Tuesday, October 22, 2013

नेपाल नाम र तामाङ जातिबीचको सम्बन्ध

१. नेपालको भौगोलिक तथा जन-आवादीको अवस्थिति :
पृथ्वीनारायण शाहको आधुनिक नेपाल तथा अबको नयाँ नेपाल विश्व मानचित्रको दक्षिण एशियामा पर्दछ । चीन र भारतद्वारा घेरिएको यो देश २६ डिग्री २२'' देखि ३० डिग्री २७'' उत्तरी अक्षांश र ८० डिग्री ४'' देखि ८८ डिग्री १५'' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस्तैगरि पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित छ । समुद्र सतहको ७० मिटरदेखि ८,८४८ मिटरसम्म अग्लो भू-भाग रहेको नेपाल विश्वमा बुद्धको देशको नामले चिनिएको छ । भौगोलिक रूपमा हिमाल, पहाड र तरार्इ गरी तीन भागमा बाँडिएको देशमा २०५८ सालको जनगणनानुसार विभिन्न १०७ जातजातिको आवादी रहेको छ । हालसम्म सरकारी निकायबाट मान्यता प्राप्त ५९ आदिवासीहरू सूचिकृत भएका देखिन्छन् । अल्पविकसित, बहुल जाति, भाषा, संस्कृति, धर्मको साझा घरको रूपमा रहेको छ । यो देश अहिले हिन्दु एकीकृत निरङ्कुश राज्यसत्ताबाट सङ्घीयताको नाममा जातीय, क्षेत्रीय र भाषिक रूपमा बल्ल-बल्ल स्वायत्तता र मुक्तिको तयारीमा उभिएको छ । दशौं वर्षम्म मारिएका चौधौं हजारको चिहान, कैयौं बेपत्ताहरूको अवस्था अज्ञात रहेको छ । जनआन्दोलका घाइतेहरूका पीडामाथि उभिएर छातीमा हात राखेर नयाँ नेपालको खाका कोर्ने तयारीमा जुटेका छौं ।

२. काठमाडौं दह, मञ्जुश्री र तामाङ बोम्बो-झाँक्री :
पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् (टेकबहादुर तामाङ, अध्यक्ष बोन कम्यूनिटी स्कूल)। यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।

३. तामाङ जातिको आवादीसम्बन्धी प्राप्त प्रागऐतिहासिक प्रमाण :
ऐतिहासिक प्रमाणका आधारमा यो निष्कर्षा पुग्न सक्छौं कि- तामाङ जाति नै यस उपत्यकाको पहिलो आदिवासी हो । यस ठाउँको पानी निकाल्न सहयोग गर्ने तामाङ जातिकै बोम्बो थिए भन्ने कथा माथि नै उल्लेख गरिसकिएको छ । रूसी प्रागऐतिहासिक पुरातत्त्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को वि.सं. २०३४ सालको हिउँदको अन्त्यमा दुर्इ महिनाको लागि (अर्थात् जनवरी १५ मार्च २४, १९७८ सम्म) नेपालको पुरातात्त्विक अध्ययन भ्रमण गरेका थिए । उनले नेपालको पुरातत्त्व विभागको सहयोगमा अनेक प्राग-ऐतिहासिक पुरातात्त्विक स्थलको अध्ययन गरेका थिए । अध्ययनको क्रममा काठमाडौंस्थित बुढानीलकण्ठको दक्षिण-पूर्वतिरको बानियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोला किनारामा उनले र्इ.पू. ३०,००० (आजभन्दा ३२ हजार) वर्ष पुराना ढुङ्गो हतियारहरू भेट्टाएका थिए । उनका अनुसार मङ्गोलियाको गोवी सभ्यतासित मिल्ने ती हतियारहरू ढुङ्गे युगका पालिस नगरिएको तर चोट दिएर, ताछेर बनाइएका थिए । यसले पनि तामाङ जाति यहाँको पहिलो बासिन्दा हो भन्ने तथ्यको पक्षपोषण गर्दछ । डा. माणिकलाल श्रेष्ठ तथा परशुराम तामाङ लगायतका विश्लेषकहरूले पनि तामाङ नै यस उपत्यकाको पहिलो बासिन्दा भएको बताउँदै आएका छन् ।

४. 'नेपाल' नामसम्बन्धी प्राप्त वर्णन :
यस भूमिको नाम 'नेपाल' कसरी रह्यो होला भन्ने सम्बन्धमा तथ्यगत प्रमाणको अभावमा सबैले अनुमानको भरमा "नेपाल" शब्दको अक्षरलाई फुटाउँदै मनोवाञ्छित विश्लेषण मात्र गर्ने गरेका देखिन्छन् । 'कहिलेदेखि नेपाल शब्द प्रचलित भयो त्यो एकीनसाथ भन्न सकिँदैन तापनि समुद्र गुप्तको प्रयाग प्रशस्तिमा परेको 'नेपाल' नेपाल शब्द नै आजसम्म पाइएको सबभन्दा पुरानो नाम हो' भनि लेभी १९७५ : ११, रेग्मी २०२६ : २ लाई उदृत गर्दै लेखक परशुराम तामाङले आफ्नो पुस्तक "तामाङ जाति"मा उल्लेख गरेका छन् । भाषाबंशावलीमा उल्लेख भएअनुसार- मञ्जुश्रीले नेपाल उपत्यका निवासयोग्य बनाएको केही कालपश्चात् कुनै "ने" मुनीद्वारा पालित यस उपत्यकाको नाम "नेपाल" हुन गयो (बालचन्द्र शर्मा, "नेपालको ऐतिहासिक रूपरेखा" प्रकाशिका : कृष्णकुमारी देवी, २३।११९ दूधविनायक, वाराणसी - १, पृ. ४७) । यहाँ उल्लेखित कुनै "ने" मुनी भनेको को हो भन्ने स्पष्ट हुँदैन । त्यसैले यो मतमा विश्वास गर्न सकिने अवस्था छैन किनकी "ने" मुनी को थिए भन्ने सम्बन्धमा 'कुनै एक मुनी' मात्र भनिएको छ । यदि उसैको नामबाट नेपाल नामाकरण भएको भए कुनै एक 'ने' मुनी भन्नुको सट्टामा उसको स्पष्ट परिचय दिनुपर्दथ्यो साथै उसैले बाँधिदिएको थिति अनुसार चलेको भन्ने हो भने ती थितिहरू के- के र कस्ता-कस्ता थिए भन्ने सम्बन्धमा पनि उल्लेख हुनुपर्दथ्यो ।
भाषा बंशावलीमा उल्लेख भएअनुसार मञ्जुश्रीले पानी निकालेको भन्ने सम्बन्धमा पनि कतिपयले विवाद उठाएका पाइन्छन् । उनीहरूका अनुसार यहाँको पानी मञ्जुश्रीले नभई श्रीकृष्णले निकालेका थिए तर मञ्जुश्रीले पानी निकाल्दा हुँदा टौदहको निर्माण गरी नागराजलाई रोकेको, पशुपति आर्यघाटमास्तिर पानी जमेकोले पशुपति गौरीघाटनेरको डाँडा काटेको र गोकर्णको डाँडा काटी सोभन्दा माथितिरको पानी निकालेको जस्ता क्रमबद्ध वर्णन र स्पष्टता श्रीकृष्ण वा उनका प्रतिनिधिले निकालेको भनिएकोमा पाइँदैन । स्मरणीय तथ्य यो पनि हो कि- त्यस बखत श्रीकृष्ण यहाँ आएका थिएनन् । श्रीकृष्णले पानी निकालेका थिए भनेर विश्वास गर्नेहरूले यहाँको पानी मञ्जुश्रीले निकालेका हुन् भन्ने कुरा झुठ्ठा भएको दावी गरेका पाइन्छन् । यदि भाषावंशावलीमा उल्लेखित मञ्जीश्रीले पानी निकालेको भन्ने कुरा झुट्ठा मान्ने हो भने भाषाबंशावली नै गलत भन्नुपर्ने हुन्छ अनि भाषावंशावली नै गलत भए "ने" मुनीद्वारा पालित नेपाल भनेर दावी गर्नुपर्ने गलत हुनेछ ।
कतिपयले "मञ्जुश्री" भारतीय नाम भन्ने गरेका पनि पाइन्छन् । स्मरण गरौं इतिहास र धर्मग्रन्थहरू उल्था गर्दाखेरि जुन भाषामा लेखियो सोही भाषामा मानिसको नामसमेत उल्था गर्ने चलन थियो । अझ बुझनु पर्ने कुरा यो पनि छ कि- "मञ्जुश्री" भारतीय नाम त हो तर त्यो भन्दा बढी यो तिब्बती भाषाको "ज्याम्बेयाङ"को उल्था हो । तिब्बतीहरूले "मञ्जुश्री"लाई आफ्नै भाषामा "ज्याम्बेयाङ" नै भनी भन्ने गरेका पाइन्छन् । बरू पछि "मञ्जुश्री" नाम तिब्बतमा पनि प्रचलित हुन असम्भव देखिँदैन । यसप्रकार हामी स्पष्ट हुन्छौं कि यस नागदहको पानी श्रीकृष्णको सट्टा मञ्जुश्रीले नै निकालेका थिए ।
'नेपाल' नामकै सन्दर्भमा पाइने अर्को मतानुसार नेवारको "ने" र उनीहरूले बत्ती बाल्न प्रयोग गर्ने पालाको "पाल"लाई संयोजन गरी "नेपाल" नाम बनाइएको हो । त्यसरी नेवारको "ने" र पालाको "पाल"लाई जोडेर "नेपाल" बनाइरहनुपर्ने आवश्यकता देखिँदैन । यस्तैगरी यहाँ नेवारको आवादी हुनुअगावै पहिलो आदिवासी तामाङ जातिको आवादी भइसकेकोले पनि उनीहरूले पहिले नै यस ठाउँको नामाकरण गरिसकेको हुनुपर्दछ ।
यस्तैगरि प्राप्त अर्को कथन अनुसार 'नेपाल र नेवार शब्दको मूल एउटै 'न्यार्वा' शब्द हो । 'न्यार्वा' भन्ने जाति नेवार र तामाङको रक्त मिश्रणबाट बनेको हो ।' अर्थात् नेवार र तामाङको रक्त मिश्रणबाट जन्मिएका मानिसहरू नै 'न्यार्वा' हो । तिनै 'न्यार्वा'बाटै 'नेवार' र 'नेपाल' भएको हो भन्ने मत तामाङ सम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका लेखक रविन्द्र तामाङले टामास यङ्गर जर्ज ग्रियर्सनलाई उदृत गर्दै प्रस्तुत गरेका देखिन्छन् ।
तिब्बततिर झूकाव राख्नेहरूले भने "नेपाल"को अर्थ तिब्बती भाषामा खोज्ने प्रयास गरेका पाइन्छन् । यस मतका अनुयायी मध्ये वाडेल साहेबले १८९१ र्इ. मा एक लेख प्रकाशित गरेको देखिन्छ । उनका अनुसार- तिब्बती भाषामा वा तिब्बत-बर्मी भाषा कुलका अन्य बोलीहरूमा "ने"को तात्पर्य "घर" वा निवास स्थल एवं "पाल"को तात्पर्य "ऊन" हुन्छ । अतः "पाल" हुने ठाउँमा "ने" हुने मानिस "नेपाल" हुन्छन् अथवा "पाल" को "ने" (ऊनको घर वा मण्डी) पनि "नेपाल" भनिन सक्तछ । यसप्रकार माथिल्लो भनाई अनुसार अघि ऊन हुने देशका निवासीहरूको नाम "नेपाल" भएतापनि पछि निवासीहरूको नामले नै उनीहरूको देश पनि प्रसिद्ध हुनु असम्भव छैन ।
पुरानो लाप्चा भाषामा पनि पूर्वी नेपाल र सिक्किमलाई "ने" सञ्ज्ञा नै दिइएको छ र प्राचीन लाप्चा भाषाका ज्ञाताहरू यस शब्दको अर्थ "मानिस बस्ने कन्दरा वा गुफा" लाउँछन् । भोटका लामा धर्मग्रन्थहरूमा यो "ने" शब्द "न्यस्" (Gnas) लेखने गर्दछन् तापनि यसको उच्चारण "ने" नै गर्छन् । लामाहरू यसलाई "पवित्र स्थल वा गुफा" बुझ्दछन् भनी उल्लेख गरेका देखिन्छ तर यहाँ बाडेल साहेब तथ्यको नजिकै पुगेर पनि पछि परेको भन्न सकिन्छ किनकी उनले 'नेपाल' नामको अर्थ तिब्बती लामा र पूर्व लाप्चा भाषामा खोज्न पुगे ।
'नेपाल' नामको वास्तविक अर्थ खोज्ने नै हो भने यहीँको बासिन्दा र भूमिपुत्रलाई सोध्नुपर्दथ्यो । स्मरणीय कुरा के पनि हो भने नेपाललाई तिब्बतीहरूले आफ्नै भाषामा "ह्रोङ" र "माङ्हृयुल" भन्ने गर्दथे । "ह्रोङ" र "माङ्ह्युल" भनेर सम्बोधन गरी सकेपछि पुनः यस देशमा "ने" अर्थात् "घर" र "पाल" अर्थात् "ऊन" लाई मिलाएर "नेपाल" भनि व्याख्या र नामाकरण गरिरहनु पर्ने आवश्यकता नै देखिँदैन ।

५. को थिए पहिलो आदिवासी ?
काठमाडौं उपत्यकाको पहिलो आदिबासी कुन हो भन्ने जिज्ञासा उठ्न सक्छ । प्राप्त प्रमाणहरूले तामाङ नै यहाँको पहिलो आदिवासी भएको प्रमाणित गरेको पाइन्छ । पछि नेवार जातिको प्रवेश भएपछि तामाङ जाति विस्तारै यहाँबाट बाहिरिन थालेको देखिन्छ । हालको टिचिङ्ग हस्पिटल महाराजगञ्ज रहेको स्थानमा सो अस्पतालको निर्माण अघिसम्मै तामाङ बस्ती थियो । अस्पताल निर्माणको क्रममा त्यहाँका तामाङ जातिलाई हटाउन सकिने भन्दै अधिग्रहण गरी हटाइएको थियो । अझैपनि काँठ क्षेत्रका साथै बौद्ध क्षेत्रमा तामाङको बस्ती पाइने गरेको छ । आवादीको कुरा गर्ने नै हो भने यहाँको पहिलो आवादी भएको जाति तामाङ नै हो भन्ने सम्बन्धमा थुप्रै अनुसन्धानकर्ताहरूले लेखेका छन् ।
जनकलाल शर्माका अनसुार "...मङ्गोल जातिका मानिस कुनै समय पहिले काठमाण्डू उपत्यकामा आवाद भए र त्यसपछि अन्य बाहिरिया मानिसको आगमन हुन थालेपछि ती मङ्गोलहरू उपत्यकाभन्दा बाहिर रहेको पहाडी भूमितिर लागे । रहँदाबस्ता तिनीहरू पछिल्लो कालमा आएर तामाङ, मुर्मी आदि अनेक नामले सम्बोधित हुँदै गए । जो आज पनि त्यसै उपत्यकालाई चारैतिर घेरेर बसेका पाइन्छन्" (जनकलाल शर्मा 'हाम्रो समाज : एक अध्ययन' प्रकाशक : साझा प्रकाशन, तेस्रो संस्करण २०५८ पृ. ३१९) । यस्तैगरी परशुराम तामाङज्यूले वंशीटार्टलाई उल्लेख गर्दै लेखेका छन् कि- प्राचीन इतिहासले यस्तो सङ्केत गर्दछ कि तिनीहरू (तामाङ) नेपाल खाल्डोका प्राचीन बासिन्दा थिए तर पछि केही समय बितेपछि तिनीहरूलाई अन्य केही जातिले पराजित गरायो । जसले तिनीहरूलाई अपमानजनक अवस्थामा आधिपत्य गर्‍यो र तिनीहरूलाई खेतबारी जोतने, भारी बोक्ने, दाउरा घाँस गर्ने आदि कडा श्रम गर्न बाध्य गरायो । व्यवहारमा तिनीहरूको दास बनाए । यस्ताबाट उम्कन तिनीहरू पूर्वी नेपालका टाढा-टाढासम्म घुमे र त्यहीँ बसोबास गरे (१९०९) ।
करनले पनि तामाङ जाति नेपालमा र्सवप्रथम आउने आगन्तुकहरू मध्येका हुन् भन्ने मान्दछन् (१९६० : ६६) । तामाङको के तर्क छ भने तिब्बतको आवादी पाँच हजार वर्षघि मात्र भएको हो । त्यसैले तामाङ जाति तिब्बत आवादी हुनुभन्दा पहिले नै हिमाल पार गरी बसेको हुनुपर्दछ (१९९१ : १४) (परशुराम तामाङ 'तामाङ जाति', प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं प्रथम संस्करण २०५१ पृ. २४) । यसैगरी तामाङ जातिको आवादीकै सन्दर्भमा अर्का अध्येता कर्क पेटि्रकका अनुसार नेवार जातिले राज्य गर्नु अघि नेपालमा भोटे जातिले राज्य गरेका थिए । नेवारले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनलाई काठभोटिया (काठमाडौं भोटिया) भनिन्थ्यो । जो आजसम्म पनि संरक्षित छ र हाल कच्छाडको पहाडमा तर मुख्य रूपमा कुतीपट्टीको पर्वतीय भूमिमा आवाद छन् (१८११ : १४८) (ऐ.ऐ. पृ. २९) । एवंरीले परशुराम तामाङ आफैँले पनि उपत्यकामा नेवारभन्दा पहिले तामाङ जातिले राज्य गरे भन्ने आशङ्का गरेका देखिन्छन् (ऐ ऐ. पृ ६) । यिनै आधारहरूले पनि काठमाडौं उपत्यकामा सबैभन्दा पहिले आवाद भएको जाति तामाङ भएको कुरा पुष्टी हुन्छ ।

६. के हुन सक्छ त तथ्य ?
प्राप्त ऐतिहासिक प्रमाणहरूका आधारमा यो भन्न सक्छौं कि- नेपाल उपत्यकाको आदि भूमिपुत्र भनेको तामाङ जातिकै पूर्खा थिए । त्यसैले "नेपाल" नाम तामाङ भाषाबाटै आएको हुनुपर्दछ । तत्कालिक तामाङ समाज बोन धर्म र झाँक्रीवादी प्रचलनद्वारा सञ्चालित थियो । त्यसैले यिनीहरूको समाजमा भूतप्रेत, नाग-नागिनी, देउ-देउता, शिकारी र कुलदेउता आदिमाथिको विश्वास पाइन्छन् । ती शक्तिहरूमा पनि आफैँ उत्पत्ति वा उत्पन्न भएको, बोन वा समाजले स्थापना गरेको, कुल र पितृदेउता आदि हुने गर्दछन् । आफैँ उत्पन्न भएको शक्ति वा देउतालाई 'नेपा ल', स्थापना गरिएको देउतालाई 'तेन्पा ल' र कुल तथा पितृ देउतालाई 'तिङ्दो ल' र 'फोला ल' र गाउँको देउतालाई 'स्हिङ्ला/ह्युल्ला ल' भन्ने गर्दछन् ।
संस्कृतको 'स्वयम्भू' नाम तामाङ भाषाको 'नेपा ल'को उल्था गरिएको रूप हो भन्ने मेरो ठहर छ । सोही 'नेपा ल' (स्वयम्भू) शब्दबाटै 'नेपाल' नाम रहेको हुनुपर्दछ किनकी स्वयम्भूलाई 'नेपा ल' भनी सम्बोधन गर्दा-गर्दै 'नेपा ल' बाट 'नेपाल' हुँदै 'नेपाल' नाम रहेको गएको देखिन्छ । कालन्तरमा त्यही 'नेपाल' नामले हालको 'स्वयम्भू'लाई मात्र नभई यस काठमाडौं खाल्डोलाई नै चिनाउन थालेपछि तामाङ भाषाको 'नेपाल' (स्वयम्भू) भने 'स्वयम्भू' नामबाट परिचित हुन गएको देखिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरी सकेपछि भने यस देशको नाम पनि 'नेपाल' नै रहन गएको तथ्य त सबैलाई थाहा भएकै कुरा हो ।

७. कसरी ?
हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको देखिन्छ । संस्कृत भाषाको "स्वयम्भू"को अर्थ आफैँ उत्पन्न भएको भन्ने हुन्छ । आफैँ प्रकट भएको महाज्योर्तिमय रूपको भगवानलाई नै "स्वयम्भू" नामले चिनाउन थालिएको पाउँछौं । त्यसरी आफैँ उत्पन्न भएको देउतालाई तत्कालिक बोन (झाँक्री) धर्म मान्ने तामाङ जातिको भाषामा "नेपा ल" (नेपा + ल ) भनिन्थ्यो । उनीहरूको भाषानुसार "नेपा"को अर्थ आफैँ उत्पन्न भएको र "ल" को अर्थ देउता भन्ने हुन्छ । यसप्रकार शुरूमा नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने यिनै तामाङ जातिकै भाषामा यहाँको नाम 'नेपाल' रहन गएको हुनुपर्दछ ।
वास्तवमा हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको मानिन्छ । त्यसबखत त्यस दहका वरिपरि रहेको तामाङ झाँक्रीहरूले नै त्यस महाज्योतिलाई 'नेपा ल' अर्थात् 'आफैँ उत्पन्न भएको देउता' भनेको हुनुपर्दछ । बाहिरका मानिसहरूले समेत त्यस ज्योतिको दर्शन गर्न आएका बखत ती तामाङ जातिले आफ्नै भाषामा 'नेपा ल' भनेर चिनाएको हुनुपर्दछ किनकी कसैको छोराको नाम अन्तैका मानिसले आएर राखीदिन सम्भव हुँदैन । त्यसैगरि आफू बसेको स्थानको नाम पनि आफैँले नै राखने कुरा हो । यस स्थानको नाम यहीँ आवादी भएका तामाङ जातिले नै राखेका थिए भनेर ठोकुवा गर्न सकिन्छ । तत्कालिक तामाङ बोम्बो भाषामा रहेको 'नेपा ल'को ठ्याक्कै उल्था नै संस्कृत भाषाको "स्वयम्भू" हो । त्यसैले यस नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने तिनै तामाङकै पूर्खाले आफ्नै भाषामा यस स्थानको नाम 'नेपा ल' भन्ने गरेकोमा पछि सोही 'नेपा ल'बाट 'नेपाल' रहन गएको देखिन्छ ।
समाप्त

- खोजराज गोले
email : khojrajgole@gmail.com
मो.नं. : ९८४१-३७०३५३
साभार : 'तामाङ एकता' सामयिक पत्रिका

Monday, October 21, 2013

ओझेलमा पारिएका तामाङ राज्यहरू :

तामाङ समुदायलाई बाहुन जातिले कागति निचारे जस्तो निचोरिरहेको छ । पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट र स्थलगत अध्ययनका साथै अभिलेखबाट पत्तालागेको छ । नुवाकोटका साथै हालको नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू यत्र तत्र छरिएर रहेको इतिहासले देखाएको छ ।पृथ्वीनारायण शाहाको पालासम्म भएको तामाङराज्यहरूको चर्चा नहुनुले पनि आर्यनहरूको मनमा फेरी तामाङहरूले आफ्नो राज्य माग्ने त होइन भन्ने चिन्त थपेको छ । प्राप्त प्रमाणहरूको आधारमा अहिलेको काठमाडौं शहरमा पनि तामाङराज्य रहेको देखिन्छ । पृथ्वीनारायण शाहले तथकथित एकीकरण अभियान थाले पश्चात तामाङराज्यहरू विस्तारै हराउँदै गएको इतिहासले देखाएको छ । काठमाडौं वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित हुनेछ । काठमाण्डौं उपत्यका वरिपरि तामाङहरू रहनु भन्दा पहिला तामाङहरू हालको काठमाडौं उपत्यकामानै राज्य गर्दथे भन्ने प्रमाण भेटिएकोछ । आज सम्म कुनै पनि इतिहासकारले यो कुरा उल्लेख गर्न चाहेको देखिदैन । आज सम्मको इतिहास भनेको एक व्यक्ति र हिन्दू आर्यान बाहुन जातिको स्वार्थको गुणगानलाई इतिहास भनिएको छ । अहिले हामीले जुन कुरालाई इतिहास भनेर भनिरहेका छौं त्यो इतिहास नभएर एक व्यक्तिको गुणगान मात्र हो वा शक्तिको गुण मात्र हो । काठमाडौं उपत्यकामा तामाङहरूको राज्य रहँदा मल्ल वंशको अस्तित्व थिएन । तामाङहरूलाई हटाएर यहाँ राज्य गर्न मल्ल वंशको लागि चुनौतिको विषय थियो । उनिहरूले उल्लेख गर्न चाहेन कि तामाङराज्यको बारेमा । तीतो यथार्थ र सत्य कुरो यो हो कि मच्छिन्द्रनाथको मेला हाल पनि तामाङ समुदायले मनाउनु नै काठमाडौं उपत्यकामा तामाङराज्य थियो भनेर भन्न सकिने अवस्था छ । रविन्द्र ग्यावक तामाङ लेख्नु हुन्छ । “तामाङ समुदायको योञ्जन थरका कुल देवता न्यूरोडको महांकाल हुन्, ब्लोन थरको कुल देवता इन्द्रचोकको सेतो मच्छिन्द्रनाथ हुन्, घिसिङहरूको कुल देवता हनुमान ढोकाका कालभैरब हुन्, रूम्बा थरीले गौसालाको जयबागेश्वरीलाई कुलदेवी मान्छन्” (ग्यावक २०६८ चैत्र) आदि ।तत्कालीन समयमा मच्छिन्द्रनाथको पूजा भनेको तामाङहरूले कुल पूजाको रूपमा पुज्ने गर्दथे र हालपनि तामाङहरूले पुज्ने गरेकोले उपत्यकामा तामाङ राज्य थिए भन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंमा मल्ल र नेवारहरूले राज्य गर्नुभन्दा पहिला तामाङहरूलेनै राज्य गरे पनि बाहुन जातिको छलकपटमा परि तामाङराज्य गुमाएको देखिन्छ । आफ्नो राज्य गुमाईसकेपछि तामाङहरू आफूलाई पायक पर्ने स्थानको खोजी गर्दै बाहिरिने क्रममा उपत्यकामा पश्चिम पट्टिका तामाङहरू हालको मकवानपुर, धादिङ तिर लागे भने केही तामाङ अहिले पनि ललितपुरको लेले गाउँमा बसोबास गरेको देखिन्छ । उपत्यकाबाट निस्कने क्रममा मकवानपुर, धादिङ तिर लागेको तामाङहरू त्यहि पहाडि भू-भागमा बसोबास गर्न थाले र सानासाना कविला राज्यहरू विभिन्न थुम्कामा निर्माण गरेर राज्य गर्न थाले । त्यस्तै हालको माछापोखरी बालाजु लगायतका क्षेत्रमा बसोबास गरेका तामाङहरू आफूलाई पायक पर्ने स्थानमा सर्ने क्रममा नुवाकोट तिर बसाई सरेको देखिन्छ । उपत्यकाबाट नुवाकोट तिर अरू भन्दा बढी तामाङहरू बसाईँ सरेका कारण थुप्रै कविला राज्य नुवाकोटमा स्थापना गर्न पुगेको देखिन्छ । उपत्यकाबाट हालको काभ्रे जिल्ला तिर बसाईं सरेका तामाङहरू पूर्वी उपत्यकाबाट पायक पर्ने ठाउँको खोजी गर्दै जाँदा काभ्रेको धुलिखेल र नगरकोट तिर बसाईं सरेको भान हुन्छ । यी तथ्यले तामाङहरूको बसोबासको अवस्था हेर्दा पनि यही सत्य जस्तो देखिन्छ । उपत्यका वरिपरि तामाङहरू बसोबास गर्न उपत्यका वरिपरि निस्कने क्रममा छरिएर बसोबास गर्न पुगेको देखिन्छ । प्राप्त प्रमाणको आधारमा पनि तामाङहरूको यो बसोबासको अवस्थाले हेर्दा पराजयको पीडासंगै तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न पुगेको देखिन्छ । हो, त्यसै समयदेखि उपत्यकाको वरिपरि छरिएर रहेका तामाङहरूले आफू बसेको क्षेत्रमा स-साना कविला राज्यको स्थापना गरेर राज्य गर्न थाले र लामो समय सम्म उपत्यका बाहिर पनि राज्य गरेको यथेष्ट प्रमाण पाउन सकिन्छ । नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्नु भन्दा पहिला तामाङ राज्यनै रहेको प्रमाण भेटिन्छ । एउटा तामाङ राज्य नभएर स-साना कविला गणराज्यहरू नुवाकोटमा भएको अवस्थिति पाइएको छ । पृथ्वीनारायण शाहको (१७९९) को पहिलो नुवाकोट आक्रमण असफल पार्ने वा हार बेहोर्नु बाध्य पार्ने अवस्था पनि तामाङहरूले नै बनाईदिएको देखिन्छ । नुवाकोटमा पहिलो असफलता हात पारेपछि तामाङहरूसंग असन्तुष्ट बनेका पृथ्वीनारायण शाहले कहिले पनि तामाङहरूको बारेमा बोल्न चाहेनन् । छलकपट र लमजुङ्गे सेनाका सहयोगले नुवाकोट विजय यात्रा शुभारम्भ गरेका पृथ्वीनारयण शाहले देशका विभिन्न भागमा रहेका कविला तामाङराज्यहरू हात पारे र तामाङ इतिहास समाप्त गरिदिएका हुन भन्ने जनस्रुति पाइन्छ । त्यसैको नामेट स्वरूप आज पनि नेपाली इतिहासमा नुवाकोट आक्रमण र असफलता विद्धार्थीहरूलाई पढाइन्छ, घोकाइन्छ, रटाइन्छ तर को संग पृथ्वीनारायण शाहले हार बेहोर्नु पर्‍यो भन्ने बारेमा बताइदैन । यसको कारण थियो तामाङहरू फेरि पनि एकतृत हुन्छन् र आर्यन राज्य बन्न बञ्चित गर्लान् भनेर उनीहरूलाई निश्तेज पार्नको लागि पहिलो हार मात्र भन्ने गरिएको छ । तत्कालीन समयमा नुवाकोटमा कुनजातको राजाले राज्य गर्दथ्यो भन्ने खुलाइएको छैन । कारण त्यहाँ पृथ्बिनारायण शाहको पहिलो हारनै तामाङ समुदायसंग भयो । हालको नेपाली इतिहासकारले लुकाए पनि नुवाकोटमा तामाङराजाहरू रहेको देखिन्छ । औखर पौवा गाविसमा एक तामाङराज्य रहेको देखिन्छ । त्याहाका राजाका सन्तानहरू आजपनि त्यही रहेका छन् । उनिहरूका भनाइ अनुसार त्याहा हाल पनि रूम्बा राजाको शिलापत्र र दरबारको भग्नावशेष भएको ठाउँ छ । आवश्यक जर्गेनाको अभावमा तत्कालीन समयमा भएको तामाङ ऐतिहासिक स्थलको नामेट गर्ने काम अहिलेको सासकहरूबाट भइरहेको छ । काठमाडौं उपत्यकामा तामाङले राज्य गर्दथे भन्ने प्रमाण कर्कप्याट्रिको यो भनाइबाट पनि प्रमाणित हुन्छ । .... काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो । जहाँ वाक्लो बस्ती थियो । उनीहरू भोटियो भाषा बोल्दथे । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनैलाई काठ भोटिया भनिन्छ । जो आजसम्म संरक्षित र कच्छाडको पहाडमा तर मुख्य रूपमा उनीहरू कुतिपट्टिको पर्वतीय भूमिमा आवाद छन् । ....... (एन एकाउण्ट अफ दि किङ्डम अफ नेपाल)यसै भनाइलाई डोरबहादुर विष्टको सबै जातको फूलबारी भन्ने पुस्तकमा लेखिएको लेख अनुसार पनि तामाङहरू नेवारहरू भन्दा पहिला काठमाडौं उपत्यकामानै थियो भन्ने प्रमाणित गर्दछ । भोटे अक्षर पढ्ने र लामा-धर्म मान्ने हुनाले उहिलेउहिले हामीलाई भोटे पनि भन्ने गरेका थिए । (डोरबहादुर विष्ट सन्, २०१० मे)यी भनाई हेर्दा पनि काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नु भन्दा पहिला तामाङहरूनै राजा थियो भन्न सकिन्छ । जसलाई स्वदेशी एवम् विदेशी विद्वानहरूले समेत स्वीकार गरेका छन् । नुवाकोटको विभिन्न भू-भागमा स-साना कविला राज्य गरेर बसेका तामाङहरूले पृथीवनारायण शाहलाई हराउँदा एक राज्यले अर्को कविला राज्यलाई सहयोग गरेका कारण पनि पृथ्वीनारयण शाहको हार नुवाकोटमा सुनिश्चित भएको हो । यस हार बाट पृथ्वीनारायण शाहाले के पनि बुझे भने तामाङहरू जति खेर पनि एकतृत हुन सक्छ र फेरी हामीलाई छताछुल्ल पार्न सक्छ भनी डराएकै कारण तामाङराज्य र तामाङहरू संगको हारको कहिले पनि कुरा गरेनन् । यस कारण पनि नुवाकोटमा अन्य जातिको राज्य नभएर तामाङ राज्यनै थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यस्तै तामाङ गणराज्यको रूपमा अर्को महत्वपूर्ण स्थान भनेको काभ्रे रहेको देखिन्छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाणले पनि काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाण भेटिन्छ । काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । तामाङ भाषामा ‘का’ भन्नाले उपदेश र ‘भ्रे’ भन्नाले आठ भन्ने हुन्छ । भगवान बुद्धले आफ्नो पूर्वजन्म स्थल नमोबुद्धमा आइ आफ्ना शिष्यहरूलाई आठवटा महत्वपूर्ण उपदेश दिनुभएकोले यस जिल्लाको एउटा थुमलाई काभ्रे भनिएको हो । यही काभ्रे थुम र पलाञ्चोक भन्ने अर्को थुम जोडिएर यस जिल्लाको नाम काभ्रेपलाञ्चोक जिल्ला भएको हो भनिन्छ । (ग्यवाक-२०५८ चैत्र) पृथ्वीनारयण शाहको एकीकरण अभियानमा काभ्रेमा पनि आक्रमण गरि सकेपछि त्याहाका तामाङ राजालाई वार्ताको नाममा खोलाको बगरमा बोलाई काटेर तामाङराज्यको हार गराइएबाट आज सम्म पनि काभ्रेपलाञ्चोकको तामाङहरूले तिमालको एक खोलाको पानी आज सम्म पनि खादैनन् । आफ्नो राज्य गुमाउनु पर्दाको पीडा सहन गर्न नसकी तामाङहरू बसाईं सरेको देखिन्छ । दुःखको कुरो इतिहासको पानामा पृथ्वीनारायण शाहले विभिन्न तामाङ कविला राज्यहरू एकीकरण गरे पछि त्याहाँको तामाङमा घोर अन्याय गरेका कारण पुस्तौ पुस्ता सम्म त्यस क्षेत्रमा रहेको तामाङहरू उठ्न सकेको देखिदैन । पृथ्वीनारायण शाहले तामाङहरू माथि बसालेको दुर्ब्यवाहार आजको सासकहरूले पनि गुरूमन्त्र झैं पालन गरिरहेकै छन् र तामाङहरू अगाडि आउन सकेको छैन । जे भए पनि प्रमाणको आधारमा र हाल रहेको जिल्लाको नामबाटनै प्रमाणित हुन्छ कि काभ्रेमा पनि तामाङ राज्यनै थियो । पृथ्वीनारायण शाहले आफूले पहिलो हार बेहोर्नु परेका कारणले गर्दा पनि हुन सक्छ तामाङ राज्यहरूको नामोच्चरण समेत गर्न चाहेको देखिदैन । यी लगायत मकवानपुर, धादिङ, मुस्ताङ, जड्यान प्रदेशमा तामाङराज्यहरू रहेपनि तामाङ राज्यको नाम कहि पनि उल्लेख गर्न पृथ्वीनारायण शाहले चाहेको देखिदैन । कारण राज्य एकीकरण गर्दा सबै भन्दा बढी सास्ती पृथ्वीनारायण शाहले तामाङ राज्यहरूबाटनै बेहोर्नु परेको देखिएको छ । त्यसैकारण पनि हुन सक्छ बाइसे चौबिसे राज्य भने पनि कहि कतै तामाङ राज्यको उल्लेख सम्म पनि गरेको देखिदैन । इतिहासको पानाले लुकाएर राखेको तामाङ राज्यहरू एक दिन अवश्य बिउँझने छन् । जित्नेको गुण गान मात्र इतिहास भन्न मिल्दैन इतिहास हार्नेहरूको पनि हुनु पर्छ र हुन्छ । इतिहास लेखन गर्दा टुप्पाबाट लेखिने इतिहास अब फेदबाट लेखिनु पर्छ । सासकले दबाएर राखेको आज करिब २५० वर्ष भइसकेको छ । शाह वंशको उदय र विनास दुवै सकिएको छ । यति बेला सम्म जति इतिहास हेरियो, पढियो, रटियो, लेखियो सब जित्नेको नाटक मात्र हो यसलाई इतिहास भन्न मिल्दैन । इतिहास जित्ने र हार्ने दुवैको हुनु पर्छ तवपो इतिहास हुन्छ नत्र के इतिहास ? तामाङ कविला राज्यहरूको पतन भनेको फेरी तामाङ राज्यको उदय हुने संकेत हो । यो एक दिन अवश्य उदाउने छ । सासकले सासित माथि गरेको दवाव हो । सासितहरूले इतिहास ताम्रपत्र, कनकपत्र, भोजपत्र, शिलालेख कहि नरहने गरि नामेट गरिए पनि प्रत्यक सासितको जनजिब्रोमा तामाङ इतिहास रहेको छ । अबको इतिहास टुप्पाबाट हैन फेदबाट लेखिनु पर्छ नत्र इतिहास नभएर सासकको गुणगात्र मात्र हुनेमा कुनै दुइमत छैन । हामी माथि युगौं युग देखि हाम्रो आवाज सासकले दबाएर राखेको छ । दबाइएका जनतातिर फर्केर इतिहास खोज्ने समय भएको छ । नेपाली सासित इतिहास हामीले बोल्न नसके पनि नेपाली माटोले हाम्रो इतिहास बोली रहेको छ । यसको लागि अब हामी जागरूक हुनै पर्छ ।अन्तमा जगदीश शमशेर राणाको नरसिंह अवतार महाकाव्यको एक श्लोकको याद आउँछ । उनले भनेका छन् :हामीले खप्यौ यतिका वर्ष के भयो सहेर मुहान फोडौं न कानुन तोडौ न वास्तवमै हामी तामाङले करिब २५० वर्ष भन्दा बढी समय देखिको अन्याय र अत्याचार सहेर बसेका छौं । अझ पनि सहि नै रहेका छौं । थाहा छैन अझ कति समय सहनु पर्ने हो । तामाङहरू अब सुत्ने बेला छैन । अब यतिका वर्ष सहेर नभए पछि तामाङ सक्रिएताको मुहान फोड्ने बेला भएको छ । हामी तामाङलाई किचेर राख्ने कानुन तोड्ने बेला भएको छ । जुन कानुन हाम्रो लागि अनावश्यक भारको रूपमा लादिएको छ । हामीलाई पिपा र भारी बोक्ने कामको कानुनको कुनै जरुरत भएन यस्तो कानुनको बार भत्काउनु पर्ने बेला आएको छ । त्यस्तै राणाकै महाकाव्यको अर्को श्लोकले भन्छ ।निख्रियको रगतमा आज चढ्यो लालीहिजो सम्म तिम्रो पालो अब हाम्रो पाली । हामी तामाङहरू माथि जति सक्यौ निखार्‍यो । कागति निचारे जस्तो । गर्नु सम्म गर्‍यौ । अब निख्रिएको रगमा फेरी नया लाली चढेको छ । नया जोश जाँगर र उमङ्ग ल्याएको छ । हिजो सम्म विभिन्न बहानामा पालैपालो गरेको शासन सबै आर्य (बाहुन) वर्गमै सीमित भएको छ । चाहे त्यो राणा शासन होस् या एक पछि अर्को स्वतः बन्ने राजाको परिपाटी यी सब आर्यहरू (बाहुन) को हातमा रह्यो । ०७ साल भन्दा यता आएर झन भनी नसक्नु देश लुट्ने लुटाहाहरू देखा परे । ती सबै आर्य बाहुनहरू परे । आज सम्म आइपुग्दा संविधान सभा भङ्ग गर्दै फेरी यी लुटाहाहरूले संविधान सभा चुनावको रटान दिइरहेका छन् । अब यस भूमीमा जन्मिएका भूमिपुत्र हो मूलबासी मंगोल हो अब हामीले यी १४९५ मा भारतबाट नेपाल भित्री एका हिन्दू आर्यनहरुलाई के गर्ने भनेर सोच्नु पर्ने बेला आएको छ । होइन भने यीनिहरूले नेपाल भन्ने देश मात्र थियो भन्ने बनाउनु भन्दा अब केही बाँकी राख्ने छैन । 
-लक्ष्मण तामाङ
नेपाली केन्द्रीय विभाग
(त्रिभुवान विश्वबिद्धालय कीर्तिपुर)
२०७० जेठ ८ गते बुधबार
किर्तिपुर काठमाण्डौ त्रिभुवान विश्वबिद्धालय कीर्तिपुरका तामाङ समुदायका बिद्धार्थिहरुले
प्रतेक बर्ष प्रकाशन गर्ने ह्याङ्ला कायी समारिकाको २०७० को अंक पनि प्रकाशन हुन गईरहेको छ ।

Wednesday, October 16, 2013

बौद्ध धर्म र विजयादशमी

प्रकाशित मिति: २६ असोज २०७० | लामा अशोक तमु

dashain_baudha1
असत्यमाथि सत्यको विजय अर्थात् हिंसा अन्त्यको खुशीयालीमा हरेक वर्ष मनाउँदै आएको विजयादशमी पर्वले यतिबेला नेपाली समाज उल्लासमय बनेको छ । विशेषगरी यो पर्वमा आफूभन्दा ठूलाबाट टीका लगाएर आशीर्वाद थाप्ने प्रचलन पनि रहेकाले रोजगार, शिक्षालगायत विविध कारणले घरपरिवारदेखि टाढा रहेका भेटघाट हुने क्रम सुरु भइसकेको छ । जसले गर्दा दैनिक जीवनयापन व्यस्त बन्दै गइरहेको अहिलेको समयमा विजयादशमी पर्वको महत्व बढ्दो छ ।
तर, विजयादशमी पर्व हिंसाको पर्व पनि बन्दै गइरहेको छ । धर्म तथा प्रथाको नाउँमा विभिन्न कोत (कालिका मन्दिर)हरुमा अष्टमीका दिन लाखौं जनावरको बलि दिने गरिन्छ । अहिंसा तथा शान्तिको दूत भनेर विश्वमा चिनाउने गौतम बुद्ध जन्मेको देश नेपालमा एउटा उल्लासको पर्व यसरी हिंसाको पर्वको रुपमा परिचित हुँदै जानु दुःखलाग्दो कुरा हो । विशेषतः विजयादशमी पर्वलाई हिन्दु धर्मावलम्बीको पर्व भनेर बुझ्ने गरिन्छ ।
इतिहास हेर्ने हो भने बुद्ध धर्ममा पनि विजयादशमीको ठूलो महत्व रहेको छ, जहाँ विजयादशमीलाई विशुद्ध अहिंसात्मक पर्वको रुपमा पाउँछौं । यद्यपि, अध्ययन तथा प्रचारप्रसारको अभावमा यो विषय ओझेलमा पर्दै गएको छ । मौर्यशासक सम्राट अशोकले विजयादशमी कै दिन सम्पूर्ण हिंसात्मक गतिविधी त्यागेर अहिंसात्मक धर्म अवलम्बन र प्रचारप्रसार गरेको हुँदा बौद्धधर्मावलम्बीहरु पनि यसलाई विशेष दिनका रुपमा मनाउछन् ।
तत्कालीन आर्यभूमिका प्रथम मौर्य शासक सम्राट चन्द्रगुप्ताको मृत्युपश्चात छोरा सम्राट विन्दुसारले पच्चिस वर्षसम्म राज्यसत्ता सञ्चालन गरी ई.पू.२७३ मा मृत्यु भयो । पिताको मृत्यु पश्चात अशोकले आफ्ना एक सय एक दाजुभाईहरु मध्ये एक भाई छाडी बाँकी सम्पुर्णको हत्या गरेर छिमेकी राज्यहरु आफ्ना राज्यमा समेटि चक्रवर्ती सम्राट अशोकको रुपमा राज्य सत्ता सम्हाले । आफ्नो राज्य सत्ताबाट मात्र सन्तुष्टि नभई उनले विश्वको नै सम्राट बन्ने बिचारले कलिंग राज्य संग युद्ध सुरु गरे । हिंसात्मक कलिंग युद्धमा असंख्य मानिस, पशुपंक्षी र धनजनको क्षति पश्चात विजय प्राप्त भयो । तर युद्धकालको हिंसात्मक गतिबिधिहरुद्धारा सम्राट अशोकको चित्तमा विरक्त जाग्न थाल्यो ।
यसपछि “आजदेखि म हिंसात्मक गतिबिधिहरु त्यागी अहिंसात्मक धर्म प्रचार द्धारा बिजय गर्नेछु” भनि प्रतिज्ञा गरि शस्त्र त्याग गरे । साथै भगवान बुद्ध द्धारा प्रतिपादित अहिंसा धर्मपथको अनुशरण गरि सम्पूर्ण प्रजाहरुलाई पनि निर्देशन दिए । सम्राटको यस घोषणा प्रति युद्धद्धारा पीडित जनताहरु बडो हर्ष र उल्लासका साथ बिजय दशमीको दिनलाई “शस्त्र परित्याग दिवस” को रुपमा ग्रहण गरि, शान्तिका अग्रदुत तथा अहिंसाका प्रतिमूर्ति भगवान गौतम बुद्ध द्धारा प्रतिपादित अभिधर्म (सत्मार्ग) श्रवण, चिन्तन र मनन गर्नुका साथैं
पञ्चशील पालना गर्ने, दान–दक्षिणा गर्ने, प्राणी हत्या त्यागी प्राणीको रक्षा गर्ने लगायत महा पुण्यकार्यहरु गरि विश्वभरी नै मनाईन्छ । यसरी हिंसात्मक मार्ग त्यागेर अहिंसाको पथ अँगालेका बौद्धमार्गी सम्राट अशोकको ई.पू.२३२ मा ६८ वर्षको उमेरमा देहवसान भयो ।
यसैगरी विजयदशमीका दिन गुरु पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्नुहुँदा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरुको दमन गरि महाविद्याधरको परम सिद्धि प्राप्त गर्नु भएको पावन तिथि मानिन्छ ।
यसकारण यतिका महत्व बोकेको यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरुको फल बलवान ( दुगर्तिको हेतु ) हुने पनि सुत्र तन्त्रमा उल्लेख गरिएको पाईनछ, साथैं सम्पूर्ण दुःखहरु स्वार्थ कामना द्धारा उत्पन्न हुन्छन्, सम्यक् संबुद्धहरुको उत्पत्ति परार्थ चिन्तन द्धारा हुन्छ भनिए जस्तै, स्वार्थको निमित्त गरिने निर्दोष प्राणीहरुको हत्या हिंसा जस्ता कु–कार्य÷विचासहरु त्यागेर महासन्त सिद्ध पुरुषहरुको मार्ग दर्शन अनुशरण गरि आफ्नो चित्तमा प्राणीहरु प्रति मैत्री र करुणाभाव उत्पन्न गराउँ । सदा–सर्वदा सुख शान्तिका साथ जिउँ, जिउन दिउँ र प्राणत्याग गर्नु परेता पनि कु–कर्महरु कहिल्यै नगरौं ।
।। शुभम् मस्तु सर्व जगतम् ।।

संघियता ,र त्यो बारे छलफल :-Kumar Lingden "Mirak"

हाम्रो नेपालमा संघीयता बारे एकदमै कम छलफल हुने गर्छ । पढे लेखेका धेरै विद्वानहरू छन् उनीहरू संघीयता बारे छलफल नै गर्न चाहादैनन् । संघीयता बारे उत्सुक एउटा ठूलो जनसमुदाय छ, उनीहरू संघीयता बारे जान्न, बुझन चाहान्छन् । छलफल र बहस गर्न रूचाउँछन् तर उनीहरूले भेऊ नै पाउदैनन् । नेपालमा संघीयता सम्बन्धी लेख, रचना, पुस्तकहरू एकदमै कम मात्रामा पाईन्छ । पंचालयतकालमा त्रिभुवन विश्व विद्यालयको राजनीतिशास्त्र विभागको पाठ्यपुस्तकबाट विश्वका संघीय संविधान भन्ने पाठ रातारात हर्टाईयो र त्रि.वि. को केन्द्रीय पुस्तकालयबाट संघीयता सम्बन्धी पुस्तकहरू नियोजित तरिकाले लुकाईएको तितो घटनाहरू छन् । यो देशका एकात्मक सत्ताधारीहरू के चाहान्थे भने( नेपालका उत्पिडित जनताहरूले संघीयता सम्बन्धी केहि थाहा नपाउन् । किनकि संघीयता सम्बन्धी जनताले राम्ररी थाहा पाए भने त एकात्मक सत्ता उड्छ र यो देशका सबै जाति, भाषी र क्षेत्रका जनताहरूले सत्तामा साझेदारी राख्न सक्छन् । 

एकात्मक सत्ताधारीहरूले सोचे जस्तै हामी नेपाली जनताहरू पनि खुब अलमलियौ । आजभन्दा २५० बर्षअघि नै अमेरिकामा संघीय शासन सुचारू भएको कुरा, २०० बर्षअघि स्वीजरल्याण्डमा विश्वकै सुन्दर संघीय व्यवस्था लागु भएको कुरा हामीले भुसुक्कै विस्र्यौ । हामीलाई जर्मनीमा जन्मेको कालमार्क्सको कुरा खुब पढाइयो, घोकाईयो तर त्यही जर्मनी अहिले संघीय गणतन्त्र जर्मनी बनेको कुरा कसैले भनेन । हामीलाई लेनिनको थुप्रै पुस्तकहरू पर्ढाईयो तर त्यहि लेलिनले सन् १९१७ मा १४ वटा संघीय गणराज्यहरू मिलाएर सोभियत संघ बनाएको बारे कसैले बोलेन । हामीलाई गान्धी बारे खुब अर्ति उपदेश दिए तर त्यही गान्धीहरूले भारतमा संघीय शासन लागु गरेको बारे कसैले चुँ सम्म बहस गरेन । अनि संघीयता सम्बन्धी ज्ञानहरू विरालोले दिशा लुकाए झै लुकाउने कथित विद्वान र नेताहरूलाई नै हामीले सर्वोपरि नेता, नेतृत्व मान्दै आयौं । त्यो हाम्रो गल्ति थियो, त्यसमा हामीले प्रायश्चित गर्नुपर्छ र एउटा नयाँ संघीय यात्रा शुरू गर्नुपर्छ ।

विश्वका निम्न देशहरूमा संघीय राज्य प्रणाली छनः- अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, ब्राजिल, क्यानाडा, कोमोरस, इथियोपिया, माइक्रोनेसिया, जर्मनी, भारत, इराक, मलेसिया, मेक्सिको, नाईजेरिया, पपुवा न्यू गिनी, पाकिस्तान, रूस, सेन्ट किट्स र नेभिस, स्पेन, दक्षिण अप्रिmका, स्वीट्जरल्याण्ड, युनाईटेड अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका र भेनेजुएला छन् ।

सेन्ट किट्स र नेभिस त्यस्तो संघीय राज्य प्रणाली भएको मुलुक हो जसको कुल क्षेत्रफल जम्मा २६१ वर्ग किलोमिटर र जनसंख्या मुस्किलले ४३ हजार मात्र पुग्छ ।

विश्वमा संघीय राज्यहरूको निर्माण दुइ किसिमबाट भएको पाईन्छ । पहिलो, विभिन्न स्वतन्त्र राज्यहरूले आपसमा सम्झौता, समझदारी, सन्धी गरेर संघ निर्माण गर्छन् । यसलाई राज्यहरूसँगै आउने विधि Coming Together भनिन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया लगायतका पुराना संघीय राज्यहरूको निर्माण यसरी भएको हो । सन् १७७६ मा अमेरिकाका १३ वटा राज्यहरू मिलेर बेलायती उपनिवेशका विरूद्ध युद्ध गरी स्वतन्त्रता प्राप्त गरे । ति १३ राज्यहरूले साझा सुरक्षा र प्रगतिको लागि महासंघको व्यवस्था गरेर सँगै बसे । पछि १७८७ मा त्यहि महासंघको विकसित रूप अहिलेको संघीय अमेरिका बन्यो । स्वीट्जरल्याण्ड निर्माणको कथा पनि रोचक छ । यसका साना-साना क्यान्टोनहरू सन् १२९१ देखि नै कुनै न कुनै रूपमा साझा संजालमा काम गरिरहेका थिए र सन् १८४८ मा त्यहि क्यान्टोनहरू मिलेर आजको संघीय स्वीट्जरल्याण्डनिर्माण भयो ।

लेलिनको पालाको सोभियत रूस पनि यहि कमिङ्ग टुगेदर विधिद्वारा निर्माण भयो । संघीय राज्य बन्ने दोस्रो विधि हो विविधता धेरै भएको राज्यलाई सँगै राख्ने Honding Together विधि । लामो समय सम्म एकात्मक शासनमा रहेको देशलाई त्यहाँको विविधताहरूको संवोधन गर्न संघीय ढाँचाको राज्यमा लाने विधिलाई होल्डिङ टुगेदर भनिन्छ । भारत, बेल्जियम, स्पेन, अष्ट्रिया आदि देशहरूको संघीय संरचना यहि होल्डिटङ टुगेदर विधिबाट निर्माण भएको हो । नेपालको संघीय संरचना पनि यहि होल्डिङ टुगेदर विधिद्वारा निर्माण हुन गई रहेको छ ।

धेरै जाति र भाषीहरू भएको देशमा सबैलाई सत्तामा साझेदारी गराउनको लागि संघीय राज्य प्रणाली अपनाउने गरिन्छ । सिङ्गो मुलुकमा एउटै मात्र जाति एउटै मात्र भाषीले हालीमुहाली गर्ने हो भने त्यहाँ गृहयुद्ध शुरू हुन्छ र देश टुक्रा-टुक्रा हुन्छ । देश टुक्रिनबाट बचाउनको लागि संघीय राज्य प्रणाली अपनाईन्छ । जस्तोः- भारतमा हेरौं, त्यहाँको केन्द्रमा गान्धीहरूको पकडको सरकार बने पनि कम्तिमा विहारमा यादवहरूले राज्य सरकार चलाएका छन्, कम्तिमा नागाल्याण्डमा नागा र सिक्किममा पवन चाम्लिङ, नर बहादुर भण्डारी र सन्चमान सुब्बाहरूले मुख्यमन्त्री हुने अवसर पाएका छन् । भारत जस्तो विशाल देशमा एउटा चाम्लिङकको छोरा, एउटा लिम्बूको छोरा मुख्यमन्त्री हुन सक्ने तर चाम्लिङहरू, लिम्बूहरू, तामाङहरूको उदगम थलो नेपालमा ति चाम्लिङहरू, लिम्बूहरू, तामाङहरू कहिल्यै सत्तामा नपुग्नुको प्रमूख कारण के हो - प्रमुख कारण हो नेपालको एकात्मक सत्ता । अब नेपाल संघीय ढाँचामा गईसकेपछि केन्द्रीय सत्तामा पुग्न समय लागे पनि कम्तिमा लिम्बुवान, खम्बुवान, तामाङशालिङ, नेवाः राज्य, तमुवान, मगरात आदिमा त्यहाँका आदिवासी सत्तामा पुग्न सक्छन् र नेपाल सबैको हुन्छ ।

नेपाली जनताहरूको मुक्ति मार्क्सवाद, लेलिनवाद, माओवाद, विपिवाद, महेन्द्रवाद आदि वादहरूबाट भन्दा पनि संघीयवादबाट मात्र सम्भव छ भनेर हामीले हिजो देखि भनिरहेका छौं । यी माथिका वादहरू भनेको त राजनैतिक/ वैचारिक विऊहरू मात्र हुन् । जमिन नै छैन भने विऊ कहाँ रोप्ने - पहिले जमिन/विऊको सुनिश्चित हुनु पर्‍यो । संघीयवादले भूमिको सुनिश्चितता गर्दछ । लिम्बुवान आफैंमा अरूण पूर्वको भूमिको नाऊ हो । हिजो अस्तिसम्म हामी नेपालीहरू विऊ खोज्ने वा रोज्ने क्रममा धेरै लागि पर्याै तर त्यो विऊ लिएर रोप्ने हाम्रो भूमि सुरक्षित जमिनहरू थियो । तर यहाँको लिम्बू, खम्बू, तामाङ, गुरूङ, मगर, धिमाल, नेवार आदि जातिहरूको भूमि खोई - जहिले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने - ति जातीहरूले आफ्नो भूमिको सुरक्षाको लागि उठ्नु पर्‍यो । तर, ति जातीका केहि अग्रजहरू आफूलाई मार्क्स, लेलिन, माओ नै ठान्छन् र वैचारिक विऊको पछि कुद्छन् तर आफ्नो जमीनको बारेमा सधै अनुत्तरित हुन्छन् । लिम्बुवान आन्दोलन अहिले सम्मको राजनीतिलाई चुनौती पनि हो । लिम्बुवान आन्दोलनले भन्छ- पहिले आफू अडिने जमीन सुरक्षित गरौं । संघीयवादले ऐतिहासिक जमीनहरूको सुरक्षाको बारेमा बोल्छ, ति जमीनहरूको सह-अस्तित्वको खाका कोर्छ ।

संघीय राज्य प्रणालीमा केन्द्रीय सरकार र राज्य सरकार हुन्छ । केन्द्रीय सरकारलाई संघीय सरकार भनिन्छ तर राज्य सरकारलाई विभिन्न देशमा विभिन्न नामहरूले चिनिन्छ । जस्तैः- अमेरिका, भारत, अस्ट्रेलिया र भेनेजुएलामा राज्य State भनिन्छ भने क्यानाडामा प्रान्त Province, जर्मनी र अष्ट्रियामा लैन्डर Lander, स्वीट्जरल्याण्डमा केन्टोन Canton र बेल्जियममा क्षेत्र Reigon भनिन्छ ।

संघीय मुलुकहरूमा सामान्यतया संघ र संघीय राज्यहरूको अलग-अलग संविधान हुने गर्छ । भन्नुको अर्थ, केन्द्रको भिन्नै संविधान र प्रान्तहरूको भिन्नै संविधान हुन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, क्यानाडा, अष्ट्रिया, अस्टे्रलिया, रूस, दक्षिण अफ्रिकी आदि देशहरूमा केन्द्र र संघीय राज्यहरूको बेग्लाबेग्लै संविधान छन् । लिम्बुवानले पनि चाहेको यस्तै हो । केन्द्रको आफ्नै संविधान होस् र लिम्बुवानको आफ्नै संविधान होस् । तर भारत, पाकिस्तान, मलेसिया, स्पेन, बेल्जियममा केन्द्रको संविधानमा नै प्रान्तको संविधान पनि समावेस गरिएको हुन्छ । लिम्बुवानले चाहेको यस्तो होइन पहिलो जस्तै हो ।

कतिपय संघीय देशहरूमा केन्द्रले बढी हस्तक्षेप गर्छ । त्यस्तो मुलुकलाई अर्ध संघात्मक Quasi Federal देश भन्ने गरिन्छ । जस्तैः- भारत, पाकिस्तान, मलेशिया आदि देशहरू अर्ध संघात्मक देशहरू हुन् । भारतमा केन्द्रले राज्य सरकार भङ्ग गरेर सिधै राष्ट्रपति शासन लागु गर्न सक्छ । लिम्बुवानले खोजेको यस्तो अर्ध संघात्मक होइन । लिम्बुवानले खोजेको स्वीट्जरल्याण्ड जस्तो पूर्व संघात्मक हो । जहाँ, केन्द्रले लिम्बुवानको राज्य सरकार भङ्ग गर्न नसकोस् ।

संघीय देश भित्र स्वायत्त राज्यहरूलाई दिइने अधिकारलाई आधार मानेर हेर्दा दुइ प्रकारको संघीय हुन्छ । पहिलो, समान संघवाद Systematic Federal हो । समान संघवादमा संघीय देशभित्रका सबै राज्यहरूको अधिकार समान हुन्छ । तर, कतिपय देशहरूमा विशिष्ट इतिहास भएका राज्य वा भूमिहरूलाई समेटेर राख्नको लागि उक्त राज्य वा भू-क्षेत्रलाई विशिष्ट अधिकारहरू दिईएको हुन्छ । जस्तो-भारतमा जम्मु एण्ड काश्मीर, सिक्किम, नागाल्याण्ड आदिको स्तर अन्य राज्यहरूको भन्दा बढी छ । किनकि यी तीनवटा राज्यहरूको इतिहास भारतको अन्य राज्यहरूको इतिहास भन्दा फरक छ । जस्तै, क्यानाडामा पृथकतावादको भावना अत्यधिक भएको फ्रेन्चभाषी क्यूवेक प्रान्तको हैसियत अरू प्रान्तको भन्दा फरक छ । उक्त क्यूवेक प्रान्तको आफ्नै अन्तराष्ट्रिय सम्बन्ध मन्त्रालय छ । यसले २५ भन्दा बढी मुलुकहरूमा आफ्नो प्रतिनिधिहरू राखेको छ । यो क्यूवेक प्रान्तले फ्रान्ससँग कायम गरेको विशेष सम्बन्धलाई क्यानाडाको केन्द्रीय (संघीय) सरकारले समेत स्वीकारेको छ । पपुवा न्यू गिनीमा वगेन्चेल भन्ने प्रान्तलाई पूर्ण संघीय राज्य सरहको हैसियत र शासन संरचना दिइए तापनि बाँकी भाग भने एकात्मक संरचनाअर्न्तर्गत शासित छन् । यसरी एउटै संघीय देशभित्र पनि कुनै भू-भागलाई विशिस्ट अधिकार दिएर विखण्डन र विभाजन रोक्ने सिद्धान्तलाई असमान संघीयवाद Asymetric Federalism भनिन्छ । नेपाल भित्र पनि अरू क्षेत्रको र लिम्बुवानको इतिहास फरक छ । लिम्बुवानको इतिहास विशिष्ट छ, लिम्बुवानमा स्वायत्तताको लामो इतिहास छ, एकप्रकारले भन्ने हो भने नहारेको भूमि हो । वि.सं. १८३१ मा लिम्बुवान र गोर्खा बिच सन्धी भएर लिम्बुवान नेपालमा सहभागि भएको हो, त्यसैले नयाँ संघीय नेपालमा लिम्बुवानको ऐतिहासिक महत्वलाई सम्बोधन गर्ने गरि विशिष्ट अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ । यसको अर्थ नेपालमा पनि असमान संघीयवाद लागु गर्नुपर्ने अवस्था छ । जो विश्वका धेरै संघीय मुलुकहरू लागु भएको छ ।

विश्वको विभिन्न देशहरूको राज्य संरचनाहरू हेर्दा अचम्म परिन्छ । किनभने कुनै पनि भू-भाग र त्यहाँका जनताहरूलाई खुशि बनाउन राज्यले अनेक राजनैतिक सहुलियतहरू दिएको हुन्छ । तर, हाम्रो नेपालमा यहाँका उत्पिडित जातीहरूलाई सहुलियत दिनुको सट्टा जरा उखालेर फ्याक्ने षडयन्त्र हुँदा पनि हामी थाहा पाउँदैनौं, वा थाहा पाएर पनि चुप बस्छौं वा हाम्रै जरा उखेल्नेहरूलाई साथ दिन्छौं । संघीय व्यवस्था त संघीय भइहाल्यो एकात्मक व्यवस्थामा पनि विश्वका धेरै देशहरूले निश्चित भू-भागलाई अनेकौं राजनैतिक सहुलियत दिएका छन् । जस्तैः- चीन एकात्मक राज्य भए पनि हङकङ र मकाउको लागि छुट्टै राजनीतिक व्यवस्था लागु छ । एक देश दुइ शासन व्यवस्था पनि गर्दा त हुदो रहेछ । बेलायत एकात्मक राज्य भए पनि यस अर्न्तर्गतको स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका लागि छुट्टै कार्यपालिका र संसदको व्यवस्था छ र त्यहाँ स्थानीय पैसा (मुद्रा) पनि चल्छ । यो चाहि ०२१ साल अघि लिम्बुवान जस्तै रहेछ । ०२१ साल तिर सम्पूर्ण नेपाल एकात्मक राज्य भएता पनि लिम्बुवानमा चाहि स्वायत्तता थियो नि । त्यसैगरि फिनल्याण्डले अल्पसंख्यक जनजाति क्षेत्र हल्याण्डको लागि, डेनमार्कले ग्रीनल्याण्ड र फ्री आईल्याण्डको लागि छुट्टै प्रकारको राजनीतिक संरचना कोरेर समेटेको छ ।

हामी नेपालीहरूको मुक्तिको बाटो राजनैतिक वादहरू भन्दा पनि राज्यको पुनःसंरचना रहेछ भनेर हामीले धेरै ढिलोमात्र बुझयौं । त्यसैले २०६२ मंसिर २६/२७ गते नयाँ पार्टी जन्म दिदा हामीले यसको नाम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद राख्यौं । हामीले संघीय लोकतन्त्र चाहेको र त्यस अर्न्तर्गत लिम्बुवान राज्य चाहेको हो भने अब बन्ने पार्टीीको नाम पनि त्यस्तै हुनुपर्छ अनिमात्र हामी लक्ष्यमा पुग्न सक्छौं भन्ने हो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद भन्नाले नामले नै प्रस्ट हुन्छ कि हामी नेपालमा संघीय व्यवस्था चाहान्छौं, उक्त संघीय नेपालमा लिम्बुवान राज्य चाहान्छौं र लिम्बुवान राज्य पाई सकेपछि लोकतान्त्रिक विधिद्वारा निर्वाचित भएर लिम्बुवान राज्य चलाउने परिषद निर्माण गर्न चाहान्छौं । निश्चय पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको स्थापना पछि नेपालमा संघीयता र लिम्बुवान स्वायत्तताको वहस चर्किएर गएको छ ।

संयुक्त राज्य अमेरिका, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायत अमेरिकी महाद्विपका प्रायः सबै देशहरू र नाईजेरियामा राष्ट्रपतिय प्रणाली छ । क्यानाडा, भारत, अस्टे्रलिया, जर्मनी लगायतका देशहरूमा बेलायती मोडेलको संसदीय शासन प्रणाली छ । रूसमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको कार्यकारी भूमिका भएको अर्थात एक प्रकारको अर्ध-राष्ट्रपतीय प्रणाली छ । दक्षिण अफ्रिकामा संसदीय शासनप्रणाली भए पनि प्रधानमन्त्रीकोप्रावधान छैन, राष्ट्रपति नै कार्यकारी प्रमुख हुने व्यवस्था छ । स्वीट्जरल्याण्डमा सहमतिको शासनप्रणाली छ । त्यहाँ सात जनाको एउटा कार्यकारी परिषद छ, जसलाई मन्त्रीमण्डल पनि भन्न सकिन्छ। यसका प्रत्येक सदस्यले पालैपालो हरेक बर्षराष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिको जिम्मेवारी वहन गर्दछन् तथापि यी अभ्यासहरूका आ-आफ्नै मौलिकता पनि हुन्छन् ।

अब संघीय नेपालको शासकिय ढाँचा कस्तो हुने - भनि गम्भीर बहस चलाउनु जरूरी छ । अमेरिकाको जस्तो राष्ट्रपतिय प्रणाली वा भारतको जस्तो संसदिय प्रधानमन्त्री प्रणाली वा रूसको जस्तो मिश्रति वा स्वीट्जरल्याण्डको जस्तो सहमतिय प्रणाली हुने सवाल गम्भीर छ । नेपालमा विविध जातजातिहरू भएकोले राष्ट्रपति पदलाई सेरेमोनियल बनाएर त्यसमा सबैलाई प्रतिनिधित्व गराउदै प्रधानमन्त्री पदलाई कार्यकारिणी अधिकार दिने भन्ने कुरामा जनमत बढ्दै गएको छ । त्यसमा पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले राखेको राष्ट्रपति मण्डलको अवधारणाले राष्ट्रिय चर्चा पाएको छ । राष्ट्रपति मण्डलमा ५ सदस्यीय रहने जसमा क्षेत्री वाहुन-१, दलित -१, मधेशी-१, महिला-१ र आदिवासी जनजाति-१ रहने छन् । उनीहरूले बर्षौ पिच्छे राष्ट्रपतिको पद ग्रहण गर्नेछन् । त्यसो गर्दा यो देशको सबै समुदायले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्नेछन् । अर्को , हामी शक्तिशाली प्रधानमन्त्री पद्दतिमा जादैछौं तर प्रधानमन्त्रीलाई संसदले चुन्ने कि सिधै जनताले चुन्ने भन्ने बारेमा गहिरिएर वहश गरि निचोडमा पुग्न जुरूरी छ ।

त्यसरी नै राज्य -प्रान्त) को मुख्यमन्त्री राज्य -प्रान्त)को संसदले चुन्ने कि सिधै त्यस राज्य -प्रान्त)को जनताले चुन्ने कुन पद्दति अपनाउने बारेमा पनि वहश हुनु जरूरी छ । संघीय देशमा न्यायलय (अदालत) को महतवपूर्ण भूमिका हुनेछ । तर, संघीय भारतमा न्यायलय एकात्मक ढाँचाको छ । तल्लो अदालतले गरेको निर्णयलााई भारतको सर्वोच्च अदालतले पुनराअवलोकन गर्न सक्छ । यसो हुँदा सम्पूर्ण देशभरि हरेक विषयमा त्यो सर्वोच्च अदालत नै सुपर हुनसक्छ, यो एकात्मक ढाँचाको भयो । स्वीट्जरल्याण्ड र अमेरिकामा अदालतहरू पनि स्वायत्त हुन्छन् । लिम्बुवानले स्वीट्जरल्याण्ड जस्तै स्वायत्त अदालत भएको न्याय प्रणाली खोजेको हो । लिम्बुवानमा भएका सबै समस्याहरूको बारेमा अन्तिम टुङ्गो लिम्बुवानको अदालतले नै लगाउन सकोस् । लिम्बुवानको अदालतले गरेको निर्णय काठमाडौंमा रहेको सर्वोच्च अदालतले बदर गर्न नसकोस् । सर्वोच्च अदालतलाई संघीय सर्वोच्च अदालत भनियोस् । संघीय सर्वोच्च अदालतले लिम्बुवान र अन्य राज्यहरू बिचको मुद्दाहरूलाई मात्र हेरोस् ।

संघीय (केन्द्रीय) र राज्य (प्रान्त) सरकार बिचको अधिकार बाँडफाड सबैभन्दा महत्वपूर्ण विषय हुनेछ । हामी रक्षा, परराष्ट्र र मुद्रा केन्द्रलाई बाँकी सम्पूर्ण अधिकार लिम्बुवान स्वायत्त राज्यलाई भनि रहेका छौं । तर काठमाण्डुमा रक्षा, परराष्ट्र, मुद्रा बाहेक न्यायलय, शिक्षा, जलस्रोत, बनजङ्गल, सडक आदि विषयहरू केन्द्रले नै चलाउने भनेर षडयन्त्र भईरहेको छ । फेरि पनि हाम्रो अरूण नदी, हाम्रो तमोर नदीको जलस्रोत उत्पादन सम्बन्धि सम्पर्ूण्ा अधिकार काठमाण्डुले लान खोज्दैछ, यस बारेमा सचेत हुनर्ुपर्छ । हामीले खोक्रो र नाम मात्रको लिम्बुवान मागेको होइन । हामीले मजवुत र अधिकार सम्पन्न लिम्बुवानको कुरा उर्ठाई रहेका छौं । हाम्रो प्राकृतिक स्रोत साधानहरूलाई बेचेर काठमाण्डुमा जुका जस्तै मोटाएर बस्ने एकात्मक पद्दति र चिन्तन अब तोडिनु पर्छ, लिम्बुवानको प्राकृतिक स्रोत साधनमा लिम्बुवानवासी कै अन्तिम निर्णय हुनुपर्छ ।

यो स्वायत्त राज्य (प्रान्त) हरू निर्माण हुने क्रममा विश्वका केही उदाहरणहरू लिन सकिन्छ । जस्तोः- छिमेकी देश भारत । भारत सन् १९४७ मा अंग्रेजको हातबाट स्वतन्त्र भयो र स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भए । तर नेहरू भारतलाई भाषिक आधारमा होइन क्षेत्रीय आधारमा मात्र संघीय वनाउन चाहान्थे । नेहरूको यो विचारको विरूद्धमा भारतमा ठूलो-ठूलो हिंसात्मक आन्दोलन भयो र अन्तमा, भारतलाई भाषिक तथा क्षेत्रको आधारमा संघीयमा लान कर लाग्यो । भारतको दक्षिणी क्षेत्रका तमिलहरूले तमिलभाषीको प्रान्त बनाउनको लागि आन्दोलन चलाए । उनीहरूको विचारमा तलिम भाषा संस्कृतमा आधारित नभई ट्रमिडिएन परिवारको हो । हुनत, भारतीय कांग्रेस पार्टी बन्नु भन्दा पहिले दक्षिणमा तमिलभाषीहरूले जस्टिस पार्टी मार्फत आफ्नो आन्दोलन अघि बर्ढाई रहेका थिए । कांग्रेस पार्टीी प्रायजसो भारतीय व्राम्हणहरूको बर्चस्व थियो । तमिलहरू आफूलाई ब्राम्हण भन्दा फरक ठान्दथे । तमिलभाषीहरूको आन्दोलन धेरै अगाडि बढ्यो, भारतको राष्ट्रिय झण्डा च्यात्ने, जलाउने मात्र होइन पुरै संविधान जलाउने र ट्रमिडियनहरूको पृथक ट्रमिस्टानको माग सम्म पुग्यो । तमिलभाषी ट्रमिडिएनहरूको यो आन्दोलनलाई देखेर सन् १९५६ मा नेहरूहरू तमिलनाडु लगायत अन्य भाषिक राज्यहरू दिन बाध्य भए । तमिलहरूले ब्राम्हणहरूको पकडमा रहेको कांग्रेसको एकछत्र राजनीतिलाई समाप्त गर्न "ड्रमिड मुन्नेत्रा काजाधाम -डि.एम.के.)" पार्टी गीठन गरे र भूमिसुधार कार्यक्रम लागु गर्नका साथै जातीप्रथालाई समाप्त गरे । तमिल भाषालाई अरू दुइटा भाषाहरू (अंग्रेजी र हिन्दी) समान बनाईयो । यसरी डि.एम.के.ले धेरै लोकप्रियता हासिल गर्नुका साथै कांग्रेसलाई तमिलनाडुको राजनीतिबाट पुरै हात धुन बाध्य बनायो ।

संविधान सभाले संघीय संविधान बनाउने यो १७ महिनाको अवधिमा हामी लिम्बुवानवासीहरू अति सजग हुनुपर्छ । प्रत्येक लिम्बुवानवासीले दुइ भारी दाउरा तयारी अवस्थामा राख्नु पर्छ । नयाँ नेपालको संविधानमा लिम्बुवान स्वायत्त राज्य परेन भने पहिलो भारी दाउराले उक्त नयाँ संविधान तुरून्तै जलाउनु पर्छ र दोस्रो भारी दाउराले एकात्मक सत्ताको सबै शाखा प्रशाखाहरूलाई जलाएर खाक बनाउनु पर्छ ।

अन्तमा, एउटै सन्देश छ- एकात्मकवादीहरू लिम्बुवानसँग जिस्किने दुस्प्रयास नगरून, सबै डढेर खरानी हुनेछन् ।

Saturday, October 12, 2013

गुरुङलाई यसरी फुटालिएकोथियो



 
तमु (गुरुङ ) समुदाय बिच फुट ल्याउन ई.१५३७ क पुरोहित भोजराज शर्मा ई.१९९९ मा शेखरनाथ सुबेदीले वनारसमा छापेका थरगोत्र प्रवारावाली बंशावली ई.१९५६ मा योगी नरहरिनाथको घलेको बंशावली र ई.१९५७ मा शेरबहादुर गुरुंगले लेखेको तथाकथित नक्कली बंसावली प्रमुख छन्। यिनै बंसावलीहरुलाई आधार मानि देश बिदेशका विद्धानहरुले पुस्तक , अनुसन्धान र लेखहरु प्रकाशित गर्दै जाँदा गुरुङ बीच फुट पैदा गराईयो । तमु जातिको धर्म,संस्कार र संस्कृतिलाइ नै सखाप पर्ने प्रयास भयो । गुरुङ धर्म,संस्कार र संस्कृतिलाइ प्रभाव पार्ने खालका राज्यले विभिन्न काल खण्डमा घोषणा गरेका नीतिहरु डा. हर्क गुरुंगले प्रस्तुत गर्नु भएको आधारमा छोटकरीमा यहाँ उल्लेख गरिएको छ ।
( १ ) ई.१८०८ मा गिर्वाणयुद्ध बिक्रम साहको पालामा भएको लाल-मोहरद्दारा गुरुङहरुलाई १६ हिन्दु संस्कारमध्ये १० किसिमका हिन्दु संस्कार गर्नु पर्ने आनिवार्य गरिनुको साथै गुरुङहरुको आफ्नो पुरोहित पच्यु, क्ल्हेब्री र बोन्पो लामाको सट्टा बाहुन पुरोहित प्रयोग गर्न बाध्य गराईयो। जसले बाहुन लगाउँदैन उसलाई मैलो बर्णका गुरुङ , जसले लगाउँछ उसलाई सुकिलो बर्णका गुरुङ भनि विभेद गरियो ।
( २ ) ई.१८१६ मा राजेन्द्र बिक्रम शाहको ताम्रपत्रमा आईन्दा गुरुङहरुको कर्मकाण्डमा बाहुन लगाउनु पर्ने निर्देशन जारी गरियो ।
( ३ ) ई.१८१८ मा राजेन्द्र बिक्रम शाहले अर्को आदेश जारि गरि बाहुन पुरोहित लगाएर कर्मकाण्ड गर्ने गुरुंगले बिवाह,बिधवा बिवाह मोरो अपुताली,कर माफी पाउने ,बाहुन पुरोहित नलगाउनेले चाकचकुई र मोरो अपुताली कर तिर्नुपर्ने बाध्य गराईएको थियो।
( ४ ) यस बिषयलाई लिएर गुरुङहरुले ब्यापक बिरोध गरेपछि ई.१८१८ मा राजेन्द्र बिक्रम शाहले अर्को लाल-मोहरद्दारा सबै थरका गुरुङहरुले बिवाह , बिधवा बिवाह, मोरो अपुताली कर तिर्न बाट माफी गरि दिए । जातिय संस्कारमा पच्यु ,क्ल्हेब्री र बोन्पो लामाबाट पनि कर्मकाण्ड गर्न पाउने 'हुकुम' जारि भएको थियो।
( ५ ) ई.१८२६ मा राजेन्द्र बिक्रम शाहको ताम्रपत्रमा जातिय संस्कारमा गुरुङ पुरोहित पच्यु , क्ल्हेब्री र बोन्पो लामा लगाउने तर हिन्दु कर्मकाण्डमा बाहुन नै प्रयोग गर्नुपर्ने आदेश भएको थियो ।
( ६ ) त्यस बिवादलाई सुल्झाउन ई.१८६७ मा जंग बहादुरले लालमोहर जारी गरि सबै थरका गुरुङहरु समान हुन् भन्ने हुकुम जारि गर्दै जात भन्ने भातमा रहन्छ जसले ठुलो सानोको विभेदका कुरा उठाउँछ त्यसलाई दण्ड सजाय हुने हुकुम जारि गरे । गुरुङहरुको बीच भात-पानि चल्ने भएकोले ठुलो सानो भन्ने रहदैन ।
यहाँ उल्लेख गरिएको ताम्रपत्र,लाल-मोहोर तथा भारदारी फैसलाहरु हुकुम शशांक हुन्। यसबाट हामि प्रस्ट रुपमा भन्न सक्छौ कि जनजातिहरुको धर्म,संस्कार ,संस्कृति ,भाषा र रहनसहनमा राज्य संबेदनहिन थियो। बैचारिक रुपमा बन्देज लगाईएका थिए । जनजातिका पहिचान ,परिचय, अस्तित्व साथै स्वतन्त्र हरण गरिएका थिए । गुरुङलाइ एकता भई आफ्नो हकहितको लागि बोल्न र व्यवहार गर्नु बन्चित पारिएको थियो। प्रशासनिक सेवा र आर्थिक अवसरबाट पनि बिभेद गरिएको थियो ।
कसैको जातजातिको पहिचान भनेको उनीहरुको धर्म,संस्कार ,संस्कृति ,परम्परा र भाषा हो । कुनै पनि जातिको धर्म,संस्कार,संस्कृतिमा जातिको इतिहास गाँसिएको हुन्छ । त्यो बुझेका राज्य र तिनका बौद्धिक संयन्त्रले यहि माथि हमला गरि गुरुङबीच फ़ुट ल्याईदिएकोथियो  ।
- अमर

Friday, October 11, 2013

खस आर्य हिन्दू बाहुनहरुले आदिबासी समुदायहरुको कुन कुन क्षेत्रमा अतिक्रमण गरियो

चाडपर्वहरु माथिको अतिक्रमण

माघे सङ्क्रान्ती र साउन सङ्क्रान्ती तामाङहरुले बिशेष तरिकाले मान्दै आएको छ हिन्दू बाहुनहरुले मान्ने तरिका र हामीले मान्ने तरिका आकाश जमिनको फरक छ । पछी हिन्दू काल्पनिक कथा हरु जोडेर हिन्दूक्रित बनाइयो ।

गोने ङ्या(भदौ पुर्णी) तामाङ बोम्बो(झाक्री) हरुले बिशेष तरिकाले मान्ने गरेको छ त्यही दिन जनै फेर्ने दिनको रुपमा लिएर जनै पुर्णी भनेर स्थापित गराइयो ।

धार्मिक स्थलहरु माथिको अतिक्रमण

रसुवाको गोसाइकुण्ड तामाङहरुको सास्कृतिक स्थल हो बोम्बो(झाक्री) हरु नाच्ने चलन छ गोने ङ्या(भदौ पुर्णी) को दिन ....पछी जनै पुर्णी भनेर हिन्दू बाहुनक्रित बनाइयो । गोसाइ कुण्डको कथा तामाङ समाज सँग सम्बन्धित छ ।

काठमाण्डौको बुढानिलकण्ठ तामाङहरुको पुरानो बसोबास हो त्यहा भएको उतानो परेर बसेको महादेबको मुर्ती पछी स्थापना गराइयो त्यो ठाउँमा पहिला बुद्धको मुर्ती थियो भन्ने गरिन्छ । बुद्धको मुर्तिलाइ हटाएर महादेवको मुर्ति बनाएको हुदा त्यो महादेवको अनुहार बुद्ध सङ्ग मिल्दो जुल्दो बनाइयो ।

गाउ ठाउँको आदिबासी नाम माथि अतिक्रमण

काठमाण्डौ उपत्यकाको पहिलो बासिन्दा तामाङ थियो । काठमाण्डौलाई तामाङ भाषामा याम्बु भनिन्छ जुन अहिले सम्म पनि तामाङ जन जिब्रोमा यथाबत छ । त्यसै गरी भक्तपुरलाई खोपाङ भनिन्छ पाटनलाई हेराङ भनिन्छ पछी खस बाहुनहरुको आगमन भए पस्चात यि नामहरुलाई परिवर्तन गरेर हालको काठमाण्डौ भक्तपुर ललितपुर नाम राखियो ।

आदिबासी थरहरु माथि अतिक्रमण

राना, थापा, बिष्ट आदी थरहरु मगर जातिको थर थियो पछी बाहुनहरुले पनि त्यही थर राखेर छेत्री बनियो ।

नेपाल भन्ने नाम नेवार जातिको भाषाबाट बनेको हो अहिले आएर बाहुनहरुले आफ्नो थर बनाइयो माधव नेपाल भनेर ।

दशैको बारेमा यो हेर्नु

बुद्धि तामाङ, समाज शास्त्रिय अध्याताः
तामाङहरुले म्हेनाङ मान्छ यो बेलामा । तामाङहरु जहाँ जहाँ बसेका छन, उनिहरुको पुर्खौली भुमि अथवा आदिावासी भुमि त्यो भुगोल भित्रको भुमि देवता, जसलाई हामी ज्योहोज्योमो भन्छौं । त्यसलाई पुज्ने हो । ज्योहो र ज्योमो भनेको भुमि पिता र माता हो । किन पुज्ने हो भने ज्योहोज्योमोले वर्खाभरी दुख गरेर लगाएको अन्न बालि फलायो, सप्रियो, अनिकालबाट शाकाल आयो, बाढि पहिरो, खोलानाला आदिबाट रक्षा गर्यो भन्दै पुज्ने हो । न जाँडो, न गर्मि , राम्रो मौसमको आगमान गरायो, सबैमा खुशीयाली छाइदियो, सम्पन्न बनाइ दियो भनेर हो । यो आसाध्य पुरानो आदिवासी चलन हो । भुमि पति र भुमि रानी मान्दा सागै रहेको न्हेता स्हिप्ताहरुलाई पनि मान्छ । जस्तै डाला ला, फोला ला र न्होर ला पनि मान्छ । डाला भनेको रक्षा देवता हो । झारी, बाढि आदिबाट रक्षा गर्यो भनेर डालालाई मान्छ भने न्होरला ला भनेर सम्पन्नताको देवता पनि मान्छ । वर्ष भरीमा तामाङहरुले सबै भन्दा सम्पन्नताको महिनाको रुपमा म्हेनिङ(असोज) लाई लिन्छ । तामाङहरुले उहिले कुन जमनादेखि म्हेनाङ मान्दै आएको हो । तर हिन्दुहरुको सत्ताले चैतमा मान्ने गरेको दशैलाई आदिवासीहरुले मनाउने चाडपर्वमा ल्याएर मिसाइ दिएको हो । त्यसलाई ठुलो बनाइ दिएको हो । हाम्रो संस्कारलाई मारेर उनिहरुको स्थापित गरेको । दशै हाम्रो होइन, म्हेनाङ हाम्रो हो । म्हेनाङमा तामाङहरुले बर्खाको सारा झरी बादल, बाढि आदिबाट बच्यौ, अनिकालबाट शाकाल आयो भनेर यो सम्पन्नताको महिना हो भनेर म्हेनाङ ला अथवा महिनालाई मान्ने गरेको हो ।

आशा रत्न शाक्य:
नेवार समुदयले दशै होइन महोनी भनेर मान्छ । सबै आफन्त, साथाीभाइ खुशिका साथ रमाइलो गरेर मनाउने भएकाले महोनी भनिएको हो । देवि देवताको पुजाआज गर्नुका साथै र ब्यवसाय अनुसार त्यसमा प्रयोग हुने सामाग्रिको पुजा गर्ने चलन छ । खेतिपाती गर्ने किसानले ज्वावलहरुलाई पुजा गर्ने चलन छ । जाँगिर खाने र लेखपढ् गर्नेनेले किताब कलामलाई पुजा गर्छन । चित्रकार, कुचिकारहरुले पनि आ आफ्नै पेशासंग सम्बन्धित सामाग्रीलाई पुजा गर्ने सामुहिक भोज खाने चलन छ ।

लोकमणी राई, पत्रकारः
दशै हिन्दुहरुको भन्दा धेरै फरक छ राइ समुदयमा । धेरै रमाइलोका साथ मनाइन्छ । हिन्दुले जस्तो दुर्गा भवानीको पुजा गरिन्न । मान्ने चलन फरक छ । सेतो टिका लागाउने गरिन्छ । केटाहरु भेला हुने र फुलपातीको दिन हरेक घर घरमा गएर सुङ्गुर काट्ने गरिन्छ । सुङ्गुर काटेर कुलदेवतालाई चढाउने चलन छ । कुलको प्रतिकको रुपमा जाँडको घ्याम्पो राखिएको हुन्छ हरेकको घरघरमा । काटिएको सुङ्गुरको टाउको त्यहि कुलसंगै टिकाको दिन सम्म राखिन्छ । भाले पुजा गर्ने पनि चलन छ । स्थानिय वन जंगल र खोलानालाको नाममा स्थापना गरिएको थानको पुजा गरिन्छ । कुल वंशवाली अनुसार मान्नु पर्ने विषेश ब्यक्तिहरको नाममा पनि यो बेलामा पुजा गरिन्छ । राइहरुको गोरुको टाउको कुल पुजा गर्दा चाहिने भएपनि राज्यले गाइ काट्न नदिए पछि रोकिएको हो

Wednesday, October 9, 2013

गायत्री मन्त्र ३

अति गोपनिय गायत्री मन्त्र – ३
ओ३म् भूर्भुवः स्वः तत्सवितुर्वरेण्य भर्गो देवस्य धीमहि ।
धियो यो नः प्रचोदयात !!
यजुर्वेद ३६।।३।

हामी हिन्दु तागाधारी बाहुन क्षेत्रीहरुले आफ्नो हित भलाई र सुरक्षाको लागि एक हुनुपर्ने एवं चिन्तन गर्नुपर्ने दिन आएको छ । विशेष गरेर नेपालको राजनैतिक क्षेत्रमा कतिपय अति आवश्यक कदमहरु उठाउनु पर्ने महशुस भएकोले यो साँचो पर्चा गायत्री मन्त्र सबैलाई जानकारी र आफ्ना अधिकारप्रति सतर्क गराउने उद्देश्यले हाम्रो “तागाधारी सुरक्षा समाज” को तर्फबाट यो पर्चा प्रकाशित र वितरण गर्ने जमर्को गरेका छौं । “तागाधारी सुरक्षा समाज” को उद्देश्य र कार्यक्रमको जानकारी पहिला नै गायत्री मन्त्र–१ र २ मा दिइसकेका छौं । यो पर्चा केवल तागाधारी वर्गमा मात्र वितरण एवं प्रचार प्रसार गर्नुपर्ने र अरु जातिमा पूर्णरुपले गोपनीय राख्नुपर्ने हुनाले यो पर्चा हाम्रो जाति सुरक्षाको “गायत्री मन्त्र” हो ।
१) हालै साल विगतमा नेपालमा १८ आदिवासी जनजातिहरुका समितिहरु समावेश गरी “नेपाल आदिवासी जनजाति महासंघ” नामक महासंघ गरेको सर्व विदितै छ । यसको मुख्य उद्देश्य नेपालमा सत्ता हाँसिल गर्ने हो । संस्कृत भाषाको घोर विरोध गरेर बाहुन–क्षेत्रीको कट्टर विरोधीताको प्रमाण यस महासंघले गर्दै आएको छ । नेपाल आदिवासी जनजाति महासंघ भनिएका १८ समितिहरुका नामावली यस्ता रहेका छन् ।
१. किराँत याक्थुम चुम्लुङ्ग
२. किराँत राई यायोक्खा
३. छन्तयाल परिवार संघ
४. नेपाल मगर संघ
५. तमु (गुरुङ्ग) बौद्ध सेवा समिति
६. नेपाल तामाङ्ग घेदुङ्ग संघ
७. नेपाल भाषा मकाः खल (नेवार)
८. नेपाल ह्याल्मो समाज संघ
९. खम्बु शेर्पा घिछोग
१०. सुनुवार सेवा समाज
११. थारु कल्याणकारीणी सभा
१२. थकाली सेवा समिति
१३. निको थामी सेवा समिति –थामी)
१४. जिरेल समुदाय उत्थान मञ्च
१५. धिमाल जातिय उत्थान संघ
१६. मेचे समाज सुधार समिति
१७. राजवंशी भाषा प्रचार समिति
१८. किराँत धर्म तथा साहित्य उत्थान संघ
यसरी नेपालको मतवाली शुद्रजाति एवं नेपालका आदिवासी जनजाति शुद्रजातिमा राजनैतिक चेतना आएको मूलकारण काठमाण्डौ निवासी गोपाल गुरुङ्गको पुस्तक “नेपालको राजनीतिमा अन्देखा सचाई” साथै सिताराम तामाङ्ग, भुइदल राई, पदमरत्न तुलाधर, गोरे बहादुर खपाङ्गी मगर, एम.एस. थापा मगर, बीर नेम्वाङ्ग, वितेन शेर्पा र काजीमान कन्दङ्गवाका पुस्तकहरु र राजनैतिक विचार धाराको प्रभावले हो । आजसम्म नेपालमा उक्त पुस्तकहरु प्रशस्तै वितरण र प्रचार भैइरहेका छन् । प्रायः सबै मतवालीहरुले सो पुस्तकहरु पढेका छन् । अतः आफ्ना संघ समितिहरु गठन गरेर भाषा, संस्कृति, रीतिथितीको नाममा राजनिति गर्न थालिसकेका छन् । गाउँ घरमा गएर सरसल्लाह, विचार विमर्श एवं मिलेमतो गर्न सक्ने सम्म भइसकेका छन् ।
गोपाल गुरुङ्गको पुस्तकमा त बाहुन क्षेत्रीको राजनैतिक र धार्मिक तवरले सकेसम्म विरोध गर्न मतवाली समुदायलाई भडकाउन पूर्ण प्रयास गरिएको छ । यस्तो विषालु पुस्तकहरुलाई कडा प्रतिबन्ध लगाउन सरकारलाई अपिल गर्दछु ।
२) आज नेपालका मतवालीहरु आ–आफ्नो जातिको संघ एवं संगठनहरु बनाएर आफ्ना जातिलाई चेतना दिने कोशीश गर्दैछन् । यसमा हामीलाई खती हैन बरु राजनैतिक फाइदा नै हुन्छ । तर यीनीहरु मिलेर नेपालमा राजनैतिक मञ्चमा उत्रेको खण्डमा भने शासन गर्ने जन्मजात अधिकार यिनीहरुको हातमा जाने डर छ । यी मतवालीको जातिको हातमा सत्ता गए हाम्रो सर्वनाश हुनेछ । किनकी हामी शासन गर्नका लागि संसारमा आएका हौं ! चाहे लोकतन्त्रको नाममा होस् चाहे जनवादी गणतन्त्रको नाममा होस् । ऋगवेदमा यसो भनिएको छ । ब्राह्मणोस्य मुखियासित बाहु राजन्य कृत, उरुतदस्य यद बैश्य र खुट्टाबाट शुद्र जन्मेका हुन् । अझै मनुले भनेका छन् – “ब्राह्मण सेवा नै शुद्रजातिको धर्म र कर्तव्य हो” । ब्राह्मण जन्मले मात्रै पनि पृथ्वीमा श्रेष्ठ हुन्छ । श्लोक र बेदमा शुद्रहरु (मतवालीहरु) निच जातिका हुन । यिनीहरुको छाँया धरि प¥यो भने स्नान गरेर या त सूर्यको दर्शन गरेर मात्र शुद्ध हुन्छ । यस्ता जातिका मानिसहरुलाई हामीले कुनै पनि किसिमले पनि टाउकामा चढ्न दिनु हुदैन । धोतीका जुम्रा टाउकामा चढ्यो भने अनर्थ हुन्छ, हाम्रो जाति र धर्म नाश हुन्छ ।
३) हामी तागाधारीहरुको पार्टी एवं अरु विषयमा नछुट्टिएर एक भएर अब काम गर्नु पर्छ । नेपाली काँग्रेस पार्टी, ने.क.पा. एमाले र ने.क.पा. माओवादी पार्टी एक भएर काम गर्नु पर्छ । नेपालमा हाम्रो सरकार टाउके छन् । हामीमा मात्र शासन गर्ने ज्ञान, बुद्धि, आर्जित छ । हामीले नेपालको राजनितिमा गिरिजा बाबु, माधव कुमार नेपाल र प्रचण्ड (पुष्पकमल दाहाल) लाई संविधान सभाको निर्वाचन भएमा तन, मन, धन र जनले सघाउनु पर्छ । हाम्रो जातिको सुरक्षाको लागि साना साना कुरामा छुट्टिनु हुँदैन, स्वार्थ त्याग गर्नु पर्छ । अनि मात्र हाम्रो लक्ष्य र अधिकार कायम राख्न सकिन्छ ।
४. मतवालीबाट जो पनि नेता बन्न खोज्छ, त्यसलाई कुनै रितले नाश गर्नै पर्छ । साम्प्रदायीक भनेर वा देशद्रोही, समाज विरोधी, अनैतिक, पापी, जस्ता विभिन्न संज्ञा दिएर प्रचार प्रसार गर्नैपर्छ ताकी त्यो नेतालाई उसैको जातिको मान्छेहरुले साथ दिन डराओस्, घृणा गरोस् । (जातिवादको) छाप लागेपछि आतंकवादी जस्तो हुनेछ । यती गर्दा पनि कार्य फत्ते नभए (धर्मदाता फर्मुला) प्रयोग गर्न सम्म हिचकिचाउनु हुदैन ।
नेपाल सरकार हाम्रो हातमा राख्न मतवालीको भोट अनिवार्य छ । यिनीहरुको समर्थन पाउनको लागि उनीहरु बीचमा सधैं अनमेल र फुट पैदा गराउन एवं आपसमा झै झगडा लगाउन सक्नुपर्छ । जसरी अंग्रेजले भारतमा जाति जातिमा फुट ल्याई सयौं वर्ष रा जगर्न सक्षम भएका थिए । यी मतवाली वर्गमा एकता कायम हुन नदिनु नै हाम्रो विजय हो । यसको निमित्त साम, दाम, दण्ड, भेद लगाई यो फुट सदा कायम राख्न सक्षम हुनुपर्छ ।
आर्य जातिको सत्यताको स्वणीय इतिहास प्राचिन ग्रन्थ ऋग्वेद ईसापूर्व १२०० मा नै रचिएकोले यो प्रमाण हुन्छ की तागाधारी जातिको गौरवमय इतिहास अहिलेका होइनन् । हाम्रा यस सुनौला इतिहासलाई सदा कायम र जिवन्त राख्न हामी एक हौं भन्ने आव्हान सहित विजयादशमी २०६४ को शुभ उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना चढाउछौं ।
विजयादशमी २०६४                            तागाधारी सुरक्षा समाज नेपाल

Saturday, October 5, 2013

बारम्बार किन हेपिन्छन तामाङ समुदाय?

बारम्बार किन हेपिन्छन तामाङ समुदाय?
अन्ततः चुनावको बिगुल बजेको  छ । नेपाली राजनीतिका योद्धाहरु आ-आफ्नो सेनालाई मंसिर ४ गतेको महासमरका लागि तैयार गरेका छन् ।
मंसिर ४ गते हुने भनिएको संविधान सभाको चुनावमा वैद्य माओवादी जस्ता महत्वपूर्ण शक्तिको सहभागिता विना कसरी वैधानिकता प्राप्त गर्ला भन्ने कुरा आम जनमानसमा चर्चा व्याप्त छ, चुनाव बहिस्कारको धम्की तथा चुनवमा भाग लिने उम्मेदवारलाई कारवाही गर्ने धम्की सत्य हुने वा खोक्रो धम्की सावित हुने हो त्यो आउने समयले बताउनेछ । जनतामा चुनाव प्रति केही उत्साहको साथ अन्योल र शंका पनि देखिन्छ । 
नेपालका ठूला दलले टिकट वितरण अर्थात् आफ्ना शक्तिशाली योद्धा छनौटको समयमा देखिएको आक्रोश, विरोध, तोडफोडका विच प्रत्यासि चयन भएका छन् । प्रश्न छ, के टिकट वितरणमा समावेशी गणतन्त्र नेपालका मर्मलाई सम्बोधन गर्ने प्रयास गरिएको छ त ? प्रत्येक वर्ग समूदायको उचित प्रतिनीधित्वका लागि निष्पक्षता पूर्वक टिकट वितरण गरिएको छ त भन्ने विषयमा यति मात्र भन्न सकिन्छ संविधान सभा २०६४ को चुनावमा गरिएको प्रत्यासी चयन भन्दा केही फरक छैन, टिकट वितरणमा पूर्वाग्रही सोच यथावत् कायम देखियो, समावेशीताको नाममा मात्र दवंग तथा स्तरोन्नति भएका आवाजलाई मात्र थोक भावमा प्राथमिकता प्रदान गरिएको छ ।
 यसपाली एमाले, कांग्रेस, माओवादीले मधेस खास गरि भोजपूरा तथा मिथिला क्षेत्रमा मधेसी उम्मेदवारलाई प्राथमिकता प्रदान गरिएको छ , यस्ले जुन सुकै पार्टीबाट भएपनि संविधान सभामा मधेसी प्रतिनीधित्व सुनिश्चित भएको छ यो अति राम्रो कुरा हो तर यही कुरा पहाडी जिल्लामा, अपनाइएन, खास गरि तामाङ बाहुल्य तामाङसालिङ क्षेत्रमा ठुला दल भनाउदा कांग्रेस, एमाले, माओवादीले जानी जानी हेपुवा प्रवृति अपनाउदै तामाङ समुदायलाई कांग्रेसले ६ सिट, जनताका बहुदलिय जनवादको नारा बोकेका एमालेले पनि ६ सिट, वर्गीय क्षेत्रिय, जातिय, लिंगिय नारा घन्काउने एमाओवादीले तामाङ राश्ट्रीय मूक्ती मोर्चाद्वारा टिकट वितरणमा न्याय नगरिए विद्रोह गर्ने आवाज उठाए पछि बल्ल तल्ल ८ सिट आवन्टन गरेको छ । एमाले, माओवादी, कांग्रेसद्वारा तामाङ समुदाय प्रति को विद्वेसी चरित्र टिकट आवन्टनले स्पष्ट रुपमा प्रमाणित तथा उजागर भएको छ । 


तामाङ समुदायलाई हेर्ने दृष्टिकोण विगतको राज्य व्यवस्था भन्दा एमाले, कांग्रेस, एमाओवादीमा रतिभर फरक देखिएन । ठुला पार्टीहरुले जातिय आक्रमकता सम्पन्नता, हैसियतलाई मुख्य आधार मानी टिकट वितरण गरिएको छ । मधेस क्षेत्रमा एमाले, कांग्रेस, माओवादीले अन्य मधेसीकोतुलनामा खास गरि यादव जातिलाई अति महत्व दिएका छन् तामाङ भन्दा जनसंख्या कम भएका यादव जातिलाई एमालेद्वारा १६, कांग्रेसद्वारा १६, एमाओवादीद्वारा १३ सिट आवन्टन गरेर मधेसका अन्य जातिलाई उपेक्षा गर्दै यादव अधिपत्य तथा दवंग प्रति नतमस्तक भएको देखियो । पहाडी जातिमा जनसंख्याको अनुपातमा कम भएतापनि आक्रमक ढंगले प्रस्तुत भएका राई तथा लिम्बु जातिलाई प्राथमिकता प्रदान गरिएको छ, राई समुदायलाई एमाले बाट ७, कांग्रेसबाट ८, एमाओवादीबाट ५ सिट आवन्टन गरिएको छ भने लिम्बु समुदायलाई एमाले ८, एमाओबादी ५ तथा कांग्रेश द्वारा ८ सिट आबन्टन गरिएको छ । नेवार समुदायलाई पनि पार्टीहरुले विशेष सूचिमा राखेका छन्, आदिवासीमा नेवार समुदायलाई उपत्यका लगाएत अन्य जिल्लाबाट पनि प्राथमिकता प्रदान गरिएको छ । नेवार समुदायलाई कांग्रेसले १७ सिट, एमालेले ९ सिट, एमाओवादीले १३ सिट आवन्टन गरेको छ, टिकट वितरणमा जातिय रुपमा सवल, शक्तिशाली, अर्थशालीलाई प्राथमिकताको सुचिमा राखिएको स्पष्ट रुपमा देखिन्छ । यादव, नेवार, राई, लिम्बुलाई किन प्राथमिकता दिईयो भन्ने प्रश्न होइन संविधान निर्माण गर्ने संविधान सभाको सभासद् उम्मेदवार चयनमा कमजोर जातिलाई पाखा तथा बलशालीलाई काखा किन गरियो भन्ने हो । विहार तथा उत्तर प्रदेशमा लालु प्रसाद यादव (हाल चारा घोटालाको अभियोगमा जेलमा छन् ।) तथा मूलायम सिं यादवले मुसालमान यादव गठबन्धन गरेर राज्यमा शासन गरे तथा निरन्तर  गर्ने सोच जस्तै ठूला पार्टीले मधेसमा मात्र यादव तथा पहाडी जिल्लामा नेवार राई, लिम्बुलाई मिलाएर राज्यमा अधिपत्य बनाउने सोच राख्नु राम्रो होइन, यस्ता कुविचारलाई त्याग्नु अति आवश्यक छ । आफ्नो बर्चस्व स्थापित गर्न सतरंजको विसात विछाउने खस बाहुन समुदायले आफ्ना लागि कति सिट राखे त्यो अति महत्वपूर्ण छ, एमालेद्वारा बाहुन ८६ + क्षेत्री ३६ = १२२, कांग्रेसबाट ५१ बाहुन + ५८ क्षेत्री = १०९, एमाओवादीबाट बाहुन ६८ + क्षेत्री ३३ = १०१ आवन्टन गरेर नेपाली राजनीतिमा बाहुन खस एकाधिकार तथा बर्चस्व कायम गर्दै समावेशी गणतन्त्रको घोर उपहास गरेका छन् । माथि उल्लेखित तथ्यांकले लगभग ६ % जनसंख्या भएका उत्पिडित तामाङ समुदाय प्रति एमाले, कांग्रेस, एमाओवादीको घोर पूर्वाग्रही दृष्टिकोण रहेको स्पष्ट रुपमा उजागर भएको छ । लिम्बु जातिको जनसंख्या मकवानपुर जिल्लामा रहेका तामाङ समुदायको जनसंख्या बराबर छ । भन्नुको अर्थ किन लिम्बुलाई प्राथमिकता दिइयो भन्ने होइन किन तामाङ प्रति घोर भेदभाव गरियो भन्ने हो । तामाङ प्रतिको एमाले कांग्रेस, एमाओवादीको पूर्वाग्रही आचरणको उजागर तथा पर्दाफास हुनु पर्छ भन्ने हो ।
नेपालमा समानता, समतामूलक समाजको स्थापना गर्नका लागि सबै जाति समुदायको अधिकार तथा प्रतिनीधित्व सुनिश्चित हुन पर्दछ, संविधान सभाको चुनाव भनेको कुनै पनि राष्ट्रले एक पटक मात्रै देख्ने चुनाव हो तर दुर्भाग्य नेपालमा दोस्रो पटक हुदैछ । जनसंख्याको अनुपातमा सबै जाति तथा समुदायको सक्षम तथा संविधान निर्माणमा सहयोग तथा जानकार व्यक्ति पठाउनु पर्ने थियो एमाले, कांग्रेस, एमाओवादीले जानी जानी एकाधिपत्य गर्नका लागि असक्षम व्यक्तिलाई टिकट वितरण गरेका छन् , प्रत्यक्षको चयन पश्चात् समानुपातिकमा पनि त्यही नियमको अनुसरण गर्दै तामाङ बिद्वेशी नीतिको अवलम्बन गरिने निश्चित छ । स्मरण रहोस् विघटित संविधान सभामा ६०१ सभासद् भएता पनि संविधान सभामा ठूला पार्टीका दुई दर्जन नेताको हालीमुहाली तथा बन्धक बन्नु परेको थियो । निकम्मा नेताहरुका कारण लगभग  १२० अर्ब लागत  खर्च भएको संविधान सभाको निर्मम हत्या गरियो, त्यो १२० अर्बको ऋणभार प्रत्येक नेपालीको काँधमा छ । बैद्य माओवादीले उठाएका मुद्धाहरु अति महत्वपूर्ण छन्, जस्तै पूर्ण समानुपातिक प्रणाली कायम भए मंसिर ४ को चुनावमा जान तैयार भनिएको थियो तर चार दलिय संयन्त्रले आफ्नो बर्चस्व कायम गर्नका लागि पूर्ण समानुपातिक प्रणाली प्रति अनिच्छुक तथा खारेज गरेको परिणाम स्वरुप वैद्य समूहलाई बाहिर बस्न बाध्य पारियो । विगतको भन्दा नेपालमा जर्बदस्त जातिय ध्रुविकरण देखिएको छ , जातिय अधिकार प्रति सबै जातिय सचेतन भएका छन्, संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गराउन सबै समुदायले कुनै कोर कसर बाँकी राख्ने छैनन् । विगत देखि हाल सम्म तामाङ समुदायलाई राजनैतिक परिदृश्यमा हेर्ने दृष्टिकोणमा केही फरक देखिएन लगभग विगत जस्तै भेदभाव तथा अछुत जस्तै व्यवहार गरिएको छ । एमाले, कांग्रेस तथा एमाओवादीको तामाङप्रति विभेद पूर्ण टिकट वितरणले आक्रोश व्याप्त छ, सम्भवतः तामाङ बाहुल क्षेत्रमा यसको स्पष्ट रुपमा असर देखिने निश्चित छ । ज्ञात रहोस्, २०६४ को संविधान सभा चुनावमा समानुपातिक तर्फको सिट आवन्टन गर्दा तामाङ समुदायलाई कांग्रेसले १, एमालेले २, एमाओवादीले ३ गरि जम्मा ६ जना सभासद् चयन गरेका थिए, ठिक विपरित २०६४ को चुनावमा यादव जातिका अधिकांश भोट मधेसिजनाधिकार फोरमलाई गएतापनि एमाआवादीले यादव समुदायका लागि ५ सिट, कांग्रेसद्वारा २ सिट , एमालेद्वारा ३ सिट गरि जम्मा १० सिट आवन्टन गरियो । २०६४ सालको संविधान सभाको चुनावमा प्रत्यक्ष तथा समानुपातिक गरि लगभग  ६ प्रतिसत तामाङको जम्मा १६ तामाङ सभासद् थिए । तामाङ समुदाय प्रति यो भन्दा ठूलो पूर्वाग्रही तथा विद्वेशी उदाहरण के हुन सक्छ र ? समानुपातिकमा एमाओवादीले ३१,४४,२०४, कांग्रेसले २२,६९,८८३ मत तथा एमालेले २१,८३,३७० मत प्राप्त गरेका थिए, तामाङ समुदायको अधिकांश मत ३ पार्टीमा विभाजित भएको थियो तर दुर्भाग्य सभासद् बनाउने समयमा तामाङ समुदायलाई मूर्ख बनाईयो । तामाङ समुदाय प्रतिको भेदभावको विषयमा एमाले, कांग्रेस तथा एमाओवादीमा एकै प्रकारको सिद्धान्त अवलम्वन गरे जस्तै एकरुपता देखिन्छ, जहिले पनि ठुला पार्टीहरुले सजिलै बलिको बोकाको रुपमा तामाङलाई प्रयोग गरिन्छ तथा गरिएको छ । एमाले, कांग्रेस, माओवादी पार्टीको नीति निर्माण तहमा तामाङ समुदाय किन पुगेनन्? केही अपवादको रुपमा पुगेता पनि त्यो आवाजलाई हमेशा मुखरित हुन दिइएन, तामाङ समुदायलाई क्रमशः नेपाली राजनीतिबाट बहिस्कृत गर्ने योजना अनुसार हो जस्तो प्रतित हुन्छ, तामाङ समुदाय नेपालको एक महत्वपूर्ण शक्ति हो भन्ने सन्दर्भमा समान भुगोल, हावा पानी भएको पश्चिम बंगलको सानो प्रान्त दार्जीलिङमा जन्मेका महेन्द्र पि लामा ईन्दिरा गान्धी राश्ट्रीय खुला विश्वबिद्धालय ( ईग्नु ) का भाईस चान्सलर पद प्राप्त गर्ने प्रथम भारतीय मूलका नेपाली हुन । ईग्नु संसरकै ठुलो विश्वबिद्धालयमा पर्दछ । जहाँ आहिले पनि लगभग ४० लाख विद्यार्थी आवद्ध छन । गोर्खाल्याण्डको आवाज बुलन्द गरेर भारत थर्कमान बनाउने सुभाश घिसिङ पनि तामाङनै हुन भन्नुको अर्थ दार्जिलिङका तामाङ समुदायले विश्वको सबै भन्दा धेरै जनसंख्या भएको देश भारतका बिभिन्न जातिहरूसंग प्रतिस्पर्धा गर्दै उचाई प्राप्त गर्न सक्छ भने नेपालमा चाँही किन गर्न सकेन त? राज्यले यस कुराको दोसबाट कदापी उन्मुक्ती पाउनै सक्दैन । राज्यको पूर्वग्रही आचरन तथा बिद्वेशी नीतिका कारण सर्बगुण सम्पन्न शक्तिसाली तामाङ समुदाय पछाडि परेको हो भन्दा गलत हुने छैन ।
प्रश्न उठ्छ किन तामाङलाई समाप्त पार्ने तथा पछाडि पार्ने योजनामा प्रमुख राजनैतिक शक्तिको विचारमा समानता देखिन्छ ? तामाङ बाहुल्य जिल्लाहरुमा पुग्दा कुनै पनि दृष्टिकोणले तामाङ बाहुल्य जिल्ला प्रतित हुदैन,  जिल्ला विकास देखि विभिन्न सरकारी कार्यालयमा तामाङ पिउन समेत भेटिदैन, राजनैतिक नियुक्तिहरुमा तामाङको नियुक्ति लगभग शुन्य देखिएको छ, कांग्रेस, एमाले, एमाओवादीबाट भोलि ठुलो तहमा प्रस्तावित हुन सक्ने उच्च कदका नेता छैनन्, छिटपुट रुपमा भएता पनि दास मनस्थिति बोकेका केही तामाङ समुदायहरू मूर्ख , लठैत, भोट बैंक बाहेक केही होइनन् भन्ने कुरा बारम्बार प्रमाणित भईरहे ता पनि तामाङ समुदायका विवेकहिनहरु एमाले, कांग्रेस, माओवादीको पुच्छर समातेर वैतरणी पार गर्ने आकांक्षामा लागि परेका छन् त्यस्ताहरुलाई सदबुद्धी आउन् भनि कामना गर्नु बाहेक के नै गर्न सकिन्छ र ?
बारम्बार एउटा प्रश्नले घच्घच्याउने गर्दछ जस्तो सुकै बलिदान,त्याग गरिएतापनि किन तामाङ समुदायको योगदानलाई कदर गरिदैन । निरंकुश राणा शाहीको अन्त गर्नका लागि २००७ को प्रजातान्त्रिक क्रान्तिमा समर्पित भइ तन मन धनले योगदान गर्नेमा तामाङ विर योद्धाको महत्वपूर्ण योगदान थियो, नरेन्द्र लामा, सुधिर लामा, डिबि लामा, पहल सिं लामा, निर्मल लामा, श्याम कुमार लामा लगाएतका हजारौं योद्धाले सात सालको क्रान्तिलाई सवल तथा शसक्त बनाउन योगदान, बलिदान दिएका थिए, थिरबम मल्लको विरगंज तथा तुलाराम तामाङको विराटनगरमा निरंकुश राणा शाही सेनाको गोली लागेर मृत्यु भयो, ठकुरी भएको कारण थिरबम मल्ल इतिहासको स्वर्ण अक्षरमा कोरिए तथा बर्मा सेनाको जागिर छोडेर नेपाल आमालाई निरंकुशताबाट मुक्त गर्न नेपाल आएका बहादुर तुलाराम तामाङ (गोले काइला ) लाई कांग्रेसले हमेशाका लागि बिर्सीयो किनभने तुलाराम तामाङ थिए । आम कांग्रेसीहरु मञ्चबाट फलाक्ने थेको भनेको २०१५ सालको विपि मन्त्रीमण्डल जस्तो समावेशी मन्त्रीमण्डल अहिले सम्म बन्न सकेन यो कुरा सत्य पनि हो तर खट्किने कुरा के हो भने विपिको मन्त्रमिण्डलमा तामाङलाई किन समावेश गरिएन ? कांग्रेस पार्टीको समावेशीतामा विगत देखि हालसम्म तामाङ परेनन् तथा पर्दैनन् भन्ने कुरा स्पष्ट रुपमा छर्लङ्ग भएको छ । अर्थात् विगत देखि हाल सम्म कांग्रेसलाई तामाङ पूर्वाग्रही पार्टी नै रहेछ भनि बुझ्दा हुन्छ । सात साल क्रान्तिका योद्धा, कम्युनिष्ट आन्दोलनका अग्रज, असल कम्युनिष्ट आचरणका अनुयायी कमरेड स्व. निर्मल लामाको स्मरण कुनै पनि छद्मवेशी कम्युनिष्टले गर्दैनन्, कमरेड स्व. निर्मल लामा सच्चा कम्युनिष्ट भन्दा पनि मुर्ख तामाङ बाहेक केही होइनन् भन्ने प्रमाणित भईसकेको छ । एमाओवादी पार्टी बारे यति मात्र भन्न सकिन्छ, एमाओवादीले तामाङ समुदायलाइ एमाले, कांग्रेस भन्दा बढी रुपमा महामूर्ख नै ठानेको छ, स्मरण रहोस् हित बहादुर तामाङलाई एक हप्ते मन्त्रीपद, प्रचण्डको अगुवाईमा बनेको ऐतिहासिक मन्त्रीमण्डलमा तामाङलाई स्थान नदिनु, प्रथम तथा दोस्रो संविधान सभाको चुनावमा माओवादीद्वारा घोषणा गरिएको तामाङसालिङ्ग क्षेत्रमा तामाङलाई टिकटमा प्राथमिकता नदिनु, ३० हजार मत भन्दा रेकर्ड मत प्राप्त गर्ने डिल्लीमान तामाङ निर्वाचित भएको रामेछाप-२ नम्बरबाट यस पटक टिकट नदिनुले तामाङप्रतिको विद्वेश प्रमाणित भएको छ । स्मरण रहोस् दोरम्वा हत्याकाण्डको नामले चर्चित गाविस दोरम्वा रामेछाप २ नम्बर क्षेत्रमा पर्दछ । एउटा कुरा त स्पष्ट रुपमा बुझिएको छ, तामाङ समुदायलाई कांग्रेस, एमाले, एमाओवादीले जसरी भएर पनि पेलेर जाने नीति अख्तियार गरेको पाईन्छ । एमाले, कांग्रेसको बहुपहिचान एमाओवादीको जातिय पहिचानका नारा सबै खोक्रा हुन्, चुनाव सम्पन्न भए पश्चात् अनुकुलता तथा प्रतिकुलता अनुसार घोषणा पत्र कागजमा परिणत हुन सक्छ भन्ने संविधान सभाको निर्मम ह्त्याले प्रमाणित भएको छ । यो चुनावको सार्थकता तव मात्रै सम्भव हुन सक्छ जब सबै समुदायले उचित प्रतिनीधित्व तथा माग संबोधन गराउन शक्ति प्राप्त गर्छ । एमाले, कांग्रेस, एमाओवादीको टिकट वितरणले त्यस्तो संकेत विल्कुलै देखिएन, पुनः दोहोर्‍याउन चाहन्छु तामाङ समुदाय प्रति घोर अन्याय गरिएको छ , तामाङ समुदाय प्रति गरिएको अन्यायको राजनैतिक प्रतिकार तामाङ स्वयमले नै गर्नुपर्छ विगतभन्दा फरक स्थिति के छ भने एमाले, कांग्रेस, माओवादी बाहेकका विकल्पको रुपमा संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी लगाएतका दलहरु मैदानमा उत्रिएका छन् । एमाले, कांग्रेस, एमाआवादीका पूर्वाग्रही तथा हैकमवादी आचरणबाट बिरक्तिएका तमाङ लगाएतका उत्पिडित समुदाय संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च जस्ता दल प्रति आकर्षित तथा झुकाव नहोला भन्न सकिन्न । नेपाली राजनीति लाई स्वच्छ बनाउन तामाङ समुदाय लागाएत उत्पिडित वर्गले विवेक पूर्वक मतदान गरेर असल तथा सक्षम ब्यक्तिलाई जनभावना बमोजिमको संबिधान निर्माण गर्न हेतु संविधान सभामा पुर्‍याउनु पर्छ ।  
-अमरदीप मोक्तान
डाँडाखर्क, दोलखा

माओवादी पनि बाहुन एण्ड कम्पनी प्रालि !

अमरदीप मोक्तान
तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चा द्वारा माओवादी द्वारा प्रस्तावित तामाङ्गसालिङ्ग क्षेत्रका लागि प्रत्यक्षमा १५ तथा समानुपातिकमा २५सिट माग गरेकोमा एमाओवादी पार्टीद्वारा नुवाकोटबाट हितबहादुर तामाङ्ग र काभ्रेबाट सूर्यमान दोङ्गलाई मात्र दिन सकिने संकेत दिएको छ । तामाङ्ग समुदायको मागलाई वेवास्ता गरिएको भनि तामाङ्ग मुक्ति मोर्चा आक्रोशित भएको भनि नागरिक दैनिकमा छापिएको समाचार प्रति ध्यानाकर्षण भएको छ ।

तामाङ्ग समूदाय नेपालको आदिवासी मध्ये बहुसंख्यक भएको जाति हो, दुर्भाग्य के छ भने कांग्रेस, एमाले, एमाओवादी पार्टीमा लागेका तामाङ्गले उल्लेखित ब्राम्हणवादी मुखौटाधारी पार्टीद्वारा समुदायलाई मूर्ख, गवाँर तथा दास ठानेका छन् भनि बुझ्न सकेका छैनन् । बाहुनवादी मुखौटाधारी कांग्रेस, एमाले एमाओवादीको दृष्टिमा तामाङ्ग समुदाय भनेको नेपालको दास तथा दोयम दर्जाको जाति हो न त तामाङ्गको कुनै स्वाभिमान छ न त कुनै सम्मान । जुनसुकै राज्यसत्ता आएपनि तामाङ्ग विद्वेशी नीतिका कारण तामाङ्ग समुदाय क्रमशः एक अस्तित्वहिन जातिमा परिणत भईरहेको तामाङ्ग समुदायले स्विकार गर्नैपर्छ । नेपालको मानचित्रमा जुनसुकै क्षेत्रमा रहेका तामाङ्ग समुदाय केही अपवाद बाहेक दोयम दर्जाका दास नागरिक बाहेक केही होइनन् । तामाङ्ग झोले, लठैत भन्दा माथि उठ्ने चाहना पनि राख्दैनन् तसर्थ कांग्रेस, एमाले, एमाओवादीद्वारा तामाङ्गलाई माथिल्लो स्थानका लागि अयोग्य ठहर गरिएको हो ।

हाल सुधिर शर्मा द्वारा लिखित प्रयोगशाला पूस्तकले राजनैतिक वृतमा ठूलो तहल्का मच्चाएको छ, पुस्तकमा कांग्रेस, एमाले, एमाओवादीको राष्ट्रद्रोही तथा विदेशी परस्त चरित्र उदाङ्गो भएको छ । सुधिर शर्माको पूस्तक शिर्षक “प्रयोगशाला” को प्रयोग गर्दै के भन्न सकिन्छ भने माओवादीद्वारा प्रस्तावित तामाङ्गसालिङ्ग, मगरात, लिम्बुवान्, खुम्बुवान् लगायतका राज्यहरुमा विशेष थरका बाहुनद्वारा उच्च ओहदा प्राप्त गर्नका लागि प्रयोगशाला बनाइयो । नेपालमा हमेशा बाहुनवादी मुखौटाधारी पार्टी उचाई प्राप्त गर्न आदिबासी बाहुल्य क्षेत्रलाई प्रयोगशाला तथा आदिवासीलाई प्रयोग गरेर उच्च ओहदा तथा नवधनाढ्य बन्न सफल भएकाछन् । सात सालको क्रान्तिमा प्रजातान्त्रिक समाजवाद नामक ललीपपको प्रयोग गर्दै पूर्वका राई, लिम्बु, तामाङ्ग लगाएतका आदिवासीको सहादतमा टेकेर कोईराला थरका बाहुन देशको उच्च ओहदामा विराजमान तथा कोइराला वंशको जग स्थापित गर्न सफल भए । आदिवासी जनजातिको रगतको जगमा स्थापित कांग्रेस आजभोलि कोइराला सन्स डटर्स एण्ड फेमिली प्राइभेट लिमिटेडमा परिणत भएको छ । आज कांग्रेसमा आदिवासी बलिदानको कुनै कदर छैन, स्थान छैन, अव कांग्रेसलाई आदिवासीको आवश्यकता पनि छैन । कांग्रेसको आदिवासी विरोधी नितीबाट खिन्न भएका आदिवासीहरुलाई प्रयोग तथा आदिवासी क्षेत्रलाई प्रयोगशाला बनाउन बहुदलिय जनवाद नामक आकर्षक मुद्दा लिएर एमाले (पहाडी पण्डित पार्टी) खनाल, नेपाल, मैनाली थरका बाहुन नेता आदिवासीलाई सम्मोहित गर्न सफल तथा राज्यसत्तामा राम्रो पकड बनाउन सफल भए, एमाले शक्तिशाली भए पश्चात् चिरपरिचित अन्दाजमा आदिवासी प्रति दुव्र्यवहार तिरस्कारको नीति अपनाइयो फलस्वरुप अशोक राई लगाएतका आदिवासी नेताले विरक्तिएर पहिचान स्थापित गराउनका निमित्त दासको जिवन बिताउनु भन्दा स्वतन्त्रताको जिवनलाई चयन गर्दै सङ्घीय समाजवादी पार्टीको जन्म भएको छ ।
एमाले, कांग्रेसबाट बहिस्कृत तथा उपेक्षित आदिवासीलाई सङ्घीयता आत्मनिर्णयको अधिकार जातिय, क्षेत्रिय, वर्गिय, लिंगिय उत्पिडनबाट उन्मुक्ति हुन जनयुद्ध बाट नै सफल हुने भनि दाहाल भट्टराई लगाएतका बाहुनको लहै लहैमा आदिवासी फस्न पुगे, जनयुद्ध चरम उत्कर्षमा पुग्यो । पुनः जनयुद्धको प्रयोगशाला आदिवासी क्षेत्र ताम्सालिङ्ग, मगरातलाई नै बनाइयो । आदिवासीको रगतको खोलो बग्यो , संवैधानिक राजतन्त्र वाहेक केही स्विकार्य नभएको पार्टी पनि माओवादी शक्ति समक्ष नतमस्तक हुन पुगे । राजतन्त्रले घुँडा टेक्न बाध्य हुन पर्यो । माओवादी मूलधारमा फर्कियो । २०६४ को संविधान सभा चुनावमा एमाओवादी शक्तिशाली पार्टी बन्न पुग्यो । सत्ताको बागडोर तथा हालीमुहाली दाहाल, भट्टराईको हातमा पुग्यो । दाहाल, भट्टराई लगाएतका ब्राम्हणवादी मुखौटाधारी राजनीतिज्ञ नेपालको चम्किलो, सुकिलो मुकिलो व्यक्तित्व तथा नवधनाढ्य बन्न पुगेका छन् । आदिवासी अधिकारका माग संघीयता, पहिचान बाहुनवादी मुखौटाधारी कांग्रेस, एमाले, एमाओवादीको घाँटीमा हाड अड्केको जस्तै भएको छ । एमाओवादीमा पुनः आदिवासी दोयम दर्जाको दासमा परिणत भएका छन् । नेपालमा भएको परिवर्तन, गरिएको परिवर्तन बाहुनका केही थरहरुलाई शक्तिशाली, नवधनाढ्य तथा वंश स्थापित गराउनका लागि मात्र गरिएको प्रमाणित भएको छ ।
तामाङ्ग मूक्ति मोर्चाले उठाएका जायज मागलाई माओवादीले संबोधनलाई गर्नैपर्छ । दोरम्वा हत्याकाण्डका सहादत प्राप्त गरेको तामाङ्ग यूवा यूवतीको सहादतको अवमूल्यन गर्नु एमाओवादीको लागि घातक सिद्ध हुनेछ । एमाओवादीले बेथान चौकी आक्रमणमा दिलमाया बोम्जनको सहादतलाई वेवास्ता गर्नु भनेको तामाङ्ग आदिवासीको भावनासंग खेलबाड गर्नु हो । कांग्रेस, एमाओवादी, एमालेले पनि हुने भनिएको संविधान सभाको चुनावमा तामाङ्ग भावनालाई कुठाराघात गर्ने निश्चित प्राय देखिन्छ ।

एमाओवादीको पहिचान सहितको नारा एक धोका हो । तामाङ्ग लगाएतको आदिवासीले गम्भिर रुपमा चिन्तन मनन गर्नु नै पर्छ । कांग्रेस, एमाले, एमाओवादी पहिचान सहितको संघीयताका विपक्षमा हुन् भन्ने कुरा विगतको प्रथम संविधान सभाको निर्मम हत्याले प्रमाणित गरेको छ । दोश्रो संविधान सभाको चुनावबाट जनचाहना बमोजिमको संविधान बन्ने कुनै ग्यारेण्टी देखिदैन । विदेशी इसारामा दोश्रो संविधान सभाको चुनाव गराउन उद्धत चार दलिय संयन्त्रले क्रमशः नेपाललाई संकटको भूमरीमा पार्ने गम्भिर षडयन्त्र हो । दोश्रो संविधानसभा अगावै पहिचान सहितको संघीयताको ग्यारेण्टी नभए नेपालका उत्पिडित जनताले कुनै पनि हालतमा जनचाहना बमोजिमको संविधान प्राप्त गर्न सक्दैन । तामाङ्ग मूक्ति मोर्चाले प्रत्यक्ष तथा समानुपातिकमा तामाङ्ग समुदायको प्रतिनीधित्वको माग जायज हो तर बाहुनवादी मुखौटा ओढेका एमाओवादी कुनै पनि हालतमा त्यसप्रति सकारात्मक हुने छैनन् भनि ठोकुवा गर्न सकिन्छ ।

एमाओवादीमा रहेका तामाङ्ग समुदायको जायज मागलाई संबोधन नगरिए तामाङ्ग समुदाय एमाओवादीबाट विद्रोह गर्ने बाहेक कुनै विकल्प देखिदैन । कांग्रेस तथा एमाले द्वारा पनि टिकट वितरणमा तामाङ्ग समुदाय प्रति न्याय गर्ने छाँटकाँट देखिदैन । विगठित संविधान सभामा एमाओवादीले तामाङ्ग समुदायलाई प्रत्यक्षमा ८, समानुपातिकमा ३, कांग्रेसले प्रत्यक्षमा ४ तथा समानुपातिमा १, एमालेले प्रत्यक्षमा ४ तथा समानुपातिकमा २ सिट आवन्टन गरेर तामाङ्ग विद्वेशी चरित्र उजागर भएको सर्वविदितै छ । विगतको संविधानसभामा लगभग ६ प्रतिशत जनसंख्या रहेको तामाङ्ग समुदायले प्रत्यक्ष समानुपातिक गरि जम्मा १६ सिट प्राप्त गरेको थियो । दोश्रो संविधान सभाको चुनावमा पुनः तामाङ्ग समुदायको अस्तित्व संग खेलवाड गर्ने प्रयत्न भइरहेको छ । एमाले, कांग्रेस, एमाओवादीलाई दोश्रो संविधान सभाको चुनावमा तामाङ्ग समुदायले ऐक्यबद्धता प्रकट गर्दै सवक सिखाउनु पर्ने वर्तमान समयको आवश्यकता हो । एमाओवादी, एमाले, कांग्रेस तामाङ्ग समुदायको भाग्य विधाता होइनन्, तामाङ्ग समुदायको भोटमा सत्तासुख प्राप्त गर्ने ब्राम्हणवादी मुखौटाधारी पार्टीको कुत्सित मनसाय लाई तामाङ्ग समुदायले ऐक्यबद्धता प्रकट गर्दै ध्वस्त बनाउनै पर्छ । एमाले, कांग्रेस, एमाओवादीले विगतको संविधान सभामा जुन प्रकारले तामाङ्ग विद्वेशी नीति अख्तियार गरेको कारण तीस देखि चालिस सभासद् हुनुको सट्टा मात्र सोह्र सभासद्मा तामाङ्ग समुदायले चित्त बुझाउनु परेको थियो । कांग्रेस, एमाले, एमाओवादीको तामाङ्ग समुदाय प्रति दृष्टिकोणमा किन्चित पनि परिवर्तन हुन सक्ने संकेत देखिदैन, तामाङ्ग समुदाय ब्राम्हाणवादी, मुखौटाधारी पार्टीको चगुलबाट मुक्त भएर आफ्नो भाग्यको निर्माण गर्ने तर्फ अग्रसर हुने बेला आएको छ, समय गतिशिल छ अव पनि तामाङ्ग समुदायमा चेतना नआए तामाङ्ग समुदाय नेपालको इतिहासको पानामा विलिन हुन तयार भए हुन्छ ।

डाँडाखर्क, दोलखा