हिन्दू महिलाहरुले नारी स्वतन्त्रताको उदाहरणहरु विश्वको मानब समुदायमा खोजिरहनु भन्दा छिमेकी तामाङ समाजमा खोज्नु उपयुक्त हुन्छ ।
बिहे गरेर गएकी छोरीको थर परिवर्तन हुँदैन तामाङ समाजमा जस्तै मोक्तान स्या योन्जन सँग बिहे गरे पनि ति महिला योन्जन हुँदैन मोक्तान नै रहन्छ तर हिन्दू समाजमा बिहे गरेर गएपछी छोरीको थर श्रीमानको थरमा बिलिन हुन जान्छ । अहिले हिन्दू महिलाहरुले पनि आफ्नो थर परिवर्तन नगर्ने सस्कारको पक्षमा आवाज उठाइरहेको पाईन्छ ।
तामाङ समाजमा बिहेको लागि पराइ घरबाट छोरी माग्न आउँदा केटा पक्षले केटी पक्षलाई खुशी पार्न धेरै रितहरु पुर्याउनु पर्छ । जुन धेरै राम्रो र बैज्ञानीक सस्कार हो यो चलनले छोरीको महत्व उच्च रहेको देखाउछ तर कतिपयले नबुझेर छोरीलाई बेचेको भन्ने आरोप लगाउछ बास्तबमा त्यो बुझाइको कमीले त्यसो भन्ने गरेको हो । यसको ठिक बिपरित हिन्दू समाजमा छोरीको बिहे गर्दा केटा पक्षलाई दाईजो स्वरुप धेरै धनमाल दिएर पठाउनु पर्छ यो चलनले गरीबको कोखमा जन्मिनु ति छोरीहरुलाई अभिसाप नै हुन्छ । दाईजो नदिएको निहुमा हिन्दु छोरी चेलीहरुले धेरै भौतिक मानसिक यातना भोगिरहेको हामीले देख्न सुन्न पाईन्छ अहिले हिन्दू महिलाहरुले यो दाईजो प्रथाको बिरोध गर्दै आइरहेको छ ।
तामाङ चेलीहरुले बिहान सबेरै श्रीमानको खुट्टा ढोग्नु पर्दैन र सासु ससुराको पनि ढोग्नु पर्दैन तर हिन्दू महिलाहरुले ढोग्नु पर्छ कतिपय महिलाहरु त सासु ससुरालाई दिनहु ढोग्नु पर्ने झन्झटले बिहे गरेको एक महिना पछी नै अलग बस्नलाई श्रीमानलाई दबाद दिने गरेको पाईन्छ ।
आमा बुवाको मृत्यु हुँदा तामाङ छोरी चेलीहरु पनि लास सङ्गै चिहान सम्म गएर आँफैले पनि आगो लगाउने गरिन्छ जुन हिन्दू समाजमा पूर्ण रुपमा बन्देज छ हिन्दु महिलाहरुले लास जलाउने त पराइ जाओस चिहान सम्म जान पनि पाउदैन । अहिले हिन्दू महिलाहरुले यो स्वतन्त्रताको माग उठाइरहेको छ जुन हाम्रो समाजमा उहिले देखी नै चली आएको छ ।
तामाङ महिलाहरु श्रीमानको मृत्यु पश्चात पनि दोश्रो विवाह गर्न पाउछन तर हिन्दू महिलाहरु श्रीमानको मृत्यु पस्चात जिन्दगी भर रातो लुगा लगाउन नपाउने हुन्छन दोश्रो विवाह त परै जाओस तर अहिले हिन्दू महिलाहरुले पनि दोश्रो विवाह गर्न थालेका छन
अहिले जती पनि हिन्दू महिलाहरुले नारी स्वतन्त्रता र अधिकार मागिरहेका छन ति सबै स्वतन्त्रता तामाङ महिलाहरुमा पहिला देखी नै यथाबत छन । हिन्दू महिलाहरुलाई सामाजिक र राजनैतीक स्वतन्त्रता र अधिकारको आवश्यकता छ भने आदिबासी तामाङ महिलाहरुलाई राजनैतीक अधिकार मात्रा चाहिएको छ सामाजिक स्वतन्त्रता त हुँदै आएको छ ।
No comments:
Post a Comment