Friday, February 14, 2014

तामाङ लेख्न र तामाङ भाषा बोल्न बन्देज थियो

- सानु घलान
आज भन्दा करिब १६० वर्ष पहिले को एउटा दस्तावेच तिर लाना चाहन्छु । त्यति खेर एउटा राष्ट्रिय दस्तावेच को रुपमा नेपालको मुलुकी एन १९१० जारी भएको थियो
जती बेला जङ्ग बहादुर राणा जस्ता व्यक्तीको हातमा राज्यको शक्ती केन्द्रित थियो । प्रिथिबी नारायण शाहले नेपाल एकीकरणको नाममा बिभिन्न तामाङ राज्यहरुलाई षड्यन्त्रपूर्ण तरिकाले आफ्नो बनाउदै लेगे पछी भबिष्यमा पुन खतरा रुपमा तामाङ राज्यका ति पराजित शक्तीहरु मात्र भएको ति सासकहरुको ठम्म्याइ थियो । यस् कारण अब यि तमाङहरुलाई राज्य परास्त गरेर मात्रा हुँदैन यो तमाङहरु पुन सङ्गठित हुन गएमा शासन सत्ता खोशिन सक्छ भन्ने कुरा थाहा पाएका थिए । किन भने तमाङमात्र यस्तो जात थियो जस्को आफ्नै भाषा, आफ्नै धर्म आफ्नै सस्कार, चाड पर्ब, आफ्नै नियम कानुन राज्य सन्चालनका बिधी, सुरक्षा निकाय देखी सबै कुरामा तमाङहरु सम्पन्न थिए । परास्त भएर पनि आफ्नो भाषा, धर्म, सस्कारहरुलाई जीवन्त राख्न उद्दत तमाङहरु पुन सङ्गठित हुन सक्ने सम्भावना देखेका ति षड्यन्त्रकारी शाहबङ्शिय शासकहरुले तमाङहरुलाई जरै देखी उखेलेन भने भबिष्यमा खतरा हुन्छ भन्ने निर्क्रिस्ट सोचका कारण सम्पूर्ण तवर ले तामाङ लाई नष्ट पार्न लागि परे । जबर्जस्ती सस्कार बदल्न लगाउनु, रितिरिवासमा हस्त्क्षेप गर्नु रुढीवादी कुरामा विश्वाश गर्न वाध्य पार्नु जस्ता कुराको प्रसस्त प्रमाणहरु हामी माझ बिद्यमान छदै छ, उदाहरणको लागि दसैं हाम्रो तामाङहरुको चाड हुँदै हैन । यस्को बारेमा मौका मिले कुनै दिन लेख्ने प्रयास गर्ने छु । तैपनी हस्तक्षेपको नमुनाको एउटा रुप देखाउन यहाँ सानो कुरा थप्नका खातिर के उल्लेख गर्न चाहन्छु भने सास्कृतिक हस्त्क्षेप गर्ने क्रममा सबै प्रजाहरुले दसैं अनिवार्य मनाउन आदेश जारी भयो । यदी कसैले सरकारको आदेश पालना नगरी आदेश को उल्लङ्घन भएको पाएमा ति ब्यक्तीलाई फासी को सजाए तोकियो । अब दसैं मनाएको नमनाएको ति सासक बर्गले कसरी थाहा पाउने त ?किन भने तमाङले त दसैं मनाउदैन भन्ने कुरा थाहा छदै थियो । अब तामाङमात्रले दसैं मनाएको प्रमाण पुर्याउनु पर्ने हुकुम भयो । अब तमाङले दसैंमा पूजा को रुपमा कुखुरा को भालेलाई बली दिएर भालेको गर्दनको भुत्ला सहितको छाला तप्तप रगत चुहाउदैइ ढोकामाथी टास्नु पर्ने भो । यदी यसो नगरिएको पाएमा त्यस्लाई फासीको सजाए हुने भए पछी तमाङहरुले दसैंलाईमान्न बाध्य भए । हाल त्यो एक सस्कार को रुपमा गाउघरमा राम्रै सँग देख्न सकिन्छ । यसरी सबै पक्ष बाट आक्रमणका शिकार बनेका तमाङ समुदायलाई समाप्त पार्ने योजना गर्दा गर्दै पनि तमाङले आफ्नो सस्कारका महत्तोपूर्ण बिधीहरु (मर्दा पर्दाका) नछोडेको देखेपछी १९१० को मुलुकी एन लागुगरी अब उपरान्त मास्न र मासिने मत्वाली जात को रुप्मा तमाङ जातलाई गनना गरिने र यि जातलाई भेडा बाख्रा सरी कमारा कमारी वा दासको रुप्मा किन् बेच समेत हुनसक्ने छ यसो गरेमा कानुन उलङ्घनको कुनै वात लाग्ने छैन । यस् जातले आफ्नो नामको पछाडि तमाङ जनाउने कुनै शब्द प्रयोग गर्न वा भाषा बोलेको लेखेको पाईएमा फासी वा देश निकालको सजाय समेतको कानुन पारीत भएको मुलुकी एन लागु भयो । यो कानुन लागु भए पछीका घटनाहरुको लेखजोखा खास अनुसन्धानको बिषय हुनस्क्छ । यद्द्यपी यो मुलुकी एन लागु भएरै छाडे र तमाङको पहिचाहन समाप्त भयो । तमाङहरु माथि पशुवत ब्यबार सुरुभयो । दास दासी को रुपमा तमाङको पहिचाहन सिमित बने ।

यो समय भनेको स्मरण रहोस् संसार भरी दोस्रो विश्व युद्ध घमासान चल्दै थियो । बेलायती पक्षधर जङ्ग बहादुरले सोझा तमाङहरुलाई बेलायती सेनाको सयोगार्थ पठाउने भए । यसै बिच युद्धमा जाने र फर्किनेहरुको माझबाट एक जना तमाङ योद्धा को नाम यहाँ उल्लेखनिय छ त्यो नाम हो सर्दार जङ्बिर तमाङ । उनी तमाङहरुले सदैब स्मरण गर्नु पर्ने नाम पनि हो । १९८९ को दसकमा सेनाबाट फर्किएका उनी केही शिक्षित पनि भएर फर्केका थिए । सेनाको जागिरबाट फर्केका जङगबिर् लाई त्यती बेला पिर पर्यो जुनबेला आफ्नो जात भाषा सबै हराएको थाहा भयो । अनी उन्ले तमाङको ईतिहास, जात, भाषा, धर्मको कसरी पुन्स्थापना गर्न सकिन्छ भन्ने तिर लागि परे । उनी चलाख ब्यक्तित्व भएका कारण एउटा जुक्ती निकाल्न सम्भब पनि भयो । उन्को जुक्ती र योजना यस्तो थियो ।

त्यती बेला राणा जि हरुका थुप्रै रानीहरुहुने गर्थ्यो । सर्दार जङ्गबिर तमाङ १९८९ तिर भिम शम्शेरको पालामा बेलायती सेनाबाट फर्केका थिए । भिम शम्शेर् को पनि थुप्रै रानीहरु थिए । उनिहरु जहाँ जुन ठाउमा राम्री तरुनी या आईमाई पाए पनि त्यस्लाई रखेल ल्याइते या अरु कुनै रुपमा प्राप्त गर्थे । यहाँ त्यो जिल्ला त उल्लेख गर्न सकिन तै पनि पुर्बी जिल्लाका ति तमाङ चेलीको नाम उल्लेख गर्न चाहन्छु जसलाई भिम शम्शेर् ले ल्याइते को रुपमा दरबार भित्र्यएका थिए । त्यो नाम तमाङ समुदाय ले बिर्सन मिल्दैन, उनी हुन महरानी सिता । उनी तमाङ चेली हुन । उनको माइतिको थर ब्लोन थियो ।

सर्दार जङ्गबिर् ले आफ्नो गुनासो सिता महारानी समक्ष राखे पछी एउटा योजना बनेको पाईन्छ । जङ्गबिर् र केही तमाङमिलेर एउटा बिन्तिपत्र तयार पार्ने, त्यो बिन्तिपत्र भिम शम्शेर जब सिता महारानीकोमा रात बिताउन आउछन त्यती बेला सिता महारानीले त्यो क्षणलाई उपयोग गरी आफ्नो माइतीको जात भाषाको सम्रक्षण का लागि बिन्तिपत्र सहित अनुरोध गर्ने । यसरी बनेको योजना १९८९ भाद्र ६ गते सफल भएको प्रमाण हामीले पाउछौ । १९८९ भाद्र ६ गतेका दिन एउटा ईस्तिहार मा लाल मोहोर लगाइ तमाङ जात माथि लगाएको प्रतिबन्ध हटाएको उल्लेखित ईस्तिहार जारी भयो यद्द्य्पी १९१० को मुलुकी एन भने सचिएको थियन । प्रमाणको लागी उक्त ईस्तिहार को प्रतिलिपी यस् लेखमा समाबेश हुन नसक्नुको कारण सुरक्षा र दुरुपायोग हो । यद्द्यपी त्यो प्रतिलिपि म सँग सुर्क्षित छ ।

यसरी करिब ८० बर्षको लामो काल खन्ड पस्चाद पुन तमाङले तमाङ लेख्न र बोल्न पाउने भएको पाउछौ । हामीले ति दुई महान ब्यक्तित्व यस् धर्तीमा न आएको भए तमाङ भन्ने जाती र उन्को भाषाको भबिस्य कसैले आकलन गर्न सकिदैन यस्तै हुन्थ्यो भनेर । आज हामी हाम्रो भाषा बोल्छौ । नाम् को पछाडी थर लेख्छौ गर्बका साथ उनै महान ब्यक्तित्वको कारण त्यसैले हामी तामाङले ति महान व्यक्तिहरुलाई कहोले बिर्सनु हुन्न !! —

No comments:

Post a Comment