amrit yonjan
म प्रजातन्त्र दिवसलाई सलाम गर्दछु । तामाङ जाति लगायतका नेपालीहरु रैतीबाट जनता भएको दिन हो ७ फागनु, २००७ । यो दिन तामाङ लगायत आदिवासी जनजातिहरुले ल्याएको इतिहास साक्षी छ । जहानिया राणा शासनतन्त्रको विरुद्व २००५ जेठ ७ गते (२० मे १९४८) मा भारतमा पुगेका नेपालीहरुले कोलकतामा जनमुक्ती सेनाको स्थापना गरे । २३ जना संस्थापकहरु मध्ये ८ जना अर्थात् एक तिहाइ (३४.७८ प्रतिशत) तामाङ थिए । बाबुलाल मोक्तान, निर्मल लामा, श्यामकुमार तामाङ, नरेन्द्र लामा, डोनस ग्राङदान, डिकबहादुर तामाङ, हर्षबद्र्धन लामा र लोकबहादुर तामाङले जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । उनीहरुमध्ये केही अझै जीवित छन् ।
जनमुक्ति सेनाद्वारा २००७ कार्तिक २६ गते (१९५० नोभेम्बर ११) गते ११ बजे राती देशभर शसस्त्र आक्रमण गरेका थिए । सो आक्रमणका क्रममा विराटनगर मोर्चा सम्हालेका तुलाराम तामाङ (गोले काइँला) सहित ३ जना सहिद भए । वीरगञ्ज मोर्चाका सहिद भएका थीरबम मल्ललाई प्रजातन्त्र स्थापना भएपछि नेपाल सरकारले सहिद घोषणा गरे तर तुलारामलाई सहिद घोषणा गरेनन् ।
यसै गरी २००७ साल माघ १ गते राती १ बजे पूर्व १ नं. को मेलुङमा जनमुक्ति सेनाले आक्रमण गर्दा जनमुक्ति सेना तर्फका ८ जना सहिद भए, ती मध्ये ५ जना तामाङ थिए – जगतबहादुर तामाङ, दीलबहादुर तामाङ, भीमबहादुर तामाङ, रणबहादुर तामाङ र रिकबहादुर तामाङ । यहाँ ६२.५ प्रतिशत तामाङ मेलुङ क्रान्तिमा सहिद भए । यसैक्रममा माघ १६ गते चरिकोटको भिडन्तमा जनमुक्ति सेनाका वीरबहादुर तामाङ सहिद भए । सोही दिन दोलखाको मागादेउराली डाँडामा भएको भिडन्तमा जनमुक्ति सेनाका मानबहादुर तामाङ र पूर्णबहादुर तामाङले सहादत प्राप्त गरे । यसैक्रममा धनबहादुर तामाङलाई काभ्रेको भुम्लोमा पुस २७ गते राणका सेनाले गोली हानी हत्या गरेको थियो । गहन अध्ययनको लागि डा. गोबिन्दसिंह कार्की, श्यामकुमार तामाङ, हेमराज अधिकारीको पुस्तक हेर्न सकिन्छ । यस्तै ओझेलमा तामाङ सहिदहरु पनि हेर्न सकिन्छ ।
प्रजातन्त्र ल्याउनका तामाङ जातिको गौरवशाली भूमिका रह्यो । राणकालमा पनि रानीपोखरी विद्यालयमा पठनपाठन गर्न पाउने जात वा समुदायको लागि यो दिनको त्यत्ति महत्व नहोला तर तामाङ जाति लगायतका आदिवासीहरुको लागि निकै महत्वपूर्ण दिन हो । उज्यालो प्राप्तिको लागि उनीहरुले एकतन्त्रीय राणा शासनलाई अन्त गरिदिएका थिए । यसैगरी प्रजातन्त्र स्थापनाको लागि १० जना, पञ्चाती शासन समाप्त गर्न प्रजातन्त्र पुनस्थापनको लागि १४ जना र शाहतन्त्र समाप्त गरी लोकतन्त्र स्थापनाको लागि ९१४ जना गरी ९४८ जना तामाङ सहिद भए । बेपत्ता पारिएका, अपाङ्ग भएकाहरु त हजारौं छन् । गणतन्त्रात्मक लोकतन्त्रको स्थापनाको लागि हाम्रा पुर्खा र अग्रजहरुले गौरवशाली इतिहास निर्माण गरेका छन् ।
तर आज उनीहरुको कदर भएको छैन । सहिद पनि घोषणा गर्दैनन् । हाम्रो पहल पनि भएको पाइदैन । स्थानीय बाटोघाटो र विद्यालय नाउँसम्म ती सहिदका नाउँमा छैनन् । उनीहरुको बारेमा सोधखोज गरेर केही बाहिर ल्याउन सकेको छैन । फेसबुक, ट्विटर र चियापसलहरुमा गफ हाकेर समय र धनको बर्जाद गर्नु भन्दा आफ्नो क्षमताको सदुपयोग गरेर लोकतन्त्रको लागि ज्यान अर्पेकाहरुको बारेमा विस्तृत जानकारी बाहिर ल्याउन उपयुक्त हुन्छ । कर्मठ र सक्षम युवा पुस्ता, संघसंस्थाका पदाधिकारीहरु र राज्यका नीति निर्माताहरुको ध्यान यस तर्फ जानु आवश्यक छ । यी सहिदहरु भनेको तामाङ ह्युल (तामाङ राज्य) निर्माणका आधार हुन्, संघीय राज्यका सम्पदा हुन् । अब साहित्यकार, कलाकारहरुले पनि आआफ्नो सिर्जना उनीहरुलाई अर्पण गर्नु पर्दछ । समावेशी लोकतन्त्रको स्थापना गर्नेतिर राजनीतिज्ञहरुको पहल होस । हामीस सबैको ध्यान सामाजिक न्याय दिने र समृद्ध नेपाल बनाउने तर्फ उन्मुख हुनसकोस् । शुभकामना ।

No comments:
Post a Comment