तामाङ भाषा ठाउँ अनुसार फरक फरक हुनुको मुख्य तिन कारण छन
१ तामाङ भाषा स्कूल, कलेज, यूनिभर्सिटीहरुमा पठन पाठन नहुनु
२ तामाङ गाउ बस्तीहरु बिच यातायात नहुनु
३ रेडियो टिभी पत्रपत्रीकाहरुमा समाचार, कार्यक्रमहरु प्रसारण नहुनु
यि तीन कारणहरुमा म दोश्रो कारणको बिषयमा हल्का चर्चा गर्न गइरहेको छु ।
राजा महेन्द्रको पालामा नेपाललाइ १४ अञ्चल, ७५ जिल्ला र ५ बिकास क्षेत्रमा बाडेर तामाङहरु बसोबास गर्ने भुगोल बिभाजित गरिदियो जसले गर्दा तामाङहरु बिभिन्न जिल्ला अञ्चल र बिकास क्षेत्रमा बिभाजित हुन पुग्यो ।
हाल तामाङहरु बाहुल्य रहेको जिल्लाहरु
काभ्रे, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङ नौ जिल्ला
यि नौ जिल्ला सबै मध्यमाञ्चल बिकास क्षेत्रमा परेको छ भने जनकपुर, बागमती र नारायणी तीन अञ्चलमा बाडिएको छ ।
जनकपुर अञ्चलमा दोलखा, रामेछाप र सिन्धुली परेको छ ।
बागमती अञ्चलमा रसुवा, धादिङ नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक ।
नारायणी अञ्चलमा मकवानपुर
यसरी तामाङहरु बसोबास गर्ने भुभागहरु तीन अञ्चलमा बिभाजित हुन पुग्यो । नौ जिल्लामा बिभाजित हुन पुग्यो । नौ जिल्ला बाहेक अन्य जिल्लाहरुमा पनि तामाङहरु छरिन पुग्यो । २०५८ को राष्ट्रिय तथ्याङ्कमा काठमाण्डौमा ९३ हजार, ललितपुरमा ४३ हजार र भक्तपुर मा १२ हजार तामाङहरु भएको तथ्याङ्कमा छ ।
यसरी बिभिन्न जिल्ला र अञ्चलहरुमा तामाङहरु बिभाजित हुन पुग्यो एक जिल्लाबाट अर्को जिल्लामा यातायातको ब्यबस्था गराइएन । यि नौ वटै जिल्ला एक अर्कामा जोडीने यातायातको बाटो बनाइएन । जसले गर्दा तामाङहरु एक अर्कामा सास्क्रितीक, भाषिक र राजनैतीक रुपमा प्रत्यक्ष उठबस हुन पाएन अन्तर्घुलन हुन पाएन मानौ तामाङहरु बिच सास्कृतिक, भाषिक, राजनैतीक रुपमा अक अर्कामा सम्बन्ध बिच्छेद हुन पुग्यो त्यसैको कारण आज तामाङ भाषा ठाउ अनुसार फरक हुन पुग्यो सस्क्रिती फरक हुन पुग्यो राजनीतिमा सधैं हार खानु पर्यो । काभ्रेको तामाङ र धादिङ्को तामाङको भेट राजधानीमा मात्रा हुन पुग्यो । अर्थात सबै जिल्लामा भएको तामाङहरुको भेट राजधानी मात्रा सिमित हुन पुग्यो ।
अब तामाङ सास्कृतिक, भाषिक, शैक्षिक, आर्थिक, राजनैतीक र भाबनात्मक सम्बन्धलाई एकरुपता ल्याउन अब ति तामाङ बाहुल्य जिल्ला ठाउँ बस्तीहरुलाई राज्यको पुनर्सङ्रचना मार्फत सङ्घिय ब्यबस्था अन्तर्गत एउटै प्रदेशमा पारिनु पर्दछ । जुन प्रदेशको नाम ताम्सालिङ स्वायत प्रदेश हुनेछ । त्यसपछी सबै जिल्लाहरु जोडीने ताम्सालिङ राजमार्ग खोलिनेछ धादिङ नुवाकोट रामेछाप सिन्धुलीको तामाङहरु भेटनलाई राजधानी धाउनु पर्दैन ।
यहाँ मैले तामाङहरुको नाम निकालेर लेखे पनि आखिर यो ताम्सालिङ प्रदेश भित्र बस्ने बाहुन छेत्री लगायत सबै समुदायको लागि फाईदा कै कुरा हो सिन्धुलीको बाहुन र धादिङको बाहुन बिच भेटघाट गर्न राजधानी धाउनु पर्दैन अनी देशको बिकास पनि पनि हुनेछ ।
Saturday, December 21, 2013
Wednesday, December 11, 2013
पहिचानको सवाल र महाभारतको लडाइ
चर्चित कथा महाभारतमा हस्तिनापुरको लडाइँबारे हामी धेरैलाई थाहा छ । यो कथामा कौरवहरुले हस्तिनापुरको शासन आफ्नो हातमा लिने उद्देश्यले अन्यायपूर्वक तवरबाट आफ्नै दाजुभाई पाँच पाण्डवलाई वनवास पठाए । शर्त अनुसार पाँच पाण्डव १२ वर्ष वनवास र १ वर्ष गुप्तवास समेत १३ वर्ष जंगलमा बस्नुप¥यो । त्यसपछि जंगलबाट बाहिर निस्किए तर उनीहरुलाई कौरवहरुले अझै आउन दिएनन् । अन्याय सहनेको पनि हद हुन्छ, अन्तमा अन्याय सहन नसकी पाण्डवहरु ‘गर या मर’ को अवस्थामा पुगे । आफू कमजोर भएपनि बाध्य भएर पाण्डवहरुले कौरव विरुद्ध युद्धको घोषणा गरे ।
युद्ध हुन केही दिन मात्र बाँकी थियो । युद्ध रोक्नको लागि मध्यस्थताकर्ताको रुपमा श्रीकृष्ण कौरवका राजा दुर्योधन समक्ष पुगे र विनयपुर्वक आग्रह गरे– ‘हे दुर्योधन ! पाण्डवहरुले युद्ध घोषणा गरिसक्यो । आफ्नै भाई–भाई बीचमा युद्ध गरेर कुनै फाइदा छैन । पाण्डव मरेपनि, कौरव मरेपनि आखिर दाजुभाई नै मर्ने हो । त्यसैले लडाइँ रोकौ तर यसको लागि पाँच भाई पाण्डवलाई केवल पाँचवटा गाउँ मात्रै देउ’ । तर विनास काले विपरित बुद्धि भने झैँ दुर्योधनको लागि कृष्णको यो प्रस्ताव स्वीकार्य भएन । कृष्णको यो अनुरोधलाई बेवास्ता गर्दै शासनसत्ताको उन्मादले मात्तिएका राजा दुर्योधनले जवाफ दिए– ‘पाण्डवलाई पाँच गाउँ त के एकधुर जमीन पनि दिन्न’ । यसरी लडाइँ रोक्नको लागि आफूले राखेको वार्ता प्रस्ताव असफल भएपछि कृष्णजी फर्किनुभयो । आखिर दुवैतर्फ ठूलो लडाइँ भयो ।
पाण्डवहरु सत्य, न्याय र समानताको पक्षमा थिए भने कौरवहरु अन्याय, असमानता र विभेदको पक्षमा थिए । यसले गर्दा स्वयं श्रीकृष्ण पनि पाण्डवको पक्षमा लड्न बाध्य बने । शक्ति र संख्याको हिसावले कौरवहरु शक्तिशाली भएपनि अन्यायको पक्षमा भएको कारण लडाइँमा कौरवहरुको हार भयो । लडाइँमा उनीहरुको हस्तिनापुर राज्यसत्ता मात्र गुमेन, सबै दाजुभाई कौरवी वंश नै सर्वनास भयो ।
आज दोश्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस÷एमालेको पक्षमा देखिएको निर्वाचन परिणामलाई सीमित पेटी बुर्जुवाहरु यस्तै कौरवी बुझाई बुझिरहेकाछन् । उत्पीडित वर्गलाई स्वशासनको माध्यमबाट शासनसत्ताको साझेदारी बनाउनु भनेको जातीय राज्यहरु निर्माण गर्नु अर्थात बाइसे, चौविसे राज्यतर्फ फर्किनु भन्ने अर्थमा लिइरहेकाछन् । यो एउटै देशभित्र बसेर पनि एकले अर्काको अस्तित्व र पहिचान स्वीकार गर्न नसकेको अवस्था हो । त्यसैले उनीहरुको बुझाईमा यो निर्वाचन संविधानसभाको निर्वाचन नभएर पहिचान पक्षधर र विपक्षधर बीचको जनमत संग्रह भएको छ । जसमा अन्धोले हात्ती छामे जस्तो यतिबेला पहिचान पक्षधरको हार भएको ठम्याइ छ ।
यसबाट हौसिएका उनीहरु टेलिभिजन, रेडियोमा सस्ता अन्तर्वार्ता दिदै अखवारहरुमा पनि उस्तै परिवर्तन विरोधी शव्दहरु पोतिरहेकाछन् । उनीहरुलाई लाग्दो हो– अव पहिचान सहितको संघीयताको मुद्दा सकियो, धर्म निरपेक्षताको सवाल हरायो । यही कोणबाट उठेको तर्कनाहरु हुनसक्छ कांग्रेस नेता गगन थापाले नयाँ डिस्कोर्ष सुरु गर्ने र एमाले नेता माधव नेपालले २०४७ सालको संविधान जारी गर्ने कुरा । पाँच पाण्डव वनवास गएको बेला कौरवहरु पनि यस्तै सोच्थे कि अव पाण्डवहरु सकियो, जंगलमै बाघभालुले खाएर मार्नेछन्, कहिल्यै फर्केर आउन सक्ने छैन तर अनुमान विपरित पाण्डवहरु फर्केर आए, युद्ध गरे र उल्टै आपैmलाई सिध्याए ।
त्यसैले यथास्थितिवादका पक्षपोषकहरुले भनेजस्तै यो त्यति सजिलो छैन । जसको लाठी उसको भैसी केही समयको लागि मात्र हो, सधैभरी हुन सक्दैन । यो मुद्दालाई हल्काफुल्का ढंगले लियो भने उसको लागि यसको मूल्य कौरवलाई जस्तै चर्को पर्ने निश्चित छ । जुन मुद्दाको लागि १५ हजार भन्दा बढी नेपाली जनताको छोराछोरीले रगत बगाएकाछन् । जुन परिवर्तनको लागि दुनियाँलाई चकित बनाउने २०६२÷६३ को जनआन्दोलन सञ्चालन भएको छ । के यो रगत प्रचण्ड, बाबुराम, झलनाथ र माधव नेपाललाई प्रधानमन्त्री बनाउनको लागि मात्र बगेको हो ? श्रीपेचधारी एउटा राजा फ्याकेर श्रीपेच विहीन दर्जनौ छोटा राजाहरुलाई सत्ता सुम्पनको लागि मात्र आन्दोलन भएको हो ? होइन ।
१० वर्षे माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनको जनादेश अझै फेरिएको छैन । जवसम्म ती मुद्दाहरु संस्थाागत हुँदैनन, त्यसबेला सम्म जनताको आदेश फेरिदैन । जनादेश परिवर्तन गर्नु परेमा जनताले आन्दोलनमार्फत त्यस्तो भावना वा जनइच्छा व्यक्त गर्छन् । निर्वाचन त राजनीतिक दललाई जनादेश संस्थागत गर्नको लागि जिम्मेवारी दिने एउटा प्रक्रिया मात्र हो । जनताले त्यो जिम्मेवारी जो कोहीलाई दिन सक्छ । २०६४ मा त्यो जिम्मेवारी एमाओवादीलाई दिएको थियो उसले पुरा गर्न सकेन, २०७० मा नेपाली कांगे्रस र एमालेलाई दियो । उनीहरुलाई ०४७ सालमा फर्किनको लागि यो जिम्मेवारी दिएको होइन । यो निर्वाचन परिणामलाई यसभन्दा बढी बुझ्नु आफै एम्बुसमा पर्नु हो । यस्तो गल्ती कुनै दल, व्यक्ति वा संस्थाले नगरोस् ।
तसर्थ, जसरी महाभारतमा १३ वर्ष वनवास बसेपछि पाँच पाण्डवको लागि कम्तिमा पाँचवटा गाउँ दिनुपर्ने न्यूमनतम शर्त आयो । त्यसैगरि लोकतान्त्रिक संघीय व्यवस्थामा उत्पीडित वर्ग र जातिको लागि पहिचान सहितको संघीयता पनि न्युमनतम शर्त हो । पाण्डवहरु १३ वर्ष वनवास गए तर यो देशका उत्पीडित समुदायहरुको लागि २४० वर्षे लामो कालखण्ड नै वनवासभन्दा किमार्थ फरक रहेन । अव स्वशासन भन्दा तल झर्न सकिने ठाउँ छैन । लोकतन्त्रको न्युमनतम शर्त समेत पुरा नगर्नको लागि आज सीमित अभिजात वर्गहरुले पहिचानको सवाललाई जातीय राज्यको बिल्ला भिराएर नामेट पार्ने कोसिस गरिदैछ । यसमा बुझेर, नबुझेर केही उत्पीडित समुदायकै आउरे, बाउरेहरु पनि दौडेको देखिन्छ । उनीहरुको उफ्राई हेर्दा केटाकेटीलाई दशैं आएको हो कि जस्तो लाग्छ । अव सबैले बुझ्नुपर्छ– पहिचान सहितको संघीयतामा जानु भनेको जातीय राज्य निर्माण गर्नु होइन ।
त्यसैले यो न्युमनतम शर्तलाई अस्वीकार गरिए गन्तव्य प्रष्टै छ कि यो आन्दोलनले ढिलो चाडो स्वतन्त्रतातर्फ मोड लिन बाध्य हुनेछ । त्यतिबेला श्रीलंका, सोमालियाको या प्रभाकणको कथा सुनाएर यसलाई रोक्न सक्ने छैन । त्यो अवस्था भनेको हस्तिनापुरको कौरव र पाण्डव वीचको लडाइँ जस्तै हुनेछ । हामी चाहन्छौ– नेपालमा त्यस्तो अवस्था नआवोस् ।
(लेखक नेपाल तामाङ घेदुङका पूर्वाञ्चल प्रमूख हुन्)
Tuesday, December 3, 2013
धर्म राजनीतिबारे कमल थापालाई जवाफ
अमित ढकाल prin1928 GET NEWS ALERTS
कमल थापाजी,
दुई हप्ताअघि मैले लेखेको ‘राजनीतिमा धर्मको आगो’ लेखमा तपाईँले आफ्नो फेसबुकमार्फत सार्वजनिक टिप्पणी गर्नुभएको थियो। टिप्पणीमा तपाईँले कतिपय पेचिला मुद्दा उठाउनु भएकाले प्रति–टिप्पणीका रूपमा मैले यो सार्वजनिक जवाफ लेखेको छु।
सजिलोका लागि तपाईँको टिप्पणीका थुप्रै अंश जस्ताको तस्तै उतारेर ती माथि मैले प्रतिक्रिया लेखेको छु।
हाम्रा पाठकलाई पढ्न सजिलो होस् भनेर तपाईँको टिप्पणीको पूर्ण पाठ मेरो जवाफको अन्त्यमा जस्ताको तस्तै राखेको छु।
‘अमितजी, तपाईँको लेखमा पूर्वाग्रह, सनातन धर्मप्रतिको अनभिज्ञता र हिनभाव स्पष्ट देख्न सकिन्छ।’
तपाईँले सुरु गरेको धर्मको राजनीतिप्रति मेरो खुल्लमखुल्ला असहमति र विरोध छ। जहाँ खुल्ला असहमति र विरोध रहन्छ, त्यहाँ पूर्वाग्रहको प्रश्नै रहन्न। जहाँसम्म सनातन धर्मप्रतिको अनभिज्ञताको प्रश्न छ, मलाई सनातन धर्म र अरू कुनै पनि धर्मबारे धेरै जानकारी र ज्ञान छैन। म धर्मबारे अध्ययन र अनुसन्धानमा रूचि भएको मानिस होइन।
म धर्मलाई मानवीय र सामाजिक कोणबाट हेर्छु। यसरी हेर्दा म सबै धर्म बराबर ठान्छु। एउटा धर्म अर्को धर्मभन्दा राम्रो वा नराम्रो हुन्छ भन्ने विश्वास गर्दिन। त्यसैले एउटा धर्ममाथि गर्व गर्ने वा अर्को धर्मप्रति हिनभाव राख्ने कुरै भएन।
मानिसको रुप, रङ, जात र धर्म तुलनाका विषय होइनन् । तिमीभन्दा म राम्रो, तिम्रो जातभन्दा मेरो जात राम्रो, तिम्रो धर्मभन्दा
मेरो धर्म राम्रो, तिम्रो रङभन्दा मेरो रङ राम्रो भन्नु असामाजिक र असहिष्णु सोच हो। रंगभेद, जातिभेद र धर्मभेदलाई आधुनिक समाज र राजनीतिमा कुनै पनि स्थान हुनुहुन्न । त्यसकारण तपाईँले उठान गरेको धर्मको राजनीतिसँग मेरो विमति हो।
‘बिनाकारण, जनताको अभिमतबिना एवं वैधानिक विधि र प्रक्रिया नै नपुर्याई नेपालको हिन्दु राष्ट्रको पहिचान समाप्त गर्नु चाहिँधर्मको राजनीति नहुने अनि ९४ प्रतिशत जनताको आस्था र पहिचानको रक्षाको निमित्त आवाज उठाउँदा राजनीतिमा धर्मकोआगो झोसेको ठहरिने तपाईँको तर्क विडम्बनापूर्ण छ।’
थापाजी, धर्मको राजनीति कहिले र कसले सुरु गर्यो भन्ने तपाईँलाई राम्ररी हेक्का हुनुपर्छ। धर्मको राजनीति २०१९ सालमा राजा महेन्द्रले सुरु गरेका हुन्।
२०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको जननिर्वाचित सरकार विघटन गरेर सैनिक कुमार्फत सत्ता आफ्नो हातमा लिए। २०१५ सालको संविधान खारेज गरेर २०१९ सालमा पञ्चायती संविधान जारी गरे। २०१५ सालको संविधानमा हिन्दु राज्यको अवधारणा थिएन। तेस्रो संशोधन मार्फत उनले २०१९ सालको संविधानमा हिन्दु राजतन्त्र लेख्न लगाए।
महेन्द्रले सुरू गरेको पञ्चायती व्यवस्था र २०१९ सालको संविधानको उद्देश्य प्रष्ट थियो– एउटा धर्म, एउटा भाषा, एउटा भेष, एउटा संस्कृति र एउटै राजनीतिक दर्शनमा आधारित एकल समाजको निर्माण गर्ने र त्यो एकल समाजको केन्द्रमा हिन्दु राजतन्त्र रहने।
थापाजी, तपाईँको राजनीतिक उठान त्यही अनुदार पञ्चायतकालमा दरबारको छत्रछायाँमा भएको हो। तपाईँ यो राजनीतिक घटनाक्रमसँग निश्चित रूपमा अनभिज्ञ हुनुहुन्न। अब भन्नुहोस्, धर्मको राजनीति कसले सुरु गर्यो?
संविधानमा हिन्दु राज्य लेखिएको कुरालाई बिपी कोइरालाले उतिबेलै नागरिकमाथिको ‘फ्रड’ भनेका थिए। २०४७ सालको संविधान लेख्नेबेलामा एमालेले राज्य धर्मनिरपेक्ष हुनुपर्छ भनेर अन्तिम समयसम्म अड्डी लिएको थियो।
२०४७ को संविधान राजतन्त्र र प्रजातान्त्रिक शक्तिबीचको सम्झौताको संविधान थियो। कांग्रेसले दरबारसँगको तत्कालीन शक्ति सन्तुलनलाई ध्यानमा राखेर संविधानमा हिन्दु राज्य राख्न एमालेलाई मनाएको हो। एमालेले त्यसपछि २२ बुँदे असहमति राख्दै संविधानको आलोचनात्मक समर्थन गरेको थियो।
२०६२-६३ सालको दोस्रो जनआन्दोलनपछि राजतन्त्रले घुँडा टेक्यो। देश गणतन्त्रउन्मुख भइसकेको थियो। पुनर्स्थापित अन्तरिम संसदमा पार्टीहरूले त्यही ऐतिहासिक, राजनीतिक-सामाजिक चेत समातेर धर्म निरपेक्ष राज्य घोषणा गरेका हुन्। धर्ममा राजनीति गरेका होइनन्। २०१९ सालमा महेन्द्रले मिसाएको धर्मलाई राजनीतिबाट अलग गरेका हुन् । तपाईँले भने जस्तो, विदेशीको षडयन्त्रमा धर्मनिरपेक्षता घोषणा गरेका होइनन् ।
जहाँसम्म '९४ प्रतिशत जनताको आस्था र पहिचानको रक्षाको निमित्त आवाज उठाएको ' कुरा छ, यो तथ्याङ्क कहाँबाट के सन्दर्भमा आयो प्रस्ट छैन । इश्लाम, क्रिस्चियन, किराँत र बुद्ध धर्मावलम्वीहरुको आस्था र पहिचान हिन्दु धर्म पक्कै होइन होला ।
म आफैं सनातन धर्मावलम्वी हुँ, हिन्दु हुँ । तर, मेरो पहिचान धर्म वा हिन्दु राज्य हुन सक्दैन । दोस्रो संविधानसभाको चुनावमा बहुसंख्यक हिन्दुले पनि तपाईंलाई भोट नदिएर त्यसै भनेका हुन् भन्ने तपाईँले पक्कै बुझ्नुभयो नै होला ।
‘हामीले धर्मको आधारमा राज्य सञ्चालन वा धार्मिक राज्य माग गरेका होइनौं। धार्मिक स्वतन्त्रता र सनातन हिन्दु राष्ट्रकोपहिचान सँगसँगै रहन सक्दछ।’
‘हामीले धर्मको आधारमा राज्य सञ्चालन वा धार्मिक राज्य माग गरेका होइनौं। धार्मिक स्वतन्त्रता र सनातन हिन्दु राष्ट्रकोपहिचान सँगसँगै रहन सक्दछ।’
थापाजी, तपाईँ एकल जातीय पहिचानमा आधारित संघीयताको कट्टर विरोधी हुनुहुन्छ। यस्तो संघीयताका पक्षधरहरूले पनि आफूले जातीय राज्य मागेको होइनौं भनेका छन्। हैनन् पनि। उनीहरूको माग निश्चित भूगोलमा धेरै संख्यामा बस्ने खास जातिको पहिचानको सम्मान गर्न त्यो जातिको नाममा प्रदेश नामाकरण गरौं भन्ने हो। यस्तो प्रदेशमा अरू जात–जातिको अधिकार र स्वतन्त्रता रहन्छ भन्ने उनीहरूको पनि तर्क रहिआएको छ। यस अर्थमा, तपाईँ र उनीहरूको तर्क एउटै छ। हिन्दु राज्यको माग गर्ने तपाईँलाई जातीय आधारमा प्रदेशको नामाकरण गर्नेहरूको विरोध गर्ने नैतिक अधिकार छैन, जसरी जातीय आधारमा प्रदेशको नामकरण गर्नु पर्छ भन्नेहरुलाई हिन्दु राज्य राख्नु हुन्न भन्ने नैतिक अधिकार छैन।
म बहुजातीय समाजमा राज्यको धर्म र जात हुनुहुन्न भन्ने मान्यता राख्छु। यहाँ प्रश्न अरु धर्मावलम्बी र जातिको अधिकार र स्वतन्त्रको हैन, उनीहरूको आत्मसम्मान र अपनत्वको हो। राज्यले एउटा धर्म र जात ग्रहण गरेपछि अरू जाति र धर्मावलम्बीले कसरी त्यो राज्य/प्रदेशप्रति अपनत्व महसुस गर्छन्?
'संसारमा ६० भन्दा बढी देश इसाई धर्म सापेक्ष छन्, ४० भन्दा धेरै देश इस्लाम धर्म सापेक्ष छन्। ती राष्ट्रहरूमा धार्मिक स्वतन्त्रता हनन् नहुने अनि नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्रभन्दा धार्मिक स्वतन्त्रता हनन हुने,' यो तर्क आधारहीन छ।
हो, संसारका केही मुलुक धर्म सापेक्ष छन् र धेरै धर्म निरपेक्ष। केही अपवादबाहेक संसारका सम्वृद्ध र लोकतान्त्रिक मुलुकहरु धर्म निरपेक्ष छन्। जस्तै, जापान, दक्षिण कोरिया, भारत, चीन, अष्ट्रेलिया,क्यानडा, अमेरिका, इटाली, नेदरल्याण्ड, स्पेन, स्विडेन, सिंगापुर,ब्राजिल, साउथ अफ्रिका, र स्विजरल्याण्ड।
धेरैजसो धर्म सापेक्ष मुलुकहरू अस्थीरता र पछ्यौटेपनको सिकार भएका छन्। धार्मिक कट्टरता वा धार्मिक विवाद भएका मुलुहरु त झन संकटग्रस्त नै छन् । हाम्रो राज्य धर्म सापेक्ष रहनु पर्छ कि धर्म निरपेक्ष भन्ने सवालको निर्क्यौल अरु मुलुकमा के छ भनेर तय गर्ने होइन। हाम्रो समाजको धार्मिक बनोट हेरेर गर्ने हो। बौद्ध, इस्लाम, इसाई, किराँतलगायका धर्म मान्ने समुदाय रहेको मुलुकले एउटा खास धर्म ग्रहण गर्नुहुन्न र राज्यको जात वा धर्म बहुमतले निर्णय गरिनु हुन्न। धर्म निरपेक्षताको सार भनेको अल्पमतमा रहेका धर्म र संस्कृतिको पनि समान सम्मान गर्ने भन्ने हो।
‘सृष्टिको प्रारम्भदेखि नै कायम रहेको सनातन, आर्य एवम् वैदिक मान्यताले सबै धार्मिक आस्थाहरूसँग सहकार्य र सद्भाव कायमराख्दै आएको तथ्य गत ४ हजार वर्षको सांस्कृतिक इतिहासले प्रमाणित गरेको सत्य हो।’
यी माथिका हरफहरु धेरै हचुवा छन् । धर्म र मानव जातिको सृष्टि सगँसँगै भएको होइन। धर्म धेरैपछि आएको ‘इन्स्टिच्युसन’ हो। आर्य एवम् वैदिक मान्यता पनि मानव सृष्टिभन्दा धेरै पछिका अवधारणा हुन्। पछिल्लो ४ हजार वर्षहरूमा भारतवर्षमा विभिन्न धर्म र धार्मिक मान्यताबीच ठूलो टकराव भएको छ। उथलपुथल भएको छ। त्यसैले विगत ४ हजार वर्षको धार्मिक सद्भावको दाबी तपार्इँले नगर्नु नै बेस हुन्छ।
‘धर्म निरपेक्षता ‘सेक्युलरिज्म’ होइन, यो फरक पनि बुझ्नु जरूरी छ। धर्म निरपेक्षता हाम्रो प्राचीन धार्मिक सांस्कृतिक, पहिचानसमाप्त गरी विदेशी धर्म र संस्कृति स्थापित गर्ने दिर्घकालीन षड्यन्त्र हो भन्ने अब बुझ्न कठिन छैन।’
सेक्युलरिज्मको ‘डिस्कोर्स’ धेरै फराकिलो छ र यसलाई कसरी परिभाषित गर्ने भन्नेबारे अलगअलग अवधारणा पाइन्छन्। यति हुँदाहुँदै एउटा कुरामा विवाद छैन– सेक्युलरिज्मको दर्शनमा धर्म सापेक्षतालाई कुनै ठाउँ छैन। सरल ढंगले भन्दा, सेक्युलरिज्मको सार तत्व भनेको राजनीतिक निर्णयमा धर्मको प्रभाव नरहोस् भन्ने हो।
तपाईँले भने जस्तो धर्म स्वदेशी र विदेशी भन्ने पनि हुन्न। धर्मको राष्ट्रियता (नेसनालिटी) हुन्न।
हिन्दु धर्म नेपाली धर्म हो भन्ने हो भने भारत र विश्वका अरू मुलुकमा बसेका हिन्दुहरूले मान्ने धर्म कुन देशको हो? कि उनीहरूले विदेशी धर्मको पालना गरेको ठान्छन्?
नेपालमा नेपाली क्रिश्चियनहरूलाई लक्षित गरेर ‘विदेशीको धर्म मान्ने’भन्ने गरिएको छ। धर्म छान्न पाउनु, परिवर्तन गर्न पाउनु मानिसहरूको नैसर्गिक अधिकार हो। धर्म परिवर्तन गराउनु भने गलत हो। तिम्रो धर्मभन्दा मेरो धर्म राम्रो, मेरो धर्म मान्यौं भने तिमीले दुखबाट मुक्ति पाउँछौं भन्नु असहिष्णुताकै अर्को पाटो हो।
त्यसरी नै, हिन्दु धर्म स्वदेशी धर्म र नेपालमै मानिने अरू धर्म विदेशी भन्नु संकीर्ण मान्यता हो।
धर्म निरपेक्षता हाम्रो प्राचीन, धार्मिक सांस्कृतिक पहिचान समाप्त गरी विदेशी धर्म र संस्कृति स्थापना गर्ने दीर्घकालीन षड्यन्त्र हो भनेर तपाईँले चुनावी भाषण गरेको बुझ्न सकिन्छ। यति हचुवा र हावादारी दाबी तपाईँले लिखित रूपमै गर्नु भने उदेकलाग्दो छ।
अन्त्यमा, धर्म मानिसको निजी मामला हो। र, यसलाई निजी दायरामै सीमित राख्नुपर्छ। धर्मलाई राजनीतिक करियरको सिँढी बनाउनुहुन्न भन्नेमा म दृढ छु। यति हुँदाहुँदै पनि म तपाईँको व्यक्तिगत आचरण, आत्म–अनुशासन र सौहार्दताको भने प्रशंसक हुँ।
-अमित ढकाल
Tuesday, November 26, 2013
नेपालमा को हुन आदिबासी र जनजाती
कुमार योन्जन तामाङ
नेपालमा केही समय अघिदेखि आदिवासी जनजातिका वारेमा पुनः बहस उठेको छ । खास गरेर नेपालमा रहेका बाहुन, क्षेत्री र दशनामी समुदायले समेत आफूलाई आदिवासीमा सूचिकरण गर्न माग गरेपछि यो छलफल पुनः अघि बढेको हो । अतः यस विषयमा अरु छलफल गर्नु र प्रष्ट हुन जरुरी छ ।
नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् । यसरी आदिवासी जनजातिको पहिचान गर्दा प्रतिष्ठानले समुदायको निम्न चरित्रलाई आधार बनाएको थियोः
क, जसको आफ्नो अलगै सामुहिक साँस्कृतिक पहिचान छ,
ख, जसको आफ्नो भाषा, धर्म, परम्परागत रितिरिवाज र संस्कृति छ,
ग, जसको आफ्नो लिखित वा अलिखित इतिहास छ,
घ, जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ,
ङ, जसको आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका छैन ।
छ, जुन समुदायभित्र हामी भावना छ,
ज, जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ, र
झ, जो चार वर्णको हिन्दू वर्णाश्रम व्यवस्थाभित्र पर्दैन र जो आफूलाई जनजाति भनी दावी गर्दछन् ।
अन्तर्राष्टिय जगतमा समेत आदिवासी को हुन् भन्नेवारे कुनै एउटै परिभाषा बनेको छैन । तर विभिन्न देशको अनुभव र अध्ययनको आधारमा विभिन्न चरित्रहरुको किटान चाँही अवष्य गरिएको छ । खास गरेर आइ एल ओ १६९, विश्व बैंक, युरोपिएन युनियन, एशियाली विकास बैंक, राष्टसंघीय विकास कार्यक्रमहरु लगायतका संयुक्त राष्टसंघीय अन्तर गैरसरकारी निकायहरुले यसवारे आफ्नो धारणा बनाएका छन् । विश्वका विभिन्न मुलुकहरुमा आदिवासी स्वशासनको अभ्यास पनि भइरहेका छ्न् ।
नेपालमा सबभन्दा पहिले २०४७ सालमा नेपाल जनजाति महासंघको स्थापना भयो । त्यस्को परिमार्जित विधान २०५१ का अनुसार “जनजाति भन्नाले हिन्दू बर्णश्रम संरचनाभित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातिहरुलाई जनाउँछ ।” त्यस्तै गरेर २०५२ सालमा सम्पन्न “नेपालका आदिवासीहरुः स्वपहिचान र पुर्नस्थापनातिर” नेपालका आदिवासीहरुवारे राष्टिय परामर्श गोष्ठी” ले “आदिवासी र जनजाति पर्यायवाची शव्द होइनन् तर नेपालको सन्दर्भमा अधिकांश जनजातिहरु आदिवासी देखिन्छन्” भनेको छ ।
विश्व बैंकले सन् १९९१ मा आदिवासीको चरित्रको उल्लेख गर्दै भनेको छ, आफ्नो पुख्र्यौली भूमि तथा प्राकृतिक श्रोतसाधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई भिन्न समुदायको भनी दावा गर्ने तथा अरुले पनि सो को समर्थन गर्ने, राष्टिय समुदायको भन्दा भिन्न भाषा भएका, आफ्नो परम्परागत सामाजिक एवं राजनैतिक संस्थाहरु भएका तथा गुजारामुखि उत्पादन प्रणाली भएका समुदायहरु आदिवासी हु्न् ।
संयुक्त राष्टसंघका आदिवासी विशेष प्रतिवेदक (र्योपोचिएर) मार्टिनेज कोवोका अनुसार आदिवासी भन्नालेः सारमा आदिवासी ती हुन्, जसको ऐतिहासिक निरन्तरताको कडी छ जो अतिक्रमण पूर्व वा उपनिवेश हुनु पूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रुपमा दावा गर्छ र जो आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रियाद्धारा चलेका छन् ।
आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धी आइ एल ओ १६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजातिको परिभाषा यस्तो छ :
क, स्वतन्त्र देशका ती जाति जसको राष्टिय समुदायको भन्दा अलग सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पुरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानून नियमहरुद्धारा परिचालित छ ।
सो अनुसार आदिवासी भन्नाले :
क, माथि उल्लेखित भएका बुँदाहरुका अतिरिक्त कुनै विशेष क्षेत्रमा ऐतिहासिक रुपले निरन्तर बसोवास गरिरहेका वा अरु समुहहरुले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा वा वर्तमान राज्यको सिमा बन्नुभन्दा पहिलेदेखि बसोवास गरिरहेका समुदाय आदिवासी हुन् । जो, आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरुद्धारा परिचालित छ्न् ।
यसवारे आइ एल ओ १६९ को निर्देशिकाले अझ प्रष्ट गर्दै भनेको छः
१, ऐतिहासिक निरन्तरता (आधुनिक राज्य बन्नु अघिको) २. भौगोलिक सम्बद्धता, जहाँ उनका पूर्खाहरु रहेका थिए । र, ३, भिन्न सामाजिक, आर्थिक, साँस्कृतिक एवं राजनैतिक संस्थाहरु ।
माथिको विश्लेषणबाट आदिवासी हुनका लागि ३ तत्व अनिवार्य आवश्यक हुन्छ :
क, विद्यमान राष्टिय समुदाय (नेपालमा राष्टिय समुदाय भनेको क्षेत्री, ठकुरी र बाहुन समुदाय नै हुन्) को भन्दा भिन्न भाषा, संस्कृति, लिखित अलिखित इतिहास र परम्परागत जीवनपद्दति हुनु अनिवार्य छ ।
ख, त्यस्तो समुदायको ऐतिहासिक थाकथलो भएको हुनु र सो आधुनिक राज्य निर्माण हुने क्रममा अतिक्रमित भएको हुनु अनिवार्य छ ।
ग, वर्तमान अवस्थामा राज्यको मुलधारभन्दा बाहिर रहेको र उत्पीडन र बहिस्करणमा परेर सिमान्तकृत समुदायको अवस्था भोगिरहेको हुनु अनिवार्य छ ।
नेपालको सन्दर्भ
यी ३ मुख्य बुँदामा टेकेर विश्लेषण गर्दा नेपालको सन्दर्भमा आदिवासी को हुनसक्छ र सक्दैन भन्ने कुरा आफै प्रष्ट हुन्छ । आदिवासी अवधारणा मुलतः राज्यको लामो उत्पीडन र विभेदका कारण एउटै देशभित्र पनि औपनिवेशीकरणमा पारिएका समुदायको उन्मुक्तिसँग गाँसिएको अवधारणाका रुपमा आएको हो । दक्षिण तथा ल्याटिन अमेरिकामा यो अवधारणाको विकास हुँदा बाहिरबाट आएकाले त्यहाँका आदिवासी जातिमाथि शासन गरेको विरोधमा शूरु भएको थियो ।
नेपालमा पछिल्लो समयमा आफूलाई आदिवासीको दावा गर्ने समुदायहरुले यसवारे आफ्नो धारणा बनाउँदा र सरकारले पनि आफ्नो धारणा बनाउँदा उपयुक्त आधारमा बनाउन उचित हुन्छ । किनकी हाम्रा मान्यताहरु अन्तर्राष्टिय कानूनसँग बाझिनु हुँदैन किनकी ती सन्धी र घोषणापत्रको नेपाल पक्ष राष्ट हो । अहिले बहस भइरहे झैं ऐतिहासिकताको आधारमा मात्र आदिवासीको विश्लेषण गरिनु, उपयुक्त विश्लेषण होइन ।
ऐतिहासिकताको मात्र कुरा गर्ने हो भने भारतमा हिन्दू आर्य समुदाय तथा चीनमा हान जाति सम्भव त पुरानो जातिमा पर्दछन् तर पनि उनीहरु भारत र चीन दुबै देशमा आदिवासी मानिँदैनन् । यसको मुख्य कारण पनि यही हो ।
आज पहिचानको आवश्यकता तिनै जाति समुदाय, जसको ऐतिहासिक विभेदका कारण वर्तमानमा आइपुग्दा आफ्नो पहिचान हराएको छ, तिनलाई चाहिएको हो । यसतो अस्थामा जसले सामन्ति सत्ताको निर्माण गर्दै राष्टिय समुदायको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेका समुदाय छन् तिन्ले ती उत्पीडित जाति वा समुदायको पहिचान स्थापित गर्न सहयोग गर्नुपर्दछ, विरोध गर्नु स्वाभाविक रुपमा अन्यायपूर्ण हुन्छ । यहींनेर बर्गीय पक्षधरताको कुरा मुख्य हुँदो रहेछ र यो वर्गसंघर्षसँग अभिन्न रुपमा जोडिँदो रहेछ ।
Saturday, November 23, 2013
हिन्दु वाहुन-क्षेत्रीहरुको गोप्य र दुष्ट षड्यन्त्र....
१) ज्यादा भन्दा ज्यादा सस्त्र र बारुदहरु संकलन गरेर राख ताकि आवश्यक परेको खण्डमा उचित समयमा दलितहरुलाई मार्नको निम्ती सजिलो होस्।
२) अम्बेडकरबादी दलित र मुसलमानहरुबाट हामीलाई खतरा छ, दलित जातीको अन्य पक्षलाई आफ्नो (हिन्दुको) पक्षमा गर र अम्बेडकरवादीप्रति घृणा फैलाउन काम गर। दलितहरु परस्पर लडोस् र परस्पर बैमनश्य फैलोस्। यो षड्यन्त्र र योजना नेपालका अहिन्दू मूलबासी मंगोलहरुको विरोधमा आदिवासी जनजाती (फिरिङ्गे बनजरा) हरुद्वारा सिर्जना गरिएकोसँग ठ्याक्कै मिल्दोजुल्दो छ।
३) वरिष्ठ अधिकारीहरुलाई कट्टर हिन्दुवादी बनाउ ताकि दलित कर्मचारीहरुलाई नोक्सान पुर्याउन सकोस्।
४) दबाइ बिक्रि कर्ताहरुलाई यो आदेश दिइएको छ कि तिनीहरुले दलित, मुस्लिम, आदिवासी समाजमा नक्कली दबाइ बेचोस् र तिनीहरुलाइ थाहा नै नपाई विस्तारै मार्न सकियोस्।
५) दलितहरुलाई श्रीराम र ओमको मन्त्र पढ्न बाध्य गराउ।
६) हिन्दुहरुको विरोधमा भाषण गर्नेहरुका भाषण बहिष्कार गर त्यस्ताहरुलाई सताउने र दुख दिने गर।
७) दलित समाजलाई रक्सी खाने, रण्डीबाजी गर्ने, जुवा तास खेल्ने एवं माधक पदार्थ बेच्ने जस्तो नराम्रो बानी बसाइदिने काम गर।
८) स्कूलका दलित विद्यार्थीहरुमा घातक खाद्य वस्तु बाँड्ने गर ताकि तिनीहरु शारिरीक र मानसिक रुपले अपाङ्ग होस्।
९) दलित, मुस्लिम र क्रिश्चियन समाजका युवतीहरुलाई बेश्यावृत्ति गर्न उक्साउ, आवश्यक परे भने बाध्य गराउ।
१०) स्कूलमा दलितहरुलाई हिन्दुत्वको बढाइ चढाइ गरी झूटो इतिहास पढाउने गर।
११) दंगा भएको समयमा दलित र मुस्लिम महिलाहरुलाई सक्दो सामुहिक बलात्कार गर।
१२) दंगा फसादको समयमा पुलिस, प्रशासनको सहयोग लिएर ज्यादा भन्दा ज्यादा मुसलमान र दलितहरुको हत्या गर।
१३) बुद्ध विहार, चर्च, मस्जिद भएको ठाउँमा पहिला हिन्दु मन्दिर थियो भन्ने लेखेर घोकाउ।
१४) मुस्लिम, क्रिश्चियन र बुद्धिष्टको बदनाम हुने प्रकारको साहित्य लेख।
१५) बाहुनलाई बदनाम गराउने साहित्य नष्ट गर। यसमा साँचो हो कि झूटो हो त्यो नहेर त्यस्तो कुरा जनताको अघि नआओस्, नपढोस्।
१६) दलित र पछौटे वर्गको कर्मचारीको रिकर्ड विगार्ने गर ताकि पद्दोन्नती नहोस्।
१७) हिन्दु देवदेवीको चमत्कारपूर्ण कुराहरुलाई हर माध्यमबाट बेसीभन्दा बेसी प्रचार गर्ने गर।
१८) ढोगी, साधु, बाबा, महाराजाहरुलाई हातमा लिएर दलित समाजमा अन्धा श्रद्धा फैलाउ र अन्धा भक्त बनाउ।
१९) बौद्ध, सिक, जैन र क्रिश्चियनहरुलाई सनातन हिन्दु बनाउने प्रयास जारी राख।
२०) मुस्लिम, क्रिश्चियन र अम्बेडकरवादी दलितहरुमाथि सुनियोजित आक्रमण गर्ने क्रम जारी राख, तिनीहरुको मनोबल कमजोर गराउ।
२१) मण्डल-आयोगको सक्दो विरोध गर, आयोगको बारेमा भ्रम फैलाउ।
२२) अम्बेडकरको स्मारकहरु रातीँ राती भत्काउ र फोहोर घसेर कुरुप पारिदेउ।
२३) दलितहरुलाई परस्परको लडाइ झगडामा भुलाउ।
२४) चानक्य नीति दिनहु पढ्ने गर।
२५) दलित र मुसलमानका छोरीहरुलाई मद पिलाउ, तिनीहरुको नांगो फोटो खिच र ब्लूप्रिन्ट बनाउ।
२६) दलितहरुलाई कुपोषण खुवाउने काम जारी राख, तिनीहरुले खाने मादक पदार्थमा विष मिसाउ र तिनीहरुलाई खोक्रो पार।
२७) पछौटिएको समाजको मान्छेलाई आफ्नो राजनैतिक हतियार बनाउ।
२८) दलितहरु र पछौटिएको वर्गलाई इलेक्टा्रेनिक मिडियामा प्रवेश गर्न नदेउ।
२९) दलित र मुसलमान लेखकहरुलाई पैसा दिएर आफ्नो वसमा गर। त्यसपछि तिनीहरुलाई आफ्नै समाजको विरुद्धमा लेखाउ। नेपालमा परशुराम जनजाती तामाङले तामाङ समाजलाई नै बेश्य हो भनेर लेखे जस्तै र अरुले मूलबासीलाई आदिवासी जनजाती बनाउने भनाउने लेखाए जस्तै।
३०) साहुकार र व्यापारीहरुलाई दलितमाथि आर्थिक शोषण गर्ने आदेश दिइन्छ।
३१) हिन्दुको विरुद्ध काम गर्ने दलितहरुमाथि कडा नजर राख र तिनीहरुलाई आपसमा फुट गराउ, लडाइ झगडा गराउ।
३२) हिन्दु विरोधीहरुलाई पुलिसद्वारा सखाप पार।
३३) नियमित बैठक गर।
३४) जय श्रीरामको नारामा हिन्दुत्वको प्रचार गर।
३५) यो चिठी राम्रोसँग पढ्नु र कन्ठस्त गरी जलाइदिनु। भवदीय ब्राहमण सेवक संघ। यी उक्त बुँदाहरु संयोगवस बाहिरिन गयो र भारतका हिन्दी पत्र पत्रिकाले प्रकासित गर्यो जसलाई यहाँ खस भाषामा उल्था गरी पाठकवृन्द समक्ष प्रस्तुत गरिएको छ-लेखक।
Tuesday, October 22, 2013
नेपाल नाम र तामाङ जातिबीचको सम्बन्ध
१. नेपालको भौगोलिक तथा जन-आवादीको अवस्थिति :
पृथ्वीनारायण शाहको आधुनिक नेपाल तथा अबको नयाँ नेपाल विश्व मानचित्रको दक्षिण एशियामा पर्दछ । चीन र भारतद्वारा घेरिएको यो देश २६ डिग्री २२'' देखि ३० डिग्री २७'' उत्तरी अक्षांश र ८० डिग्री ४'' देखि ८८ डिग्री १५'' पूर्वी देशान्तरसम्म फैलिएको छ । यस्तैगरि पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित छ । समुद्र सतहको ७० मिटरदेखि ८,८४८ मिटरसम्म अग्लो भू-भाग रहेको नेपाल विश्वमा बुद्धको देशको नामले चिनिएको छ । भौगोलिक रूपमा हिमाल, पहाड र तरार्इ गरी तीन भागमा बाँडिएको देशमा २०५८ सालको जनगणनानुसार विभिन्न १०७ जातजातिको आवादी रहेको छ । हालसम्म सरकारी निकायबाट मान्यता प्राप्त ५९ आदिवासीहरू सूचिकृत भएका देखिन्छन् । अल्पविकसित, बहुल जाति, भाषा, संस्कृति, धर्मको साझा घरको रूपमा रहेको छ । यो देश अहिले हिन्दु एकीकृत निरङ्कुश राज्यसत्ताबाट सङ्घीयताको नाममा जातीय, क्षेत्रीय र भाषिक रूपमा बल्ल-बल्ल स्वायत्तता र मुक्तिको तयारीमा उभिएको छ । दशौं वर्षम्म मारिएका चौधौं हजारको चिहान, कैयौं बेपत्ताहरूको अवस्था अज्ञात रहेको छ । जनआन्दोलका घाइतेहरूका पीडामाथि उभिएर छातीमा हात राखेर नयाँ नेपालको खाका कोर्ने तयारीमा जुटेका छौं ।
२. काठमाडौं दह, मञ्जुश्री र तामाङ बोम्बो-झाँक्री :
पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् (टेकबहादुर तामाङ, अध्यक्ष बोन कम्यूनिटी स्कूल)। यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।
३. तामाङ जातिको आवादीसम्बन्धी प्राप्त प्रागऐतिहासिक प्रमाण :
ऐतिहासिक प्रमाणका आधारमा यो निष्कर्षा पुग्न सक्छौं कि- तामाङ जाति नै यस उपत्यकाको पहिलो आदिवासी हो । यस ठाउँको पानी निकाल्न सहयोग गर्ने तामाङ जातिकै बोम्बो थिए भन्ने कथा माथि नै उल्लेख गरिसकिएको छ । रूसी प्रागऐतिहासिक पुरातत्त्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को वि.सं. २०३४ सालको हिउँदको अन्त्यमा दुर्इ महिनाको लागि (अर्थात् जनवरी १५ मार्च २४, १९७८ सम्म) नेपालको पुरातात्त्विक अध्ययन भ्रमण गरेका थिए । उनले नेपालको पुरातत्त्व विभागको सहयोगमा अनेक प्राग-ऐतिहासिक पुरातात्त्विक स्थलको अध्ययन गरेका थिए । अध्ययनको क्रममा काठमाडौंस्थित बुढानीलकण्ठको दक्षिण-पूर्वतिरको बानियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोला किनारामा उनले र्इ.पू. ३०,००० (आजभन्दा ३२ हजार) वर्ष पुराना ढुङ्गो हतियारहरू भेट्टाएका थिए । उनका अनुसार मङ्गोलियाको गोवी सभ्यतासित मिल्ने ती हतियारहरू ढुङ्गे युगका पालिस नगरिएको तर चोट दिएर, ताछेर बनाइएका थिए । यसले पनि तामाङ जाति यहाँको पहिलो बासिन्दा हो भन्ने तथ्यको पक्षपोषण गर्दछ । डा. माणिकलाल श्रेष्ठ तथा परशुराम तामाङ लगायतका विश्लेषकहरूले पनि तामाङ नै यस उपत्यकाको पहिलो बासिन्दा भएको बताउँदै आएका छन् ।
४. 'नेपाल' नामसम्बन्धी प्राप्त वर्णन :
यस भूमिको नाम 'नेपाल' कसरी रह्यो होला भन्ने सम्बन्धमा तथ्यगत प्रमाणको अभावमा सबैले अनुमानको भरमा "नेपाल" शब्दको अक्षरलाई फुटाउँदै मनोवाञ्छित विश्लेषण मात्र गर्ने गरेका देखिन्छन् । 'कहिलेदेखि नेपाल शब्द प्रचलित भयो त्यो एकीनसाथ भन्न सकिँदैन तापनि समुद्र गुप्तको प्रयाग प्रशस्तिमा परेको 'नेपाल' नेपाल शब्द नै आजसम्म पाइएको सबभन्दा पुरानो नाम हो' भनि लेभी १९७५ : ११, रेग्मी २०२६ : २ लाई उदृत गर्दै लेखक परशुराम तामाङले आफ्नो पुस्तक "तामाङ जाति"मा उल्लेख गरेका छन् । भाषाबंशावलीमा उल्लेख भएअनुसार- मञ्जुश्रीले नेपाल उपत्यका निवासयोग्य बनाएको केही कालपश्चात् कुनै "ने" मुनीद्वारा पालित यस उपत्यकाको नाम "नेपाल" हुन गयो (बालचन्द्र शर्मा, "नेपालको ऐतिहासिक रूपरेखा" प्रकाशिका : कृष्णकुमारी देवी, २३।११९ दूधविनायक, वाराणसी - १, पृ. ४७) । यहाँ उल्लेखित कुनै "ने" मुनी भनेको को हो भन्ने स्पष्ट हुँदैन । त्यसैले यो मतमा विश्वास गर्न सकिने अवस्था छैन किनकी "ने" मुनी को थिए भन्ने सम्बन्धमा 'कुनै एक मुनी' मात्र भनिएको छ । यदि उसैको नामबाट नेपाल नामाकरण भएको भए कुनै एक 'ने' मुनी भन्नुको सट्टामा उसको स्पष्ट परिचय दिनुपर्दथ्यो साथै उसैले बाँधिदिएको थिति अनुसार चलेको भन्ने हो भने ती थितिहरू के- के र कस्ता-कस्ता थिए भन्ने सम्बन्धमा पनि उल्लेख हुनुपर्दथ्यो ।
भाषा बंशावलीमा उल्लेख भएअनुसार मञ्जुश्रीले पानी निकालेको भन्ने सम्बन्धमा पनि कतिपयले विवाद उठाएका पाइन्छन् । उनीहरूका अनुसार यहाँको पानी मञ्जुश्रीले नभई श्रीकृष्णले निकालेका थिए तर मञ्जुश्रीले पानी निकाल्दा हुँदा टौदहको निर्माण गरी नागराजलाई रोकेको, पशुपति आर्यघाटमास्तिर पानी जमेकोले पशुपति गौरीघाटनेरको डाँडा काटेको र गोकर्णको डाँडा काटी सोभन्दा माथितिरको पानी निकालेको जस्ता क्रमबद्ध वर्णन र स्पष्टता श्रीकृष्ण वा उनका प्रतिनिधिले निकालेको भनिएकोमा पाइँदैन । स्मरणीय तथ्य यो पनि हो कि- त्यस बखत श्रीकृष्ण यहाँ आएका थिएनन् । श्रीकृष्णले पानी निकालेका थिए भनेर विश्वास गर्नेहरूले यहाँको पानी मञ्जुश्रीले निकालेका हुन् भन्ने कुरा झुठ्ठा भएको दावी गरेका पाइन्छन् । यदि भाषावंशावलीमा उल्लेखित मञ्जीश्रीले पानी निकालेको भन्ने कुरा झुट्ठा मान्ने हो भने भाषाबंशावली नै गलत भन्नुपर्ने हुन्छ अनि भाषावंशावली नै गलत भए "ने" मुनीद्वारा पालित नेपाल भनेर दावी गर्नुपर्ने गलत हुनेछ ।
कतिपयले "मञ्जुश्री" भारतीय नाम भन्ने गरेका पनि पाइन्छन् । स्मरण गरौं इतिहास र धर्मग्रन्थहरू उल्था गर्दाखेरि जुन भाषामा लेखियो सोही भाषामा मानिसको नामसमेत उल्था गर्ने चलन थियो । अझ बुझनु पर्ने कुरा यो पनि छ कि- "मञ्जुश्री" भारतीय नाम त हो तर त्यो भन्दा बढी यो तिब्बती भाषाको "ज्याम्बेयाङ"को उल्था हो । तिब्बतीहरूले "मञ्जुश्री"लाई आफ्नै भाषामा "ज्याम्बेयाङ" नै भनी भन्ने गरेका पाइन्छन् । बरू पछि "मञ्जुश्री" नाम तिब्बतमा पनि प्रचलित हुन असम्भव देखिँदैन । यसप्रकार हामी स्पष्ट हुन्छौं कि यस नागदहको पानी श्रीकृष्णको सट्टा मञ्जुश्रीले नै निकालेका थिए ।
'नेपाल' नामकै सन्दर्भमा पाइने अर्को मतानुसार नेवारको "ने" र उनीहरूले बत्ती बाल्न प्रयोग गर्ने पालाको "पाल"लाई संयोजन गरी "नेपाल" नाम बनाइएको हो । त्यसरी नेवारको "ने" र पालाको "पाल"लाई जोडेर "नेपाल" बनाइरहनुपर्ने आवश्यकता देखिँदैन । यस्तैगरी यहाँ नेवारको आवादी हुनुअगावै पहिलो आदिवासी तामाङ जातिको आवादी भइसकेकोले पनि उनीहरूले पहिले नै यस ठाउँको नामाकरण गरिसकेको हुनुपर्दछ ।
यस्तैगरि प्राप्त अर्को कथन अनुसार 'नेपाल र नेवार शब्दको मूल एउटै 'न्यार्वा' शब्द हो । 'न्यार्वा' भन्ने जाति नेवार र तामाङको रक्त मिश्रणबाट बनेको हो ।' अर्थात् नेवार र तामाङको रक्त मिश्रणबाट जन्मिएका मानिसहरू नै 'न्यार्वा' हो । तिनै 'न्यार्वा'बाटै 'नेवार' र 'नेपाल' भएको हो भन्ने मत तामाङ सम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका लेखक रविन्द्र तामाङले टामास यङ्गर जर्ज ग्रियर्सनलाई उदृत गर्दै प्रस्तुत गरेका देखिन्छन् ।
तिब्बततिर झूकाव राख्नेहरूले भने "नेपाल"को अर्थ तिब्बती भाषामा खोज्ने प्रयास गरेका पाइन्छन् । यस मतका अनुयायी मध्ये वाडेल साहेबले १८९१ र्इ. मा एक लेख प्रकाशित गरेको देखिन्छ । उनका अनुसार- तिब्बती भाषामा वा तिब्बत-बर्मी भाषा कुलका अन्य बोलीहरूमा "ने"को तात्पर्य "घर" वा निवास स्थल एवं "पाल"को तात्पर्य "ऊन" हुन्छ । अतः "पाल" हुने ठाउँमा "ने" हुने मानिस "नेपाल" हुन्छन् अथवा "पाल" को "ने" (ऊनको घर वा मण्डी) पनि "नेपाल" भनिन सक्तछ । यसप्रकार माथिल्लो भनाई अनुसार अघि ऊन हुने देशका निवासीहरूको नाम "नेपाल" भएतापनि पछि निवासीहरूको नामले नै उनीहरूको देश पनि प्रसिद्ध हुनु असम्भव छैन ।
पुरानो लाप्चा भाषामा पनि पूर्वी नेपाल र सिक्किमलाई "ने" सञ्ज्ञा नै दिइएको छ र प्राचीन लाप्चा भाषाका ज्ञाताहरू यस शब्दको अर्थ "मानिस बस्ने कन्दरा वा गुफा" लाउँछन् । भोटका लामा धर्मग्रन्थहरूमा यो "ने" शब्द "न्यस्" (Gnas) लेखने गर्दछन् तापनि यसको उच्चारण "ने" नै गर्छन् । लामाहरू यसलाई "पवित्र स्थल वा गुफा" बुझ्दछन् भनी उल्लेख गरेका देखिन्छ तर यहाँ बाडेल साहेब तथ्यको नजिकै पुगेर पनि पछि परेको भन्न सकिन्छ किनकी उनले 'नेपाल' नामको अर्थ तिब्बती लामा र पूर्व लाप्चा भाषामा खोज्न पुगे ।
'नेपाल' नामको वास्तविक अर्थ खोज्ने नै हो भने यहीँको बासिन्दा र भूमिपुत्रलाई सोध्नुपर्दथ्यो । स्मरणीय कुरा के पनि हो भने नेपाललाई तिब्बतीहरूले आफ्नै भाषामा "ह्रोङ" र "माङ्हृयुल" भन्ने गर्दथे । "ह्रोङ" र "माङ्ह्युल" भनेर सम्बोधन गरी सकेपछि पुनः यस देशमा "ने" अर्थात् "घर" र "पाल" अर्थात् "ऊन" लाई मिलाएर "नेपाल" भनि व्याख्या र नामाकरण गरिरहनु पर्ने आवश्यकता नै देखिँदैन ।
५. को थिए पहिलो आदिवासी ?
काठमाडौं उपत्यकाको पहिलो आदिबासी कुन हो भन्ने जिज्ञासा उठ्न सक्छ । प्राप्त प्रमाणहरूले तामाङ नै यहाँको पहिलो आदिवासी भएको प्रमाणित गरेको पाइन्छ । पछि नेवार जातिको प्रवेश भएपछि तामाङ जाति विस्तारै यहाँबाट बाहिरिन थालेको देखिन्छ । हालको टिचिङ्ग हस्पिटल महाराजगञ्ज रहेको स्थानमा सो अस्पतालको निर्माण अघिसम्मै तामाङ बस्ती थियो । अस्पताल निर्माणको क्रममा त्यहाँका तामाङ जातिलाई हटाउन सकिने भन्दै अधिग्रहण गरी हटाइएको थियो । अझैपनि काँठ क्षेत्रका साथै बौद्ध क्षेत्रमा तामाङको बस्ती पाइने गरेको छ । आवादीको कुरा गर्ने नै हो भने यहाँको पहिलो आवादी भएको जाति तामाङ नै हो भन्ने सम्बन्धमा थुप्रै अनुसन्धानकर्ताहरूले लेखेका छन् ।
जनकलाल शर्माका अनसुार "...मङ्गोल जातिका मानिस कुनै समय पहिले काठमाण्डू उपत्यकामा आवाद भए र त्यसपछि अन्य बाहिरिया मानिसको आगमन हुन थालेपछि ती मङ्गोलहरू उपत्यकाभन्दा बाहिर रहेको पहाडी भूमितिर लागे । रहँदाबस्ता तिनीहरू पछिल्लो कालमा आएर तामाङ, मुर्मी आदि अनेक नामले सम्बोधित हुँदै गए । जो आज पनि त्यसै उपत्यकालाई चारैतिर घेरेर बसेका पाइन्छन्" (जनकलाल शर्मा 'हाम्रो समाज : एक अध्ययन' प्रकाशक : साझा प्रकाशन, तेस्रो संस्करण २०५८ पृ. ३१९) । यस्तैगरी परशुराम तामाङज्यूले वंशीटार्टलाई उल्लेख गर्दै लेखेका छन् कि- प्राचीन इतिहासले यस्तो सङ्केत गर्दछ कि तिनीहरू (तामाङ) नेपाल खाल्डोका प्राचीन बासिन्दा थिए तर पछि केही समय बितेपछि तिनीहरूलाई अन्य केही जातिले पराजित गरायो । जसले तिनीहरूलाई अपमानजनक अवस्थामा आधिपत्य गर्यो र तिनीहरूलाई खेतबारी जोतने, भारी बोक्ने, दाउरा घाँस गर्ने आदि कडा श्रम गर्न बाध्य गरायो । व्यवहारमा तिनीहरूको दास बनाए । यस्ताबाट उम्कन तिनीहरू पूर्वी नेपालका टाढा-टाढासम्म घुमे र त्यहीँ बसोबास गरे (१९०९) ।
करनले पनि तामाङ जाति नेपालमा र्सवप्रथम आउने आगन्तुकहरू मध्येका हुन् भन्ने मान्दछन् (१९६० : ६६) । तामाङको के तर्क छ भने तिब्बतको आवादी पाँच हजार वर्षघि मात्र भएको हो । त्यसैले तामाङ जाति तिब्बत आवादी हुनुभन्दा पहिले नै हिमाल पार गरी बसेको हुनुपर्दछ (१९९१ : १४) (परशुराम तामाङ 'तामाङ जाति', प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं प्रथम संस्करण २०५१ पृ. २४) । यसैगरी तामाङ जातिको आवादीकै सन्दर्भमा अर्का अध्येता कर्क पेटि्रकका अनुसार नेवार जातिले राज्य गर्नु अघि नेपालमा भोटे जातिले राज्य गरेका थिए । नेवारले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनलाई काठभोटिया (काठमाडौं भोटिया) भनिन्थ्यो । जो आजसम्म पनि संरक्षित छ र हाल कच्छाडको पहाडमा तर मुख्य रूपमा कुतीपट्टीको पर्वतीय भूमिमा आवाद छन् (१८११ : १४८) (ऐ.ऐ. पृ. २९) । एवंरीले परशुराम तामाङ आफैँले पनि उपत्यकामा नेवारभन्दा पहिले तामाङ जातिले राज्य गरे भन्ने आशङ्का गरेका देखिन्छन् (ऐ ऐ. पृ ६) । यिनै आधारहरूले पनि काठमाडौं उपत्यकामा सबैभन्दा पहिले आवाद भएको जाति तामाङ भएको कुरा पुष्टी हुन्छ ।
६. के हुन सक्छ त तथ्य ?
प्राप्त ऐतिहासिक प्रमाणहरूका आधारमा यो भन्न सक्छौं कि- नेपाल उपत्यकाको आदि भूमिपुत्र भनेको तामाङ जातिकै पूर्खा थिए । त्यसैले "नेपाल" नाम तामाङ भाषाबाटै आएको हुनुपर्दछ । तत्कालिक तामाङ समाज बोन धर्म र झाँक्रीवादी प्रचलनद्वारा सञ्चालित थियो । त्यसैले यिनीहरूको समाजमा भूतप्रेत, नाग-नागिनी, देउ-देउता, शिकारी र कुलदेउता आदिमाथिको विश्वास पाइन्छन् । ती शक्तिहरूमा पनि आफैँ उत्पत्ति वा उत्पन्न भएको, बोन वा समाजले स्थापना गरेको, कुल र पितृदेउता आदि हुने गर्दछन् । आफैँ उत्पन्न भएको शक्ति वा देउतालाई 'नेपा ल', स्थापना गरिएको देउतालाई 'तेन्पा ल' र कुल तथा पितृ देउतालाई 'तिङ्दो ल' र 'फोला ल' र गाउँको देउतालाई 'स्हिङ्ला/ह्युल्ला ल' भन्ने गर्दछन् ।
संस्कृतको 'स्वयम्भू' नाम तामाङ भाषाको 'नेपा ल'को उल्था गरिएको रूप हो भन्ने मेरो ठहर छ । सोही 'नेपा ल' (स्वयम्भू) शब्दबाटै 'नेपाल' नाम रहेको हुनुपर्दछ किनकी स्वयम्भूलाई 'नेपा ल' भनी सम्बोधन गर्दा-गर्दै 'नेपा ल' बाट 'नेपाल' हुँदै 'नेपाल' नाम रहेको गएको देखिन्छ । कालन्तरमा त्यही 'नेपाल' नामले हालको 'स्वयम्भू'लाई मात्र नभई यस काठमाडौं खाल्डोलाई नै चिनाउन थालेपछि तामाङ भाषाको 'नेपाल' (स्वयम्भू) भने 'स्वयम्भू' नामबाट परिचित हुन गएको देखिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरी सकेपछि भने यस देशको नाम पनि 'नेपाल' नै रहन गएको तथ्य त सबैलाई थाहा भएकै कुरा हो ।
७. कसरी ?
हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको देखिन्छ । संस्कृत भाषाको "स्वयम्भू"को अर्थ आफैँ उत्पन्न भएको भन्ने हुन्छ । आफैँ प्रकट भएको महाज्योर्तिमय रूपको भगवानलाई नै "स्वयम्भू" नामले चिनाउन थालिएको पाउँछौं । त्यसरी आफैँ उत्पन्न भएको देउतालाई तत्कालिक बोन (झाँक्री) धर्म मान्ने तामाङ जातिको भाषामा "नेपा ल" (नेपा + ल ) भनिन्थ्यो । उनीहरूको भाषानुसार "नेपा"को अर्थ आफैँ उत्पन्न भएको र "ल" को अर्थ देउता भन्ने हुन्छ । यसप्रकार शुरूमा नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने यिनै तामाङ जातिकै भाषामा यहाँको नाम 'नेपाल' रहन गएको हुनुपर्दछ ।
वास्तवमा हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको मानिन्छ । त्यसबखत त्यस दहका वरिपरि रहेको तामाङ झाँक्रीहरूले नै त्यस महाज्योतिलाई 'नेपा ल' अर्थात् 'आफैँ उत्पन्न भएको देउता' भनेको हुनुपर्दछ । बाहिरका मानिसहरूले समेत त्यस ज्योतिको दर्शन गर्न आएका बखत ती तामाङ जातिले आफ्नै भाषामा 'नेपा ल' भनेर चिनाएको हुनुपर्दछ किनकी कसैको छोराको नाम अन्तैका मानिसले आएर राखीदिन सम्भव हुँदैन । त्यसैगरि आफू बसेको स्थानको नाम पनि आफैँले नै राखने कुरा हो । यस स्थानको नाम यहीँ आवादी भएका तामाङ जातिले नै राखेका थिए भनेर ठोकुवा गर्न सकिन्छ । तत्कालिक तामाङ बोम्बो भाषामा रहेको 'नेपा ल'को ठ्याक्कै उल्था नै संस्कृत भाषाको "स्वयम्भू" हो । त्यसैले यस नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने तिनै तामाङकै पूर्खाले आफ्नै भाषामा यस स्थानको नाम 'नेपा ल' भन्ने गरेकोमा पछि सोही 'नेपा ल'बाट 'नेपाल' रहन गएको देखिन्छ ।
समाप्त
- खोजराज गोले
email : khojrajgole@gmail.com
मो.नं. : ९८४१-३७०३५३
साभार : 'तामाङ एकता' सामयिक पत्रिका

Monday, October 21, 2013
ओझेलमा पारिएका तामाङ राज्यहरू :
तामाङ समुदायलाई बाहुन जातिले कागति निचारे जस्तो निचोरिरहेको छ । पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रहेको उल्लेख भएबाट र स्थलगत अध्ययनका साथै अभिलेखबाट पत्तालागेको छ । नुवाकोटका साथै हालको नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू यत्र तत्र छरिएर रहेको इतिहासले देखाएको छ ।पृथ्वीनारायण शाहाको पालासम्म भएको तामाङराज्यहरूको चर्चा नहुनुले पनि आर्यनहरूको मनमा फेरी तामाङहरूले आफ्नो राज्य माग्ने त होइन भन्ने चिन्त थपेको छ । प्राप्त प्रमाणहरूको आधारमा अहिलेको काठमाडौं शहरमा पनि तामाङराज्य रहेको देखिन्छ । पृथ्वीनारायण शाहले तथकथित एकीकरण अभियान थाले पश्चात तामाङराज्यहरू विस्तारै हराउँदै गएको इतिहासले देखाएको छ । काठमाडौं वरिपरि पहाडको विभिन्न थुम्कामा तामाङहरू कसरी रहन पुगे भन्ने विषय भन्दा पहिला किन काठमाडौं वरिपरि तामाङ कविला राज्य निर्माण भयो भनी हेर्नु उचित हुनेछ । काठमाण्डौं उपत्यका वरिपरि तामाङहरू रहनु भन्दा पहिला तामाङहरू हालको काठमाडौं उपत्यकामानै राज्य गर्दथे भन्ने प्रमाण भेटिएकोछ । आज सम्म कुनै पनि इतिहासकारले यो कुरा उल्लेख गर्न चाहेको देखिदैन । आज सम्मको इतिहास भनेको एक व्यक्ति र हिन्दू आर्यान बाहुन जातिको स्वार्थको गुणगानलाई इतिहास भनिएको छ । अहिले हामीले जुन कुरालाई इतिहास भनेर भनिरहेका छौं त्यो इतिहास नभएर एक व्यक्तिको गुणगान मात्र हो वा शक्तिको गुण मात्र हो । काठमाडौं उपत्यकामा तामाङहरूको राज्य रहँदा मल्ल वंशको अस्तित्व थिएन । तामाङहरूलाई हटाएर यहाँ राज्य गर्न मल्ल वंशको लागि चुनौतिको विषय थियो । उनिहरूले उल्लेख गर्न चाहेन कि तामाङराज्यको बारेमा । तीतो यथार्थ र सत्य कुरो यो हो कि मच्छिन्द्रनाथको मेला हाल पनि तामाङ समुदायले मनाउनु नै काठमाडौं उपत्यकामा तामाङराज्य थियो भनेर भन्न सकिने अवस्था छ । रविन्द्र ग्यावक तामाङ लेख्नु हुन्छ । “तामाङ समुदायको योञ्जन थरका कुल देवता न्यूरोडको महांकाल हुन्, ब्लोन थरको कुल देवता इन्द्रचोकको सेतो मच्छिन्द्रनाथ हुन्, घिसिङहरूको कुल देवता हनुमान ढोकाका कालभैरब हुन्, रूम्बा थरीले गौसालाको जयबागेश्वरीलाई कुलदेवी मान्छन्” (ग्यावक २०६८ चैत्र) आदि ।तत्कालीन समयमा मच्छिन्द्रनाथको पूजा भनेको तामाङहरूले कुल पूजाको रूपमा पुज्ने गर्दथे र हालपनि तामाङहरूले पुज्ने गरेकोले उपत्यकामा तामाङ राज्य थिए भन्ने अनुमान गर्न सकिन्छ । काठमाडौंमा मल्ल र नेवारहरूले राज्य गर्नुभन्दा पहिला तामाङहरूलेनै राज्य गरे पनि बाहुन जातिको छलकपटमा परि तामाङराज्य गुमाएको देखिन्छ । आफ्नो राज्य गुमाईसकेपछि तामाङहरू आफूलाई पायक पर्ने स्थानको खोजी गर्दै बाहिरिने क्रममा उपत्यकामा पश्चिम पट्टिका तामाङहरू हालको मकवानपुर, धादिङ तिर लागे भने केही तामाङ अहिले पनि ललितपुरको लेले गाउँमा बसोबास गरेको देखिन्छ । उपत्यकाबाट निस्कने क्रममा मकवानपुर, धादिङ तिर लागेको तामाङहरू त्यहि पहाडि भू-भागमा बसोबास गर्न थाले र सानासाना कविला राज्यहरू विभिन्न थुम्कामा निर्माण गरेर राज्य गर्न थाले । त्यस्तै हालको माछापोखरी बालाजु लगायतका क्षेत्रमा बसोबास गरेका तामाङहरू आफूलाई पायक पर्ने स्थानमा सर्ने क्रममा नुवाकोट तिर बसाई सरेको देखिन्छ । उपत्यकाबाट नुवाकोट तिर अरू भन्दा बढी तामाङहरू बसाईँ सरेका कारण थुप्रै कविला राज्य नुवाकोटमा स्थापना गर्न पुगेको देखिन्छ । उपत्यकाबाट हालको काभ्रे जिल्ला तिर बसाईं सरेका तामाङहरू पूर्वी उपत्यकाबाट पायक पर्ने ठाउँको खोजी गर्दै जाँदा काभ्रेको धुलिखेल र नगरकोट तिर बसाईं सरेको भान हुन्छ । यी तथ्यले तामाङहरूको बसोबासको अवस्था हेर्दा पनि यही सत्य जस्तो देखिन्छ । उपत्यका वरिपरि तामाङहरू बसोबास गर्न उपत्यका वरिपरि निस्कने क्रममा छरिएर बसोबास गर्न पुगेको देखिन्छ । प्राप्त प्रमाणको आधारमा पनि तामाङहरूको यो बसोबासको अवस्थाले हेर्दा पराजयको पीडासंगै तामाङहरू उपत्यका वरिपरि छरिएर बसोबास गर्न पुगेको देखिन्छ । हो, त्यसै समयदेखि उपत्यकाको वरिपरि छरिएर रहेका तामाङहरूले आफू बसेको क्षेत्रमा स-साना कविला राज्यको स्थापना गरेर राज्य गर्न थाले र लामो समय सम्म उपत्यका बाहिर पनि राज्य गरेको यथेष्ट प्रमाण पाउन सकिन्छ । नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्नु भन्दा पहिला तामाङ राज्यनै रहेको प्रमाण भेटिन्छ । एउटा तामाङ राज्य नभएर स-साना कविला गणराज्यहरू नुवाकोटमा भएको अवस्थिति पाइएको छ । पृथ्वीनारायण शाहको (१७९९) को पहिलो नुवाकोट आक्रमण असफल पार्ने वा हार बेहोर्नु बाध्य पार्ने अवस्था पनि तामाङहरूले नै बनाईदिएको देखिन्छ । नुवाकोटमा पहिलो असफलता हात पारेपछि तामाङहरूसंग असन्तुष्ट बनेका पृथ्वीनारायण शाहले कहिले पनि तामाङहरूको बारेमा बोल्न चाहेनन् । छलकपट र लमजुङ्गे सेनाका सहयोगले नुवाकोट विजय यात्रा शुभारम्भ गरेका पृथ्वीनारयण शाहले देशका विभिन्न भागमा रहेका कविला तामाङराज्यहरू हात पारे र तामाङ इतिहास समाप्त गरिदिएका हुन भन्ने जनस्रुति पाइन्छ । त्यसैको नामेट स्वरूप आज पनि नेपाली इतिहासमा नुवाकोट आक्रमण र असफलता विद्धार्थीहरूलाई पढाइन्छ, घोकाइन्छ, रटाइन्छ तर को संग पृथ्वीनारायण शाहले हार बेहोर्नु पर्यो भन्ने बारेमा बताइदैन । यसको कारण थियो तामाङहरू फेरि पनि एकतृत हुन्छन् र आर्यन राज्य बन्न बञ्चित गर्लान् भनेर उनीहरूलाई निश्तेज पार्नको लागि पहिलो हार मात्र भन्ने गरिएको छ । तत्कालीन समयमा नुवाकोटमा कुनजातको राजाले राज्य गर्दथ्यो भन्ने खुलाइएको छैन । कारण त्यहाँ पृथ्बिनारायण शाहको पहिलो हारनै तामाङ समुदायसंग भयो । हालको नेपाली इतिहासकारले लुकाए पनि नुवाकोटमा तामाङराजाहरू रहेको देखिन्छ । औखर पौवा गाविसमा एक तामाङराज्य रहेको देखिन्छ । त्याहाका राजाका सन्तानहरू आजपनि त्यही रहेका छन् । उनिहरूका भनाइ अनुसार त्याहा हाल पनि रूम्बा राजाको शिलापत्र र दरबारको भग्नावशेष भएको ठाउँ छ । आवश्यक जर्गेनाको अभावमा तत्कालीन समयमा भएको तामाङ ऐतिहासिक स्थलको नामेट गर्ने काम अहिलेको सासकहरूबाट भइरहेको छ । काठमाडौं उपत्यकामा तामाङले राज्य गर्दथे भन्ने प्रमाण कर्कप्याट्रिको यो भनाइबाट पनि प्रमाणित हुन्छ । .... काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नुभन्दा अघि नेपालमा भोटे जातिले राज्य गरेको थियो । जहाँ वाक्लो बस्ती थियो । उनीहरू भोटियो भाषा बोल्दथे । नेवारहरूले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनैलाई काठ भोटिया भनिन्छ । जो आजसम्म संरक्षित र कच्छाडको पहाडमा तर मुख्य रूपमा उनीहरू कुतिपट्टिको पर्वतीय भूमिमा आवाद छन् । ....... (एन एकाउण्ट अफ दि किङ्डम अफ नेपाल)यसै भनाइलाई डोरबहादुर विष्टको सबै जातको फूलबारी भन्ने पुस्तकमा लेखिएको लेख अनुसार पनि तामाङहरू नेवारहरू भन्दा पहिला काठमाडौं उपत्यकामानै थियो भन्ने प्रमाणित गर्दछ । भोटे अक्षर पढ्ने र लामा-धर्म मान्ने हुनाले उहिलेउहिले हामीलाई भोटे पनि भन्ने गरेका थिए । (डोरबहादुर विष्ट सन्, २०१० मे)यी भनाई हेर्दा पनि काठमाडौं उपत्यकामा नेवारहरूले राज्य गर्नु भन्दा पहिला तामाङहरूनै राजा थियो भन्न सकिन्छ । जसलाई स्वदेशी एवम् विदेशी विद्वानहरूले समेत स्वीकार गरेका छन् । नुवाकोटको विभिन्न भू-भागमा स-साना कविला राज्य गरेर बसेका तामाङहरूले पृथीवनारायण शाहलाई हराउँदा एक राज्यले अर्को कविला राज्यलाई सहयोग गरेका कारण पनि पृथ्वीनारयण शाहको हार नुवाकोटमा सुनिश्चित भएको हो । यस हार बाट पृथ्वीनारायण शाहाले के पनि बुझे भने तामाङहरू जति खेर पनि एकतृत हुन सक्छ र फेरी हामीलाई छताछुल्ल पार्न सक्छ भनी डराएकै कारण तामाङराज्य र तामाङहरू संगको हारको कहिले पनि कुरा गरेनन् । यस कारण पनि नुवाकोटमा अन्य जातिको राज्य नभएर तामाङ राज्यनै थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यस्तै तामाङ गणराज्यको रूपमा अर्को महत्वपूर्ण स्थान भनेको काभ्रे रहेको देखिन्छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाणले पनि काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । हालको काभ्रे नामनै तामाङ भाषाबाट रहेको प्रमाण भेटिन्छ । काभ्रेमा तामाङ राजाको कविला राज्यहरू थिए भन्ने पुष्टि भएको छ । तामाङ भाषामा ‘का’ भन्नाले उपदेश र ‘भ्रे’ भन्नाले आठ भन्ने हुन्छ । भगवान बुद्धले आफ्नो पूर्वजन्म स्थल नमोबुद्धमा आइ आफ्ना शिष्यहरूलाई आठवटा महत्वपूर्ण उपदेश दिनुभएकोले यस जिल्लाको एउटा थुमलाई काभ्रे भनिएको हो । यही काभ्रे थुम र पलाञ्चोक भन्ने अर्को थुम जोडिएर यस जिल्लाको नाम काभ्रेपलाञ्चोक जिल्ला भएको हो भनिन्छ । (ग्यवाक-२०५८ चैत्र) पृथ्वीनारयण शाहको एकीकरण अभियानमा काभ्रेमा पनि आक्रमण गरि सकेपछि त्याहाका तामाङ राजालाई वार्ताको नाममा खोलाको बगरमा बोलाई काटेर तामाङराज्यको हार गराइएबाट आज सम्म पनि काभ्रेपलाञ्चोकको तामाङहरूले तिमालको एक खोलाको पानी आज सम्म पनि खादैनन् । आफ्नो राज्य गुमाउनु पर्दाको पीडा सहन गर्न नसकी तामाङहरू बसाईं सरेको देखिन्छ । दुःखको कुरो इतिहासको पानामा पृथ्वीनारायण शाहले विभिन्न तामाङ कविला राज्यहरू एकीकरण गरे पछि त्याहाँको तामाङमा घोर अन्याय गरेका कारण पुस्तौ पुस्ता सम्म त्यस क्षेत्रमा रहेको तामाङहरू उठ्न सकेको देखिदैन । पृथ्वीनारायण शाहले तामाङहरू माथि बसालेको दुर्ब्यवाहार आजको सासकहरूले पनि गुरूमन्त्र झैं पालन गरिरहेकै छन् र तामाङहरू अगाडि आउन सकेको छैन । जे भए पनि प्रमाणको आधारमा र हाल रहेको जिल्लाको नामबाटनै प्रमाणित हुन्छ कि काभ्रेमा पनि तामाङ राज्यनै थियो । पृथ्वीनारायण शाहले आफूले पहिलो हार बेहोर्नु परेका कारणले गर्दा पनि हुन सक्छ तामाङ राज्यहरूको नामोच्चरण समेत गर्न चाहेको देखिदैन । यी लगायत मकवानपुर, धादिङ, मुस्ताङ, जड्यान प्रदेशमा तामाङराज्यहरू रहेपनि तामाङ राज्यको नाम कहि पनि उल्लेख गर्न पृथ्वीनारायण शाहले चाहेको देखिदैन । कारण राज्य एकीकरण गर्दा सबै भन्दा बढी सास्ती पृथ्वीनारायण शाहले तामाङ राज्यहरूबाटनै बेहोर्नु परेको देखिएको छ । त्यसैकारण पनि हुन सक्छ बाइसे चौबिसे राज्य भने पनि कहि कतै तामाङ राज्यको उल्लेख सम्म पनि गरेको देखिदैन । इतिहासको पानाले लुकाएर राखेको तामाङ राज्यहरू एक दिन अवश्य बिउँझने छन् । जित्नेको गुण गान मात्र इतिहास भन्न मिल्दैन इतिहास हार्नेहरूको पनि हुनु पर्छ र हुन्छ । इतिहास लेखन गर्दा टुप्पाबाट लेखिने इतिहास अब फेदबाट लेखिनु पर्छ । सासकले दबाएर राखेको आज करिब २५० वर्ष भइसकेको छ । शाह वंशको उदय र विनास दुवै सकिएको छ । यति बेला सम्म जति इतिहास हेरियो, पढियो, रटियो, लेखियो सब जित्नेको नाटक मात्र हो यसलाई इतिहास भन्न मिल्दैन । इतिहास जित्ने र हार्ने दुवैको हुनु पर्छ तवपो इतिहास हुन्छ नत्र के इतिहास ? तामाङ कविला राज्यहरूको पतन भनेको फेरी तामाङ राज्यको उदय हुने संकेत हो । यो एक दिन अवश्य उदाउने छ । सासकले सासित माथि गरेको दवाव हो । सासितहरूले इतिहास ताम्रपत्र, कनकपत्र, भोजपत्र, शिलालेख कहि नरहने गरि नामेट गरिए पनि प्रत्यक सासितको जनजिब्रोमा तामाङ इतिहास रहेको छ । अबको इतिहास टुप्पाबाट हैन फेदबाट लेखिनु पर्छ नत्र इतिहास नभएर सासकको गुणगात्र मात्र हुनेमा कुनै दुइमत छैन । हामी माथि युगौं युग देखि हाम्रो आवाज सासकले दबाएर राखेको छ । दबाइएका जनतातिर फर्केर इतिहास खोज्ने समय भएको छ । नेपाली सासित इतिहास हामीले बोल्न नसके पनि नेपाली माटोले हाम्रो इतिहास बोली रहेको छ । यसको लागि अब हामी जागरूक हुनै पर्छ ।अन्तमा जगदीश शमशेर राणाको नरसिंह अवतार महाकाव्यको एक श्लोकको याद आउँछ । उनले भनेका छन् :हामीले खप्यौ यतिका वर्ष के भयो सहेर मुहान फोडौं न कानुन तोडौ न वास्तवमै हामी तामाङले करिब २५० वर्ष भन्दा बढी समय देखिको अन्याय र अत्याचार सहेर बसेका छौं । अझ पनि सहि नै रहेका छौं । थाहा छैन अझ कति समय सहनु पर्ने हो । तामाङहरू अब सुत्ने बेला छैन । अब यतिका वर्ष सहेर नभए पछि तामाङ सक्रिएताको मुहान फोड्ने बेला भएको छ । हामी तामाङलाई किचेर राख्ने कानुन तोड्ने बेला भएको छ । जुन कानुन हाम्रो लागि अनावश्यक भारको रूपमा लादिएको छ । हामीलाई पिपा र भारी बोक्ने कामको कानुनको कुनै जरुरत भएन यस्तो कानुनको बार भत्काउनु पर्ने बेला आएको छ । त्यस्तै राणाकै महाकाव्यको अर्को श्लोकले भन्छ ।निख्रियको रगतमा आज चढ्यो लालीहिजो सम्म तिम्रो पालो अब हाम्रो पाली । हामी तामाङहरू माथि जति सक्यौ निखार्यो । कागति निचारे जस्तो । गर्नु सम्म गर्यौ । अब निख्रिएको रगमा फेरी नया लाली चढेको छ । नया जोश जाँगर र उमङ्ग ल्याएको छ । हिजो सम्म विभिन्न बहानामा पालैपालो गरेको शासन सबै आर्य (बाहुन) वर्गमै सीमित भएको छ । चाहे त्यो राणा शासन होस् या एक पछि अर्को स्वतः बन्ने राजाको परिपाटी यी सब आर्यहरू (बाहुन) को हातमा रह्यो । ०७ साल भन्दा यता आएर झन भनी नसक्नु देश लुट्ने लुटाहाहरू देखा परे । ती सबै आर्य बाहुनहरू परे । आज सम्म आइपुग्दा संविधान सभा भङ्ग गर्दै फेरी यी लुटाहाहरूले संविधान सभा चुनावको रटान दिइरहेका छन् । अब यस भूमीमा जन्मिएका भूमिपुत्र हो मूलबासी मंगोल हो अब हामीले यी १४९५ मा भारतबाट नेपाल भित्री एका हिन्दू आर्यनहरुलाई के गर्ने भनेर सोच्नु पर्ने बेला आएको छ । होइन भने यीनिहरूले नेपाल भन्ने देश मात्र थियो भन्ने बनाउनु भन्दा अब केही बाँकी राख्ने छैन ।
-लक्ष्मण तामाङ
नेपाली केन्द्रीय विभाग
(त्रिभुवान विश्वबिद्धालय कीर्तिपुर)
२०७० जेठ ८ गते बुधबार
किर्तिपुर काठमाण्डौ त्रिभुवान विश्वबिद्धालय कीर्तिपुरका तामाङ समुदायका बिद्धार्थिहरुले
प्रतेक बर्ष प्रकाशन गर्ने ह्याङ्ला कायी समारिकाको २०७० को अंक पनि प्रकाशन हुन गईरहेको छ ।

Wednesday, October 16, 2013
बौद्ध धर्म र विजयादशमी
प्रकाशित मिति: २६ असोज २०७० | लामा अशोक तमु
असत्यमाथि सत्यको विजय अर्थात् हिंसा अन्त्यको खुशीयालीमा हरेक वर्ष मनाउँदै आएको विजयादशमी पर्वले यतिबेला नेपाली समाज उल्लासमय बनेको छ । विशेषगरी यो पर्वमा आफूभन्दा ठूलाबाट टीका लगाएर आशीर्वाद थाप्ने प्रचलन पनि रहेकाले रोजगार, शिक्षालगायत विविध कारणले घरपरिवारदेखि टाढा रहेका भेटघाट हुने क्रम सुरु भइसकेको छ । जसले गर्दा दैनिक जीवनयापन व्यस्त बन्दै गइरहेको अहिलेको समयमा विजयादशमी पर्वको महत्व बढ्दो छ ।
तर, विजयादशमी पर्व हिंसाको पर्व पनि बन्दै गइरहेको छ । धर्म तथा प्रथाको नाउँमा विभिन्न कोत (कालिका मन्दिर)हरुमा अष्टमीका दिन लाखौं जनावरको बलि दिने गरिन्छ । अहिंसा तथा शान्तिको दूत भनेर विश्वमा चिनाउने गौतम बुद्ध जन्मेको देश नेपालमा एउटा उल्लासको पर्व यसरी हिंसाको पर्वको रुपमा परिचित हुँदै जानु दुःखलाग्दो कुरा हो । विशेषतः विजयादशमी पर्वलाई हिन्दु धर्मावलम्बीको पर्व भनेर बुझ्ने गरिन्छ ।
इतिहास हेर्ने हो भने बुद्ध धर्ममा पनि विजयादशमीको ठूलो महत्व रहेको छ, जहाँ विजयादशमीलाई विशुद्ध अहिंसात्मक पर्वको रुपमा पाउँछौं । यद्यपि, अध्ययन तथा प्रचारप्रसारको अभावमा यो विषय ओझेलमा पर्दै गएको छ । मौर्यशासक सम्राट अशोकले विजयादशमी कै दिन सम्पूर्ण हिंसात्मक गतिविधी त्यागेर अहिंसात्मक धर्म अवलम्बन र प्रचारप्रसार गरेको हुँदा बौद्धधर्मावलम्बीहरु पनि यसलाई विशेष दिनका रुपमा मनाउछन् ।
तत्कालीन आर्यभूमिका प्रथम मौर्य शासक सम्राट चन्द्रगुप्ताको मृत्युपश्चात छोरा सम्राट विन्दुसारले पच्चिस वर्षसम्म राज्यसत्ता सञ्चालन गरी ई.पू.२७३ मा मृत्यु भयो । पिताको मृत्यु पश्चात अशोकले आफ्ना एक सय एक दाजुभाईहरु मध्ये एक भाई छाडी बाँकी सम्पुर्णको हत्या गरेर छिमेकी राज्यहरु आफ्ना राज्यमा समेटि चक्रवर्ती सम्राट अशोकको रुपमा राज्य सत्ता सम्हाले । आफ्नो राज्य सत्ताबाट मात्र सन्तुष्टि नभई उनले विश्वको नै सम्राट बन्ने बिचारले कलिंग राज्य संग युद्ध सुरु गरे । हिंसात्मक कलिंग युद्धमा असंख्य मानिस, पशुपंक्षी र धनजनको क्षति पश्चात विजय प्राप्त भयो । तर युद्धकालको हिंसात्मक गतिबिधिहरुद्धारा सम्राट अशोकको चित्तमा विरक्त जाग्न थाल्यो ।
यसपछि “आजदेखि म हिंसात्मक गतिबिधिहरु त्यागी अहिंसात्मक धर्म प्रचार द्धारा बिजय गर्नेछु” भनि प्रतिज्ञा गरि शस्त्र त्याग गरे । साथै भगवान बुद्ध द्धारा प्रतिपादित अहिंसा धर्मपथको अनुशरण गरि सम्पूर्ण प्रजाहरुलाई पनि निर्देशन दिए । सम्राटको यस घोषणा प्रति युद्धद्धारा पीडित जनताहरु बडो हर्ष र उल्लासका साथ बिजय दशमीको दिनलाई “शस्त्र परित्याग दिवस” को रुपमा ग्रहण गरि, शान्तिका अग्रदुत तथा अहिंसाका प्रतिमूर्ति भगवान गौतम बुद्ध द्धारा प्रतिपादित अभिधर्म (सत्मार्ग) श्रवण, चिन्तन र मनन गर्नुका साथैं
पञ्चशील पालना गर्ने, दान–दक्षिणा गर्ने, प्राणी हत्या त्यागी प्राणीको रक्षा गर्ने लगायत महा पुण्यकार्यहरु गरि विश्वभरी नै मनाईन्छ । यसरी हिंसात्मक मार्ग त्यागेर अहिंसाको पथ अँगालेका बौद्धमार्गी सम्राट अशोकको ई.पू.२३२ मा ६८ वर्षको उमेरमा देहवसान भयो ।
यसैगरी विजयदशमीका दिन गुरु पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्नुहुँदा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरुको दमन गरि महाविद्याधरको परम सिद्धि प्राप्त गर्नु भएको पावन तिथि मानिन्छ ।
यसकारण यतिका महत्व बोकेको यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरुको फल बलवान ( दुगर्तिको हेतु ) हुने पनि सुत्र तन्त्रमा उल्लेख गरिएको पाईनछ, साथैं सम्पूर्ण दुःखहरु स्वार्थ कामना द्धारा उत्पन्न हुन्छन्, सम्यक् संबुद्धहरुको उत्पत्ति परार्थ चिन्तन द्धारा हुन्छ भनिए जस्तै, स्वार्थको निमित्त गरिने निर्दोष प्राणीहरुको हत्या हिंसा जस्ता कु–कार्य÷विचासहरु त्यागेर महासन्त सिद्ध पुरुषहरुको मार्ग दर्शन अनुशरण गरि आफ्नो चित्तमा प्राणीहरु प्रति मैत्री र करुणाभाव उत्पन्न गराउँ । सदा–सर्वदा सुख शान्तिका साथ जिउँ, जिउन दिउँ र प्राणत्याग गर्नु परेता पनि कु–कर्महरु कहिल्यै नगरौं ।
।। शुभम् मस्तु सर्व जगतम् ।।
Subscribe to:
Posts (Atom)