BY Jwajalapaa Sakasita
करिब ५-७ वर्ष अगाडी एकजना दाजुले यस्तो सुनाउनु भयो – “बाहुनबादीहरुले खस भासाको नाम बिगारेर खत्तम पारे | ”
मैले थप जानकारी माग्दा उहाँले भन्नु भयो | “तिमी हामीलाई स्कुलमा पढाइएको ‘नेपाली भाषा’को वास्तविक नाम ‘खस भाषा’ हुनु पर्ने हो | ‘नेपाली ब्याकरण’ भनेको पनि ‘खस ब्याकरण’ हो | ‘नेपाली गीत संगीत साहित्य’ आदि पनि ‘खस गीत संगीत साहित्य’ हो | बाहुनबादीहरुले खस भाषालाइ उनीहरुको स्वार्थ पुरा गर्न मन परि नामाकरण गर्छन | लौ हेर यसको इतिहास :
१) ११औ १२औ शताब्दि तिर सुदुर पश्चिम पहाडी भेग (र भारतको उत्तरान्चल क्षेत्र) मा आफ्ना लालाबाला परिवार र सेवक लिएर छिरेका बाहुनहरु त्यहाँको खस भाषालाई अपनाउदै स्थानीय खस वासिन्दालाई हिन्दुकरण गर्न व्यस्त रहे | १४ औ शताब्दिसम्म सिंजा कर्णाली केन्द्र रहेको खस-साम्राज्य शक्तिशाली थियो, त्यस अघि खस भाषाको नाम परिवर्तन भएको थाहा छैन | १४औ शताब्दिसम्ममा बाहुनबादी चपेटाले खस-साम्राज्य कम्जोर भैसकेको थियो |
२) त्यस पछी मध्यपश्चिम पहाडी क्षेत्र (जसलाई पर्वत क्षेत्र पनि भनिन्छ) का ठकुरीहरु शक्तिशाली हुन थाले | त्यसपछि टाठाबाठा बाहुनहरु पर्वत क्षेत्र वरिपरी केन्द्रित हुन थाले र उनीहरुले आफुले बोल्ने भाषालाई सम्भ्रान्त र आधिकारिक देखाउन पर्वतिया (छोटकरीमा पर्वते) भाषा भन्न थाले | त्यो भाषा मुलत: खस भाषा नै थियो, अलि अलि डायलेक्तमात्र फरक थियो | पर्वते भाषाकै नाममा यो भाषा हालको नेपालको मध्य पश्चिम क्षेत्रमा ब्यापक बन्यो बनाइयो | बाहुनबादले जरा गाड्दै गएपछि त्यहाँ पनि फुट र कमजोरी बढ्दै गयो |
३) १७औ शताब्दिमा पर्वते बाहुनबादीको टुटफुट र षड्यन्त्रबाट दिक्क भएका एक छुट्टै बाहुन-ठकुरी समूहले मगर राज्य हडपेर एक नयाँ राजकाज शुरुवात गर्ने योजना बुने | तिनीहरुले एक महात्वाकांक्षी किशोर द्रव्य शाहलाइ अघि सारेर लिगलिगकोटको बाटो हुँदै गोर्खा राज्य हात पारे र धमाधम शक्ति आर्जन गर्न थाले | पृथ्वी नारायण शाहको पालामा गोरखा द्रुत गतिमा शक्तिशाली बन्न थालेपछि मध्य पश्चिम क्षेत्रका बाहुनहरु आ-आफनो राज्य त्याग्दै गोर्खा राज्य मातहत रहन आतुर भए | असली हिन्दुस्तान बनाउने नाममा ती बाहुनलाइ पृथ्वीनारायणले स्वीकार मात्रै गरेन बल्कि गुप्तचर र प्रोपोगान्डा मशिनको रुपमा प्रयोग पनि गरे | ती बाहुनहरुलाई पृथ्वीनारायणले राज्य हान्नु २ -३ वर्ष जति अगाडी समुह समुहमा तिर्थयात्रीको रुपमा पठाउने पनि गर्थे | फलस्वरूप एकसमय नेपालको मध्य र पूर्वी क्षेत्रमा बाहुनको तिर्थ यात्री समुह हुल हुल देखा पर्यो भने आपत आउने संकेतको रुपमा समेत लिइन थालेको थियो | तीर्थयात्री र निहत्था बाहुनहरुको मुख्य काम भने गुप्तचरी गर्ने र गोर्खाली राजाको बहादुरी बखान गरि मनोबैज्ञानिक युद्द गर्ने थियो | केहि समय पछी लडाई हुदा परोक्ष साथ् दिने, जिते तेती बसोवास गर्ने, हारे आफनो बाटो लाग्ने वा खटाइएको अन्य ठाउमा जाने गर्थे | तिनै गोर्खा राज्यद्वारा खटाइएको बाहुनहरुले बोल्ने भाषा हुँदा त्यो भाषा “गोर्खाली (छोटकरीमा गोर्खे) भाषा” हुन गयो | गोर्खाली राज्य बिस्तार अभियानमा गुप्तचरी र मनोबैज्ञानिक लडाई लड्न प्रयोग भएका बाहुन तीर्थयात्री तथा तिनले लगेको गोर्खाली भाषाको योगदान राम्ररी अभिलेख राखिएको छैन | अद्यापी यो गोर्खाली भाषाको नाममा बर्मा देखि गढवालसम्म फैलिएर रहेको छ, जसको लागि बहादुर शाह र तिनका मातहत लडेका गोर्खाली सैन्य मात्रै नभएर गोर्खाले खटाएको बाहुन तीर्थयात्री पनि जस पाउन हकदार छन | छोटकरीमा भन्नु पर्दा “गोर्खा शक्तिशालि भए पछी खस भाषाको पुन नामकरण भयो र गोर्खाली भाषा कहिलाइयो |”
४) पृथ्वी नारायणले १९औ शताब्दीमा नै गोरखाबाट राजधानी सारेर नेपाल आए तापनि २०औ शताब्दीमा मात्र राज्य सम्हालेका शासकहरुले “नेपाल”नामको सार्थकता देखे | ‘नेपाल प्रजा परिषद’ले राजनैतिक तरंग उत्पन्न गरेपछि मात्रै शासक बाहुनबादीहरुले ‘नेपाल’ शब्दको गहनता बुझ्न थाले र लगत्तै खस-भाषालाई “नेपाली” भन्नु पर्छ भनेर जुद्द शमशेर समक्ष बिन्ति चढाउन पुगे | त्यसअघि सम्म खस-भाषाको आधिकारीक उल्लेख हुँदा “गोर्खा भाषा’ नै भनिन्थ्यो, खस-भाषाको मूल पत्रिका भएको हुनाले नै “गोर्खा पत्र” भनिएको हो | खस भाषा उत्थान गर्ने संस्थाको नाम पनि “गोर्खा-भाषा प्रकाशिनी समिति” थियो | पछि गएर खस साहित्यलाइ नेपाली गद्य, नेपाली पद्य भन्दै स्कुलमा पढाउन थालियो | लक्ष्मी प्रसाद देवकोटा शिक्षा मन्त्रि भएको बेलामा ‘नेपाली’विषय स्कुलमा अनिवार्य पढाउने नियम ल्याइयो र ‘नेपाली’ भन्दै खस भाषा र खस साहित्य पढाउन थालियो | छोटकरीमा भन्नु पर्दा “नेपाल शक्तिशाली भए पछी खस भाषाको पुन नामकरण भयो र नेपाली भाषा भन्न थालियो |”

बाहुनबादीहरुले खस भासाको नाम बिगारेर खत्तम पारे | यसरि पटक पटक नाम फेरीरहने इतिहास भएको यो भाषाले भोलिको दिनमा पनि नाम नफेर्ला भन्ने के ग्यारेन्टी छ? कथम कदाचित अचेल हल्ला चले मुताविक भारतले नेपाल खाइदियो भने भोलि गएर यहि खस भाषा “भारतेली भाषा” भनि पुन: नामाकरण हुने पो हो कि ? खस-भाषा मात्रिभासाको रुपमा बोल्ने बाहुन क्षत्री नेताहरु बारम्बार दिल्ली दौडाहा गर्ने र दिल्लीको आशिर्वाद तथा मादल ठोकाईको आधारमा राजनीति प्रदर्शन गर्ने हुनाले यो खस भाषाको नाम पुन: परिवर्तन हुने समय आएको पो हो कि?
No comments:
Post a Comment