क्षेत्रका विज्ञ र राज्य सन्चालनमा अनुभवी मान्छेहरुलाई ल्याउने गरिन्छ । हाल सन् २०१३ का परिषद अध्यक्ष श्री उइलि मौरर मुल तः कृषि तथा व्यापार विज्ञ हुन् । उन्ले राज्यको विभिन्न आयोग तथा समितिहरुमा बसेर लामो अनुभव हाँसिल गरेका छन् । साथै, उनी पछिल्लो चरणमा त्यहाँको स्वीस जनता दलका अध्यक्ष पनि हुन् ।
भारत
हाम्रै छिमेकी देश भारत जहाँ १ अर्बभन्दा बढी जनसंख्या छ, त्यहाँ हाल २८ राज्यहरु छन् र अरु थपिने प्रक्रियामा छन् । भारत स्वतन्त्रतासँगै खासमा सन् १९४७ पछि सङ्घीयतामा गएको मुलुक हो । सन् १९४९ मा अनुमोदित भारतको संविधानले पहिलोचोटी संघीयतालाई संबैधानिक मान्यता दिएको हो । त्यहाँ राज्य(प्रान्त), शहर(नगर) र जिल्लाहरूको नाम त्यहाँको जाति, भाषा, क्षेत्रको आधारमा तय गरिएका छन् । खास गरेर प्रान्तहरुको नामाकरण क्षेत्रीयता, भाषिक बाहुल्यता र जातीय ऐतिहासिकताको आधारमा भएका छन् । जस्तोः बङ्गाली भाषा बोल्नेको पश्चिम बङ्गाल, पञ्जावी भाषीहरुको पञ्जाव, तमिल जातिहरूको तमिलनाडु, कर्णाडा भाषीहरूको कर्णाटक, मराठी भाषीहरूको महाराष्ट्र, गुजराती भाषीहरूको गुजरात, नागा जातिहरूको नागाल्याण्ड रहेका छन् । त्यस्तै बोडोहरुको वोडोल्याण्ड भए झै आसाम, मिजोरम आदि प्रान्तका नामहरु पनि पहिचानजनित नामहरु हुन् । सन् १९५३ मा तेलगु भाषीहरुको आन्द्र प्रदेशको स्थापना गरियो । सन् २००२ मा बिहारबाट आदिवासी सन्थाल जातिहरूको झारखण्ड राज्य बन्यो । खस पहिचानका रुपमा यु.पी. बाट उत्तराञ्चल राज्य बन्यो । भारतमा ७२% भारोपेली आर्य, ड्राविड २५% र मंगोलहरु ३% बसोबास गर्दछन् र ५३३ वटा जातीय समूदाय तथा १५ सयभन्दा बढी भाषाभाषी समूह छन् । पहिचानसहित सङ्घीयतामा गएको कारणले नै भारतले यत्रो विविधताका वीच पनि एकता कायम गर्न सकेको हो ।
अमेरिकामा भएका राज्यहरु मिलेर संघराज्य बनेको हो तर भारत पहिल्यै भएका विभिन्न राज्यहरु मिलेर होइन बरु विभिन्न जाति, भाषा, सम्प्रदाय र क्षेत्रका जनताको आकांक्षालाई संबोधन गर्न संघीयतामा गएको हो । माथिको उदाहरणले सो कुरालाई प्रष्ट गरिसकेको छ । त्यसैलाई व्यवस्थापन गर्न भारत संघीयतामा गएको थियो । त्यसैले अमेरिकी संघराज्यको विकासलाई ज्यमिष्लन तयनभतजभच र भारतीय संघीय निर्माणको प्रक्रियालाई ऋयmष्लन तयनभतजभच भनेर भनियो । जवकी स्वीजरल्याण्डको निर्माण राज्यहरुको बृद्धि ९बनचबनबतष्यल० द्धारा भयो । अतः संघीय राज्यहरु विभिन्न ढंगले बनेको देखिन्छ ।

विश्वमा हालसम्म कति देशमा संघीयता छ र कुन कुन देशमा छ ?
ख, संघीय देशहरुः
विश्वमा अहिले २९ वटा देशहरु संघीयतामा छन् । विश्वका १० धनी र सम्बृद्ध देशको नाम लिदा अधिकांश संघीय शासनमुनि रहेका देशहरु नै पर्दछन् । तीमध्ये विश्वका केही देशहरु जस्तोः अमेरिका, भारत, जर्मनी, क्यानाडा, ब्राजिल, अष्टेलिया, दक्षिण अफ्रिका, स्पेन, स्वीजरल्याण्ड जस्ता देशहरुको नाम लिन सकिन्छ । यी संघीय देशहरु ठूला र साना दुबै छन् । यी देशहरुमा अहिले शक्ति र विकासको गतिमा यी देशहरु नै अग्रपंतिमा छन् भने केही त्यो दौडमा तीव्र विकासको गतिमा छन् । यसबाट संघीयताले देशको विकास पनि त्यति नै छिटो गर्दोरहेछ भन्ने देखाउँछ ।
क्र.सं. देशको नाम सङ्घीयतामा गएको (सन्) राज्य÷प्रदेशको संख्या क्षेत्रफल
(बर्ग कि.मी.) कुल जनसङ्ख्या
१. अमेरिका १७८९ ५० राज्य ९६३१४२० ३० करोड
२. मेक्सिको १८२४ ३१ राज्य १९६४३७५ १० करोड ५५ लाख
३. स्वीटरजरलैण्ड १८४८ २६ क्यान्टन ४१२८४ ७४ लाख
४. अर्जेन्टिना १८५३ २३ प्रदेश २७८००९२ ३ करोड ९२ लाख
५. भेनजेजुयला १८५४ २३ राज्य ९१६४४५ २ करोड ६२ लाख
६. क्यानाडा १८६७ १० प्रदेश ९९८२००० ३ करोड ३० लाख
७. जर्मनी १८७१ १६ ल्याण्डर ३५७०२३ ८ करोड २५ लाख
८. ब्राजिल १८९१ २६ राज्य ८५१४८७७ १८ करोड १० लाख
९. अष्ट्रेलिया १९०१ ६ राज्य ७६९२२०८ २ करोड २ लाख
१०. रूस १९१७÷१९९२ २१ गणराज्य १७०७५४०० १४ करोड २८ लाख
११. अष्ट्रिया १९२० ९ गणराज्य ८३८७२ ८३ लाख
१२. लिक्टेन्स्टाइन १९२१ ११ गेमिन्डेन १६०.४ ३४ हजार ३ सय
१३. भारत १९४७ २८ राज्य ३१६६४१४ १ अरब १० लाख
१४. पाकिस्तान १९४७ ४ प्रदेश ७९६०९६ १५ करोड १६ लाख
१५. इथियोपिया १९५२÷१९९१ ९ राज्य ११२७१२७ ६ करोड ७९ लाख
१६. सुडान १९५६ १६ राज्य २५०३८९० ३ करोड ९२ लाख
१७. मलेशिया १९५७÷१९६३ १३ राज्य ३२९८४७ २ करोड ५६ लाख
१८. नाइजेरिया १९६३ ३६ राज्य ९२३७६८ १३ करोड
१९. कङ्गो १९६४ २५ प्रदेश २३४४८५८ ५ करोड ३५ लाख
२०. दुबइ १९७१ ७ इमिरेट्स ८३६०० ४२ लाख
२१. कोमोरस १९७५ ३ प्रिफेक्चर १८६२ ६ लाख
२२. स्पेन १९७८ १७ स्वायत्त ५०५९८८ ४ करोड ४८ लाख
२३. माइक्रोनेसिया १९७९ ४ राज्य ७०१.४ १ लाख १५ हजार
२४. सेन्टकिट्स नेभिस १९८३ १४ पेरिस २६९.४ ४६ हजार ३ सय
२५. बेल्जियम १९९४ ३ समुदाय ३०५२८ १ करोड ५ लाख
२६. दक्षिण अफ्रिका १९९४ ९ प्रदेश १२१९०९० ४ करोड ६६ लाख
२७. पलाउ १९९४ १६ राज्य ४८८ २१ हजार
२८. बोस्निया हर्जगोविना १९९५ २ गणराज्य ५११९७ ३९ लाख
२९. इराक २००५ १ रेजन ४३४१२८ २ करोड ५४ लाख

निचोडः
माथिको अध्ययनले विश्वमा आजसम्म जति पनि देशहरु संघीयतामा गएका छन्, तिन्को संरचना त्यहाँका जातीय समुदायहरु, तिन्ले बोल्ने भाषा र क्षेत्रीय भूगोलको पहिचानका आधारमा बनेका देखिन्छन् । अमेरिका, स्वीजरल्याण्ड र भारत तीनै देशको संघीय संरचनामा यो कुरा प्रष्ट देखिन्छ । विस्वका सबै संघीय देशहरुमा संघीय संरचनाको आधार भूगोल मात्रै भएको कहीं पनि छैन । अतः संघीयता कुनै एक आधारमा मात्र बन्ने विषय रहेनछ । यसबाट संघीयता त्यहाँको जनता, जात जाति वा समुदायहरुलाई चाहिएको हो । त्यहाँको भूगोल वा ढुंगा माटोलाई चाहिएको होइन भन्ने कुरा पनि प्रष्ट देखिन्छ । संघीयताको निर्माण गर्दा त्यहाँका समुदायहरुको सहअस्तित्वका आधारमा तिन्को पहिचान र भूगोललाई सम्मान गरेर नै बन्दोरहेछ । भारतकै अनुभवको कुरा गर्दा भाषिक बाहुल्य क्षेत्रको आधारमा, जातीय बाहुल्य ऐतिहासिकताको आधारमा र क्षेत्रीयताको आधारमा राज्यहरु बनेको प्रष्टै देखिन्छ । यस अर्थमा, पहिचानलाई स्वीकार गर्दा देश टुक्रने होइन बरु संघीयताको मुख्य आधार नै ती समुदायहरु, भाषाहरु, सँस्कृतिहरु र भौगोलिक क्षेत्रहरु रहेछन् जसलाई संबोधन गरेर मात्र संघीयता सम्भब हुँदोरहेछ । यसले मात्र विद्यमान सबै विभेद र उत्पीडनमा परेका समुदाय, भाषासँस्कृति र क्षेत्रको जनताको भावना र आकांक्षालाई एकसुत्रमा गाँस्दोरहेछ । अतः नेपालमा पहिचानलाई स्वीकार गर्दा देश टुक्रन्छ भन्ने जे तर्क गरियो, दुनियाँका अनुभवहरुले ती गलत रहेछन् भन्ने नै देखाउँछ । सारमा भन्दा, पहिचान भनेको त्यहाँको समुदाय, भाषा, सँस्कृति तथा भूगोललाई चिनाउने नाम हो र नाम विनाको संघीयता कहीं पनि हुँदैन र छैन ।
उदाहरणका लागि अहिले नेपालमा बहसमा रहेका मधेश भन्नु वा मगरात वा ताम्सालीङ भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन् । नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्टिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णालीभन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्वसहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं । नेपालले पनि त्यही बाटो लिन जरुरी छ । अतः पहिचान (जातीय बाहुल्य ऐतिहासिकता, भाषिक बाहुल्यता वा सांस्कृतिक सघनता) र भूगोल(क्षेत्रीयता) दुबैलाई आ आफ्नो स्थानमा संबोधन गरेर सहमतिकासाथ जाने बाटो तय गर्नु अहिलेको निकासको सहज र उपयुक्त बाटो हुनसक्छ र हुनुपर्दछ । संविधान भनेको अन्ततः सम्झौताको दस्तावेज हो । विश्वको अनुभवले पनि सबैको सहअस्तित्व र पहिचानको सम्बोधन हुने विधि र प्रक्रिया अपनाउनु निकासको एक मात्र बाटो हुनसक्छ ।

धन्यवाद ।

Wednesday, August 28, 2013

प्रचण्डले यसरी मेटाए मगरको इतिहास



–मनोज घर्तीमगर


‘जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामारको छ’ एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायतत थुप्रै माओवादी नेताले बेलाबेला यस्तै भाषण ठोक्थे ।अन्र्तवार्ता दिन्थे । त्यही भाषण सुनेर हजारौं मगरले आफ्नो थेप्चो नाक फुलाउँथे । माओवादी जनयुद्धमा चर्को योगदान दिन पाएको ठानेर गमक्क पर्थे । जनयुद्धमा मगर लडाकाकै बाहुल्यता भएकोले प्रचण्डले ‘मगर छापामार’ को गुनगाण गाउँथे । तर भदौ १० गते सोमबार ७० जना पूर्व जनमुक्ति सेनाले नेपाली सेनाको अधिकृत दज्र्यानी चिन्ह(उपसेनानी) लगाएपछि प्रचण्ड र माओवादीको बखान आफ्नो समुदायलाई सत्ताको भर्याङ चढाउन मात्र रहेछ भनि पुनः खुलस्त हुन गयो । यद्यपि योभन्दा ठूलो जालझेल २०६३ सालमै बाहिर आइसकेको थियो । अहिले त्यो जालझेलमा थप खेल दोहोरिएको छ । 

अझ दुःखद कुरा यो छ कि, ७० जनाले उप–सेनानी दज्र्यानी चिन्ह्को फूली काँधमा लगाइरहँदा एक जना पनि रोल्पाली परेनन् । जनयुद्धमा ज्यानको बाजी राखेर लड्ने रोल्पाली छापामार कहाँ गुमनाम बनाइए ? ७० जनामा रोल्पाको प्रतिनिधित्व नहुनुजस्तो ठूलो पिडा अरु के हुन सक्ला ? रोल्पालीहरुका लागि यो गम्भीर समीक्षाको विषय बन्नुपर्छ । 
जनयुद्धका हरेक मोर्चामा रोल्पाली र रुकुमेली युवाले नेतृत्वदायी र अग्रणी भूमिका निभाएको घाम जत्तिकै छर्लङ्ग छ । तर किन रोल्पाको सहभागीता देखिएन ? ७० जना उप–सेनानीमध्ये वीरेन्द्र बिएम (बुढामगर) र भरत पुलामीमगरले मात्रै फूली लगाउनुले पनि देखाउँछ, मगर समुदायले जनयुद्धमा बगाएको रगतलाई माओवादीले कसरी अपमान गरेको छ भन्ने । बीरेन्द्र पनि प्रचण्डको बडीगार्ड भएकोले उनको सोर्सफोर्सले त्यति सम्म हुन पाएकाहुन् । त्यसो भए, ‘जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामारको छ’ भनेर भाषण गर्ने प्रचण्डले मगर छापामारलाई कता लुकाए त ? उत्तर २०६३ सालमै खुलिसकेको छ–‘धेरै मगर छापामारलाई प्रचण्डले वाइसिएल बनाएर शिविर बाहिरै राखे र तिनका ठाँउमा गाँउका मतदाताहरुलाई सेना बनाउने प्रलोभन दिई त्यहाँ छिराईयो । त्यसपछि कहाँबाट समायोजनमा पुग्छन त मगर छापामार ।’

दज्र्यानी चिन्ह पाउने ७० जनामध्ये यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्र बुढामगरसहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । ७० जनामा आधाभन्दा बढी क्षेत्री बाहुन बनाउनुको तितो र निर्मम यथार्थ पनि धेरैलाई थाह नहुन सक्छ । माओवादी छापामार र अहिले उपसेनानीको दज्र्यानी चिन्ह पाएकाहरुमा पनि बाहुन क्षेत्री यूवाहरुकै बाहुल्य देखिनुको भित्री रहस्य अर्कै छ । हरेक ठाँउमा प्रमुख स्थानमा आउने बाहुन, क्षेत्री जुन ठाँउमा कमजोर थियो, त्यसमा प्रचण्ड लगायत बाहुनवादी नेताले आफ्नो समुदायलाई लडाका जाति (बलियो स्थान देखाउन ) यो रणनीति अपाएका हुन् । 
बाहुनवादी राज्यसत्ता बिरुद्ध लडिएको भनिएको जनयुद्धमा बाहुन क्षेत्रीकै बर्चश्व देखाउनुले पनि यो प्रमाणित गर्छ । अर्को कुरा लड्ने भिड्ने मामलामा डरप्वाँक, छेरुवा र राजनीति मात्रै गर्न जान्ने भनेर आरोप खेप्नु परेका बाहुन जातिलाई माओवादी छापामार धेरै देखाएर प्रचण्डले नयाँ मानक बनाउन चहन्थे । जसमा उनी पूर्णरुपमा सफल भएका छन् । जनजाति, त्यो पनि मगरलाई खुंखार लडाका जाति भनिदै आएकोमा छामापार प्रकरणमा प्रचण्डले माओवादी युद्धमा मगर, जनजाति मात्र लडेनन् पीडक भनिने जातिहरु समेत लडे ।  मगर/गुरुङ त केवल विदेशीको बन्दुक (ब्रिटिस, सिंगापुर र भारतीय सेना भएर) बोकेर उनीहरुकै लागि लड्दा मात्रै बहादुर र लडाका भएका हुन् । यो देशमा भएको १० वर्षे माओवादी युद्धमा, यो देश परिवर्तन गर्ने आन्दोलनमा सबैभन्दा बढी ‘बाहुन क्षेत्री’ लडेका थिए भन्ने इतिहास कायम गराएकाछन् । यसबाट उनले इतिहासमा रहिररहने दुईटा गलत मानक बनाएका छन् । १.बाहुन हुँदैमा गलत हँुदैनन् २. बाहुन पनि लडाका हुन्छन् भन्ने । 

प्रचण्डले यी दुई मानक कपटीपूर्ण जालझेल र छलछामबाट बनाएका हुन् भन्नेबारे माओवादी युद्धमा बन्दुक बोक्ने मगरलाई थाह छैन वा थाह पाएर पनि चुप छन् । उनीहरुले जे गरे पनि माओवादीको यो छलछामले जनयुद्धमा ज्यानको बाजी लगाएर लड्ने रोल्पाली र रुकुमेलीको विशेष गरि मगरको इतिहास मेटिएको छ । यस्तो चालबाजी मगरको मामलामा सँधै दोहोरिरहेको छ, दोहोरिरहनेछ । प्रचण्ड र अन्य माओवादी नेताले यो बठ्याँइ २०६३ साल मंसिर ५ गते तत्कालीन विद्रोही माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता हुनु अघि नै गरेका थिए । माओवादीले छामापारलाई शिविरमा राख्ने समय आउँदै गर्दा ठूलो झुटको खेती ग¥यो । त्यतिबेला उसले आफूसँग लडाका ५० हजार र मिलिसिया एक लाख रहेको दावी गथ्र्यो । हतियार पनि त्यहि अनुपातमा रहेको बताउँथ्यो । छापामार सात डिभिजनसम्म बनाएको प्रचारबाजी गर्दे आएको थियो । तर यो माओवादीको खतरनाक प्रोपोगाण्डा थियो ।  

बिस्तृत शान्ति सम्झौतापछि माओवादीले आफ्नो झुठ खुल्न सक्ने डरले रातारात विभिन्न गाउँका युवालाई नेपाली सेना बन्न पाइने लोभ देखाएर जनमुक्ति सेना बनायो । त्यतिबेला कपटी र खुराफाती प्रचण्ड लगायत माओवादी नेताले भेटाएसम्म धेरै बाहुन क्षेत्री युवालाई  शिविरभित्र छिराए । तीनै युवालाई लडाकाको परिचय दिए । अनमिनले प्रमाणित गरेपछि ति वास्तविक लडाका भए । 
यतिबेलै माओवादीले मगरको असली इतिहास मेटाइदिने काम ग¥यो । १० वर्षे युद्ध लडेका मगर लगायत बलिया बांगा युवालाई ‘कुनै पनि बेला लडाउन, भिडाउन’ चाहिने भएकाले वाइसीएल बनाएर शिविर बाहिर राख्यो । वाइसियल बन्नेमा धेरैजसो मगरहरु थिए । त्यसका प्रमुख र इन्चार्ज नै मगर थिए । सोझा र इमान्दार मगर छापामारले माओवादीको खुराफाँत र कपट बुझेनन् अनि वाइसियल भएर बाहिरै बसे । यसले वास्तविक लडाका मगरहरुको परिचय लुकाइदियो । प्रचण्डले शक्तिखोरमा आफ्ना कमाण्डरहरुलाई दिएको गोप्य प्रशिक्षणमा उनले यो कुरा स्वीकारेका छन् । वास्ताविक छापामार ६/७ हजार भन्दा बढी नभएपनि आफुहरुले ३० हजार देखाएर आँखा छलेको उनले बोलेको भिडीयोमा छ । छापामार भनिएका करिब ६ हजार नाबालकको रुपमा शिविरबाट निकालिएको यथार्थले पनि माओवादीले हतारहतार मान्छे हुलेको प्रस्ट देखाउँछ । माओवादीले जनमुक्ति सेनालाई शिविरमा हाल्दा असली जनमुक्ति सेनालाई वाइसियल बनाइ सकेको थियो । त्यसमा धेरै मगर थिए । अनि कहाँबाट उपसेनानीको दज्र्यानी चिन्ह लगाउने मगर भेटिन्छन् ? 

संयुक्त राष्ट्रसंघिय मिसन अनमिनले शिविरमा रहेका १९ हजार ६ सय ८ लडाकामध्ये १६.११ प्रतिशत बाहुन, १५.७८ प्रतिशत क्षेत्री र १२.५० प्रतिशत मगर लडाकाको संख्या देखाएको थियो । जनमुक्ति सेनामा जम्मा १२.५० प्रतिशत मगर थिए भनेर कुन रोल्पाली र रुकुमेली मगरले स्वीकार्न सक्छ ? यो कुरा बाहिर आउँदा पनि वाइसियल भएर बसेका वास्ताविक मगर छापामार चुपाचाप बसे । यतिबेला तिनले केही न केही गुमाएको महसुस त गर्दै होलान् तर हुनेवाला केही छैन । यो प्रचण्ड र माओवादीको बद्नियपूर्ण र कुटिल खेलले बनाइएको गलत इतिहास हो । अनमिनको तथ्याङ्कमा १२.५ प्रतिशत रहेका माओवादी लडाका नेपाली सेनाको अधिकृतसम्म पुग्दा जम्मा २.८५ प्रतिशत हुनु दुःखलाग्दो कुरा हो । 

माओवादीले २०५२ सालमा रुकुम र रोल्पाबाट जनयुद्ध सुरु गर्दा भर्खर ६/७ कक्षामा पढदै गरेका मगर युवाहरु सहभागी थिए । उनीहरुलाई माओवादीले बुर्जुवा शिक्षा पढ्नुपर्दैन भन्दै युद्धमा हिडायो । युद्धमा लागे मगर लगायत नेपाली जनताको मुक्ति हुने आश्वासन बाँड्यो । मिठा सपना देखाएपछि सोझा मगरहरुले बन्दुक उठाए । कतिले अनाहकमा ज्यान गुमाए । कयौंले अहिले जनयुद्धको नासोस्वरुप शरिमा बम र गोलीका छर्रा बोकेर घाइते जीवन बाँचिरहेका छन् । 

बहकाउमा लागेर बन्दुक बोकेका धेरै मगरहरु छातिमा गोली थाप्न तम्सिए । तीमध्ये थोरै मात्र बुझेर युद्धमा लागेका थिए । बाँकी जति बहकाउ, माओवादीले बाँडेका सुन्दर सपना र पुलिस अनि आर्मीको ज्यादति सहन नसकेर जनयुद्धमा होमिएका थिए । रुकुम र रोल्पाका मगर भेटाउने बित्तिकै तत्कालीन सरकार (पुलिस र सेना) ले माओवादीकै आरोप (माओवादी नभए पनि) लगाउँथ्यो । कुटपिट गथ्र्यो । रोल्पा रुकुमका मगरलाई तत्कालीन सरकारले हेर्ने यहि विभेदकारी नीतिले पनि धेरै मगर बाध्यताले माओवादी बने । 

मगरहरु इमान्दार र सोझा हुने फकाउन सजिलो भएकाले माओवादीले सकेसम्म मगर लगायत जनजातिलाई युद्ध लाग्न फकाउँथ्यो र उनीहरु जान्थे पनि । यीयस्तै कारणले जनयुद्धमा रुकुम रोल्पाका मगरहरुको बाहुल्य थियो । युद्धका हरेक मोर्चामा मगर नै अगाडी हुने भएकाले जनयुद्धमा मर्नेहरु पनि मगर धेरै थिए । (जनयुद्धमा पुलिस, माओवादी, आर्मी सबैतिरबाट ज्यान गुमाउने करिब ७ हजार मगरको भएको बताइन्छ) तीनै रुकुम र रोल्पाका मगरले छातिमा गोली थापेर प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्री बन्न सत्ताको भ¥याङ भइदिए । दुवै जिल्ला मगरबाहुल्य भएकाले उनीहरुलाई भावनात्मक सम्बन्ध जोडेर सिज अभियान (सिस्ने जलजला) चलाएर हजारौं मगरलाई जनयुद्धमा लाग्न प्रेरित रामबहादुर थापामगर ‘बादल’ ले सघाए । बादल रोल्पा रुकुमका मगरबस्तीमा नगएको भए यहाँका मगरहरु यति ठूलो संख्यामा माओवादी युद्धमा सहभागी हुने संभावना कम थियो । 

हजारौं मगरलाई माओवादी बनाउने तीनै बादललाई माओवादीले प्रधानमन्त्री बनाउन उपयुक्त ठानेन । जनमुक्ति सेनाको कमाण्डर नन्दकिशोर पुनमगर ‘पासाङ’ गुमनाम छन् । २०५२ साल फागुन १ गते रुकुम राडिजिउलाको प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध गर्ने गणेशमान पुनमगर एकताका वाइसियलका अध्यक्ष थिए अहिले कता हराए कुन्नि ? यतिमात्रै होइन तत्कालीन श्री ५ को सरकारलाई चुनौती दिएर रुकुममा पहिलो जनसरकार बनाएर प्रमुखको जिम्मेवारी निभाउने पूर्ण घर्तीमगर र सेक्रेटरी सरुण बाँठामगर कुन कुना कुनमा छन् ? थाह छैन । उनीहरु मगर भएकै कारण माओवादीले जानीजानी पाखा लगाएको हो । त्यही कुरा माओवादीले छामापारमा पनि दोहो¥याएको हो । 

जुन जाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित भन्दै  कहिल्यै कराउँदैन, उफ्रदैन । उसले नबोलीकनै भित्रभित्रै कपट, जालझेल गरेर आफ्नो अधिकार स्थापित गराएरै छाड्छ । प्रचण्ड लगायत  माओवादी नेताले लडाकाको सन्दर्भमा त्यहि गरेर नयाँ मानक बनाए । आफ्नो समुदायलाई बलियो भएको देखाए । जनजाति र विशेष गरि मगर नेताहरु आफ्नो अधिकार भनेर चिच्याउने कुर्लिने मात्रै गर्छन् । उनीहरु यति कुटनीतिक र जालझेरको राजनीति गर्नै सक्दैनन् । त्यसैले अझै दशकौसम्म प्रचण्ड लगायत थुप्रै बाहनुवादी, अति साम्प्रदायिक र खुराफातसंग लड्न सक्ने क्षमता अन्य समूदायको र विशेष गरि माओवादी जनयुद्धमा महत्वपूर्ण योगदान दिने मगर नेतासँग छैन भन्ने गतिलो उदाहरण हो । 
जतिबेला मगर नेताले यहाँका बाहुनवादी, खुराफाती र छलकपटको राजनीति थाह पाउँछन् त्यतिबेला मगरको इतिहास बांगिसकेको हुनेछ । ७० जना पूर्व जनमुक्ति सेना नेपाली सेनामा समायोजन हुने काण्डबाट मगरले सिक्नुपर्नेछ–बन्दुक बोकेर राज्यलाई झुकाएर मात्र हुंदो रहेनछ, माथि पुग्न शैक्षिक योग्यता र आफ्नो समुदाय राजनीतिक रुपमा सचेत पनि हुनु पर्दो रहेछ  ।  मगरको बुद्धि पछि आउँछ भन्छन्, सायद वास्तविक मगर छापामारको अहिले बुद्धि पक्कै फिरेको होला । तर, के गर्नू इतिहास बांगो भइसकेको छ । यहि गलत इतिहासलाई स्वीकारर्नुबाहेक अरु विकल्प के तिनका अगाडि छैन । 


उपसेनानी दज्र्यानी चिन्ह पाएका पूर्व लडाकुको नाम र थर 
१) राजकुमार दर्जी 
२) काली बहादुर हमाल 
३) गंगाधार ढकाल
४) पूर्ण बहादुर सुवेदी
५) खेमराज कार्की 
६) कमलप्रसाद गौतम
७) शेरबहादुर शाही 
८) राजेन्द्र बहादुर खनाल 
९) काजी बोहरा
१०) इन्द्रभक्त महर्जन
११) महेश अधिकारी 
१२) मणिकण्ठ काफ्ले
१३) विमला लामा
१४) अमृत बहादुर आचार्य
१५) उत्तर बहादुर  चन्द
१६) तीर्थराज आचार्य 
१७) कुवेरबहादुर कार्की 
१८) देउकुमार राई
१९) माधव घिमिरे 
२०) कमलबहादुर खड्का
२१) दलबहादुर  सिंह 
२२) नवल सिंह रोकाय 
२३) भरत कुमार आङबुहाङ लिम्बु 
२४) यामबहादुर अधिकारी 
२५) राजन रावत
२६) मनकुमारी राई
२७) धनप्रकाशा तावाहाङ
२८) सूर्यप्रकाश राई
२९) हर्कप्रसाद चौलागाई
३०) देवबहादुर बोहरा
३१) डम्बरसिंह ठकुरी 
३२) प्रदिप तामाङ
३३) विक्रम चौधरी 
३४) केवशराज धामी 
३५) गोपालसिंह बोहरा
३६) जसबहादुर डागर 
३७) हेमन्त सिंह 
३८) नारायण सुवेदी 
३९) शशिकला भट्टराई 
४०) साटुराम चौधरी 
४१) ढलकबहादुर मोक्तान
४२) पदमबहादुर तामाङ
४३) टिकाराम बस्नेत
४४) श्यामबहादुर बिक
४५) दिपेन्द्रबहादुर बुढा
४६) दिपककुमार बुढाथोकी
४७) हरिनारायण पौडेल 
४८) श्यामबहादुर कुस्वार 
४९) मिनाकुमारी बस्नेत
५०) श्याम कुमार राई
५१) दिपकबहादुर बोहरा 
५२) हिम्मत बराल 
५३) चक्रबहादुर शाही 
५४) बासुदेव घिमिरे
५५) हर्कप्रसाद जगेबु लिम्बु 
५६) सुुनिल चौधरी 
५७) खड्कसिंह साउत
५८) प्रचारबहादुर शाही 
५९) धनलाल तामाङ
६०) रामकृष्ण रेउले 
६१) भरत पुलामीमगर 
६२) रामबहादुर लामा 
६३) तारणीप्रसाद चौधरी
६४) राजाराम पण्डित
६५) बिक्रम राई 
६६) अनिल रोकाय 
६७) नविन पाण्डे 
६८) विरेन्द्र बिएम(बुढामगर)
६९) झंकरप्रसाद सुवेदी 
७०) रामप्रसाद गरेडी

को हुन आदिबासी


image बालकृष्ण माबुहाङ
'आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार (राइट्स अफ सेल्फ डिटरमिनेसन) रहनेछ । जसअनुसार 'आदिवासी जनताहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नति गर्नका लागि निर्णय निरुपण गर्न आवश्यक हुने राजनीतिक अधिकार उनीहरूमा सुनिश्चित छ', धारा- ३, आदिवासी जनजाति अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र -अन्डिफ)- १३ सेप्टेम्बर, सन् २००७ । आत्मनिर्णयको अधिकारसम्बन्धी उपरोक्त व्यवस्था राष्ट्रसंघको मानवअधिकार प्रतिज्ञापत्र- सन् १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र- १६ डिसेम्बर १९६६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र- १६ डिसेम्बर १९६६ सबैले परिभाषति गरेकै कुरो हो । फरक केमात्र हो भने जनता -पिपल) को साटो 'आदिवासी जनताहरू' -इन्डिजिनस पिपल्स) उल्लेख हुनु । कारण के हुनसक्छ भन्ने सवालमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ र आजको  द्वन्द्व, जो निरन्तर भैरहेको छ, यसबीच खोज्ने प्रयास यो आलेखमा गरिनेछ ।
उत्तर अमेरिका खासगरी क्यानाडा र अमेरिकामा औपनिवेशिक शक्तिहरू आउँदा त्यहाँ बसोबास गर्ने मानिसहरूलाई आप्रवासीहरूले 'इन्डियन' वा 'इन्डियन ट्राइव्स', वा 'फष्ट नेसन्स' नाम राखिदिए । त्यसरी नै अस्ट्रेलियामा बसोबास गर्नेलाई एवओरिजिन, न्युजिल्यान्डमा माओरी, स्केन्डेनाभियामा सामी, गि्रनल्यान्डमा इनुइट, र एसिया तथा अमेरिकामा बसोबास गर्नेलाई ट्राइब्स भनेर न्वारन गरिदिए । समग्रमा भने 'एथ्निक गु्रप्स'  भनी लेख्ने गरेको पाउँछौँ । नेपाल कुनै पनि युरोपीयन मुलुकको उपनिवेश त रहेन, तर उनीहरूको छायाबाट मुक्त पनि भएन ।
संसार चहार्ने औपनिवेशिक शक्तिहरू फिरन्ते बनी संसारलाई उपनिवेश बनाउँदै हिँंड्दा, कुनै नयाँ मुलुकमा पुग्दा- नयाँ ठाउँमा पुगियो, भिन्न मानव समुदायसँग भेट भयो, नयाँ कुरो सिकियो र जानियो भन्नु स्वाभाविक हुन्थ्यो । तर नयाँ मुलुक नै पत्ता लाग्यो ? भनेर मानौँ कि वैज्ञानिकले कुनै पदार्थ नै पाएझैँ उनीहरूले हल्ला गरे । सँगसँगै त्यहाँ बसिरहेका मानव समुदायमाथि चडाइ गरी सर्वनाश नै गरे । क्रिष्टोफर कोलम्बस अमेरिका पुग्नु अघिको अमेरिकाबारे ए.जे. स्पन्डेन -१९३६) लेख्छन्, 'यदि कोलम्बस पुग्नुअघि नै अमेरिकी टापुहरूमा बालिनाली लाउने चलन नभाको भए, औलतिर सहरी सभ्यताको विकास भैनसकेको भए, युरोपीयन राष्ट्रहरू र अमेरिकी मुलुकहरूबीच रहेको ठूलो भिन्नताका कारण कोलम्बस अमेरिका उत्री नयाँ दुनियाँमाथि चडाइ गर्नु महान् कार्य मानिन्थ्यो
होला ।' उनी थप लेख्छन्, 'मेक्सिको, मध्यअमेरिका र दक्षण्िा अमेरिकाको एन्डरियन क्षेत्रमा विकास भैसकेको राजनीति, कला, साहित्य, सभ्यता र संस्कृतिले विश्वलाई नै धेरै धनी बनाइसकेको थियो । युकातान क्षेत्रको मायान सभ्यताले खगोल विज्ञान र गणितशास्त्रको विकास गरिसकेको थियो । ऊनीहरूले सबै कुराको राम्रो विकास गरिसकेका थिए, केवल सुरक्षाको राम्रो प्रबन्ध नहुनाको कारण युरोपीयनहरूको चडाइमा परे ।' युरोपीयनहरूले नयाँ मुलुक पत्ता लगायौँ भनिरहँदा वा कसैले एकीकृत र बृहत् आकारको नयाँ मुलुक बनायौँ भनेर गर्व गरिरहँदा, नयाँ मुलुक पत्ता लगाउने वा बृहत आकारको मुलुक बनाउने कार्यसँग सम्बन्धित भई उत्पन्न सामाजिक, आर्थिक तथा राजनीतिक मामलाहरू वा द्वन्द्व वास्तवमा आदिवासी जनता र राज्यहरूसँगको निरन्तर द्वन्द्वको अवस्था हो । त्यसकारण विश्वको आदिवासीहरूमाथि राज्यहरूले गरेको हेपाहा र पक्षपातपूर्ण व्यवहार विरुद्ध उनीहरूले निरन्तर गरिरहेको प्रतिरोध नै आजको विश्वको सामाजिक, आर्थिक तथा राजनीतिक द्वन्द्वको एउटा प्रमुख कारण हो ।
कतिपयको तर्क के रहने गरेको छ भने आदिवासी जनजाति सवालहरू उपनिवेशसँग सम्बन्धित भैआएको हो । त्यसकारण औपनिवेशिक शक्तिको अन्त्यसँगै आदिवासी को हो ? वा होइन भन्ने सवालको पनि अन्त्य भयो । अझ कतिपय सन्दर्भमा आदिवासी मुद्दासँग उठ्ने गरेको प्रश्न जहाँ उपनिवेश नै थिएन । जस्तो नेपाल । त्यहाँ यो सवाल रहने कुरै आउन्न भन्ने पनि सुनिन्छ । निश्चय नै । तर यस्ता तर्क गर्नेहरूले के कुराको हेक्का राखेका छैनन् भने संसारमा, भनौँ न नेपालमा नै पनि, यदि उपनिवेश, अतिक्रमण, असमानता, भेदभाव, उत्पीडन वा बहिष्करणजस्ता क्रियाकलाप नभएको भए आदिवासी को हो ? वा होइन भन्ने प्रश्न पनि त आउन्नथ्यो ? यो सामाजिक, सांस्कृतिक विशिष्ट पहिचानको पक्षपोषणमात्र पनि होइन, सँगसँगै ती कुराको प्राप्ति राजनीतिक निर्णय निरुपणबाट मात्र हुने भएकोले आत्मनिर्णयको अधिकारको निर्वाध उपभोगको कुरा समेत हो ।  
मुगलको अतिक्रमणपछि हिन्दुहरू नेपाल प्रवेश गर्नुअघि प्राचीन खसान क्षेत्रमा खस जनजातिको बसोबास थियो । नेपालको समाजशास्त्र अध्ययनका पिता मानिने प्राध्यापक डोरबहादुर विष्ट -सन् २००५) लेख्छन्, 'खसान क्षेत्रको आवादीलाई हिन्दु संस्कृतिको चतुर वणर्ाश्रम संरचनाको क्षेत्रीय पदमा परिवर्तन गरी मौलिक जनजातीय पहिचान समाप्त गर्नु नै जनजातीय पहिचान समाप्त पार्ने अतिक्रमण, उत्पीडन र उपेक्षाको पहिलो घटना थियो । त्यसको सिकार खस जनजातिहरू भए ।' हिन्दुकृत नहुने खस जनजातिका समुदायलाई 'मतवाला' वा मतवाली खस वा 'पावै' नामले अझै पुकारिन्छ । एवंप्रकारले १८ र १२ मगरात, गण्डकी क्षेत्र ९ ग्यरोङ, काठमाडौं खाल्डोको नेपाल वरिपरिको १८ तामाङ, वल्लो र माझ गरी ९ लाख किरात, पल्लो किरातको १० लिम्बुवान सत्रथुम र थरुहट क्षेत्र -तराईको भावर प्रदेश) यी सबै भू-प्रादेशिक क्षेत्रहरू कुनै न कुनै जनजातिले आवाद गरी स्वाधीन तवरमा चर्चेका भूमि थिए ।
बाइसी-चौबीसी राज्य रजौटाहरूको एकीकरण कार्यमा खस, मगर र गुरुङको अत्यन्त ठूलो भूमिका थियो । यो कुराको प्रमाण पृथ्वीनारायण शाहको विभिन्न भनाइबाट स्पष्ट हुन्छ । तर उनीहरू सधैं उपेक्षति र उत्पीडित रहे । अर्को गोर्खा राज्यको विस्तारका क्रममा धेरै जनजातीय प्रादेशिक इकाइहरू निर्मम दमन र उत्पीडनमा परे । तिनमा नेपाल खाल्डोको कीर्तिपुर, कान्तिपुर, भक्तपुर र ललितपुर, १८ तामाङको नाम्दुङ, सैलुङ माझकिरातमा हतुवागढी र पल्लो किरात लिम्बुवानमा चैनपुर, सभादोभानतिर निर्मम दमन र हत्या गरियो । यिनीहरू एकीकृत नेपाल बनाउने नाममा अतिक्रमित भई उत्पीडित एवं उपेक्षति भएका हुन् । नेपालको इतिहासवेत्ता जोन ह्वेल्पटन -सन् २००९) अनुसार पृथ्वीनारायण शाहको सेनाको निर्माता इसापूर्व २५० तिर महान चीन निर्माणकर्ता सम्राट क्विन सि ह्वाङको भन्दा कम थिएन । किन्तु महान चीनको एकीकरणमा आजको चीनको पुग-नपुग १० प्रतिशत आवादी प्राप्त गर्न चिनियाँ सम्राटले उक्त हर्कत गरेका थिए । तर राजा पृथ्वीनारायण शाहको अतिक्रमणबाट झन्डै ३०-४० प्रतिशत भूभाग आजको नेपालको भूभाग हुन आउँछ । उनको थप विश्लेषण छ, 'सम्भवतः यही कारण हुनसक्छ, चिनियाँ सानातिना अल्पसंख्यक जनजातिहरू सबैमा 'महान चीन र चिनियाँ सभ्यता हाम्रो हो' भन्ने अपनत्व देखाउँछन् भने नेपालमा त्यो छैन ।' इतिहासविद कुमार प्रधान -सन् १९९१, सन् २००९) अनुसार, नेपालको भन्दा झन्डै सय वर्षपछि इटली, जर्मनीले गरेको एकीकरणको ढाँचा हेर्दा नेपालको एकीकरण केवल गोर्खा राज्यको विस्तार थियो, एकीकरण होइन ।
उनको सेखपछि हावी भएको जङ्गबहादुर राणाले सन् १८५४ मा जारी गरेको मुलुकी ऐनले जनजाति समुदायहरूलाई 'मतुवाली' -जाँड, रक्सी खाने) को संज्ञा दियो । यो चौधौँ शताब्दीतिर खसानमाथि अतिक्रमण गर्दा त्यहाँका रैथानेलाई दिइएको नामको निरन्तरता थियो । मतवालीमा 'मासिने' र 'नमासिने' २ वर्गमा वर्गीकरण गरी तदनुरुपको दण्ड सजाय तोकिएको थियो । एक सय चार वर्षको राणाशासन अन्त्य भई प्रजातन्त्र आउँदा यो सवालमा खासै चर्चा भएको पाउन्नौँ । यद्यपि प्रजातन्त्र -?) को बृहत शब्दावलीभित्र यी मुद्दाहरू उनिएको थियो कि ? भन्नेसम्म हो । जस्तो ः सन् १९५१ को जनक्रान्तिमा पूर्वमा किरात स्वायत्तताको राजनीतिक मुद्दाको उठान र पल्लो किरात लिम्बुवानमा स्वायत्त शासनको गठन भएको थियो । स्वायत्त लिम्बुवान राज्यको मन्त्रीमण्डल गठनदेखि केन्द्र र प्रान्तबीच सम्बन्ध राख्न गभर्नर समेतको व्यवस्था भएको यहाँ स्मरणीय हुन आउँछ । तथापि यो जनताले लोकतन्त्र र स्वशासनको अभ्यास गर्न गरेको प्रयत्नलाई प्रजातन्त्रका महान सेनानी वीपी कोइरालाले समेत मान्यता दिन त के कहीँ कतै सन्दर्भसमेत उल्लेख गरेको पाइन्न । केवल एक ठाउँमा जनक्रान्तिको असफलताका कारण उत्पन्न किरात असन्तोष भनी बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माद्वारा लिखित तथा प्रस्तावित 'नेपाली कांग्रेसका लागि लोकतान्त्रिक समाजवादी घोषणापत्र- २००८' मा उल्लेख छ ।
सम्भवतः साठीकै दशकतिर बालचन्द्र शर्माद्वारा लिखित 'नेपाली शब्दकोश'मा जनजातिको परिभाषा राखियो, भारतमा प्रयोग भएको सन्दर्भ लिई जुन परिभाषा नेपालका जनजातिका लागि क्षोभको विषय बन्यो । अनपेक्षति सन् १९९१ मा पुनःस्थापित बहुदलीय प्रजातान्त्रिक संविधानले 'जनजाति' शब्दको प्रयोग गर्‍यो । अपितु संविधान निर्माणका लागि मागिएको सुझाव झन्डै शतप्रतिशत नै रद्दीको टोकरीमा फालियो, जुन जनजाति, जातिसँग सम्बन्धित थिए । उक्त कुराको पुष्टि तत्कालीन संविधान मस्यौदा परिषदका अध्यक्ष विश्वनाथ उपाध्यायको अभिव्यक्तिबाट हुन्छ । उनको भनाइ थियो, 'नब्बे प्रतिशत सुझावहरू जात, जाति, भाषा, वेशभूषा तथा धर्म-संस्कृतिसँग सम्बन्धित थिए र ती संविधान लेख्न काममा आउन्नथ्यो ।' सुझाव सबै फाले तापनि सन् १९९१ को संविधानमा जनजाति समुदायलाई पुरै बेवास्ता गर्नसक्ने स्थिति थिएन । संविधानकै भावनाअनुरुप सन् २००० मा संसदबाट आदिवासी जनजाति प्रतिष्ठान ऐन पारित भई 'आदिवासी जनजाति' भनेर ५९ समूहको पहिचान राज्यले विधिवत गर्‍यो । सन् १८५४ पछि २००० सम्ममा अर्थात् पुग-नपुग डेढ सय वर्षपछि राज्यले 'मतुवाली'को साटो आधिकारिक ऐन जारी गरी 'आदिवासी जनजाति' पहिचान दियो । उक्त ऐनमा 'आदिवासी जनजाति' भन्नाले, '..आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको, आर्थिक रूपमा पछि परेका अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ' भनेको छ ।
सन् ९० पछिको जनजाति आन्दोलनले -१९९१) स्थापित गरेको आफ्नो स्वपहिचानको कसी भनेको 'हिन्दु चतुर वणर्ाश्रम' संरचनाभित्र नपर्ने 'आदिवासी मूलवासी' जनजाति हुन् भन्ने हो । राज्यले सन् १९९६ मा प्रा. सन्तबहादुर गुरुङको अध्यक्षतामा गठन गरेको कार्यदलको परिभाषामा 'आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णको हिन्दु वणर्ाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजाति अन्तर्गत पर्छन्' भनेर जनजाति आन्दोलनको भानवा समेट्न खोजे तापनि त्यो प्रतिष्ठानको ऐनमा मुखरित हुनसकेन । राज्यले प्रदान गरेको पहिचानमा विशिष्ट पहिचान बोकेका समुदायहरू आदिवासी जनजाति हुन् भनेर स्वीकारे तापनि उनीहरूमाथि हुँदै आएको एकल जातीय, धार्मिक, भाषकि वा सांस्कृतिक उत्पीडन बारेमा कुनै सङ्केतसम्म गर्न सकेन । यो ऐन निर्माणमा आदिवासीहरूले आफ्नो बारेमा आफैले निर्णय निरुपण गर्न पाउने उनीहरूको आत्मनिर्णयको अधिकारको पुरापुर उपयोग भएको होइन । राज्यले दिएको पहिचानलाई अस्वीकार गर्ने व्यक्ति वा समूह नभएको होइन । यद्यपि कुनै न कुनै दलमा रही प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गरेका जनजातिले पुनःस्थापित बहुदलीय प्रजातन्त्रको व्यवस्थापिकाले बनाएको, अपूर्ण नै किन नहोस्, एउटा वैधानिक र सकारात्मक पहिचानका रूपमा लिए । यो एउटा ऐतिहासिक फड्को थियो ।
नेपालका आदिवासीहरूको समस्या र विश्वका आदिवासीहरूको समस्याबीच आधारभूत पक्ष मिले तापनि नेपालका समस्याहरू मौलिक तथा भिन्न हुनु अस्वाभाविक होइन ।  राजा पृथ्वीनारायण शाहको एकीकृत नेपालको निर्माणकार्य थाल्दाको दिनदेखि आजसम्म जनजाति समुदायहरूसंँग भएका राम्रा-नराम्रा, घटना-दुर्घटना, सन्धि-सम्झौता, दण्ड-जरिवाना सँगसँगै द्वन्द्व जारी छ । समाज, राज्य र सबै क्षेत्रमा आफ्नो स्वार्थ सिवाय अरु सबै भ्रमको मनोविज्ञान बोकेका कथित ठूला जातका नेता, बुद्धिजीवी, शासक-प्रशासक, सबका सब आदिवासी जनजातीय मुद्दाहरू हल गर्न अनिच्छुक छन् । अरु त अरु नेपालको लोकतन्त्र र स्वतन्त्रताको आन्दोलनको मसिहा ठान्ने नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू आदिवासीको मुद्दा सम्बोधन गर्न तयार छैनन् । झमेला झक्िने र यो मुद्दालाई खेलाइ आफ्नो निहित राजनीतिक स्वार्थसिद्धि गर्ने ध्येयमा छन् । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा जुन-जुन समूहहरू नेपालमा बसोबास गर्थे, उनीहरू सबै आदिवासी हुन् भन्ने आधार कांग्रेसको छ । ती सबैको पञ्जिका तयार पारेर नै यो राजनीतिक प्रस्ताव उपसभापति रामचन्द्र पौडेलले पेस गरेको हुनुपर्छ । यदि होइन भने यसले माथि चर्चा गरेझैँ विशद र व्यापक आवादी र महत्व बोकेको र नेपालकै सामाजिक-राजनीतिक इतिहासमा भूमिका भएका आदिवासी जनजातिको मुद्दाको खिल्ली त उडाकै छ, तर राष्ट्रसंघको सोचाइ र बुझाइलाई समेत धोती लगाउने षडयन्त्र यो प्रस्तावमा छ । 'सन्धि, सम्झौता तथा अन्य रचनात्मक व्यवस्थाहरूको सम्मान गरौँ' को नारा एकातिर राष्ट्रसंघले तय गरिरहेछ, नेकाको आदिवासी पहिचानको प्रस्तावित आधारले सम्मान नभई तिनको अपमान गरिरहेछ । भन्नुको मतलव राष्ट्रसंघको सदस्यको नाताले संघको सिद्धान्त तथा प्रतिबद्धताहरूप्रति यो दृढ छ भन्ने विश्वव्यापी मान्यताको विपक्षमा यो प्रस्ताव तयार पारिएको हो । हुन त यो प्रस्तावको पृष्ठभूमिमा बाबुराम भट्टराईको सरकारले कथित बाहुन, क्षत्री, ठकुरी, संन्यासी र दलितले आफू पनि आदिवासी हुनुपर्ने भनेर गरेको बेमौसमी आन्दोलन र त्योसँग गरेको सम्झौताको धरातलमा ल्याइएको हो । त्यसकारण यो मिलिजुली ल्याइएको साजिसपूर्ण प्रस्तावले आदिवासी को हो ? वा होइनको मुद्दालाई झनै जटिल बनाएको छ ।
लेखक नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव हुन् ।

Tuesday, August 20, 2013

उतरी गोरखाका तमुहरुको लुकेको ईतिहास

कुनै पनि तमुले आफ्नो इतिहास नबुझी बर्तमानको गण्डगोल परिस्थिती र लुँछाचुँडिको राजनितिमा भाग लिनु भनेको अँधभाक्त वा कसैको हानुमान हुनु हो ! इतिहासकाल देखी तमुजाती भित्र फुटाउ र शासन गर भन्ने ब्राम्हणवादी कुनितिका कडिहरुलाई बर्तमानका सचेत तमु पिँडिहरुले शल्यकृय गरी सुनौलो भबिस्य सुनिश्चित गराउनको निमित्त कटिवद्धा हुँदै समस्त तमुहरु एक हुन आग्रहा गर्दछु ।
- बिमल प्ल्हेँ तमु
------------------------------------------------------------------------------

उतरी गोरखाका तमुहरुको लुकेको ईतिहास

- नेपालको सामाजिक सँरचना अनतर्गत सबै जातजातिहरुलाई समयन्जस्यतामा ल्याउन नितन्त आवश्यकअत हुन आएको कारण बिभिन्न बिबिधतलाई हटाउनै पर्दछ । नेपाल।मा नश्लाको हिसाबले शुरुको अवस्थाको प्रचलित भाषिक समुहा ४ वटा छन ।
१. ककेसियन
२. मँगोलियन भोट् बर्मेली
३. द्रविडियन
४. प्रोटोअस्ट्रोल्योइट
यस् मध्ये हामी तमुजातिहरु मँगोलियन नश्लाको हौ । मँगोलियन नश्लाका भाषिक समुहको शब्दकोश मध्ये अपभ्रँश भएर हालसम्मा आउँदा तिब्बती भोटबर्मेली समुहमा बिभाजित हुन आएकोले बिभिन्न भौगोलिक बिशेषता अनुसार र चिनको याङ्से नदिको किनारै किनर भै ब्र्हमपुत्र नदितिरा बाट फैलिदै आएको मंगोलियन आकृतिका मानवजातिहरु , बर्मा,भुटान, आसाम,नागाल्यण्ड,सिक्किम,दार्जिलिङ,भै नेपालको पहाडी भेगतिर फैलिदै आएको र चीनको तिब्बती स्वससित क्षेत्रको हिमालको पाखा पखेटाबाट नेपालको हिमशिखर र पहाडतिर झरी बसोबास गर्दै आइरहेका मँगोलियन समुदायहरुको बिच बोल्ने भाषाको शब्दहरुमा बिक्रिती भएकोले (टोन) शब्दको ध्वनी फरक भए तापनी शब्दहरु करीब ७५% मिल्दोजुल्दो हुन आउँछ ।
त्यसैले भौगोलिक बिशेषतानुसारको भाषाको ध्वनी फरक हुनेहुँदा तमुजातिहरुको बिचमा पनि स्याँङ्जा,कास्कि,लम्जुङ,मनाङ,तनहुँ ,गोरखा,पर्वत,मुस्ताङ,गरी यि ८ जिल्लाहरुमा तमु जातिहरुको बिच बोलिचालि भाषाको शब्द र (टोन) ध्वनी फरक पाउन सक्दछ । सबै तमुजातिहरुको गाउँबस्तिहरुमा बोल्ने सबै तमुभाषा नै हुन । तमुजातिहरुको आगमन मँगोल चिन् तिब्बाट हुँदै आएको तमुहरुको पुरानो ( क्ष्या ल्हु ताँ ) पुरानो सामाजिक लेख र मौखिक अख्यानहरुमा पाउँन सकिन्छ । पुरानो प्राकृतिकवादी बोन बिधाको क्ह्यार्लोताँ अनुसार तमुजातिहरु अली ठुलो जमात मुस्ताङको गापिन क्ह्याल्स ह्युलाको बाटो भएर पर्वत जिल्ला र कास्कीको घान्द्रुक,सिक्लेस तथा स्याँङ्ज अदी ठाउँहरु र हिमालको घाँटिहरुमा पासा भएर आउनेहारु जिविकोपार्जनको लागि शिकार खेल्ने क्रममा क्होला सोँथार सम्मा आई बसोबास गर्दै आएको पाईन्छ ।
यि सबै तमुजातिहरु तिब्बाटबाट नेपाल प्रवेश हुने ठाउँहरु मुख्य ( घाँटिहरु) फलिप्रो,लिप्रो,मर्स्यो,लार्के क्ह्याला भञ्ज्याङको रेञ्ज,रुईनिङ बाट पासा भएर आएका हुन।
मुस्ताङको बाटो भन्दा मर्स्यो पासा भएर आउने नार,फु र लार्के हिमालको हिमशिखर बाट आउनेहारु अली अप्ठ्यारो र धेरै दु:खको ठाउँमा पर्‍यो । तमुहरु तिब्बातको एउटै ईलाकाबाट प्रस्थान गरे तापनि तिब्बाटकै ज्याहङको सम्याथअर मैदानको भुमिमा यात्रा गर्दा अलमल भएको कारण
आ-आफ्नो यात्रामा बिभिन्न घाँटिबाट नेपाल प्रबेश भयो । लार्के हिमशिखरको ग्याला भञ्ज्याङ पासा गरेर आउनेहारुमा शुरुमा प्रोक,छाक,कुवाक,कुयाक,क्राक,विही,न्याक र सिर्दिवास सम्म आएर बसोबास गर्दै आएको पाईन्छ ।
-यस ठाउँहरुमा बसोबास गर्न आउनेहारु शुरुमा तिब्बाटको क्ह्या भन्ने ठाउँमा बोन र अन्य मार्गिहरु बिच झगडा भएको कारण त्यहबाट कोने थरको तमुहरु समेत भागेर आएकोले ' क्ह्याजो कोन 'गरेका छन । क्ह्या भनेको तिब्बतको एउटा ईलाका जो भनेको आएको भन्ने शब्द हो । त्यसैले क्ह्याजो कोन हरुको तिब्बातको क्ह्या भन्ने ठाउँदेखी बोल्ने गरेको बोलिचाली भाषा प्रोक,छक,कुवाक,क्राक,कुयाक,विही,न्याक र सिर्दिवास सम्मा फैलिदै आउँदा त्यही भाषाको बोलिचाली चलनचल्ती हालसम्मा रहिआएको छ ।
त्यही भाषाको शब्द अहिले सम्मा पनि तिब्बतको क्ह्या भन्ने ठाउँमा टोन (ध्वनी) मात्रा फरक शब्दहरु मिल्दोजुल्दो छ भनेका छन । प्रोक,छाक्,कुवाक्,कुयाक्,विहि,न्याक र सिर्दिवासतिर बोल्दा धेरै पहिले " नुबृ " भाषा भन्ने गरेको र त्यो भन्दा पुर्वतिर बोल्नेभाषालाई " चुम्प भाषा " भन्ने गरेको पाईन्छ ।
यि तमुजातिहरु डटआङ देखी तल बेसरी छिपेको अप्ठ्यारो पहाडहरु भएकोले एकजन पनि तल छिर्न सँभावना रहेन । पछी फलामको अविस्कारले छिनोको सहायताबाट नुन ल्याउन तलका मान्छेहरुले पहाडमा प्वाल खोपी काठको किला गाडी काठ तेर्स्याइ कच्ची बाटो बाट मात्रा प्रवेसको सँभावना भयो ।
नुबृ भनेको पश्चिमेली,चुम्प भनेको पुर्वेली भन्ने गरेको पाईन्छ । पछी तल उहिय,केरौजको हुलचोक,खोर्ला,सिङ्ला,लाप्राक्,बारपाक,गुम्दा।लापु,लप्सिबोट्,खानी गाउँ,थुँमी,स्वाँरा,सौरपानी सम्म त्यही भाषा फैलिदै गएको पाइयो । हालसम्मा यो भाषा ११/12 गाबिसमा बोलिन्छ । जस्ताइ वारपाक,लाप्राक,सौरपानी तिरको मान्छेहरुले सिरनचोक,कह्याचोक र सिम्जुङतिरको मान्छे लाई " नु र नुब्ल्या " भन्ने चलन छ । माथितिर नुबृ
भनिन्थ्यो भने तलतिर नुब्ल्या भनिन्छ । सारमा त्यो दुबै कुरा पश्चिमेली भन्ने हो । माथितिरका मान्छेले पुर्वेलीलाई " चुम्पा " भन्ने गर्दछ भने
तलतिरका मान्छेहरुले पुर्वेलीलाई " स्याब्ल्यर " भन्ने गरेको पाईन्छ ।
हालसम्मा पनि त्यही नै भनिन्छ । यो तमुभाषा एकोहोरो एउटै खोलाबाट मात्रा आएकोले अपभ्रँश हुनपाएन र फैलिन पाएन पहिलै देखी जस्ताको तस्तै भएको कारणले अन्य क्षेत्रका तमुहरुले बुझ्न गाह्रो पर्ने भएको र तमुभाषामा फरक जस्तो देखिन आएको हो । पछी हिन्दूकरण भएपछी हिन्दू साम्प्रदायिक र हिन्दूआतिबादिहरुले " फुटाउ र शासन गर " को षड्यन्त्रको जाल बाट फुटाउनको निमित्त स्वाँरा र सौरपानी,वारपाल देखी माथि बोल्ने (पश्चिमेली )नुबृ भाषालाई शाहवँशिय राज्य सत्ता शुरु हुने बितिक्कै त्यो १८ सय खोलाको भाषाको टाउकोमा प्रहार गरी " भिन्के " भाषा भनी हेपाहको अश्लीला शब्द प्रयोग गरी तल खसाल्न शुरु गर्न थाल्यो।
त्यहिबेला गोरखका तमुहरुमा पश्चिमका तमु समुदाय र उत्तरका तमु समुदायहरु बिच सामाजिक मेलमिलाप र सामाजिक समयन्जस्यता ल्याउनु पर्नेमा झन हिन्दू ब्राम्हणवडाको कुरा सुनेर घोचपेच हुन थाल्यो ।
हिन्दूब्राम्हणवादिहरुले त " फुटाउ र शासन " गर्ने थियो । त्यो छलबाजी बुझ्न सकिएन र गोरखाका पश्चिमेली तमुसमुदायहरु सबै हिन्दू अतिवादितिर लाग्न थाल्यो र उत्तर तिरका तमु समुदायहरुलाई हेप्दै जाना थाल्यो । गोरखका पश्चिम भेकका तमुजातिहरु अली सभ्य र बिकाशित भैसकेको र उत्तरि भेकका १८ सय खोला निवासी तमुजातिहरुको भाषा अली अपभ्रँश नभएको अवस्था शुरुदेखी नै यथवत रुपमा बोल्ने र हिंड्ने गर्दथ्यो ।
त्यसैरुपमा भाषा,भाषिका,भेषभुशामा सुधार नआई शुरुको रुपले नै हिँड्ने र फोहोरी असभ्य भएको देखेकोले त्यसबेला हिन्दू ब्र्हामणवादिहरुले हेपाहको शब्द प्रयोग गरी " भिन्के " भन्न थाल्यो र गोरखाको पश्चिम दरौँदी पारीका तमुहरुलाई तिमीहरु भनेको असली तमुजाती हो भन्दै बिभाजन र बिबादको शुरुवात गरियो
- त्यो माथि 18 सय खोलाको तमुजातिहरु तमु नै होइनन । सबै भिन्के हो । तिमीहरु भन्दा सानो जाती हो ,तिमिहरु सँग केहीकुरा पनि मिल्दैन भनेर उचाल्ने र पछार्ने गरी फुटाउन थाल्यो । त्यो ब्र्हामाणवादी षड्यन्त्र हाम्रो पुर्खहरुको चेतनाले बुझ्नै सकेनन पछी हिन्दू अतिक्रमणकारी राजाहरुले एक एक गरी आक्रमण गर्दै गयो । छत्र शाहले सिरानचोक आक्रमण गर्‍यो तर बिफल भएकोले पछी रामशाहले लियो । त्यसपछी राम शाहले वारपाक आक्रमण गर्‍यो तर बिफल भएपछी वारपाकी गुरुङ घलेहरुलाई सं १६८२ माघ २५ गते निमेलको बगरमा बोलाई दुई राज्यको सिमा निर्धारण गर्ने नाममा भोज भतेर रक्सी ख्वाइ घलेहरु सबैलाई काट्यो र घले राजा चग्ङे सुरदानलाई दाम्लोले बाँधी घिसारेर लागि कालिकामा बली चढाए भन्ने भनाइ छ ।
त्यसइको घटनाले राजपरिवारमा दु:ख बिमार मात्रा भाईरहेको कारण राम शाह देवघाटमा गई ऋषी सँगा हेराउँदा मान्छे बली चाढाएकोले पिरेछ । त्यसमा भेँडा पूजा गर्नु पर्छ भनेपछी त्यह देखी कालिका मन्दिरमा भेँडा चाढाउन थाल्यो । त्यसपछी 18 सय खोलातिर लागि गुम्दाको स्वोँजा तमु राजा भएको भिरकोट आक्रमण गर्न पुग्यो । त्यो प्रयास बिफल भयो । त्यसपछी उहियाको खोर्लामा रहेको कोर्ग्याल तमुको डाँडाकोट आक्रमण गर्‍यो ,त्यहबाट पनि नसकी सल्यानटार तिर लाग्यो भन्ने भनाइ रहेको छ । तर शाहवँशिय राजाहरुले देश एकिकरण गरे पनि गोरखाकै १८ सय खोलाको तमु जनसमुदायको आस्था र अस्मिता माथि आक्षेप लाग्नेगरी बोली प्रहार गर्न थाल्यो । " धारिलो हतियार भन्दा तुच्छ शब्दहरुले झन नराम्रो घाऊ लाग्दो रहेछ " यसरी फुटाउ र शासन गर को तरिकाले क्रमश : तमुजातिहरुलाई कामजोर पार्ने कार्य गर्‍यो ।
भाषाको हकमा राज्यबाट सँरक्षण नभएको भाषा भौगोलिक बिशेषताको आधारमा फरक हुनु बिग्रिएर जानु स्वाभविक हो तर अझै फराकिलो रुपबाट सोँच्ने र बुझ्ने हो भने जुनसुकै तमु गाउँबस्तिहरुमा तमुजातिहरुले बोल्ने गरेको भाषा र भाषिका आदिम साम्यवादी युगदेखी नै बोल्दाइ आएको छ भने त्यसको शब्दहरु धेरै मिल्दछ र त्यी भाषा तमुजातिको भाषा नै हुनेछ । हाम्रो पुर्ख्याउलिहरु धेरै सोझा भएकाले अर्काले जे भने पनि सहेर बस्ने,जे भन्यो त्यही विश्वाश गरेर अँधभक्त भैदिनाको कारणले अहिले हामी यो दुरुह अवस्था बाट गुज्रिरहनुपरेको छ । फेरी यो भाषालाई " भिन्के भाषा " भन्दा शाहरै नराम्रो भयो भनेर हाल मात्रा केही वर्ष यता घलेहरुले घलेभाषा भन्दै जान थाल्यो । वास्तबमा यो घले भाषा चैँ होइन । घलेहरुलाई मौलिक क्ले बाट घले थर नामाकरण हुनुभन्दा अघी नै यो भाषा उत्पती भएको हो । यो भाषा आदिम साम्यवादिकाल् देखी नु बृ पश्चिमेली भाषा भनेर गोरखाको उतरी भेगका तमुहरुले बोल्दै आएको तमु भाषा हो । यो अन्य भाषा होइन।

तमु भाषामा शब्दहरु फरक होईन फराकिलो हो ।
------------------------------------------------------------------------------------------------
-एउटाै जाती एउटाै बंश भए ता पनि लिपी बिकाश नभएको,राज्यबाट तमु भाषा शिक्षा नभएको पिडित तमु जातिको असंरक्षण भाषा भौगोलिक बिशेषताको आधारमा गाँवै पिच्छे फरक हुनु स्वभाविक हो । भाषाको थेगो फरक हुने हुँदा एक अर्कामा बुझ्नु गाह्रो हुन्छ ।तर बंशाजको कुल गोत्र एउटाै मिल्छ । राज्यका दमनमा परेको तमु भाषा नबोल्दैमा तमु होईन भन्नु बेठिक हुन्छ ।

तमु नेपाली भाषा र नेपाली भाषाको अर्थ्
पश्चिम गोरखा उतरी गोरखा खस-नेपालि

म्ही - म्ही - मान्छे
मी - म्याँ - आँखा
सुँ - ङुर - मुख्
ना - न - नाक्
न्हपे - नैल्याम - कान्
ले - ल्हि - जिब्रो
स - स - दाँत्
मिक्ली - मेगुम्/म्याँखुम - आँशु
फो - लो - भुँडी,पेट्
तीं - द्याङ्, - मुटु
को - का - रगत्
क्ली - क्ली - दिसा
कुँ - सिया - पिसाब्
से - से - जुम्र
सोहो - सह - सास्
क्यु - क्यु - पानी
स - स - माटो
सिं - स्याङ - दाउरा
क्ला - लाप - गोरु
फोटो - लुत - तस्बिर्
मई - मई - भैँसी
रा - र - बाख्रा
नक - कह - कुखुरा
नकफुँ - कहफुँ - कुखुराको अण्डा
सित - उसि - चामाल्
कैँ - काङ - भात्
खु - खु - तिहुन्
पैँत्यु - स्या - मासु
छोपा - पैत्यो - मास्
सुनतुल - क्याङ - रोटि
चए - चसै - खायो
चस्योमो - चलिम्पैखे - खाँदैछु
चमो - चए - खान्छु
ङ - ङ - म
ङल - ङैसै - मेरो
आम - म - आमा
आपा - प - बाबु
आली - आले - भाइ
आस्यो - अस्याँ - मामा
सली - निमै - सालि
ब्यालाप्र्हेस्यो - ब्यल्यममङ्नी - दुलहा दुलहि
ङे/ङेस्यो - ङे/ङेस्यो - मेरो सम्धि/सम्धिनि
मारा - मर - सुन्
ङी - निई - दुइ
सोसो - सोसो - अर्को
म्रु - म्रुङ - राजा
क्याल्ता - घ्यल्प - राजनिति
योक्र - खुमान - चोर्
मैनो - मनै - मनमा सम्झनु
प्रेप्रे - प्रेप्रे - संगसंगै
प्रे - प्रे - संग्,सित्
खैली - करपो - कसरी
प्रीदो - प्रील - लेख्
मल्खु - मल्खु - टोपि
बख्खु - बख्खु - घुमराडि
चला - चल - चोलो
प्रम - प्रम - हिड्छु
चुरिखो - छोखो - यहाँ आउ,यता आउ
ङारीखो - टाने खो - नजिकै आउ
क्यो सु - ङिँयाँसु - तिमी को हो ?

क्योए लाम्प्रां फएमो - ङिँयँलाम्प्रा फैईसा - तिमी लाप्राक गएका छौ ?
चच्क्ष्मी सबोमो - चचहामी ज्यानै खे - छोराछोरी राम्रै छ ?
लिसोबैताँ - नाङनी - भबिस्याकाल्
ग याइख्याँई - मलङ - भुतकाल्

-> ङ्योए पिम्ज्यामु - ङियँ न प्रे पिम्स्याखे - हामी संग ईतिहास छ ।
तमुए पिम्ज्यासुदेमोअरे - तमुयु पिम्स्ष्यँसुनैख्योकिदो - गुरुङको ईतिहास कसै सँग छ कि छैन
नानोए - नाप गिरी - बिहान भयो
->ङ्योतमु अ - ङिइतमु अहन - हामी तमु हौं ।
तिहुँ - मिईङ ल्हो - पोहर साल्
नेदी - खुईङ ल्हो - पर्हार साल्
बर्ह्दो - बह्र्दो - यो जिवनको अन्त्य,अर्को जिवन प्राप्त नहुन्जेल्
पे ताँ - पे ताँ - परम्परा
-> ल्हुताँ - ल्हुँता - संस्कार्
कल्हु - कल्हु - पुरानो चलन सँस्कार जस्ताको तस्तै
पेल्हु - पेल्हुँ - पुरानो रिती गर्ने
तमु क्ष्याल्हुताँ - तमु क्ष्याल्हुताँ तमु जातिको पुरानो सामाजिक सँस्कार्
क्ष्या - क्ष्या - सामाजिक्
नवा - न्ह - बिरामि
ना - नाम - सिंगान्
पिह्रूमाला - हिरु/ईरु - मुगाको माला
कोह्च - खोर्च - खुकुरि
कोहरै - कुरै - हँसिया
सेखु/सेटहा - सेखु - मासुको झोल्
क्यु - क्युङ - अमिलो
क्योबा - युबा - जोत्नु
ख्रुबा - ठुवा - धुनु
स्यायुईवा - खुस्यास्याईवा - छला निकल्नु
टा - टाअतच्योना - भाई बन्धु
मो - म्हा - ज्वाई
कन्बो - टम्बो - गाला
मोरा - मङरै - जुङा
कु- कु - छाति
आईदा - ओट्ट - कलेजो
पान - पा/सुक - साँप्रो
रु - रु सिङ्
ङ्यो - ङ्या - बिर्य
बुन्ना - भान/बोना - लोट
साइदिवा - साईदिपा - सहनु
तुर्जा - तुर्जा - चिहान्
छिकोर्/छोकोर - छिकोर्/खङ्सा - चिहान डाँडा
सिन - सिम - बासि/चिसो
होइ - ओई - ज्यु
मोराबा - मुर्दिबा - लपेट्नु
प्लोबा - प्ल्य्हावा - चिप्लो
लोन्बा - ल्हँबा - तर्साउनु
फुर्सीँ - फुर्सिङ - तिखारेको घोचो
बोक्या - बोक्या - बोका
माईलु - मिलुम्थिवा - उदेक्/ अचम्म्
मिँवा - मिँपा/मिन्दिपा - पाकेको
मिखु - मिइङ - धुँवा
रिई - रिई - मृतकको हाडखोर्
युर्लवा - युर्दिवा - ढल्काउनु
रिन्थे - तुन्चि/तुन्च - छोटो
रियँयो - रियँह - लामो
तिमु - म्हुँ - च्याउ
हे/ए - यह्/ए - लेक्
क्यो / ल्हुँ -ल्हुँ/लुङ -बेसि
प्रोँ - प्राङ - गोठ्
ङ्यु/ह्युय - ह्योई - आँगन्
कुनी - कुन्ती -ढिकि
रेन्दो/ह्रेदो -रुन्दा - जाँतो
कोन - गाङ - डाँडा/पहाड्/पर्बत्
यु - पुक - ओडार्
कोदा - क्वास - अगेनो
चोन्फु/चोङ्फो - जोङ्बो - ओदान्
सिन्थिन / सिथिं - स्यङ्किम - कटेरो
नारी - नारे/नाङरे - कोदो
प्रो - प्रो/ताह - पिठो
करो - बुर्जेन - जौ
नाम्ली - लिक - पानी जुका
चेँ - चेन - बाघ्
लनी /लएँ - लनी - चन्द्रमाँ
मुसार - कर्चेन - तारा
च्याटिवा - जन्तीवा - चुप लाग्नु
छिई - छे - बोसो
नाबा - नैँपा - बिसाउनु
नोनसुर -नङ्सुर - गोप्या
नानरिवा - सहरीबा - साँझपर्नु
सोबा - छवा - पीरो
माहाई - मलिवा - हरायो
केर्लोन -क्याह/क्य्ह्रवोनिङ - ग्रन्थ्
क्योई - कै - भाषा
क्युफैईवा - क्युफोइल - तिर्खा लाग्नु
खिबा - खिबा - पैँचो
खँबा/खुँबा - खँबा - जाडो हुनु
कैंदु - कथु - मुर्ति

ककारक्युख्यँ - कागरर्क्युख्यँ/कर्पतिर्गिली - दु:ख्/दु:ख परेको
सैइन अनाद - सैमअनाद - चित्त नदुखाउनुहोस्
ङोसेबा/म्हिसेबा - ङोसेबा/म्हिसेबा -चिनापर्ची गर्नु
छावा - छवा/स्योवाबा -ताछ्नु
त - कह्/का - बन्चरो
स्योङ -वोङ - खोला
नेन्/न्हें - नान - चौतारा
मु - मु - आकाश्
सा - स - धर्ति/भुइँ/माटो/जमिन्
--------------------------------------------------------------------------------
साभार : तमु जातिको क्ष्याल्हु ताँ थर तथा लुकेको ईतिहास्र तमु चिई
 

उतरी गोरखाका तमुहरुको लुकेको ईतिहास

कुनै पनि तमुले आफ्नो इतिहास नबुझी बर्तमानको गण्डगोल परिस्थिती र लुँछाचुँडिको राजनितिमा भाग लिनु भनेको अँधभाक्त वा कसैको हानुमान हुनु हो ! इतिहासकाल देखी तमुजाती भित्र फुटाउ र शासन गर भन्ने ब्राम्हणवादी कुनितिका कडिहरुलाई बर्तमानका सचेत तमु पिँडिहरुले शल्यकृय गरी सुनौलो भबिस्य सुनिश्चित गराउनको निमित्त कटिवद्धा हुँदै समस्त तमुहरु एक हुन आग्रहा गर्दछु ।
- बिमल प्ल्हेँ तमु
------------------------------------------------------------------------------

उतरी गोरखाका तमुहरुको लुकेको ईतिहास

- नेपालको सामाजिक सँरचना अनतर्गत सबै जातजातिहरुलाई समयन्जस्यतामा ल्याउन नितन्त आवश्यकअत हुन आएको कारण बिभिन्न बिबिधतलाई हटाउनै पर्दछ । नेपाल।मा नश्लाको हिसाबले शुरुको अवस्थाको प्रचलित भाषिक समुहा ४ वटा छन ।
१. ककेसियन
२. मँगोलियन भोट् बर्मेली
३. द्रविडियन
४. प्रोटोअस्ट्रोल्योइट
यस् मध्ये हामी तमुजातिहरु मँगोलियन नश्लाको हौ । मँगोलियन नश्लाका भाषिक समुहको शब्दकोश मध्ये अपभ्रँश भएर हालसम्मा आउँदा तिब्बती भोटबर्मेली समुहमा बिभाजित हुन आएकोले बिभिन्न भौगोलिक बिशेषता अनुसार र चिनको याङ्से नदिको किनारै किनर भै ब्र्हमपुत्र नदितिरा बाट फैलिदै आएको मंगोलियन आकृतिका मानवजातिहरु , बर्मा,भुटान, आसाम,नागाल्यण्ड,सिक्किम,दार्जिलिङ,भै नेपालको पहाडी भेगतिर फैलिदै आएको र चीनको तिब्बती स्वससित क्षेत्रको हिमालको पाखा पखेटाबाट नेपालको हिमशिखर र पहाडतिर झरी बसोबास गर्दै आइरहेका मँगोलियन समुदायहरुको बिच बोल्ने भाषाको शब्दहरुमा बिक्रिती भएकोले (टोन) शब्दको ध्वनी फरक भए तापनी शब्दहरु करीब ७५% मिल्दोजुल्दो हुन आउँछ ।
त्यसैले भौगोलिक बिशेषतानुसारको भाषाको ध्वनी फरक हुनेहुँदा तमुजातिहरुको बिचमा पनि स्याँङ्जा,कास्कि,लम्जुङ,मनाङ,तनहुँ ,गोरखा,पर्वत,मुस्ताङ,गरी यि ८ जिल्लाहरुमा तमु जातिहरुको बिच बोलिचालि भाषाको शब्द र (टोन) ध्वनी फरक पाउन सक्दछ । सबै तमुजातिहरुको गाउँबस्तिहरुमा बोल्ने सबै तमुभाषा नै हुन । तमुजातिहरुको आगमन मँगोल चिन् तिब्बाट हुँदै आएको तमुहरुको पुरानो ( क्ष्या ल्हु ताँ ) पुरानो सामाजिक लेख र मौखिक अख्यानहरुमा पाउँन सकिन्छ । पुरानो प्राकृतिकवादी बोन बिधाको क्ह्यार्लोताँ अनुसार तमुजातिहरु अली ठुलो जमात मुस्ताङको गापिन क्ह्याल्स ह्युलाको बाटो भएर पर्वत जिल्ला र कास्कीको घान्द्रुक,सिक्लेस तथा स्याँङ्ज अदी ठाउँहरु र हिमालको घाँटिहरुमा पासा भएर आउनेहारु जिविकोपार्जनको लागि शिकार खेल्ने क्रममा क्होला सोँथार सम्मा आई बसोबास गर्दै आएको पाईन्छ ।
यि सबै तमुजातिहरु तिब्बाटबाट नेपाल प्रवेश हुने ठाउँहरु मुख्य ( घाँटिहरु) फलिप्रो,लिप्रो,मर्स्यो,लार्के क्ह्याला भञ्ज्याङको रेञ्ज,रुईनिङ बाट पासा भएर आएका हुन।
मुस्ताङको बाटो भन्दा मर्स्यो पासा भएर आउने नार,फु र लार्के हिमालको हिमशिखर बाट आउनेहारु अली अप्ठ्यारो र धेरै दु:खको ठाउँमा पर्‍यो । तमुहरु तिब्बातको एउटै ईलाकाबाट प्रस्थान गरे तापनि तिब्बाटकै ज्याहङको सम्याथअर मैदानको भुमिमा यात्रा गर्दा अलमल भएको कारण
आ-आफ्नो यात्रामा बिभिन्न घाँटिबाट नेपाल प्रबेश भयो । लार्के हिमशिखरको ग्याला भञ्ज्याङ पासा गरेर आउनेहारुमा शुरुमा प्रोक,छाक,कुवाक,कुयाक,क्राक,विही,न्याक र सिर्दिवास सम्म आएर बसोबास गर्दै आएको पाईन्छ ।
-यस ठाउँहरुमा बसोबास गर्न आउनेहारु शुरुमा तिब्बाटको क्ह्या भन्ने ठाउँमा बोन र अन्य मार्गिहरु बिच झगडा भएको कारण त्यहबाट कोने थरको तमुहरु समेत भागेर आएकोले ' क्ह्याजो कोन 'गरेका छन । क्ह्या भनेको तिब्बतको एउटा ईलाका जो भनेको आएको भन्ने शब्द हो । त्यसैले क्ह्याजो कोन हरुको तिब्बातको क्ह्या भन्ने ठाउँदेखी बोल्ने गरेको बोलिचाली भाषा प्रोक,छक,कुवाक,क्राक,कुयाक,विही,न्याक र सिर्दिवास सम्मा फैलिदै आउँदा त्यही भाषाको बोलिचाली चलनचल्ती हालसम्मा रहिआएको छ ।
त्यही भाषाको शब्द अहिले सम्मा पनि तिब्बतको क्ह्या भन्ने ठाउँमा टोन (ध्वनी) मात्रा फरक शब्दहरु मिल्दोजुल्दो छ भनेका छन । प्रोक,छाक्,कुवाक्,कुयाक्,विहि,न्याक र सिर्दिवासतिर बोल्दा धेरै पहिले " नुबृ " भाषा भन्ने गरेको र त्यो भन्दा पुर्वतिर बोल्नेभाषालाई " चुम्प भाषा " भन्ने गरेको पाईन्छ ।
यि तमुजातिहरु डटआङ देखी तल बेसरी छिपेको अप्ठ्यारो पहाडहरु भएकोले एकजन पनि तल छिर्न सँभावना रहेन । पछी फलामको अविस्कारले छिनोको सहायताबाट नुन ल्याउन तलका मान्छेहरुले पहाडमा प्वाल खोपी काठको किला गाडी काठ तेर्स्याइ कच्ची बाटो बाट मात्रा प्रवेसको सँभावना भयो ।
नुबृ भनेको पश्चिमेली,चुम्प भनेको पुर्वेली भन्ने गरेको पाईन्छ । पछी तल उहिय,केरौजको हुलचोक,खोर्ला,सिङ्ला,लाप्राक्,बारपाक,गुम्दा।लापु,लप्सिबोट्,खानी गाउँ,थुँमी,स्वाँरा,सौरपानी सम्म त्यही भाषा फैलिदै गएको पाइयो । हालसम्मा यो भाषा ११/12 गाबिसमा बोलिन्छ । जस्ताइ वारपाक,लाप्राक,सौरपानी तिरको मान्छेहरुले सिरनचोक,कह्याचोक र सिम्जुङतिरको मान्छे लाई " नु र नुब्ल्या " भन्ने चलन छ । माथितिर नुबृ
भनिन्थ्यो भने तलतिर नुब्ल्या भनिन्छ । सारमा त्यो दुबै कुरा पश्चिमेली भन्ने हो । माथितिरका मान्छेले पुर्वेलीलाई " चुम्पा " भन्ने गर्दछ भने
तलतिरका मान्छेहरुले पुर्वेलीलाई " स्याब्ल्यर " भन्ने गरेको पाईन्छ ।
हालसम्मा पनि त्यही नै भनिन्छ । यो तमुभाषा एकोहोरो एउटै खोलाबाट मात्रा आएकोले अपभ्रँश हुनपाएन र फैलिन पाएन पहिलै देखी जस्ताको तस्तै भएको कारणले अन्य क्षेत्रका तमुहरुले बुझ्न गाह्रो पर्ने भएको र तमुभाषामा फरक जस्तो देखिन आएको हो । पछी हिन्दूकरण भएपछी हिन्दू साम्प्रदायिक र हिन्दूआतिबादिहरुले " फुटाउ र शासन गर " को षड्यन्त्रको जाल बाट फुटाउनको निमित्त स्वाँरा र सौरपानी,वारपाल देखी माथि बोल्ने (पश्चिमेली )नुबृ भाषालाई शाहवँशिय राज्य सत्ता शुरु हुने बितिक्कै त्यो १८ सय खोलाको भाषाको टाउकोमा प्रहार गरी " भिन्के " भाषा भनी हेपाहको अश्लीला शब्द प्रयोग गरी तल खसाल्न शुरु गर्न थाल्यो।
त्यहिबेला गोरखका तमुहरुमा पश्चिमका तमु समुदाय र उत्तरका तमु समुदायहरु बिच सामाजिक मेलमिलाप र सामाजिक समयन्जस्यता ल्याउनु पर्नेमा झन हिन्दू ब्राम्हणवडाको कुरा सुनेर घोचपेच हुन थाल्यो ।
हिन्दूब्राम्हणवादिहरुले त " फुटाउ र शासन " गर्ने थियो । त्यो छलबाजी बुझ्न सकिएन र गोरखाका पश्चिमेली तमुसमुदायहरु सबै हिन्दू अतिवादितिर लाग्न थाल्यो र उत्तर तिरका तमु समुदायहरुलाई हेप्दै जाना थाल्यो । गोरखका पश्चिम भेकका तमुजातिहरु अली सभ्य र बिकाशित भैसकेको र उत्तरि भेकका १८ सय खोला निवासी तमुजातिहरुको भाषा अली अपभ्रँश नभएको अवस्था शुरुदेखी नै यथवत रुपमा बोल्ने र हिंड्ने गर्दथ्यो ।
त्यसैरुपमा भाषा,भाषिका,भेषभुशामा सुधार नआई शुरुको रुपले नै हिँड्ने र फोहोरी असभ्य भएको देखेकोले त्यसबेला हिन्दू ब्र्हामणवादिहरुले हेपाहको शब्द प्रयोग गरी " भिन्के " भन्न थाल्यो र गोरखाको पश्चिम दरौँदी पारीका तमुहरुलाई तिमीहरु भनेको असली तमुजाती हो भन्दै बिभाजन र बिबादको शुरुवात गरियो
- त्यो माथि 18 सय खोलाको तमुजातिहरु तमु नै होइनन । सबै भिन्के हो । तिमीहरु भन्दा सानो जाती हो ,तिमिहरु सँग केहीकुरा पनि मिल्दैन भनेर उचाल्ने र पछार्ने गरी फुटाउन थाल्यो । त्यो ब्र्हामाणवादी षड्यन्त्र हाम्रो पुर्खहरुको चेतनाले बुझ्नै सकेनन पछी हिन्दू अतिक्रमणकारी राजाहरुले एक एक गरी आक्रमण गर्दै गयो । छत्र शाहले सिरानचोक आक्रमण गर्‍यो तर बिफल भएकोले पछी रामशाहले लियो । त्यसपछी राम शाहले वारपाक आक्रमण गर्‍यो तर बिफल भएपछी वारपाकी गुरुङ घलेहरुलाई सं १६८२ माघ २५ गते निमेलको बगरमा बोलाई दुई राज्यको सिमा निर्धारण गर्ने नाममा भोज भतेर रक्सी ख्वाइ घलेहरु सबैलाई काट्यो र घले राजा चग्ङे सुरदानलाई दाम्लोले बाँधी घिसारेर लागि कालिकामा बली चढाए भन्ने भनाइ छ ।
त्यसइको घटनाले राजपरिवारमा दु:ख बिमार मात्रा भाईरहेको कारण राम शाह देवघाटमा गई ऋषी सँगा हेराउँदा मान्छे बली चाढाएकोले पिरेछ । त्यसमा भेँडा पूजा गर्नु पर्छ भनेपछी त्यह देखी कालिका मन्दिरमा भेँडा चाढाउन थाल्यो । त्यसपछी 18 सय खोलातिर लागि गुम्दाको स्वोँजा तमु राजा भएको भिरकोट आक्रमण गर्न पुग्यो । त्यो प्रयास बिफल भयो । त्यसपछी उहियाको खोर्लामा रहेको कोर्ग्याल तमुको डाँडाकोट आक्रमण गर्‍यो ,त्यहबाट पनि नसकी सल्यानटार तिर लाग्यो भन्ने भनाइ रहेको छ । तर शाहवँशिय राजाहरुले देश एकिकरण गरे पनि गोरखाकै १८ सय खोलाको तमु जनसमुदायको आस्था र अस्मिता माथि आक्षेप लाग्नेगरी बोली प्रहार गर्न थाल्यो । " धारिलो हतियार भन्दा तुच्छ शब्दहरुले झन नराम्रो घाऊ लाग्दो रहेछ " यसरी फुटाउ र शासन गर को तरिकाले क्रमश : तमुजातिहरुलाई कामजोर पार्ने कार्य गर्‍यो ।
भाषाको हकमा राज्यबाट सँरक्षण नभएको भाषा भौगोलिक बिशेषताको आधारमा फरक हुनु बिग्रिएर जानु स्वाभविक हो तर अझै फराकिलो रुपबाट सोँच्ने र बुझ्ने हो भने जुनसुकै तमु गाउँबस्तिहरुमा तमुजातिहरुले बोल्ने गरेको भाषा र भाषिका आदिम साम्यवादी युगदेखी नै बोल्दाइ आएको छ भने त्यसको शब्दहरु धेरै मिल्दछ र त्यी भाषा तमुजातिको भाषा नै हुनेछ । हाम्रो पुर्ख्याउलिहरु धेरै सोझा भएकाले अर्काले जे भने पनि सहेर बस्ने,जे भन्यो त्यही विश्वाश गरेर अँधभक्त भैदिनाको कारणले अहिले हामी यो दुरुह अवस्था बाट गुज्रिरहनुपरेको छ । फेरी यो भाषालाई " भिन्के भाषा " भन्दा शाहरै नराम्रो भयो भनेर हाल मात्रा केही वर्ष यता घलेहरुले घलेभाषा भन्दै जान थाल्यो । वास्तबमा यो घले भाषा चैँ होइन । घलेहरुलाई मौलिक क्ले बाट घले थर नामाकरण हुनुभन्दा अघी नै यो भाषा उत्पती भएको हो । यो भाषा आदिम साम्यवादिकाल् देखी नु बृ पश्चिमेली भाषा भनेर गोरखाको उतरी भेगका तमुहरुले बोल्दै आएको तमु भाषा हो । यो अन्य भाषा होइन।

तमु भाषामा शब्दहरु फरक होईन फराकिलो हो ।
------------------------------------------------------------------------------------------------
-एउटाै जाती एउटाै बंश भए ता पनि लिपी बिकाश नभएको,राज्यबाट तमु भाषा शिक्षा नभएको पिडित तमु जातिको असंरक्षण भाषा भौगोलिक बिशेषताको आधारमा गाँवै पिच्छे फरक हुनु स्वभाविक हो । भाषाको थेगो फरक हुने हुँदा एक अर्कामा बुझ्नु गाह्रो हुन्छ ।तर बंशाजको कुल गोत्र एउटाै मिल्छ । राज्यका दमनमा परेको तमु भाषा नबोल्दैमा तमु होईन भन्नु बेठिक हुन्छ ।

तमु नेपाली भाषा र नेपाली भाषाको अर्थ्
पश्चिम गोरखा उतरी गोरखा खस-नेपालि

म्ही - म्ही - मान्छे
मी - म्याँ - आँखा
सुँ - ङुर - मुख्
ना - न - नाक्
न्हपे - नैल्याम - कान्
ले - ल्हि - जिब्रो
स - स - दाँत्
मिक्ली - मेगुम्/म्याँखुम - आँशु
फो - लो - भुँडी,पेट्
तीं - द्याङ्, - मुटु
को - का - रगत्
क्ली - क्ली - दिसा
कुँ - सिया - पिसाब्
से - से - जुम्र
सोहो - सह - सास्
क्यु - क्यु - पानी
स - स - माटो
सिं - स्याङ - दाउरा
क्ला - लाप - गोरु
फोटो - लुत - तस्बिर्
मई - मई - भैँसी
रा - र - बाख्रा
नक - कह - कुखुरा
नकफुँ - कहफुँ - कुखुराको अण्डा
सित - उसि - चामाल्
कैँ - काङ - भात्
खु - खु - तिहुन्
पैँत्यु - स्या - मासु
छोपा - पैत्यो - मास्
सुनतुल - क्याङ - रोटि
चए - चसै - खायो
चस्योमो - चलिम्पैखे - खाँदैछु
चमो - चए - खान्छु
ङ - ङ - म
ङल - ङैसै - मेरो
आम - म - आमा
आपा - प - बाबु
आली - आले - भाइ
आस्यो - अस्याँ - मामा
सली - निमै - सालि
ब्यालाप्र्हेस्यो - ब्यल्यममङ्नी - दुलहा दुलहि
ङे/ङेस्यो - ङे/ङेस्यो - मेरो सम्धि/सम्धिनि
मारा - मर - सुन्
ङी - निई - दुइ
सोसो - सोसो - अर्को
म्रु - म्रुङ - राजा
क्याल्ता - घ्यल्प - राजनिति
योक्र - खुमान - चोर्
मैनो - मनै - मनमा सम्झनु
प्रेप्रे - प्रेप्रे - संगसंगै
प्रे - प्रे - संग्,सित्
खैली - करपो - कसरी
प्रीदो - प्रील - लेख्
मल्खु - मल्खु - टोपि
बख्खु - बख्खु - घुमराडि
चला - चल - चोलो
प्रम - प्रम - हिड्छु
चुरिखो - छोखो - यहाँ आउ,यता आउ
ङारीखो - टाने खो - नजिकै आउ
क्यो सु - ङिँयाँसु - तिमी को हो ?

क्योए लाम्प्रां फएमो - ङिँयँलाम्प्रा फैईसा - तिमी लाप्राक गएका छौ ?
चच्क्ष्मी सबोमो - चचहामी ज्यानै खे - छोराछोरी राम्रै छ ?
लिसोबैताँ - नाङनी - भबिस्याकाल्
ग याइख्याँई - मलङ - भुतकाल्

-> ङ्योए पिम्ज्यामु - ङियँ न प्रे पिम्स्याखे - हामी संग ईतिहास छ ।
तमुए पिम्ज्यासुदेमोअरे - तमुयु पिम्स्ष्यँसुनैख्योकिदो - गुरुङको ईतिहास कसै सँग छ कि छैन
नानोए - नाप गिरी - बिहान भयो
->ङ्योतमु अ - ङिइतमु अहन - हामी तमु हौं ।
तिहुँ - मिईङ ल्हो - पोहर साल्
नेदी - खुईङ ल्हो - पर्हार साल्
बर्ह्दो - बह्र्दो - यो जिवनको अन्त्य,अर्को जिवन प्राप्त नहुन्जेल्
पे ताँ - पे ताँ - परम्परा
-> ल्हुताँ - ल्हुँता - संस्कार्
कल्हु - कल्हु - पुरानो चलन सँस्कार जस्ताको तस्तै
पेल्हु - पेल्हुँ - पुरानो रिती गर्ने
तमु क्ष्याल्हुताँ - तमु क्ष्याल्हुताँ तमु जातिको पुरानो सामाजिक सँस्कार्
क्ष्या - क्ष्या - सामाजिक्
नवा - न्ह - बिरामि
ना - नाम - सिंगान्
पिह्रूमाला - हिरु/ईरु - मुगाको माला
कोह्च - खोर्च - खुकुरि
कोहरै - कुरै - हँसिया
सेखु/सेटहा - सेखु - मासुको झोल्
क्यु - क्युङ - अमिलो
क्योबा - युबा - जोत्नु
ख्रुबा - ठुवा - धुनु
स्यायुईवा - खुस्यास्याईवा - छला निकल्नु
टा - टाअतच्योना - भाई बन्धु
मो - म्हा - ज्वाई
कन्बो - टम्बो - गाला
मोरा - मङरै - जुङा
कु- कु - छाति
आईदा - ओट्ट - कलेजो
पान - पा/सुक - साँप्रो
रु - रु सिङ्
ङ्यो - ङ्या - बिर्य
बुन्ना - भान/बोना - लोट
साइदिवा - साईदिपा - सहनु
तुर्जा - तुर्जा - चिहान्
छिकोर्/छोकोर - छिकोर्/खङ्सा - चिहान डाँडा
सिन - सिम - बासि/चिसो
होइ - ओई - ज्यु
मोराबा - मुर्दिबा - लपेट्नु
प्लोबा - प्ल्य्हावा - चिप्लो
लोन्बा - ल्हँबा - तर्साउनु
फुर्सीँ - फुर्सिङ - तिखारेको घोचो
बोक्या - बोक्या - बोका
माईलु - मिलुम्थिवा - उदेक्/ अचम्म्
मिँवा - मिँपा/मिन्दिपा - पाकेको
मिखु - मिइङ - धुँवा
रिई - रिई - मृतकको हाडखोर्
युर्लवा - युर्दिवा - ढल्काउनु
रिन्थे - तुन्चि/तुन्च - छोटो
रियँयो - रियँह - लामो
तिमु - म्हुँ - च्याउ
हे/ए - यह्/ए - लेक्
क्यो / ल्हुँ -ल्हुँ/लुङ -बेसि
प्रोँ - प्राङ - गोठ्
ङ्यु/ह्युय - ह्योई - आँगन्
कुनी - कुन्ती -ढिकि
रेन्दो/ह्रेदो -रुन्दा - जाँतो
कोन - गाङ - डाँडा/पहाड्/पर्बत्
यु - पुक - ओडार्
कोदा - क्वास - अगेनो
चोन्फु/चोङ्फो - जोङ्बो - ओदान्
सिन्थिन / सिथिं - स्यङ्किम - कटेरो
नारी - नारे/नाङरे - कोदो
प्रो - प्रो/ताह - पिठो
करो - बुर्जेन - जौ
नाम्ली - लिक - पानी जुका
चेँ - चेन - बाघ्
लनी /लएँ - लनी - चन्द्रमाँ
मुसार - कर्चेन - तारा
च्याटिवा - जन्तीवा - चुप लाग्नु
छिई - छे - बोसो
नाबा - नैँपा - बिसाउनु
नोनसुर -नङ्सुर - गोप्या
नानरिवा - सहरीबा - साँझपर्नु
सोबा - छवा - पीरो
माहाई - मलिवा - हरायो
केर्लोन -क्याह/क्य्ह्रवोनिङ - ग्रन्थ्
क्योई - कै - भाषा
क्युफैईवा - क्युफोइल - तिर्खा लाग्नु
खिबा - खिबा - पैँचो
खँबा/खुँबा - खँबा - जाडो हुनु
कैंदु - कथु - मुर्ति

ककारक्युख्यँ - कागरर्क्युख्यँ/कर्पतिर्गिली - दु:ख्/दु:ख परेको
सैइन अनाद - सैमअनाद - चित्त नदुखाउनुहोस्
ङोसेबा/म्हिसेबा - ङोसेबा/म्हिसेबा -चिनापर्ची गर्नु
छावा - छवा/स्योवाबा -ताछ्नु
त - कह्/का - बन्चरो
स्योङ -वोङ - खोला
नेन्/न्हें - नान - चौतारा
मु - मु - आकाश्
सा - स - धर्ति/भुइँ/माटो/जमिन्
--------------------------------------------------------------------------------
साभार : तमु जातिको क्ष्याल्हु ताँ थर तथा लुकेको ईतिहास्र तमु चिई
 

Saturday, August 17, 2013

हामी तामाङ हुनुमा यसकारण गर्व गर्छौ


हाम्रो आफ्नै मात्रिभाषा हुनु, आफ्नै चाडपर्वहरु रितिरिवाज हुनु, आफ्नै भेष भुषा हुनु, आफ्नै खालको बाजा डम्फु टुङना हुनु, हाम्रो तामाङ समाज भित्र सानो जात र ठुलो जात भन्ने नहुनु, नारी स्वतन्त्रता हुनु, विश्व शान्तिको दुत महामानब भगवान बुद्धको अनुयायी हुनु, विश्वको अग्लो चुचुरो सगरमाथा अनी त्यो आसपास बाह्रै महिना हिउले सेताम्य भएको मनमोहक हिमालको फेदमा हाम्रो बसोबास हुनु, काठमाण्डौ खाल्डोको पानी बाहिर बगाएर उपत्यकाको पहिलो बासिन्दा हुनु, हाम्रो पुर्खाले बाघ भालु सर्प बिच्छी सँग अनी प्राकृतिक प्रकोप सँग जुध्दै संघर्ष गर्दै खनिखोस्रीको जमिन ताम्सालिङ हुनु, हामी सोझो इमान्दार देश भक्त रास्ट्र प्रति बफादार  हुनु,

२४५ बर्ष देखी निरन्तर रुपमा खस हिन्दू ब्राम्हण्बादी राज्यसताले दमन शोषण अन्याय अत्याचार  थिचोमिचो हेपाइ पेलाई ठेलाई घोचाई गरे पनि त्यसको बाबजुद अहिले सम्म हाम्रो पुर्खाले जसरी कुखराको माउले आफ्नो चल्लाहरुलाई काखी मुनी छोपेर हावा हुरी चर्को घाम पानी र चिल गिद्धबाट बचाइ राख्छ त्यसरी नै हाम्रो पुर्खाले हाम्रो भाषा धर्म सस्क्रिती भेष भुषा अनि खनी खोस्रेको प्यारो भुमि  ताम्सालिङलाई बरु खानु नपरोस लाउनु नपरोस तर आफ्नो स्वाभिमान र पहिचानलाई बन्धकी राखेर जन बिरोधी शासकहरु संग इतिहासमा कहिल्यै आत्मसमर्पण नगरेर हाम्रो पहिचानलाई बचाई राख्न सफल भएको  गौरबमय इतिहास हामी तामाङहरुको भएको  हुनाले हामी तामाङ हुनुमा गर्व गर्छौं साहसी तामाङ आमाको काखमा लुट पुटिदै बुबु चुसेर हुर्केकोमा हामी गर्ब गर्छौं

Friday, August 16, 2013

ऐतिहासिक तामाङ बस्ती रानीवनको परिचय

रानीवन गाउँ

राजधानीबाट एकदम नजिक रहेको रमणीय गाउँको नाम हो रानीवन । हाल ईचंगु नारायण गाविस अन्तर्गत पर्दछ । पूर्वमा कामनपा १६ नं. वडा पश्चिममा सितापाईला गाविस, दक्षिणमा चक्रपथ कामनपा १५ वडा उत्तरतर्फ नागर्जुन वा जामाचो हरियो वन ।

बालाजुबाट करिब १५ देखि २० मिनेट पश्चिम तर्फ हिंडेर जाँदा अति सुन्दर शान्त रमणीय गाउँ रानीवन प्रवेश गर्न सकिन्छ । कच्चिबाटो भएर कामनपा वडा नं. १६ पार गरी सकेपछि माथितिर हरियो वन तलतिर अन्न उब्जने विशाल फाँट देख्न सकिन्छ । असोज महिनामा फाँटभरी धान झुलेको बाटो हिँड्ने जो सुकै वटुवाले आनन्द लिन सकिन्छ ।

कच्चिबाटो हुँदै यो रमणीय गाँउको दृश्यावलोकन गर्न सकिन्छ । शान्तिको प्रतीकको रुपमा अवस्थित स्वयम्भू चैत्य प्रष्ट रुपमा दर्शन गर्न पाउने अवसर रानीवन बस्ने जो सुकैलाई छ । गाउँ प्रवेश गर्नसाथ साना-साना टायल र परालेघरहरु देख्न सकिन्छ भने घर अगाडि आंगनमा, दर्ज्यू वा लुङदार ठड्याएको जो सुकैले देख्न सकिन्छ । आफ्नै मौलिक पन भएको यस गाउँमा ८०% तामाङहरुको बसोबास रहेका छन् ।

यहाँ माध्यमिक तहसम्मको १ सरकारी विद्यालय वडा नं. ८ मा रहेको छ, जसलाई बालविकास माध्यमिक विद्यालयको नामबाट रानीवनमा परिचित छ । आयस्रोत कम भएका जनसमुदायको छोराछोरी बालविकास मा.वि. मा पढाउँछन् भने अलि हुनेखाने परिवारको छोराछोरी अन्य बोर्डिङ स्कुलहरुमा पढाउने चलन बढी नै आएको छ । यहाँका गाउँलेहरुको मुख्य स्रोत भनेको कृषिमै आधारित छ भने समयको परिवर्तन अनुरुप कोही जागिरे छन् भने कोही आफ्नै व्यापार व्यवसायमा तल्लीन देखिन्छन् ।

चैत्रपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । जिल्लाको मानिसहरु जामाचोको मेला भर्न हिँडेर दर्शन गर्न आउने गर्दछ । हजारौं यात्रीहरु जामाचो दर्शन गरिसकेपछि वालाजु वासईधारा गएर नुहाउने वा रमाईलो गर्ने चलन यथावतै छ । माथि नागर्जुन वा जामाचोबाट हेर्दा काठमाडौं र ललितपुरको अव्यवस्थित घर, धुलो र धुँवा उडेको सजिलैसँग देख्न सकिन्छ ।

यहाँका बासिन्दाहरुको अर्को भव्य रुपमा मनाउने चाड मंसिर पूर्णिमाको अघील्लो रात ब्रतालु भक्तजनहरु भैरवस्थान मन्दिर परिसरमा रातभर जाग्राम बसी मादि बाल्ने चलन र बिहान भएपछि सेलाउने र गाउँलेहरुले भाकल गरेका राँगा, कुखुरा, बोका, हाँस आदिको बलिचढाउने प्रथा छ र पूजाआज सकेपछि विभिन्न जातजातिहरु एक आपसमा मिली भोज खाई रमाईलो गर्ने प्रचलन छ ।

यहाँ यस्तो किम्बदन्ती पनि छ । जो अहिले पनि बुढापाकाको जनजिब्रोबाट उत्सुकताका साथ सुन्न सकिन्छ । हजारौं वर्ष अगाडिको कुरा हो त्यस समय नागनागिनाहरु मानिसको स्वरुप गरेर हिँड्डुल गर्न सक्ने शक्ति थियो रे । त्यसै समयमा रानीवनको नाग र अन्य स्थानको नागहरु तिर्थ गर्न वा मेला भर्न काभ्रे जिल्लाको पनौतिमा गएछन् । त्यसै समय नागको खोजि गर्दै गरुड पनि मानिसको भेष बदलिएर रानीवनको घोङखोला भन्ने ठाँउमा आई नागिनीलाई सोधपुछ गरेपछि तिम्रो लोग्ने कस्तो छ, कस्तो रंगको लुगा लगाएको छ भनि बेली बिस्तारको क्रममा नागिनीले भनिन्‌ रे मेरो लोग्नेले सेतो लुगा लगाएको सबै भन्दा अग्लो छ भनि बताई दिएछन् र अब म जान्छु झ्यालढोका थुनेर सुत्नु कोही आएपनि झ्याल ढोका नखोल्नु भनेर ताल्चा लगाई गरुड पनौतितर्फ लागेछन् । त्यहाँ पुग्दा नागिनीको भनाई अनुरुप खोजि गर्न लागेछन् । खोजी गर्दा पत्ता लगाई पछिपछि खेद्‌दै रानीवनको घाङ खोला आईपुग्दा ढोका खोल भन्दा नागिनीले ढोका नखोलि दिएको हुनाले मानिस रुपी गरुडले नागलाई आफ्नो कब्जामा लिएछन् । नागले त्यसैबखत सराप दिएछन् नागिनीलाई तिमी पापीनी वेईमान, विश्वासघाती रहिछ्यौं अबदेखि छ महिना माईती र छ महिना घर गर्नु ।

यसरी गरुडले नागलाई लैंजादा जामाचोमा नागको केही अंश झरेको हुनाले भगवान बुद्धको मूर्ति छेउमै नागको अंश शिला देख्न सकिन्छ जो सुकैले पनि । यसरी नागको सराप टार्नको लागि नागिनीले रानीवनको घोङखोलामा वर्षमा ६ महिना बस्नको लागि आँधिबेरी ल्याई भाद्रमा मुल फुटाई बस्ने चलन हालसम्म पनि यथावत छ । ६ महिना रानीवनको घोङखोला र ६ महिना दक्षिणकालीमा बस्ने किम्बदन्ती रहेको पाईन्छ ।

प्रस्तुती:- बिरानो तामाङ
(तामाङ डाजाङ मासिक (वर्ष-१, अंक-१, पूर्णाङक ३०, श्रावण) बाट साभार गरिएको)

Thursday, August 15, 2013

तामाङ फिल्म ह्युल्ला माया हेर्नु होला भिडियो


दोरम्वा नरसंहारले उब्जिएका तामाङ समुदायका अनुत्तरित प्रश्नहरु

-अमरदीप मोक्तान तामाङ
जुन राष्ट्रमा जनताको कुनै मूल्य हुदैन, मानवताको सिद्धान्त विपरित राज्यको आचारण हुन्छ भने त्यो राष्ट्र कहिले पनि सवल र समृद्ध हुनै सक्दैन । विद्रोहीबाट अन्याय हुन सक्छ र भएका दृष्टान्त भेटिन्छन् तर राज्यद्वारा समातिएका निहत्या विद्रोहीलाई नृसंसता पूर्वक हत्या गरिएको हृदय विदारक दोरम्वा हत्या काण्ड २०६० साउन ३२ गते भएको थियो अर्थात् २०७० साउन ३२ गते दोरम्वा हत्याकाण्डको दस वर्ष स्मृति दिवस । दोरम्वा हत्याकाण्डमा युवराज मोक्तान तथा उनका छोरा लिला, बाबुराम लामा लगाएतका होनहार तामाङ युवाहरुलाई हत्या गरियो । दोरम्वा हत्याकाण्डमा शहादत प्राप्त गर्ने क्रान्तिकारी युवाहरुले बोकेका विचार जमिन मुनि दफन गरिएको छ, आखिर ती विर सहिद तामाङ्हरुको शहादतको के नै अर्थ रह्यो तथा राष्ट्रले के नै सार्थक परिणाम प्राप्ति गर्न सक्यो । दोरम्वा हत्याकाण्डमा मारिएका सहिदहरुका सपना क्रमशः विलिन हुदै गइरहेको छ । दोरम्वा हत्याकाण्डको दसौं वर्षमा प्रवेश तथा उक्त घटनामा सहिद भएका एक पात्र हुन् यूवराज मोक्तान । युवराज मोक्तान स्कूल पढ्ने तत्कालिन समयमा दोरम्वामा हाइस्कूल नभएको कारण युवराज मेरै गाउँ मेलुङ्गमा केही वर्ष अध्ययन गरेको थिए । स्कूल विदा समाप्ती पश्चात दोरम्वाबाट डोको बोकेर मालसामान सहित मेलुङ्ग आउँदा मेरै घरको बाटो हुदै हिडेको स्मरण आउँछ । काका भनी युवराजका त्यो बाल सुलभ अनुहारद्वारा गरिएको संबोधन कसरी बिर्सन सकिन्छ त्यस्तो भद्र केटाले के नै राज्यद्रोह गरेको थियो कि राज्यले हत्या नै गर्न ठान्यो सम्झिदा अचम्म लाग्छ । दोरम्वा घटना सँग युवराज जोडिएको हुँदा त्यो नृसंस घटना मेरो मानस पटलमा हमेशा जिवीत छ एवं रहनेछ । दोरम्वा हत्याकाण्डः २०६० साल साउनको महिना डाँडा पाखा, वृक्षहरु वर्षाको फुहारले तरवतर थियो । सैलुङ्गको दक्षिण तर्फको काखमा पर्ने मनोरम झुरुप्प घर भएको गाँउ दोरम्वामा पनि वर्षायामले गर्दा गाँउलेहरु कोही घरभित्र कोही घुम ओडेर बारीमा आफनो काममा मग्न थिए । दोरम्वा बजार भन्दा तल अन्तिम छोरमा रहेको युवराज मोक्तानको घरमा त्यस दिन माओवादी कार्यकर्ताहरुको आन्तरिक छलफल बसिरहेको थिए । मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा लगभग ८० जना सेनाको डफ्फाले युवराजको घरमा घेरा हाल्यो केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए भने युवराज समेत १९ जनालाई सेनाले आफनो कव्जामा लिए, समातिएका मध्ये सबै माओवादी कार्यकर्ता थिएनन् । युवराज मोक्तान विचारको समर्थन गर्नेमा पर्थे तर माओवादी कार्यकर्ता थिएनन्, युवराज ज्ञान बाँड्ने शिक्षक थिए । समातिएका माओवादीहरुलाई अनुसन्धान तथा सोधपुछ नै नगरि सवैलाई पछाडिबाट डोरीले बाँधि बन्दुकको कुन्दाले तथा लात्ती घुस्साले हान्दै सैनिकहरुले लघार्दै सैलुङ्को बाटोतर्फ लगे । डाँडाकटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा हतियार विहीन १९ जनाले बचाउ बचाउ भन्दै ज्यान बचाउन याचना गर्दा गर्दै निधारको नजिकबाट नृसंसता पूर्वक गोली हानी हत्या गरियो । गोली प्रहार पश्चात् भिरालो पाखामा मृत पशुलाई जस्तै गरि १९ जनालाई सैनिकद्वारा भिर मुनि फ्याँकिदिए । दाङ्को हापुरेमा तात्कालिन राज्यशक्ति तथा माओवादीबिच शान्ति वार्ता चलिरहेको बेला निरंकुश राज्यसत्ताले जेनेभा महासन्धिको उल्लंघन गर्दै दोरम्वा हत्याकाण्डलाई नृसंसता पूर्वक अन्जाम दियो । दोरम्वा हत्याकाण्डले गर्दा माओवादी पार्टीको लोक प्रियता तथा राजनैतिक कदमा भयंकर वृद्धि भयो तथा उक्त हत्याकाण्डले नेपाली राजनितीमा ठूलो भुइँचालो ल्यायो । कृष्णजंग रायमाझीको नेतृत्वमा राष्टिय मानव अधिकार आयोगको टोली घटना स्थलमा पुगि निरीक्षण पश्चात् उक्त हत्याकाण्डको घटनामा सेनाद्वारा अपनाइएको नृसंसताको समाचारले नेपाली जनता स्तव्ध भएका थिए । राज्यको राष्ट्रीय सेनाले विद्रोही कार्यकर्तालाई कव्जामा लिएर नजिकबाट निधारमा गोलीप्रहार गरि हत्या गर्नु राज्यको सेनाले क्रुरता तथा बर्बरताको पराकाष्ठ नाघेको पुष्टि भएको छ । राज्यद्वारा दोरम्वा हत्याकाण्डमा क्रुरता अपनाउनुको कारण माओवादी कार्यकर्ताको रुपमा समातिएका बहुसंख्यक तामाङ् समुदाय भएको कारणले गरिएको भन्ने तर्फ इंगित गर्दछ । २००७ सालको क्रान्ति होस् वा माओवादी जनयुद्धमा सहिद भएका तामाङ्को बलिदान किन अवमूल्यन गरियो गम्भिर रुपमा चिन्तन मनन गर्ने बेला आएको छ । तामाङ्ग समुदायले राष्ट्र प्रति, राज्य प्रति, पाटी प्रति गरेको इमान्दारी, त्याग तथा बलिदान कुनै अर्थ छ वा छैन सोच्ने बेला आएको छ । नेपाल गणतन्त्र भयो भनिन्छ तर गणतन्त्र नेपालको राजनैतिक परिदृष्यमा तामाङ् समुदायको उपस्थिति तथा सहभागिता किन न्यून छ ? तामाङ् समुदाय प्रत्येक क्षेत्रमा न्युन हुनको कारण खोतल्दै जाँदा नेपालमा अहिले पनि तामाङ् समुदायलाई हेर्ने दृष्टिकोणमा बिगतको राज्य सत्ताले गरेको आचरणको धङ्गधङ्गी स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ । तामाङ् समुदायलाई अहिले पनि दोयम दर्जाका नागरिक तथा अछुत जस्तो व्यवहार गर्ने परिपाटी यथावत् रुपमा कायम छ । हाल सम्म पनि तामाङ् समुदाय माथि कुनै न कुनै रुपमा उत्पिडन तथा पक्षपात गरेको स्पष्ट रुपमा देखिन्छ । दोरम्वा हत्याकाण्ड एक उदाहरण मात्रै हो तामाङ् समुदायले राष्ट्रका लागि असंख्य बलिदान दिएका छन् तर तामाङ्ले दिएको बलिदानको अवमुल्यन बाहेक केही प्राप्त भएको छैन । २००७ सालको क्रान्तिमा तामाङ् कांग्रेसी भएर क्रान्तिमा होमिएर बलिदान दिए, माओवादी जनयुद्धमा माओवादी लडाकुको रुपमा विभिन्न मोर्चामा बलिदान दिए तर तामाङ्ले दिएको बलिदान फलस्वरुप के प्राप्त गरे त तामाङ् समुदायले ? हुन त कांग्रेस, माओवादी, एमालेको कार्यकार्ताको रुपमा रहेका तामाङ् समुदायले हाल सम्म के प्राप्त गरेका छन् भन्ने कुरामा यति मात्रै भन्न सकिन्छ, तामाङ् समुदायको हात लाग्यो शून्य ? यही नै यथार्थ हो । तामाङ् समुदायका केही मित्रहरु कांग्रेस, एमाले, एमाओवादी भनेर गर्व बोध गरि रहेका छन्, आज भोली केही तामाङ् मित्रहरु मधेसवादी दलको झोला पनि बोक्न थालेका छन् । विवेक शून्य तामाङ् समुदाय समृद्धशाली इतिहास, शक्तिशाली एवं बलशाली भएतापनि क्रमशः अस्तित्व विहीन समुदाय हुने तर्फ उन्मुख भइरहेका छन् । नेपालका प्रत्येक साना ठूला जातिको आफ्नो क्षेत्रमा पकड देखिन्छ उदाहरण स्वरुप मधेशका यादव समुदायको मधेशका केही जिल्लामा बोल वाला देखिन्छ, मुसलमान समुदायको रौतहट, पर्सा, कपिलवस्तु, सुनसरीमा देखाइएको एकजुटता शक्ति प्रदर्शनले राज्यलाई घुडाँ टेकाएको देखिन्छ त्यस्तै मकवानपुर जिल्लाका तामाङ् र नेपाल भरिकै लिम्बु समुदायको जनसंख्या बराबर भएको भए पनि लिम्बु जाति विभिन्न घडामा विभाजित भएतापनि कुनै पनि घडाले लिम्बुवान क्षेत्रमा देखाएको शक्ति प्रदर्शनले त्यस क्षेत्रमा स्थापित भएको देखिन्छ । यत्रो विशाल जनसंख्या भएको तामाङ् समुदायले ताम्सालिङ्ग भनि तोकिएको जिल्लामा आफ्नो शक्ति प्रदर्शनद्वारा राज्यको ध्यानाकर्षण गराउन अहिले सम्म सफल भएको देखिन्न । मधेशको विभिन्न कार्यलयमा मधेशीको राम्रो उपस्थिति तथा पकड देखिन्छ तर तामाङ्गसालिङ्ग क्षेत्रमा पर्ने जिल्लाहरुमा तामाङ् समुदायको ब्यक्तिलाई पिउनको रूपमा समेत पाउन कठिन छ किन ? २००७ साल देखि २०७० अर्थात् ६३ वर्ष सम्म आइपुग्दा तामाङ् समुदायको स्तरमा बिगत भन्दा रतिभर उन्नति देखिएको छैन स्थिति जिउँका तिउँ छ । २००७ साल पश्चात् लोकतन्त्र, प्रजातन्त्र तथा गणतन्त्रको नाममा कांग्रेस, पञ्चायत, एमाले, माओवादी सरकारमा सत्तासिन भए तर तामाङ् समुदायको स्तरोन्नतिका लागि उल्लेखित पार्टीहरुले के गरे ? बुँदागत रुपमा त्यसको जवाफ तामाङ् समुदायले खोजेका छन् । कांग्रेसले स्व. भिम बहादुर तामाङ्को अवहेलना गरेकै हो, एमाले लगाएतका कम्युनिष्ट पार्टीहरुले स्व. कमरेड निर्मल लामाले नेपाल कम्युनिष्ट आन्दोलनमा दिइएको योगदानलाई ओझेलमा पारेकै हुन् भन्दा अन्यथा हुने छैन । जातिय, वर्गीय, क्षेत्रिय, लिंगिय नारा अघि सार्ने एमाओवादीले तामाङ् समुदायको घोर उपेक्षा मात्रै गरेनन् एमाओवादी नेता बाबुराम भट्टराईले राष्ट्रलाई धोका दिदै भारत संग विप्पा सम्झौता गरेर नेपालको गरिमालाई ठेस पुर्‍याउने कार्य गरे तथा जनचाहना बमोजिमको संविधान निर्माण गर्ने संविधान सभा समेतको निर्मम हत्या गर्ने क्रुर हत्यारा पनि बाबुराम नै हुन् । आजभोली जनतालाई मूर्ख बनाउन विघठित संविधान सभाबाट संविधानको घोषणा नगर्नु भयंकर भूल भएको भनि बहुरुपिया एमाओवादी अध्यक्ष प्रचण्ड घडियाली आँशु बगाउदै क्षमा याचना गर्दै हिडीरहेका छन् । माओवादी आज दुई चिरामा विभाजित भएको छ । एकातर्फ एमाओवादी पुनः दोस्रो संविधान सभाको चुनाव गराएर राष्ट्रमा अन्योलको वातावरण निर्माण गर्न खोजिरहेको छ भने माओवादीका वैद्य पक्ष राष्ट्र स्वाभिमान माथि कुनै सम्झौता नगर्ने तथा संविधान सभाको हत्या भएको कारण सहित राजनैतिक पार्टीहरुले राष्ट्रका जनतासंग माफी माग्नु पर्ने धारणा अघि सारिरहेको अवस्था छ । सरसरी हेर्दा माओवादी (वैद्य पक्ष) द्वारा पेश गरेका बुँदा तथा अडान सही देखिन्छ भने प्रचण्ड नेतृत्वको एमाओवादी कसैको इसारामा राष्ट्रलाई हमेशाका लागि चक्रव्युहमा फसाउन उद्धत देखिन्छ, राष्ट्र स्वाभिमान तथा जनचाहना बमोजिमको संविधान निर्माणप्रति कुठाराघात गर्ने षडयन्त्र विरुद्ध नेपाली राष्ट्र भक्त जनताले भण्डाफोर अभियान प्रारम्भ गर्ने बेला आएको छ । समृद्ध तथा सवल नेपाल बनाउने सपना बोकेका होनहार युवाको सहादत माथि टेकेर केही स्वार्थपर नेता नव धनाढ्यको सुचीमा सुचिकृत हुन सफल भएका छन् । संविधान सभाको निर्मम हत्या गर्न उपयुक्त वातावरण निर्माण गर्ने बर्तमान प्रधानमन्त्री खिलराज रेग्मी लाई पुनः दोस्रो संविधान सभाको चुनाव गराउने अभिभाराले संविधान निर्माणको कुरा अविश्वसनिय तथा हास्यास्पद बन्न पुगेको छ, दोस्रो संविधान सभाको चुनाव नभए लोकतन्त्र खतरामा पर्ने जस्ता शब्द प्रयोग गरेर संविधान सभा हत्याका मतियारहरु पुनः जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका छन् । संविधान सभाको किन हत्या भयो ? त्यस विषयमा विस्तृत छलफल तथा पुनः संविधान बन्ने प्रक्रिय तथा संविधान बन्ने ग्यारेण्टी विना गरिने भनिएको दोस्रो संविधान सभाको चुनाव धोका हो । वर्तमान अवस्थामा नेपाली जनता दुई ध्रुवमा विभाजित भएका छन्, एकातर्फ यथास्थितिवादी चिन्तन बोकेका तथा संविधान सभाका हत्यारा समूहका सुकिला मुकिला अनुहारहरु, दोस्रो तर्फ शोषण अत्याचार पहिचान तथा बराबरीको अधिकार प्राप्त गर्ने अठोट बोकेका राष्ट्रवादी समूह, विजय कसले प्राप्त गर्ने हुन् समयले नै बताउनेछ । तामाङ् समुदायले आफ्नो विशाल शक्तिको पहिचान गरि संगठित नभए दोरम्वा हत्याकाण्ड जस्तै तामाङ् नरसंहारका घटना पुनः नदोहोरिएला भन्न सकिन्न । निरन्तर रुपमा अन्याय, अत्याचार, सहन गर्न सक्ने नेपालमा कुनै अनौठो समुदाय कोही छ भने त्यो तामाङ् समुदाय नै हुनु पर्छ । तामाङ् समुदाय अव सुत्ने, जाग्ने वा आफैलाई सदाका लागि मृत समुदाय हुँ भनी आफैलाई घोषणा गर्ने हो कि ? तामाङ् समुदायले एउटा मूल मन्त्र तामाङ् एकताको मात्र प्रदर्शन गरे तामाङ्को सम्पूर्ण समस्याको समाधान हुने थियो तर दूर्भाग्य तामाङ्को एकता प्रतिको सद्बुद्धि अहिले सम्म आएन । दोरम्वा हत्याकाण्ड लगाएत ज्ञात अज्ञात तामाङ् सहिदलाई श्रद्धान्जली स्वरुप अनुपम उपहारको रुपमा सम्पूर्ण तामाङ् एकता बाहेक केही हुन सक्दैन । दोरम्वामा सहिद भएका तामाङ् दाजु भाइद्वारा दिइएको बलिदान लाई साकार बनाउन छदमबेशी कांग्रेस, एमाले एनेकपा माओबादीको भ्रम जालमा फस्न नहुने भन्ने विचारलाई व्यापकता प्रदान गर्न अति जरुरी छ । तामाङ् स्वाभिमान जागरणको सन्देश प्रति प्रतिबद्धताका साथ अगाडि बढ्यौ भने दोरम्वा हत्याकाण्डमा सहिद भएका योद्धाहरुको दसौं स्मृति दिवस प्रति सच्चा श्रद्धान्जली हुनेछ ।