Saturday, December 21, 2013

तामाङ भाषा ठाउँ अनुसार फरक फरक हुनुको मुख्य तिन कारण छन

तामाङ भाषा ठाउँ अनुसार फरक फरक हुनुको मुख्य तिन कारण छन 

१ तामाङ भाषा स्कूल, कलेज, यूनिभर्सिटीहरुमा पठन पाठन नहुनु
२ तामाङ गाउ बस्तीहरु बिच यातायात नहुनु 
३ रेडियो टिभी पत्रपत्रीकाहरुमा समाचार, कार्यक्रमहरु प्रसारण नहुनु

यि तीन कारणहरुमा म दोश्रो कारणको बिषयमा हल्का चर्चा गर्न गइरहेको छु ।

राजा महेन्द्रको पालामा नेपाललाइ १४ अञ्चल, ७५ जिल्ला र ५ बिकास क्षेत्रमा बाडेर तामाङहरु बसोबास गर्ने भुगोल बिभाजित गरिदियो जसले गर्दा तामाङहरु बिभिन्न जिल्ला अञ्चल र बिकास क्षेत्रमा बिभाजित हुन पुग्यो । 

हाल तामाङहरु बाहुल्य रहेको जिल्लाहरु 
काभ्रे, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङ नौ जिल्ला
यि नौ जिल्ला सबै मध्यमाञ्चल बिकास क्षेत्रमा परेको छ भने जनकपुर, बागमती र नारायणी तीन अञ्चलमा बाडिएको छ ।
जनकपुर अञ्चलमा दोलखा, रामेछाप र सिन्धुली परेको छ । 
बागमती अञ्चलमा रसुवा, धादिङ नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक ।
नारायणी अञ्चलमा मकवानपुर

यसरी तामाङहरु बसोबास गर्ने भुभागहरु तीन अञ्चलमा बिभाजित हुन पुग्यो । नौ जिल्लामा बिभाजित हुन पुग्यो । नौ जिल्ला बाहेक अन्य जिल्लाहरुमा पनि तामाङहरु छरिन पुग्यो । २०५८ को राष्ट्रिय तथ्याङ्कमा काठमाण्डौमा ९३ हजार, ललितपुरमा ४३ हजार र भक्तपुर मा १२ हजार तामाङहरु भएको तथ्याङ्कमा छ ।
यसरी बिभिन्न जिल्ला र अञ्चलहरुमा तामाङहरु बिभाजित हुन पुग्यो एक जिल्लाबाट अर्को जिल्लामा यातायातको ब्यबस्था गराइएन । यि नौ वटै जिल्ला एक अर्कामा जोडीने यातायातको बाटो बनाइएन । जसले गर्दा तामाङहरु एक अर्कामा सास्क्रितीक, भाषिक र राजनैतीक रुपमा प्रत्यक्ष उठबस हुन पाएन अन्तर्घुलन हुन पाएन मानौ तामाङहरु बिच सास्कृतिक, भाषिक, राजनैतीक रुपमा अक अर्कामा सम्बन्ध बिच्छेद हुन पुग्यो त्यसैको कारण आज तामाङ भाषा ठाउ अनुसार फरक हुन पुग्यो सस्क्रिती फरक हुन पुग्यो राजनीतिमा सधैं हार खानु पर्‍यो । काभ्रेको तामाङ र धादिङ्को तामाङको भेट राजधानीमा मात्रा हुन पुग्यो । अर्थात सबै जिल्लामा भएको तामाङहरुको भेट राजधानी मात्रा सिमित हुन पुग्यो । 

अब तामाङ सास्कृतिक, भाषिक, शैक्षिक, आर्थिक, राजनैतीक र भाबनात्मक सम्बन्धलाई एकरुपता ल्याउन अब ति तामाङ बाहुल्य जिल्ला ठाउँ बस्तीहरुलाई राज्यको पुनर्सङ्रचना मार्फत सङ्घिय ब्यबस्था अन्तर्गत एउटै प्रदेशमा पारिनु पर्दछ । जुन प्रदेशको नाम ताम्सालिङ स्वायत प्रदेश हुनेछ । त्यसपछी सबै जिल्लाहरु जोडीने ताम्सालिङ राजमार्ग खोलिनेछ धादिङ नुवाकोट रामेछाप सिन्धुलीको तामाङहरु भेटनलाई राजधानी धाउनु पर्दैन ।

यहाँ मैले तामाङहरुको नाम निकालेर लेखे पनि आखिर यो ताम्सालिङ प्रदेश भित्र बस्ने बाहुन छेत्री लगायत सबै समुदायको लागि फाईदा कै कुरा हो सिन्धुलीको बाहुन र धादिङको बाहुन बिच भेटघाट गर्न राजधानी धाउनु पर्दैन अनी देशको बिकास पनि पनि हुनेछ ।

No comments:

Post a Comment