समाज बिखन्डनकारीहरुको कारण ल्होछार महोत्सब खुल्ला मन्चमा हुने
सबै भन्दा जेठो सङ्स्था नेपाल तामाङ घेदुङको मुल सङ्योजकत्वमा बिगतको बर्षहरु देखि ११० वटा तामाङ संघ सङ्स्थाको सङ्युक्त आयोजनामा टुढिखेलमा हुँदै आइरहेको ब्रिहत ल्होछार कार्यक्रम यसपाली टुढिखेलमा नभएर खुल्ला मन्चमा हुने भएको छ । वीर बहादुर योन्जन नेत्रित्वको तामाङ राष्ट्रिय घेदुङले टुढिखेलमा ल्होछार आयोजना गर्ने भए पछी बिबाद उत्पन्न भएर खुल्ला मन्चमा गर्नु पर्ने भएको हो ।
खास के भएको थियो ?
नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर योन्जनले माघ १७ गते ल्होछार मनाउन भन्दै सैनिक मञ्च टुँडिखेल बुकिङ गरे छन् । टुँडिखेल बुकिङ गरिएपछि कुमार योञ्जन अध्यक्ष रहेको जेष्ठ र आधिकारिक सङ्स्था नेपाल तामाङ घेदुङका पदाधिकारीहरु भने टुँडिखेल वीरबहादुरलाई दिइएकोमा आपत्ति जनाउँदै सैन्य हेडक्वाटरमा डेलिगेसन गए छन् । आधिकारिक संस्था ठानेर वीरबहादुर योञ्जनलाई कार्यक्रमको स्वीकृति दिएको भन्दै नेपाली सेनाका अधिकारीले गल्ती स्वीकारेको नेपाल तामाङ घेदुङका एक नेताले बताए । कुमार योञ्जन अध्यक्ष रहेको नेपाल तामाङ घेदुङमा एमाले समर्थित लोकतान्त्रिक तामाङ संघ, कांग्रेसको नेपाल तामाङ संघ र एमाओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चा सहित १ सय १० वटा संघसंस्था आवद्ध छन् । वीरबहादुर योञ्जन नेतृत्वको नेपाल तामाङ राष्ट्रिय घेदुङलाई भने हिन्दू राजाबादी तामाङहरुको सहयोग रहेको छ । वीरबहादुर योन्जनलाई टुँडिखेलमा कार्यक्रम गर्न दिने भूमिका नेपाली सेनाका मोक्तान थरका एक कर्नेलले गरेको स्रोतले बतायो । कुमार योञ्जनको टोली प्रधान सेनापति समक्ष डेलिगेसन गएपछि कर्नेल मोक्तानले कुमार योञ्जनलाई टेलीफोन गरेर मिल्न आग्रह गरे पछी कुमार योञ्जन समुहले वीर बहादुर योन्जनलाई मिलेर एकै ठाउँमा ल्होछार मनाउन आग्रह गर्दा वीरबहादुरले कार्यक्रमको अध्यक्षता र आर्थिक विभागको प्रमुख आफैंले पाउनु पर्ने दाबी गरे पछी सङ्स्थापन पक्षले खुल्ला मन्चमा गर्नु पर्ने अवस्था श्रीजना भएको हो । वीर बहादुर योन्जन नेत्रित्वको राष्ट्रिय घेदुङ्ले टुढीखेलमा ल्होछार कार्यक्रम राखे पछी टिकट काटेर मात्र भित्र प्रबेश गराउने छन ।
को हुन वीर बहादुर योन्जन ?
काभ्रेको धुसेनी सिबालय गाबिसमा जन्मेका वीर बहादुर योन्जन पञ्चायत कालका गाबिस प्रधानपञ्च हुन । ग्यानेन्द्रको शाही कु शासनमा देश भरी जिल्ला बिकास समितीहरुमा पदाधिकारीहरुलाई टिका लगाइ मनोनित गर्दा काभ्रे जिल्लाको जिबिस सदस्यमा टिका लगाएका थिए भने २०६४ को संबिधानसभामा काभ्रे क्षेत्र नम्बर ४ बाट कमल थापाको रा प्र पा नेपालबाट प्रत्यक्ष उम्मेद्वार उठेका थिए । हाल पनि उनि हिन्दु रास्ट्रको पक्षमा वकालत गर्ने कमल थापाको राप्रपा नेपालमा आबद्ध छन । नेपाल तामाङ घेदुङ काभ्रेको दुई कार्यकाल चलाइसकेको वीर बहादुर योन्जन पछि केन्द्रमा आफु अध्यक्ष रहेर नेपाल तामाङ रास्ट्रिय घेदुङ नामको अर्को सङ्स्था खोल्न पुगे त्यसको लागि घेदुङ सङ्ग असन्तुस्ट केहि ब्यक्तिहरु र राजाबादी समुहका केही तामाङहरुले साथ दिएका थिए उनलाइ । ३ कक्षा सम्म मात्रा अध्ययन गरेको भएता पनि निकै चतुर स्वभाबका बिर बहादुर उध्योगपती ब्यापारी नेताहरु देखी लिएर इन्जिनियर डक्टर गरेकाहरु सम्मलाई फकाइ फुलाई पैसा झार्न सक्ने खुबी भएको ब्यक्ती हुन । जसले उनलाई पैसा दिन्छ उसैलाई प्रमुख अतिथी बनाउने गर्छन् हरेक कार्यक्रमहरुमा । उनको हरेक कार्यक्रम समाजको उत्थानको लागि भन्दा पनि पैसा असुल्ने र घर परिवार पाल्नेमा केन्द्रित हुने गरेको छ ।
यसरी आज तामाङहरु आफ्नो हक हित पहिचान ताम्सालिङको लागि एक भएर हिडनु पर्ने अवस्थामा ब्यक्तिगत स्वार्थको लागि समाजलाई बिखण्डन गर्न खोज्नेहरु प्रती सम्पूर्ण तामाङहरु सचेत भइ त्यस्ता समाज बिखण्डनकारी तत्वहरुलाई समाजबाट बहिस्कार गर्नु पर्छ ।
Thursday, January 23, 2014
Friday, January 17, 2014
सोनाम या ग्याल्बो ल्होछार या लोसारको सत्य र तथ्य कुरा

- अजितमान तामाङ
ल्होछार या लोसार नाग्ची तथा ज्युङचीको काल गणनालाई आधार मानि वर्ष या साल या विभिन्न १२ जीवहरुको नाममा आधारित तत्वीय वर्षचक्र (Elemental year cycle) ल्होखोर या ल्होकोर अनुसार प्रत्येक १२ महिना या ३६५ (एक वर्ष) दिन पूर्णभएपछि फर्किने, फेरिँदा मनाउने उत्सव हो। यही वर्षलाई आदिवासी तामाङ, थकाली, गुरुङ, दुरा, हुम्लीतामाङ लगायतको भाषामा ल्हो शब्दले वर्ष र छार शब्दले नयाँ भन्ने बुझाउछ । त्यसैगरी तिब्बती या नेपालमा दोल्बु, मुगाली, मुस्ताङ्गी, योल्मो, सिङसावा, लोमी, थुदाम, उक्याब, शेर्पा, आदि हिमाली तिब्बती सिमा निकटका आदिवासीहरूको भाषामा लो शब्दले वर्ष र सार शब्दले नयाँ भन्ने बुझाउँछ। तसर्थ ल्हो वा लो भन्नाले वर्ष र छार वा सार भन्ने अर्थमा प्रयोग भएको पाईन्छ र समग्र अर्थमा यी शब्दहरूको संयोजनले नयाँ वर्ष भन्ने बुझाउँछ।
यो ल्होछार वा लोसार अर्थात् नयाँवर्षको दिन चन्द्रपात्रोको पहिलो महिनाको, पहिलो दिन ल्हो (वर्ष) फेरिने दिन अन्तराष्ट्रिय स्तरमा नै चीन, कोरिया, मंगोलिया, सिंगापुर, मलाय, भुटान नेपाल, भारत, कम्बोडिया, भियतनाम आदि मुलुकहरुमा सैद्धान्तिक दृष्टिले वर्ष, महीना, दिन आदि समय जनाउन प्रयोग हुने तत्वहरू (Elements) १२ जीव जन्तुको ल्होकोर (वर्ष चक्र), यीङ र याङ (स्त्री र पुरूष) युक्त पाँच खाम (तत्व), अष्टकोणीय पार्ख र एक देखि नौ अंङ्कीय वर्गाकार मेवागुमा आधारित तत्वीय खगोल तथा ज्योतिषशास्त्रीय (Elemental Astronomy and Astrology) परम्परा हो।
नेपालमा मुस्ताङी, डोल्पाली, मुगालीको रुङ र तामाङ, ह्योल्मोको सोनाम ल्होछार (लोसार) तथा चीनीया परम्परागत तत्वीय गणना तथा खगोलसास्त्रका आधारमा मनाउने स्प्रीङफेस्टीभल, सिननीयन पर्व या चन्द्र नयाँवर्ष उत्सव यसपाली माघ शुक्ल पक्ष प्रतिपदा परेवाका दिन तदनुसार सन २०१४ को जनवरी ३१ मा परेको छ भने तिब्बतीहरू तथा नेपालमा शेर्पा समुदायले मनाउने यही पर्व एक महिना पछाडी २ मार्च (१८ फागुन) मा परेको छ। यसैगरी चिनको तिब्बतमा यही लोसारले तिब्बती राजाको सम्बत् बोअीक्यालो यस पाली २१४१ फेरिने दिन र तत्वीय वर्ष चक्रको लो फेरिने दिन पनि यसै दिन मनाउने गर्दछ र यसलाई नै तिब्बती लोसार या ग्याल्बो (राजाको) लोसार भनेर भन्ने गरेको पाइन्छ। नेपालमा गुरूङ जातिले भने २०४९ साल पछि यहि उत्सव सूर्य पात्रोको सौरमास पौषादी १५ गतेका दिनलाई तमु ल्होछार मानि आएको छ। यो तोला भनिएको पौष शुक्लपक्ष प्रतिपदाका दिनमा पर्ने ल्होछारको वरिपरि पर्दछ।
१२ जीवहरुको नाममा आधारित वर्षचक्र ल्होखोर या ल्होकोर अर्थात् यो तत्वीय वर्ष चक्रको ल्होकोरका वर्षहरु जीवहरु एउटै भए तापनि गुरुङ, तामाङ, योल्मोको सोनाम ल्होछार तथा शेर्पा या तिब्बतीको ग्याल्पो लोसार भनेर किन यसरी भिन्न समयमा यो पर्व मनाउछन् त ? भन्दा मुख्यतया तिब्बतमा सन् १०२७ तदनुसार अग्नी खारायो वर्ष पछि व्यवहारमा आएको भारतीय कालचक्र तन्त्रमा आधारित कार्ची अनुसार तिब्बती चन्द्र पात्रोमा ३६० दिनको एक वर्ष मानिन्छ। यहि कुरा अन्य प्रचलित भारतीय तथा पाश्चात्य ग्रेगोरियन पात्रो परम्परामा भने ३५४ दिनको हुन्छ र सौर (सूर्य) वर्षको ३६५ दिन वर्ष हुन्छ। चन्द्र वर्षको सौरवर्षको वरावर ३६५ दिन पुग्न प्रत्येक वर्ष ११ दिन अपुग हुन्छ र यो अपुग दिन जोड्दै लाँदा प्रत्येक अढाइ या तीन वर्षमा पुग्दा जोडेर हुने कूल दिनहरुको योगलाई एक महिना वरावरको दिनहरुलाई एक चन्द्रमास वरावर मानि चन्द्र पात्रोमा थपिने या जोडीने प्रचलन भएकाले त्यो वर्षको चन्द्रपात्रोमा १३ चन्द्र महिनाको एक चन्द्र वर्ष हुन जान्छ। यस्तो चन्द्रपात्रोमा यसरी एक महिना थपिन जाने वर्षलाई हामी अधिकमास वा मलमास वर्ष भनिन्छ अंग्रेजीमा लुनार लिप इयर भनिन्छ।
तिब्बतीहरुमा सन १०२७ पछिको कार्ची लोथो या दाथो प्रचलनमा आएपछिको चन्द्रपात्रोको चन्द्रवर्षमा ३५४ दिनको चन्द्रवर्षमा अधिकमास वा मलमास जोड्दा ३६० दिनको एक वर्ष मानिएको हुन्छ भने तिब्बती लोथो या दाथो बाहेकमा चन्द्र अधिकमास वर्षमा ३६५ पुर्याईएको हुन्छ । यसरी तिब्बतीहरूको दाथोमा (पात्रोको) प्रचलनमा रहेको चन्द्र अधिकमास वर्ष र चीनीया, तामाङ, भारतीय, पाश्चत्य ग्रेगोरियन आदि पात्रोहरुमा प्रचलन रहेको भन्दा अलि प्राविधिक भिन्नता अर्थात् तिब्बतीहरूको दाथोमा एक वर्ष ढिलो पछिमात्र जोडिने भएकाले चन्द्र अधिमास वर्ष पात्रोमा जोड्दा हुने यो अन्तरले गर्दा यसपाली तिब्बती ल्होछार र चीनीया लगायत तामाङ, योल्मो, थकाली आदि समुदायहरुले मनाउने तिथिका दिनमा भन्दा ठ्याक्कै एक महिना पछि पर्न गएको हो।
तसर्थ हामीले ग्याल्बो र सोनाम नाम दिएर फरक रुपमा मनाउन थालेका सोनाम र ग्याल्बो ल्होछार या लोसार उत्पत्ति सिद्धान्त र मनाउने मुल्य र मान्यताको मुल आधारको ज्युङचीको तत्वीय १२ वर्षेचक्र ल्होकोर चक्रमा आधारित नाग्चीका आधार एउटै हो भिन्न होइन। तसर्थ यही प्राविधिक गडबडीले भएको चन्द्रअधिकमास वर्षको अन्तर वा भिन्ताले गर्दा तिब्बती चन्द्र पात्रोको तीथीमा औंसी र पूर्णीमा वाहेक अरुदिनमा पनि तिथी क्षेय तथा खप्टिएर पर्ने दिनहरू एकै साथपरेका हुन्छन् भने कुनै दिनहरु अन्य पात्रोसग पण्डित अनुसार भिन्न हुन्छ।
किन भने एक चन्द्रमासमा २९।५ दिनको एक महिना हुन्छ। यसरी गणना गर्दा चन्द्रपात्रोमा एक वर्षमा ३५४ दिनमात्र पुग्छ। तिब्बती पात्रो अनुसार ३६० दिनको एक वर्ष पुग्न ६ दिन अपुग हुन्छ भने अरुकोमा ३६५ पुग्न ११ दिन अपुग हुन्छ। तसर्थ तिब्बती पात्रोमा चन्द्र अधिकमास वर्ष का निम्ति तीन वर्षको एक पटक ६ दिन ४ वर्ष पुगेपछि २४ दिनको सरदरले अधिकमास एक पटक जोडिन्छ भने तिब्बती वाहेकको ११ दिन हरेक २।७ वर्षपुग्दा २९।७ दिनको सरदरले चन्द्रअधिकमास एक पटक जोडिन्छ। यसरी अधिकमास जोडिएर हुने वर्ष चन्द्रपात्रोमा एक महिना बढि १३ महिनाको वर्ष हुन्छ। यसरी चधिकमास परेको वर्षलाई चन्द्र अधिकमास वर्ष मलमास परेको वर्ष Lunar Leap year भनिन्छ।
तसर्थ चन्द्र अधिकमास वर्ष प्रत्येक अढाइ या तीन वर्षमा जोडिदा भारतीय पात्रोमा ३३ दिनको अधिकमास पुग्न जान्छ तर तिब्बती चन्द्र पात्रोमा एक अधिकमास महीना ४ वर्षमा पनि २४ दिनको मात्र हुन जान्छ। किन भने तिब्बतीहरुको ३६० दिनको एक वर्षमा प्रत्येक वर्ष अपुग ६ दिन तीन वर्षमा मात्र १८ दिनको हुन्छ त्यसकारण तिब्बती चन्द्र अधिक्रमास वर्ष भारतीय या अरुको पात्रोमा भन्दा एक वर्ष पछाडी पुग्न जान्छ।
चीनीया, तामाङ तथा भारतीय कार्ची पात्रोमा मलमास गतवर्ष ड्राइगन वर्षको पात्रो मलमास या अधिकमास जोडिएर पात्रो प्रकाशित भएको छ। तिब्बती पात्रोमा यो कुरा सन १०२७ देखि प्रचलनमा आएको कार्चीका आधार प्रचलनमा आएको दाथो या लोथो पात्रो अनुसार सर्प वर्षमा अधिकमास या मलमास जोडिएकाले सर्पवर्षमा तिब्बती पात्रोमा १३ चन्द्र महिनाको वर्ष अधिकमास या मलमास वर्ष परेको छ। जसले गर्दा घोडावर्ष आउँदा एक महिना ढीला हुन गइ तिब्बती ग्याल्पो ल्होछार एक महिना पछाडी फागुन १८ गते धकेलिन गएको छ।
गत सर्प वर्षकै चन्द्रपात्रोमा नेपाल, भारत, चीन लगायतको चन्द्रपात्रोमा अधिकमास वर्ष जोडीएकोले गतवर्षको चन्द्रवर्षमा नै १३ चन्द्र महिना युक्त अधिकमास वर्ष चन्द्रपात्रोमा थपिएको छ। तर त्यो बर्ष तिब्बती चन्द्रपात्रोमा अधिकमास जोडिएको थिएन अर्थात् त्यो वर्ष तिब्बतमा अधिकमास वर्ष थिएन। त्यसैले गर्दा तिब्बती चन्द्रपात्रोमा चन्द्रमहिना १२ नै थियो र त्यो वर्ष तिब्बती वाहेकको चन्द्रपात्रोमा (भारतीय तथा तामाङ ह्योल्मो तथा चीनियाहरुको पात्रोमा) १३ चन्द्र महिना भएकै चन्द्रवर्ष थियो।
यसो हुँदा गत सर्प वर्षमा १३ औं चन्द्र महीना तुरेको दिन प्रथम चन्द्र महीनाको प्रथम दिनको आरम्भ हुने दिनमा नै तिब्बती चन्द्रपात्रोको प्रथम चन्द्र महीनाको प्रथम दिन एकै दिनमा सगै परेको थियो र त्यो वर्ष सोनाम या ग्याल्बो भनिएका ल्होछार या लोसार दुवै ल्होछार वा लोसार एकै दिनमा परेको थियो ।
यही कारणले गर्दा सरदर प्रत्येक २।७० वर्षमा एक पटक तिब्बती र नेपालमा तामाङ, ह्योल्मो समुदाय तथा चिनीया नयावर्ष र वसन्त उत्सव एकै दिनमा एउटै तिथीमा अर्थात् माघसुक्लपक्ष प्रतिपदा परेवाको दिनमा पर्दछ भने बाँकी वर्षहरूमा तिब्बती लोसार फाल्गुन सुक्लपक्ष परेवाका दिन पर्ने गर्दछ।
तिब्बती दाथो या लोथो पात्रोको यहि प्राविधिक भिन्नता लोसार पर्व मात्र होइन यही कारणले तिब्बती पात्रोमा सागादावा अर्थात् बैशाख पूर्णिमा (बुद्ध जयन्ती) पनि जेठ पूर्णिमाका दिन पर्दछ। यहा तिब्बती भाषामा सागादावा भन्नाले बुद्ध पूर्णिमा युक्त महिना हो। सागा शब्द विशाखा नक्षेत्रकै आधारबाट निर्माण भएको वैशाख महिनाको नाम हो। तर पात्रोमा अधिकमास (मलमास) संयोजनमा हुने माथि उल्लेखित भिन्नताको कारण तिब्बती बुद्ध पूर्णिमा सागादावा महीना विशाखा बैशाख कै पूर्णिमा (हेर्नुहोस्सरत चन्द्रदासको तिब्बती शब्दकोष) भएपनि भारतीय पात्रोको जेठपूर्णीमा पुगेको छ। ता पनि पात्रोको मूल आसय चाही बैशाख पूर्णिमा भन्ने नै हुन्छ। त्यसकारण तिब्बती लोसार पर्व या सागादावा (बुद्ध पूर्णिमा) सबै समुदायको एउटै दिनमा मनाइने पर्व हुदा हुदै पनि फरकफरक दिनमा अर्थात् एक महीना अघि पछि पर्न गएको हो। यसका लागि सन २०१२ र २०१३ तिब्बती तथा भारतीय र अन्य चन्द्रपात्रोलाई तुलना गरेर हेरेमा पात्रोमा भएको प्राविधिक भिन्नताको सत्य र तथ्य भेटिनेछ। त्यो वर्ष सोनाम भनिने तामाङ, ह्योल्मो समुदायले मनाउने ल्होछार(लोसार), मुस्ताङी, मुगाली, डोल्पालीको रुङ तथा चीनीयाहरुले मनाउने नयावर्ष स्प्रीङफेस्टीभल र तिब्बतीहरुले मनाउने गरेको ग्याल्बो लोसार एकैदिनमा परेको छ। यसपाली सन २०१४ को घोडा वर्षमा तीब्बतीहरुको ग्याल्बो ल्होछार २ मार्च मा परेको छ भने तामाङ लगायत चिनियाहरुको सोनाम ल्होछार जनवरी ३१ मा परेको छ।
त्यसकारण उत्पतिको आधारभूत सिद्धान्त तथा मुल्य र मान्यताका आधारमा सोनाम भनिएका र ग्याल्बु भनिने ल्होछार या लोसार एउटै हो मात्र पात्रो परम्परामा तिब्बतीहरुको ३६० दिनको र अरुले ३५४ दिनको एक चन्द्रवर्षलाई आधार मानेर गरिने वर्ष गणनामा भएको प्राविधिक गडबढीको कारणले मात्र यी ल्होछारहरू फरक पर्न गएको हो। यो उत्सव मनाउने विधि विधान स्थान विशेष अनुसार अलिअलि फरक परे पनि सार सबैको एउटै हो ।
-अजितमान तामाङ, ताम्सालीङ, नेपाल
तापाला, सापुख्री ल्हो (११ जनवरी २०१४)

Monday, January 13, 2014
समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हर्न सकिन्छ
समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हर्न सकिन्छ ।
ल्होछारको पूर्व तयारी
ल्होछारको पूर्व सन्ध्या
ल्होछार पश्चात्
ल्होछारको पूर्व तयारी
सामान्यतया तामाङ समाजमा ल्होछार आउनुभन्दा एक महिना अगावै "ल्होछार"को तयारी सुरु हुन्छ । डोल्पा, मुगु, मुस्ताङ आदि ठाउमा आज पनि एक महिना अघि नै छेगो -गुथुक) खाएर ल्होछारलाई स्वागत गर्ने चलन छ । यो अवधिमा नया वर्ष लाग्नुभन्दा पहिले "नसकिएका" कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नया वर्ष लाई स्वागत गर्ने तयारी गर्दछन् । तर्सथ पुरानो वर्षको १२ औं महिनाको अन्तिम दिनहरुमा घर, गाउ टोल, बाटोघाटो, आगन, चौतारा, पानीपधेरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती बालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउबीजन पानीमा भिजाई टुसा आउने पार्दछन् ।
ल्होछारको पूर्व सन्ध्या
पूरानो वर्षको अन्तिम औंसीको दिन मानिसहरु बत्ती बाल्नु, भगवानको दर्शन गर्न तथा बत्ती चढाउनुका लागि गुम्बाहरुमा जान्छन् । धेरै कर्मकाण्डहरु मार-खराव) वा अकुशल प्रेतात्मा वा अपसगुन हटाउनुका लागि गर्ने गर्दछन् । सो दिन लामाहरुले मार-खराब माथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् ।
सामान्यतयाः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् ।
-क) ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ-आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्बाद तथा शक्ति माग्ने ।
-ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने ।
-ग) आगामी वर्षा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको बीउबिजन राखी पूजापाठ गर्ने ।
-घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुक -बाह्र ल्हो को टाउको बनाएर थुक्पा खाने) खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नया वर्षको प्रारम्भ नभएसम्म बस्ने र नया वर्षको बिहान दिनलाई स्वागत गर्ने ।
-ङ) अध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सधै उज्यालो र खुसियाली आओस् भनी बेलुका बालेका बत्ती रातभर बाली राख्ने वा आकाश बत्ती बनाएर घर आगनमा रातभर बालि राख्ने ।
यसका लागि घरका सबै परिवार घरमा जम्मा हुनैपर्ने परम्परा छ ।
ल्होछार प्रारम्भ, पहिलो दिन
ल्होछारको पहिलो दिन मुख्यतः निम्न कार्यहरु सम्पन्न गर्ने परम्परा छः
-क) छो चढाउने
ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान् गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची -दुअीछ्यु) तथा छो -फलफूल, कन्दमुल-आलु, भ्याकुर, तरुल, खाप्से गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम -पूजाआजा, धुपधुवार) गर्ने तथा भगवान तथा पुर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्बाद माग्ने चलन छ । पूजामा चढाएको "छो"-प्रसाद), दुइअी, फेमर आदिले पाहुनाहरुलाई नया वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने परम्परा छ ।
-ख) दर्जु उठाउने
सो दिन नया ल्हो को आगमन -ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतीकको रुपमा घर, गुम्बा, छ्योर्तेनहरुमा लुङदर, दार्ज्र्यू फहराउने चलन छ र फहराइन्छ । लामालाई आफ्नो ल्हो अनुसार ची -पात्रो) हेर्राई लामागुरुले भने अनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो मानिन्छ । उक्त दिन दर्जु नराखेमा वसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जु सगै धूपबत्ती बाल्ने र केम -स्याल्गर भगवान्लाई चढाउने फलफूल) चढाउने गरिन्छ । सकेसम्म पहिलो दिन वा पञ्चमीभित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उर्ठाई सबैले "ल्ह ग्वल्लो दुद् फाम्मो" -देवताको जीत मारको हार) भनी खुसीयाली स्वरुप चङ्गा आकाशमा उडार्ई हर्षबर्ढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने ।
-ग) मोलम (आशिर्बाद) तथा शुभकामना दिने-लिने
पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दिर्घायुको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघीऊ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशिर्बाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चर्ढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसङ्गी सँग मिलेर रमाइलो गर्ने गरिन्छ ।
ल्होछार प्रारम्भ पस्चात
ल्होछारको दोस्रो दिनदेखि वसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्रलगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आलोपालो गरी इष्टमित्र कहा जाने, आशिर्बाद आदान(प्रदानका साथै आफ्नो दाजुभाइ, चेलिबेटी बोलाउने र खानपीन गर्ने गरिन्छ । साथै, आफूले मान्नु पर्ने व्यक्तिहरुका आशिर्बाद लिन जाने र आफूकहा आउने पाहुनाहरुलाई स्वागत गर्ने चलन छ । यो क्रम प्रतिपदादेखि वसन्त पञ्चमीसम्म नै चल्छ । र वसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन-पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने तथा दर्ज्र्यू फहराउन बाकी भएकाले दर्ज्र्यू ठड्याउने चलन छ । यसैबेला आउदो वर्ष भरिको अन्नबाली राम्रो र सफल होस् भनी भूमिपूजा, मङ्गलपूजा, प्रीतिभोज, वनभोज तथा सांस्कृतिक कार्यक्रम आदिको आयोजना गरी मैत्री एवं भावनात्मक एकताका रुपमा हर्षोल्लासपूर्ण वातावरणमा ल्होछार् पर्व सम्पन्न गर्ने परम्परा छ ।
यस्तो सांस्कृतिक पर्वमा राज्यले दिने चाड पर्व खर्च तामाङहरुलाई उसको महान् पर्व ल्होछारमा नै दिने व्यवस्था पनि राज्यले मिलाउनु पर्दछ । अतः ल्होछारको प्रारम्भ अघि गरिने धार्मिक तथा सांस्कृतिक उत्सव सम्पन्न गर्न दुई दिन र प्रारम्भपछि सांस्कृतिक पर्व सम्पन्न गर्न 3 दिन र्सार्वजनिक बिदा तामाङ समाजका लागि अनिवार्य हुन्छ । यसैकारण तामाङहरुले जोड्दार रुपमा ल्होछारमा 5 दिन बिदाका लागि आवाज उठाएका हुन् र उठाउनु पर्दछ र सो अनुरुप हिन्दूको दसैं तिहारमा अहिले पनि 11/13 दिनसम्म बिदा पाउदा तामाङले आफ्नो महान् सांस्कृतिक पर्वमा नदिने र नपाउने भन्ने कुरा हुनै सक्दैन । राज्यले पनि यसतर्फ गम्भीरतापुर्वक सोच्नु पर्दछ ।
Saturday, January 11, 2014
ल्होछर कसरी र के को आधारमा मनाउने ?
ल्होछर कसरी र के को आधारमा मनाउने ?
- बौद्ध दर्शनाचार्य कमल तामाङ
अभिप्रय हृदयको आशय प्रयोजन हेतुको निमित्त धन सम्पत्ति र पञ्च काम गुण इत्यादि शब्दहरुलाई एउटै भनाइबाट परिचित गराउने संस्कृत शब्दको अर्थ पूर्व स्व प्रत्यय योग हुन गइ विसर्ग सन्धिद्वारा व्युत्पति हुन गएको स्वार्थ शब्दले जाने श्री नजाने इतिश्री भनेझै प्रत्येक मानस मस्तिष्कमा आँधी तुफान तुल्य भएर इतिश्रीको मार्ग तर्फ धकेलि रहेको परमार्थको प्रवेश द्वार स्पर्श
गरिसकेका चिन्तन मग्न पुदगलहरु समक्ष प्रस्तुतिको विषय नभएता पनि रहरले भनौ या करले रोएर भनौ या हाँसेर जनाउन भनौ या मनाउन आफ्नो दाहिने देब्रे अगाडि र पछाडि परेका यस्तै यस्तै बाध्यताहरुसँग हातेमालो गर्दै पुन ल्होछर र ल्होछर संवतको बारेमा केहि स्पष्ट पार्न प्रयोजनिय लागेको छ ।
हामी सम्पूर्ण तामाङ समुदायले ल्होछर मान्न थाल्यौं, यस वाक्यको स्मरण मात्रले पनि हामी आत्म विभोर हुन्छौ । वेचैन मन चैन युक्त हुन्छ, हर्षको सिमा रहँदैन । यति हुँदा-हुँदै पनि एउटा झिनो अमेलले चैन युक्त मन वेचैनमा परिणत हुन्छ, शायद यस्तै क्रमलाइ तथागत बुद्धले परिवर्तित दु:खको रुपमा परिभाषित गर्नु भएको होला । यहि झिनो अमेलको कारण हामी दु:खित प्राय छौ । न केवल दु:खित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाँउदैन कि जस्तो हामीलाई लागेको छ, अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त ब्यस्त भइ सडेको मुढा जस्तो या सुकेको धारा जस्तो त नहोला ? त्यसैले हाम्रो समाजमा विधमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरुले आ-आफ्नो ध्यान उपरोक्त बुदाँहरु तर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा सडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ पुर्याउँछ । त्यस्तै पानी बेगरको धारा के धारा? अनि एकता बेगरको समूह के समूह? त्यसै कारण हामी तामाङहरू एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।
अन्त अभिप्राय
यस लेखको मूल उद्धेशे रहेको छ सबै एक भएर धर्मको मार्गमा आवद्ध हुनु । वास्तविकतालाई पच्छयाउनु । चाड पर्वलाई चाड पर्वकै रुपमा स्वीकार गर्नु । हामी सबैको जीवन प्रवाहसँग सम्बद्ध पात्रोमा उल्लेखित संवतलाई स्वीकार गर्नु । कहि पनि उल्लेख नभएको प्रमाण विहिन संवतको परिकल्पना नगर्नु । संक्षिप्तमा भन्ने हो भने प्रज्ञावान हुनु अर्थात जुन विषय वस्तु र पदार्थ जस्तो छ त्यस्तै रुप गुण र आकारमा ज्ञान गर्नु । पुनश्च: हामी समग्र तामाङहरू आफूलाई बौद्ध धर्मावलम्बी भन्न रुचाउछौ, गौरव गर्छौ र यिनै गौरवलाई बँचाई राख्ने काम गर्छौ । एकै वाक्यमा भन्ने हो भने प्रमाणिक तथ्यहरुलाई सहर्ष स्वीकार गरेर एकताको बन्धनमा बाँधिइ रहनु ईत्यादि । एवं रितले हामी सम्पूर्ण तामाङ बन्धुहरु हृदय सँगको समागमीय बहूवेणी बनेर बाँच्न सिकौ, सकौ र बाँच्न सिकाऔ भन्ने आग्रह समेत गर्दछौ ।
व्याख्या
लोछर के को आधारमा कसरी मनाउने भन्ने विषयमा होडबाजी गर्दा गर्दै हाम्रो समाजले आज कम्तिमा दुई दशक विताइसकेको सबैलाई जानकारी भएकै विषय हो । यसरी लोछर के को आधारमा कसरी मनाउने भन्ने विषयमा परिपक्व हुनको निमित्त म्याडम क्यूरिले रेडियम पत्ता लगाउन आविष्कार गर्ने भन्दा कठिन परिरहेको पनि सर्बविदितै छ । यस प्रसंगको एक मात्र कमजोरीपन हामीमा के यकिन हुनगएको छ भने बौद्ध धर्म जस्तो अलब्ध विपुल संपत्तिको हकदार बनिसकेका हामी सम्पूर्ण तामाङहरु आफूलाई बौद्ध भन्न रुचाउँछौ र अति गर्व पनि गर्दछौ । बौद्धमा पनि बोधिसत्वयानका अनुयायि बोद्यिसत्वयानमा पनि बुद्ध शिक्षाका प्रत्येक बिन्दु-बिन्दुहरुलाई अभ्यासमा उतार्ने महायान बौद्ध धर्मका अनुयायि हामी सोहि मार्ग, महायान बौद्धधर्मको निति र शिक्षा अनुरुप चल्नु पर्दछ भन्ने हामी समग्र तामाङहरुको मान्यता हो । अनि यहि मान्यतालाई नबुझ्नु यस प्रसंगको कमजोरिपन हो ।
वर्तमानमा खेद र अच्चमको विषय के छ भने हामी आफूलाई बौद्ध हूँ भनेर दावि गर्छौ तर बौद्ध धर्म महायान बौद्ध धर्मको निति शिक्षा र खास गरेर ज्योतिष शास्त्र स्वीकार गर्न तयार छैनौ भने हामी बौद्ध हौ कि अबौद्ध ? के हामीलाई बौद्ध भन्न मिल्छ ? यस प्रसंगलाई उदाहरणको रुपमा स्पष्ट पार्दा कसैले यो पेलसाङको छोरा दोर्जेले रिञ्छेन नाम भएको व्यक्तिलाई तपाई त मेरो आपा जस्तै हुनुहुन्छ नि । स्वभाव र बोलि त झन ठ्याक्कै मिल्ने तपाईलाई त आपा नै भन्न मन लाग्छ भन्दा रिञ्छेन मख्ख परेको जस्तो मात्र हो । किन भने वास्तवमा दोर्जेको आपा रिञ्छेन होईन पेलसाङ हो । रिञ्छेन त आपा जस्तो मात्र हो । तात्पर्य के हो भने यदि हामीले आफूलाई बौद्ध जनाउँदै संबन्धित बौद्ध धर्मको निति शिक्षा र आजको विषय अनुसार भन्ने हो भने ज्योतिष शास्त्र अपनाउँदैनौ भने दोर्जेले तपाई त मेरो आपा जस्तै हुनुहुन्छ भन्दा मख्ख पर्ने रिञ्छेन जस्तो मात्र हो । यसरी हामीले आफूलाई बौद्ध भन्नु केवल हाम्रो अज्ञानता हो । त्यसैले हामीलाई बौद्ध भन्न हामीले होइन धर्मले स्वीकार गर्दैन।
दोस्रो प्रसंगमा हामीले अपनाएको बौद्ध धर्मको आधारमा ल्होछरको चर्चा गरौं छर्लङ्ग बुझ्न पर्दा ल्होछर सबै बौद्धले मान्ने नयाँ वर्ष होइन । भन्न खोजेको के हो भने बौद्ध धर्ममा अनेक सम्प्रदायहरु विध्यमान छन् । अनेक सम्प्रदायहरु मध्ये महायान र हिनयान मुख्य हुन । ल्होछरलाई सिंगो बौद्धधर्मसँग तुलना गर्दा मात्र महायान बौद्ध धर्मका अनुयायीहरुले यसलाई मान्ने गर्दछ न कि भारतिय महायान, बर्मि महायान सिंहाली, जापानी र कोरियन महायानीहरुले । हिनयान तर्फ भन्ने हो भने जुनसुकै राष्टका सबै हिनयानीहरु जस्तै सर्वास्तीवाद थेरवाद, महासांघिक सूत्रयान, पारमितायान इत्यादि ल्होछरसँग परिचित हुँदैनन् । माथि उल्लेख भए अनुसार ल्होछर मान्ने बौद्धहरुलाई चिन्नुपर्दा महायानी बौद्धहरु भनेर चिन्नु पर्दछ । ल्होछर हामी सम्पूर्ण तामाङहरु बीच तुलना गर्ने हो भने हाम्रो देश लगायत अन्य राष्टमा पनि निवास गरिरहेका सबै तामाङ बन्धुहरुको मन, वचन र कर्ममा नै ल्होछर शब्दले बोध हुने नयाँ वर्ष मनाउने भन्ने उमंग र जोशले स्थान लिइ सकेको छ र जसरी भए पनि मनाइ नै रहेका छन् । यति हुँदा हुँदै पनि सम्बन्धित विषयमा कतिपय मित्रहरुको यो हो र त्यो हो, यो हाम्रो र त्यो उसको विषयक निरन्तर छलफल प्रति दया लाग्नु स्वाभाविक भएको छ । यस्तो नहोस भन्ने हामी ठान्छौ किन भने आफू समान कै हाम्रा मित्रहरु अन्योलमा परि रहेको अरुले देखे हामीलाई के भन्लान? त्यसैले हामी समयमा नै निम्न प्रकारका प्रश्नोत्तरी माध्यमद्धारा वास्तविकता तर्फ लागौ ।
प्रः ल्होछर मान्ने तामाङहरु कुन धर्मका अनुयायी हुन्छन् ?
उः महायान बौद्ध धर्मको ।
प्रः हामी तामाङहरु महायानी बौद्ध हौं भने आफ्नो धर्म अनुरुपको निति शिक्षा र ज्योतिष शास्त्र स्वीकार गर्नु पर्छ कि पर्दैन ?
उः पर्छ ।
प्रः महायानी बौद्ध हामी तामाङहरुको रिति, विधि, चाड पर्व लगायत ल्होछर समेतमा एक रुपता हुनु पर्छ कि पर्दैन ?
उः पर्छ ।
प्रः के को आधारमा आधारित हुँदा ल्होछरमा एक रुपता आउँछ ?
उः महायानी बौद्ध धर्म अनुरुपको ज्योतिष शास्त्रको आधारमा । ईत्यादि ।
यस लेखमा खुल्न आएको शिर्षक ल्होछर के को आधारमा कसरी मान्नेलाई वर्तमानको तँ छाड र म छाड या खोइ-खोइ दाइ म अघि जाउँ भन्ने लौरे वातावरण तर्फ केन्द्रित हुँदै विचरण गर्दा प्रश्न जिज्ञासा र पूर्णता यि त्रिविध रुपमा पाउँछौ । प्रश्न उसको निमित्त हुनेछ जसले ल्होछर शब्दको अगाडी कुन शब्द जोडेको छ अथवा कुन ल्होछर । ल्होछर कुन हुन्छ जो वर्षमा एउटै हुन्छ । ल्होछरमा कुन शब्द जोड्नु कुन एक या कुन दुइ भन्नु बराबर हो जबकि संख्यामा एउटै एक र एउटै दुइ मात्र हुन्छ न कि तिन चार वटा । यसरी अन्योलमा परिरहेको मित्र गणको निमित्त प्रश्न हुन्छ भने अन्जान बन्धुहरुको निमित्त जिज्ञासा । यसै गरी वास्तविकतासँग परिचित भइसकेका तामाङ भाईहरुको निमित्त पूर्णता । जे सुकै होस प्रश्नको उत्तर दिनु छ जिज्ञासा छर्लङ्ग पार्नुछ अनि अधुरोपनलाई पूर्णता तर्फ लानुछ ।
ल्होछर शब्दको अगाडी जोडिन गएको कुन शब्द ल्होछर प्रेमि हामी सबैको मस्तिष्कमा प्रेतको रुपमा सवार भएर हामीलाई बौलाहा हात्ती तुल्य मुर्ख बनाई रहेको छ । फलस्वरुप हामी गल्ली-गल्ली कराएर हिंडछौ मच्चिइ-मच्चिइ भाषण छाँटछौ, अनि अरुको कुरा काट्न र खुट्टा तान्न व्यस्त रहन्छौ, अनि भन्छौ म एकदमै बिजी छु इत्यादि । अज्ञानताले ओगटेको भोगटेको बोक्रा जस्तो दिमागले थाहा पाउन सकिरहेको छैन कि हामी एउटै कुन शब्दको अधिनमा रहेर रत्न समान हाम्रो वर्तमान मनुष्य जीवन अत्योत्तम कर्म भुमि नै तहस नहस गरिरहेका छौ भनेर । खोला तर्ने पाँच जना लाटोहरुको कथा जस्तो भैं रहेको छ, जस्तै पाँचजना लाटोहरु खोला तर्छन अनि खोला पारि पुगेपछि पाँचैजनाले तर्यो कि तरेनौ भनेर एकजना लाटोले साथी गन्छ तर आफूलाई गन्दैन आफूलाई नगने पछि जम्मा चारजना मात्र पुगेको हुँदा एउटालाई खोलाले बगाएछ भनि खोलाको तीरमा पाँचैजना बसि रोएछन् । त्यहिबेला एकजना सज्जन त्यहाँ पुगि उनीहरुलाई रोएको कारण सोध्छन् त्यसपछि सज्जन मुसुमुसु हाँस्दै गनेर पाँचजना पुर्याउँछन् । त्यसपछि लाटोहरु खुशी हुँदै र आफ्नो अज्ञानतालाई धिक्कार्दै आफ्नो बाटो लाग्छन् । आउनुहोस् हामी सबै तामाङहरूले ल्होछर एक रुपताको बन्धनमा जुटेर मनाउने गरौं, अनि लाटोहरु खुशी भएर आ-आफ्नो बाटो लागे जस्तो आ-आफ्नो कर्म भुमि सम्हाल्दै रत्न समान मनुष्य जीवन त्यसै खेर नफालौ । यसो हुनको निमित्त ल्होछर अगाडि जोडिन गएको कुन शब्द झिकि दिउँ ।
जसरी गन्तिको १ (एक) एउटै हुन्छ त्यसैले कुन एक भन्ने प्रश्नै उठदैन । देशमा एउटै प्रधानमन्त्री हुन्छ कुन प्रधानमन्त्री भन्ने प्रश्न उठदैन । कसैले प्रश्न उठायो भने कुन १ (एक) र कुन प्रधानमन्त्री भनिदिने त त्यस्तै वर्षमा एउटै मात्र ल्होछर नयाँ वर्ष हुन्छ कुन भन्ने प्रश्नै उठदैन । ल्होछर नयाँ वर्षको निमित्त पात्रोको आधारमा ज्योतिषशास्त्रले जुनदिन निर्णय गरिदिएको छ त्यसको अलावा अर्को दिन निर्णय गर्ने आधार नै छैन । महाशय हो ज्योतिष शास्त्र शुद्ध विज्ञान हो । प्रत्येक व्यक्ति-व्यक्तिको जीवन प्रवाह हो । त्यसैले यो उसको जीवन अनि यो स्वतन्त्र शास्त्र हो भनेर जान्नु पर्दछ । ल्होछर नयाँ वर्ष कहिले त ? ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार पुरानो वर्ष सकिएको भोलिपल्ट नेपाली ज्योतिषविदहरुले भिन्तुनाको नयाँ वर्षको पहिलो महिनाको पहिलो गते तिथि तोकिदिएर, भारतीय ज्योतिषविदहरुले विक्रम संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो मिति तोकिदिएर, अनि पश्चिमी मुलुकको ज्योतिषविदहरुले इस्वी संवतको नयाँ वर्षको पहिलो महिनाको पहिलो तारिख तोकिदिएर नयाँ वर्ष निर्धारित गरेका छन् । अर्थात भिन्तुनाको प्रत्येक वर्षको बार्हौ महिनाको अन्तिम तिथिको भोलिपल्ट न्हुँ दयाँ भनेर । विक्रम संवतको प्रत्येक वर्षको बार्हौ महिनाको भोलिपल्ट वैशाख १ गते भनेर । इस्वी संवतको प्रत्येक वर्षको बार्हौ महिनाको अन्तिम तारिखको भोलिपल्ट जनवरी फष्ट भनेर । यसरी शुरु हुने नयाँ वर्ष मध्ये जनवरी फष्टलाई विश्वले नै स्वीकारेका छन् भने भिन्तुना र विक्रम संवतलाई पनि आ-आफ्नो स्थानमा सबैले स्वीकार गरिरहेका छन् न कि तानातान ।
अब पालो आयो अर्को नयाँ वर्ष जसलाई हामी लोसार या लोछार भनेर पुकार्छौ अनि जो हाम्रो हो । यस सम्बन्धमा सार र छारको अर्थ एउटै भएपनि कुन एक र कुन प्रधानमन्त्री भनेको जस्तो कुन मान्ने भन्ने विषयलाई लिएर हाम्रो निरर्थक द्वन्द नचलिरहेको पनि होइन । जसरी नेपाल संवत भिन्तुना, भारतिय विक्रम संवत, पश्चिमी इस्वी संवतले प्रत्येक वर्ष नयाँ वर्ष जन्माउँछ त्यसरी नै ज्योतिष शास्त्रको आधारमा लोछारले पनि प्रत्येक वर्ष अर्को नयाँ वर्ष लोछार जन्माइरहेको छ र जन्माइनै रहनेछ । ज्योतिष शास्त्र अनुरुपको त्यहि लोछार संवतलाई नै स्वीकार गरेर एकै मतको पथिक बनौ भन्ने हाम्रो मान्यता हो । यसरी लोछार खुट्याउन कठिन भैरहेका हाम्रा समाजका कतिपय मित्रगण र संघ-संस्थाहरुको हितको निमित्त लोछार पनि हाम्रो धर्मको ज्योतिष शास्त्रले बताइ दिएको छ यसरी उपरोक्त अन्य नयाँ वर्षको जन्म भए झै लोछार पनि प्रत्येक वर्षको बार्हौ महिना घ्याल धाको अन्तिम तिथि या औसीको भोलिपल्ट लोसार नयाँ वर्षको पहिलो महिना धावा धाङपो छ्यु धा आरम्भ हुन्छ र यसैलाई हामीले लोछार मान्नु पर्दछ । लोछार के को आधारमा भन्ने जिज्ञासाको पूर्णता तर्फ लाग्नुपर्दा हाम्रो धर्मको ज्योतिषविदहरुले प्रचारमा ल्याएको वर्तमानमा उपलब्ध पात्रोको आधारमा मान्नु पर्दछ । लोछार सम्बन्धको होडबाजी शंका र आशंका निभाइ दिने महायान बौद्ध धर्म अन्तर्गतका पात्रोहरु यसप्रकार छन् ।
मन्जुश्री खुनु पात्रो लामा सोनाम ।
मन्जुश्री पात्रो मेन चि खाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो मेन चिखाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो फेन्दे ढाछाङ बालाजु ।
मन्जुश्री पात्रो सोरिग लोबलिङ हिमवत प्रदेश तिब्बत मन्जुश्री पात्रो हिमवत पर्वत तिब्बत ।
मन्जुश्री पात्रो पेपुङ सुङरब ङयामसोखाङ काङडा ।
तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो ।
उपरोक्त पात्रोहरु सहित प्रचार प्रसार योग्य खुशीको खबर के छ भने अजितमान तामाङले संपादन गर्नुभएको तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो २१३१ बाँदर वर्ग विक्रमी २०६१ मा ज्योतिष शास्त्र अनुरुपको सहि नयाँ वर्ष जनाउनु भएको छ । पहिलो महिना धावा धाङपो छ्यु धा बैशाख १ गते भनेको जस्तो हाम्रो नयाँ वर्षको पहिलो महिना हो । गत साल बाँदर वर्षमा वहाँहरुले वहाँकै गोजी पात्रो अनुसार चलिरहेको भेडा वर्ष २१३० विक्रमी २०६१ को वर्षको बार्हौ महिनाको पहिलो तिथिलाई वर्ष फिर्यो भन्दै मान्नु भए पनि ज्योतिष शास्त्रको कदर गर्दै हामीले मानेको सहि लोछार २१३१ बाँदर वर्ग २०६१ को फागुन ९ गते शनिवारको दिनलाईनै लोछार भनि नयाँ वर्षको पहिलो महिनाको पहिलो तिथि जनाईदिनु भएको स्वागत योग्य सन्देश रहेको छ । यि सम्पूर्ण पात्रोहरु आज भन्दा ४६४२ वर्ष पूर्व अथवा २६३७ इशा पूर्वमा चीनका ज्योतिषी ह्वाङ ति द्वारा निर्मित ज्योतिष शास्त्र अथवा चन्द्र पात्रो सँग आधारित छन् जो विश्वकै सबैभन्दा पुरानो ज्योतिष शास्त्र हो । २८४० संवत अंकित गरिएको कुनैपनि पात्रो आजसम्म देखा परेको छैन जब कि उपरोक्त पात्रोहरुमा २१३२ अंकित छ भने भएको संवत स्वीकार गर्ने कि हुँदै नभएको संवत स्वीकार गर्ने भन्ने विषयमा हामी सबैको एकमत हुन अत्यावश्यक हुन गएको छ ।
यस प्रसंगमा हामी सम्पूर्ण लोछार प्रेमी मित्रहरुको ध्यान केमा केन्द्रित गराउन चाहन्छौं भने हाम्रा कतिपय संघ-संस्थाहरू र संघ-संस्थाका अधिकारी महोदयहरुले बताउनुभएको मञ्जुश्री या चन्द्र पात्रो नै उपरोक्त पात्रोहरू हुन् । उपरोक्त पात्रोहरूको अतिरिक्त कुनै अरू बैकल्पिक पात्रोले तामाङहरूलाई उपरोक्त पात्रोहरूमा निर्धारित तिथिको एक महिना अगावै लोछार (नयाँ बर्ष)हो भनेर भन्छ । जबकि अजितमान तामाङले समेत उपरोक्त पात्रोहरूकै अनुरूप आइसक्नुभएको छ भने वहाँकै तामाङ क्यालेण्डर नामक गोजी पात्रो (२१३१ बाँदर वर्ष) द्वारा स्पष्ट हुन आएको छ । यिनै सत्य तथ्यहरू धारण गर्दै अब उप्रान्त कुनै पनि तामाङ मित्रहरू संघ-संस्थाका पदाधिकारीहरू द्विविधामा नपरिकन उल्लेखित पात्रोहरूको आधारमा नै लोछार स्वीकार गर्दै अकारण हुन गएको अनेकतालाई एकताको सूत्रमा बाँध्नको निमित्त सहयोग गर्नु नै हुनेछ भन्ने हामीले आशा राखेका छौं ।
पुनः यस विषयमा अझ राम्ररी बुझ्नुपर्दा-अर्कोतर्फ हामीले के पनि पाएका 'लोछार एक परिचय' को एक पंक्ति लो, खाम, दशा ग्रह र लगन हेर्ने तामाङ पात्रो खोई ? सोनाम लोछार मान्दा ग्याल्बो लोछारको बाह्रौं महिनामा सोनाम लोछारको पहिलो महिना हुन्छ जसले गर्दा 'लो, खाम गडबड भई बिग्रह पर्ला कि ?' यस पंक्तिलाई खण्डन गर्दै नेताघे संघले बुझेर हो या नबुझेर हो सजिलै भनिदिएको छ कि यस भनाइको पहिलो जवाफ हाम्रो नजिकै विद्यमान भारतिय र चिनियाँ पात्रो देखाइ दिए पुग्छ अनि तामाङ पात्रोको संभावना, भनेर । वहाँहरूले खण्डन गर्दै भारतीय र चिनियाँ पात्रोलाई आधार बनाएर जुन उत्तर दिनुभयो त्यो सहि उत्तर हो । यस उत्तरमा हामीले के पनि पायौं भने 'अनि तामाङ पात्रोको संभावना' भन्दै भारतीय चिनियाँ पात्रो नै तामाङ पात्रो हो भन्ने ठोकुवा गर्नुभएको त झन सत प्रतिशत नै ठिक हो किन भने हामीले पनि लेखेको, भनेको, सवैलाई आग्रह गरेको, दिन, दशा, ग्रह,लगन इत्यादी हेरेको र यो दिन लोछार पर्छ है भनेको पनि माथि उल्लेखित भारतिय चिनियाँ पात्रो नै हुन् । हामीलाई लाग्छ नेताघे संघलाई भारतिय चिनियाँ पात्रोको नाम चाहिँ थाहा भएको र तर त्यस भित्र के छ भन्नेबारेमा चाहिँ थाहा नभएको र खण्डन गर्ने असफल प्रयास गरेको इत्यादी । आउनुहोस् बुझ्नुहोस् 'घ्यागार' भनेको भारत बर्ष हो । 'घ्यागार'को असली रूप 'घ्याकार' हो । 'घ्या'भनेको 'घ्याछेन्पो' अर्थात् हामीले बुझ्ने भाषामा भन्ने हो भने विशाल, 'कार' भनेको 'कारपो' या सेतो त्यसैले 'घ्याकार' भनेको सेतो वस्त्र धारण गर्ने नागरिकहरूद्वारा भरिएको विशाल देश भनेको हो ।
ध्याकारलाई किन घ्याकार भनिन्छ त, भने सुम च्युपा अर्थात त्रिशद नामक व्याकरण अनुसार घ्या पछि कार जोड्न गलत साबित हुने भएकोले कार को स्थानमा गार प्रयुत्त गरि घ्याकार भनिएको हो । माथि उल्लेखित भए अनुसार
यसको असली रुप हो घ्याकार (भारत बर्ष) । छोटकरीमा हामी कार मात्र भन्ने गर्दछौ त्यसैले भारतीय ज्योतिषिलाई कारचि भन्ने गर्दछौ । शाब्दिक अर्थ पच्छ्याउने हो भने कारचि को अर्थ हुनेछ सेतो ज्योतिषि । सेतो ज्योतिषि भन्नाले भारतीय ज्योतिषि भनेर बुझ्नु पर्छ ।
चिनियाँ ज्योतिषिलाई नाग्चि भनेर भन्दछ । भारत बर्षलाई घ्याकार भनेको जस्तो चीनलाई तिब्बतीयनहरूले घ्यानाग भन्दछन् । घ्या भनेको घ्या छेन्पो अर्थात विशाल क्षेत्रफल भएको नाग् भनेको कालो अथवा मन र व्यवहार असल नभएको यस अर्थमा घ्यानागको नाग बाट नागचि अथवा चिनियाँ ज्योतिष स्पष्ट हुन्छ । यहाँ सम्म हामीले के बुझ्यौ भने कारचि र नाग्चि नै भारतीय र चिनियाँ ज्योतिष हुन । भारतीय र चिनियाँ ज्योतिषको एक मुस्ट र संयुक्त रुप नै माथि उल्लेखित मञ्जुश्री पात्रोहरू हुन जुन पात्रोहरू महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू प्रयोग गर्दछौ र त्यसै पात्रोलाई नै ने.ता.घे. संघले पनि प्रमाणको निमित्त हाम्रो अगाडि सारि दिएका छन् । अब हामी सबैको पात्रो एउटै भएको छ र तिनै पात्रोहरूले निर्धारण गरेको दिनलाई नै लोछार मान्न हा्म्रो बुद्धिमानी हुनेछ न कि ताना तान ।
तामाङ र तामाङ समाजको मात्र नाम लिएर प्रस्तुत गरिएको यो लेख तामाङ र तामाङ समाजको निमित्त मात्र होइन भनेर बुझि दिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौ । एउटै नामलाई मात्र केन्द्रबिन्दु बनाएर लेखिएको यो लेखले संसारमा विद्यमान महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखि, लगायत यस धर्म अपनाइसकेकालाई समेत समेटेको छ । यसरी स्वीकारी दिनुभयो भने हामी जीवन पर्यन्त कृतज्ञ रहनेछौ । लोछार केको आधारमा मान्ने भन्ने विषयलाई यही पूर्ण विराम दिँदै हामी सम्पूर्ण महायान बौद्ध धर्मका अनुयायीहरू अब कसरी मान्ने विषयको पक्षतर्फ प्रवेश गरौ ।
लोछारको तयारी
लोछार मनाउनु भन्दा केही दिन अगावै आ-आफ्नो पूजा कोठा, भान्सा घर, सुत्ने कोठा लगायत सम्पूर्ण घर र घर वरिपरि सफा गरी लोछार मनाउन योग्य बनाउनु पर्छ । आर्थिक अवस्थाले साथ दिएको खण्डमा आफ्नो घर र घर परिसरमा रंग लगाई नयाँ रुप दिन सके अझ उत्तम हुनेछ । यसरी घर सिङार्ने काम लोछार भन्दा अगाडि नै सकाउनु पर्छ । लोछारको अघिल्लो साँझ अथवा औंसिको साँझ घुथुग खानु पर्छ । घु भनेको नौ र थुग भनेको थुग्पा हो । अर्थात् नौ प्रकारका विभिन्न खाद्यान्न मिलाएर बनाएको थुग्पालाई घुथुग भन्दछ । ति नौ प्रकारका विभिन्न खाद्यान्न यस प्रकार छन् ; स्या, चामल, मटर (केराउ) या दाल, फिङ (भटमासबाट तयार पारिएको सेवइ जस्तो देखिने खाद्य पदार्थ), मुला, दालचिनी, छुर्पी, हरियो साग र गोलो रिल्बु आदि । यसरी घुथुग तयार गरेपछि आफ्नो भाग्य र स्वभाव संकेत गर्ने विभिन्न बस्तुहरू आँटा मुछेर बनाइएको मसिनो डल्लो भित्र राख्नु पर्छ । अनि त्यसपछि आगोमा सेकाएर पाकेपछि घुथुगमा मिलाएर सबैलाई एक-एक वटा डल्लो पर्ने गरि घुथुग बाँडनु पर्छ । आँटाको डल्लो भित्र राखिने विभिन्न वस्तुहरूले आगामी वर्षको लागि अलग-अलग लक्षणको संकेत दिने विश्वास छ जो यस प्रकार छन् :
कागजको टुक्रा, काठको टुक्रा, कोइला, नुन, बोसो, भेडाको उन, खुर्सानी, पेलाको टुक्रा, इत्यादि राख्नु पर्छ । यसको अतिरिक्त मुछेको आटाको तारा (जुन पानी सिंगडा जस्तो हुन्छ) ठूलो भूँडी भएको मान्छे, द्वि मुखे, घेन डुसि (चौकोस), सूर्य, चन्द्र, पुस्तकको ठेली इत्यादि सांकेतिक रपमा बनाएर आगोमा सेकाएर पाक्ने पारी घुथुगमा मिसाउनु पर्छ । आभोली कागजमा लेखेर आटाको डल्लोभित्र राख्ने चलन चलेको छ ।
लक्षण
कागज पायो भने गुणवान हुने ।
नुन पायो भने प्रसिद्ध हुने ।
बोसो पायो भने धन सम्पत्ति बढने ।
खुर्सानी पायो भने छोरा भए छुच्चा अनि छोरी भए छुच्ची हुने ।
पेलाको टुक्रा पायो भने काममा ठग्ने ।
तारा पायो भने बर्ष भरि नै सुख शान्ति हुने
भूँडी ठूलो भएको मान्छे पायो भने धेरै खान पाउने या खन्चुवा हुने
दुइमुखे पायो भने कुरौटे या चम्चागिरी हुने ।
धेन डुसि (चौकोस) पायो भने आयु लामो हुने
सूर्य पायो भने उसको परिवारमा आनन्द हुने
चन्द्र पायो भने उसले र उसको बुहारीले बच्चा पाए छोरी पाउने
पुस्तकको ठेली पायो भने धर्म व्यापार र खेतिपाती उत्तम हुने ।
भाग लगाइएको घुथुग आ-आफ्नो अगाडि आइ सकेपछि कसको भागमा के परेको छ ? अर्थात् कसले के पायो भन्ने कौतुहलताले एक प्रकारको रमाइलो वातावरणको सृजना गराउँछ । कागज पाउनेलाई यो गुणवान र बुद्धिमान हुने रहेछ राम्रो पढ्नु, बिहान चाँडै उठ्नु, कुम्भकर्ण जस्तो धेरै नसुत्नु भनेर हँस्यौली गरिन्छ । एवं रितले कसैलाई धनी, कसैलाई मुखाले हुनेरहेछ भन्दै लक्षण अनुसार आफ्नो बुद्धिले भ्याए सम्म हँसाउने काम गरिन्छ र हाँस्दै हँसाउँदै खुशी मुद्रा पारेर घुथुग खाएपछि लुइ फ्याँक्नु पर्छ जो घुथुग खान अगाडि नै बनाएर राखिएको हुन्छ । यसरी तयार गरेको लुइ (आफ्नो शरिरको प्रतिक) फ्याँक्ने क्रममा एक एक वटा छाङबु (मुछेको आटामा चम्पाको डल्लो अलिकति लाम्चो पारेर आफ्नो पाँचै औलाको छाप (चक्र लागाइने) मा लगाएर फ्याँक्नु पर्छ । फ्याँकिने लुइले कष्ट, संकट, आपद विपद र विघ्न बाधाहरू लगेर जाने विश्वास भएकोले यो फ्याँकिन्छ । विशेष गरेर पुस्तक पाउनेले व्यापार र खेतीपाती अनि धर्म समेत उत्तम पार्नको निमित्त धर्म ग्रन्थ पाठ गराउनु पर्छ । यी लक्षहरूको अवधी एक बर्षको (अर्को लोछार पर्यन्त) हुनेछ । अरूले आ-आफ्नो लक्षण अनुसार तेर छ्योए अथवा कसैले मन्साउने, कसैले बसुन्धरा (नाम थोएसे) को पूजा गर्ने, कसैले आयुको पूजा गर्ने इत्यादि गर्नु पर्छ ।
विशेष गरेर लोछारमा झलक्क हेर्दा घोडाको कान जस्तो देखिने एक प्रकारको खाने वस्तु बनाउनु पर्छ जसलाई खाबसे भनिन्छ । खाबसे मैदाको बनाउनु पर्छ । खाबसे बनाउँदा एक तर्फ कराइमा खाने तेल तताउनु पर्दछ र मैदा मुछेर अंदाजी एक पाउको डल्लो बनाइ गोलो बनाएर बेल्नु पर्छ । बेल्दा रोटीको बेलाइ भन्दा केहि मोटो राख्नु पर्छ । बेलीसके पछि गोलो रोटी बन्छ । गोलो रोटी बनेपछि रोटीको दुइ छेउ जोड्नु पर्छ र रोटीको जोडाइलाई तलतिर पारेर जोडाइ पछि उताको दुवै छेउमा दुवै हातको चार औलाको सहाराले बिस्तारै तन्काउनु पर्छ र उम्लिरहेको खानेतेलमा छोडिदिनु पर्छ । केहि बेर ओर्काइ फर्काइ पकाएपछि खाबसे तयार हुन्छ । यसरी भएको खाबसे लोछार मनाइने निश्चित स्थानमा एउटा ठूलो चौकोस (टेबल)मा हार लगाएर सजाउनु पर्छ । यो हार लगाउँदा राखिएको खाबसे दुख बिर्सिएर सुख र आनन्द निम्त्याइने उपायको प्रतिक हो । यो हार लगाउँदा खेरि लगाएको हारको गन्ति तल देखि माथि तर एक हार, दुइ हार भनेर गने झैं धे-किप-धुग भनेर गन्नु पर्छ अर्थात् एक हारलाई फेरि धे भनेर हारको गन्ति गर्नु पर्छ धे को अर्थ धेवा अथवा सुख हो । किप को अर्थ किपो अर्थात् आनन्द हो । धुग को अर्थ धुग्ङेल अथवा दुख हो । यस क्रम अनुसार खाबसे हार लगाउँदा तीन हार, नौ हार, बाह्र हार, पन्ध्र हार पारेर लगाउनु हुँदैन । यसरी हार लगाउँदा खेरि धे-किप-धुग को गणना क्रम अनुसार धुग अथवा दुख शिरमा पर्न जान्छ र जीवन प्राय दु:खमय हुन्छ भन्ने विश्वास छ र हार लगाउँदा धे-किप-धुग-धे (चार हार) को गणनामा सुख शिरमा पर्ने गरि या धे-किप-धुग-धे-किप (पाँच हार) को गणना आनन्द शिरमा पर्ने गरि लगाउनु पर्छ । सुख या आनन्द शिरमा पार्नको लागि दुइ हार, चार हार, पाँच हार, सात हार, आठ हार, दश हार, एघार हार, तेह्र हार, चौध हार, सोह्र हार, सत्र हार, उन्नाइस हार र बीस हार पारी लगाउनु पर्छ ।
खाबसे हार लगाइएको (अगाडि) दाहिने तर्फ कारसुम ङार सुम (तीन प्रकारको सेतो पदार्थ -१. दूध २. दहि ३. घ्यू) (तीन प्रकारको मीठो पदार्थ -१. चिनी २. मिश्री ३. सक्खर) चम्पा (गहुँ भुटेर पिसेको पिठो) मा फिटेर टाशी छिमर बनाउनु पर्छ । तयार गरिएको टाशी छिमर कायो अथवा प्याला या कचौरामा या काठको सानो बाकस जस्तो बनाएर राख्नु पर्छ । त्यस माथि घिउमा विभिन्न प्रकारको धुलो रंग फिटेर बनाइएको रंगिन घिउ द्वारा एउटा च्याप्टो र लाम्चो काठमा अष्ट मंगलको चिन्ह बनाएर राखिन्छ जो मंगलको प्रतिक हो । अष्ट मंगलका चिन्हहरू क्रमश रत्न छत्र (रत्नको छाता), सूवर्ण मत्स्य (सुनको माछा), कुम्भ (सुनको कलश), कमलको फूल, शंख, श्री वत्स, ध्वजा र धर्म चक्र आदि हुन । टाशी छिमरको देब्रे तर्फ रंगिन घिउ द्वारा नै बनाइएको एउटा झ्याम्म परेको रूखको फेदमा हात्ती, हात्ती माथि बाँदर, बाँदर माथि खरायो र खरायो माथि चराको आकृति बनाएर राखिन्छ जो मित्रताको प्रतिक हो । यी दुइवटै प्रतिकमा गहुँको बाला राख्नु पर्छ । मित्रताको प्रतीकको छेउमै धुइच्ची (अमृत) बनाएर राख्नु पर्छ जो आरोग्यको प्रतीक हो । उपलब्ध भए दुबै तर्फ उम्रिएको बाली (विशेष गरेर गहुँको) राख्नु पर्छ । यसरी राख्नको निमित्त महिना दिन अगावै फूल रोप्ने गमलामा गहुँ छर्नु पर्छ जो लोसारमा उम्रिएर हरियो देखिन्छ । लोसारको ठिक एक महिना अगाडि जुन दिन गहुँ छरिन्छ त्यसैलाई सोनाम लोसार भनिन्छ, यो लोसार नामले पुकारिने लोसार प्रेमी सबैको पर्व हो यसलाई पर्व चाडको रूपमा सवैले मनाउनु पर्छ । जसको एक महिना पछि संबत् फिर्दछ । संक्षिप्तमा यो सोनाम पर्व लोसारको तयारी शुरू गरिने दिनको रुपमा जान्नु पर्दछ अर्थात् हिन्दुको जमरे औसी र यो एउटै अर्थ बोकेका चाडहरू हुन न कि नयाँ बर्ष । उम्रिएको बाली चढाउनुको अर्थ आफ्नो इष्टदेवलाई खुशी पार्नु र उत्तम बाली नाली पाउनु हो । यसको अतिरिक्त खाबसे सजाइएको चौकोसको अनुकुल स्थानमा विभिन्न बीज, घिउ, लगाएर घोलिएको (भोटे) चिया, चिनीको चिया, फलफूल र उत्तम मिठाइहरू पनि सजाउनु पर्छ । देब्रे तर्फ भेडाको टाउको माथि नोर्बु (मणि) बनाएर राख्नु पर्छ । यी कार्यहरू अर्थात् –
आफ्नो घर र घर आगन वरिपरि रफा गरि कृत्रिम सजावट दिने ।
लुइ फ्याँक्ने ।
खाबसे बनाएर हार लागाई सजाउने ।
टाशी छिमर बनाएर राख्ने ।
माथि उल्लेखित सम्पूर्ण कार्यहरू लोसारको अघिल्लो साँझ अर्थात् औसीको बेलुकी नै सम्पन्न गर्नु पर्छ ।
यहाँ भेडाको टाउको राख्नुपर्ने दुइवटा कारणहरू छन्
प्रथमः हिमवत् प्रदेश तिब्बतमा ल्हुग ल्हो (भेडा बर्ष) मे खाम देखि लोसार मनाउन थालिएकोले भेडाको टाउको राख्ने प्रथा चलेको हो ।
दोस्रोः प्राचिन कालमा हिमवत प्रदेश तिब्बतमा लोसार मनाउँदा बढी काटमार भइ हिसाले उग्र रुप लिएको हुँदा सातौ दलाइ लामाले हामी बौद्ध हौ र बौद्ध भएको कारणले हामीले काटमार गर्न सुहाउँदैन भनी हिस्रक कार्य (काटमार) गर्न रोक्नुभयो । अर्को बर्ष हिसा रहित भइ लोसार मनाउँदा सुङमा (रक्षक) क्रोधित भइ धेरै जन धनको क्षति भएकोले सुङमा (रक्षक) को निमित्त भेडाको टाउको बनाएर चढाउनु भनी आज्ञा हुँदा घिउ या चाम्पाको टाउको बनाएर चढाउने प्रथा चलेको हो ।
लोसार मनाउने विधि
लोसार मनाउनको निमित्त औसी कै बेलुका सबै सर्जाम तयार गरेर ठीक्क पार्नु पर्छ । अब लोसारको दिन के के गर्ने र खाने भन्ने विषय प्रस्तुत गर्दछौ ।
लोसारको दिन करिब साढे चार बजै नै उठेर पाँच बजे सम्ममा हात मुख धोइ सक्नु पर्छ । हात मुख धोइ सकेपछि आ आफ्नो ल्हा खाङ (पूजा कोठा) मा गएर विधिवत् पूजा गर्नु पर्छ । यदि घर परिवारमा लामा भए अथवा अरू नै कोहि लामा ल्याउन सकेको खण्डमा अष्ठ मंगल (टाशी ग्येपा) पाठ गरेपछि भगवान् बुद्ध, गुरु रिन्पोछे, भट्टारिका आर्यतारा इत्यादिको स्तुति गर्नु पर्छ । परिवारमा लामा नभए र अन्यत्रबाट पनि लामा नजुटेको खण्डमा आफैले सधै जस्तो पूजा गर्ने र नयाँ कपडा लगाएर प्रत्येकले ल्हा खाङ (देवता स्थान)मा ढोग गर्ने र खादा चढाउने । खादा चढाइसकेपछि क्रमशः खाबसे, टाशी छिमर कोनछ्योग सुम (त्रिरत्न)लाई अर्पण गर्ने (चढाउने) । यसरी चढाउँदाखेरि उँभो तर्फ छर्किनु पर्छ । त्यसपछि, टाशी देलेग् फुनसुग छ्योग्पर स्यो (मंगल स्वस्ती भइ उपसम्पन्न हुन सकोस) भन्ने कामना व्यक्त गर्दै अलिकति टाशी छिमर खानु पर्छ र छिमर पश्चात छुइच्ची ग्रहण गर्नु पर्छ । अन्तमा सजाएर राखिएको विभिन्न मिठाइहरू मध्येबाट कुनै ग्रहण गरेपछि अन्य खानामा सर्वप्रथम ढोमा देसिल र खाबसे खानुपर्छ । लोसारको पहिलो दिन आ आफ्नो लामा गुरुहरूको दर्शन गर्न जानु पर्छ त्यसैले पहिलो दिनलाई लामा लोसार भनिन्छ । लामा दर्शन गरेर फर्किएपछि आ आफ्नो संस्कृति परिचायक नाच गान इत्यादि शुरू गरे हुन्छ । यस क्रममा शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखी आदिको आ आफ्नो सांस्कृतिक गान र नृत्य भए अनुसार हामी तामाङहरूले पनि आफ्नो धर्म संस्कृति अनुरुपको गीत र नाच गरे उत्तम हुन्छ ।यसरी लामा दर्शन गरेपछि डम्फु र गीतको माध्यम द्वारा धर्म र संस्कृतिको अनुकरण गर्दै लोसारको पहिलो दिन बिताउनु पर्छ । लोसारको दोस्रो दिन भादेन छैन भने र नक्षत्र पनि राम्रो भएको खण्डमा धारसीङ (झण्डा) उठाउनु पर्छ र आ आफ्नो देशको शासन व्यवस्था अनुसार राजा भए राजा, राष्ट्रपति भए राष्ट्रपति अध्यक्ष भए अध्यक्ष र आफ्नै गाउँको ठूलाबडालाई मान्न जाने प्रथा रहेकोले दोस्रो दिनलाई घ्यालबो लोसर भनिन्छ । तेस्रो दिन देखि आ आफ्नो मान्यजन कहाँ जाने, शुभकामना आदान प्रदान गर्ने, आएका पाहुनाहरूलाई सहर्ष सेवा सत्कार गर्नु पर्छ । चौथो दिनमा गाउँ घर मिलेर या संभव भए एकै घरले ल्होमा र सेङ्गे नाच देखाउन सके झन अनि उत्तम हुनेछ । तेस्रो दिन देखीको लोसारलाई साब सोल ढोल तोन (अतिथिआतिथ्यको खुसीयाली) भनिन्छ । लोसारको अन्तिम दिन गुरु रिन्पोछेको पवित्र तिथी दशमी (दशौ दिन) हो । सो दिन घरमा गुरु रिन्पोछेको पूजा गर्नु पर्छ र सजाएर राखेको खाबसे सहित सम्पूर्ण सामानहरू उठाउनु पर्छ ।
।।मंगल।।
यो लेख आचार्य कमल तामाङले २०६१ सालमा लेख्नु भएको हो ।

Wednesday, January 8, 2014
पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन

प्रा.डा. गोपाल शिवाकोटी :-
सामन्ती केन्द्रिकृत राज्य विस्तार गर्ने राजा पृथ्वीनारायण शाहको २९२ औं जन्म जयन्तीलाई यस वर्ष पनि कथित नागरिक समारोह समितिको नाममा विभिन्न कार्यक्रमहरु गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथै उनको जन्मदिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने माग पनि दरबारले पोषण गरेका केही व्यक्ति तथा शक्तिहरुले गरेको देखिन्छ । यसै क्रममा स्वयं गणतान्त्रिक व्यवस्थामा मन्त्रीका रुपमा रहेका संस्कृति मन्त्री रामकुमार श्रेष्ठले राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने विडम्बनापुर्ण अभिव्यक्ति दिएर शाही शासनको औचित्य पुष्टि गर्ने प्रयास गरेपछि यो विषय पुनः विवादमा आएको छ ।
नेपालमा गणतन्त्रको स्थापना भएपछि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिन छोडिएको हो । सरकारी स्तरबाटै कटौति गरिएको यो दिनलाई सार्वजनिक विदा दिनुपर्छ भन्ने मन्त्री स्वयंले विचार सार्वजनिक गर्नुले उनले यस अघिका सरकारका निर्णयहरुलाई अवज्ञा गरेका हुन् वा कर्मचारी सरकारकै नीति परिवर्तन भई पुनः शाह वंशको सत्तालाई पुनःस्थापित गर्नका लागी गरिएको प्रायोजित प्रचार हो भन्ने कुरामा समेत आशंका उत्पन्न भएको छ ।
निश्चय नै हिजोका शाही सत्ता र दरबारको आडमा लाभ लिनेहरु तथा पश्चगामी र आफुलाई राजतन्त्रवादी भन्नेहरुले पृथ्वीनारायण शाहको कार्यलाई एकिकरण ठान्नु, यसलाई महत्व दिई शाही शासनका जनविरोधी कार्यहरुको औचित्य पुष्टि गर्नु, संघियताको विरुद्ध केन्द्रिकृत सामन्ती सत्ता पुनस्र्थापना चाहनु स्वाभाविक र उनिहरुको आचरण अनुकुलको मानिए पनि एकजना मन्त्रीबाट नै यस किसिमका अभिव्यक्ति हुनुले गम्भिर प्रश्न उठ्नु स्वभाविकै हो । अहिले पनि पृथ्वीनारायण शाहको कार्य एकिकरण थियो कि साम्राज्यवादी थियो भन्ने बारेमा बहस चलिरहेको अवस्थामा उनले एकिकरणको गरेको भनि देवत्व प्रदान गर्ने र महान व्यक्तिको रुपमा प्रस्तुत गर्ने काम पाखण्डपुर्ण हो ।
राज्यको पुनर्सरचना, गणतन्त्रको संस्थाकरण तथा सबै जाती–जनजातीलाई राष्ट्रिय मुलप्रवाहमा ल्याउने तथा सामन्ती अवशेषहरुलाई समाप्त गरि मुलुकलाई जनवादीकरणको अभियानमा मुलुक रहेको अवस्थामा पृथ्वीनारायण जस्ता व्यक्तिलाई महान् बनाएर पुजाआजा गरि देवत्व प्रदान गर्ने, जुन षडयन्त्रको रुपमा यो कार्य भएको छ, यसप्रति सचेत व्यक्ति र शक्तिहरुले सतर्क हुन समेत आवश्यक देखिएको छ । पृथ्वीनारायण शाहलाई जुन किसिमले प्रस्तुत गरिएको छ, वुद्धिमान, दुरदर्शी भएको भनि देखाउने प्रयास भएको छ ती सम्पुर्ण मिथ्यामात्र हुन् । पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।
उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।
काठमाडौ उपत्यकामाथिको आक्रमणसमेत एकिकरणको उद्देश्यले भएको थिएन भन्ने कुरा उनकै दिव्योपदेशले समेत पुष्टि गर्दछ । उनले फुलचोकी आएर काठमाडौ उपत्यकालाई हेर्दा यहाँ फलेको धान र सम्पदालाई देख्दा यो मुलुक जित्न पाए हुथ्यो भनि उनलाई लागेको भन्ने कुराले काठमाडौमाथिको आक्रमण एकिकरणको लागी नभएर धनसम्पत्ति प्राप्त गर्न र जोड्नका लागी नै भएको कुरा प्रमाणित हुन्छ । उपत्यकाको वैभव आफ्नो नियन्त्रणमा लिनका लागी कसैले युद्ध गर्दछ भने त्यसलाई एकिकरणको लागी भन्नु कतिसम्म पाखण्डीपुर्ण हो भन्ने कुरा स्वभाविक रुपमा बुझ्न सकिन्छ ।
पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।
यसैले किराँत, मधेस, कर्णाली लगायतका सबै क्षेत्रहरु र अझै उपत्यकासमेत आफुलाई पृथ्वीनारायण शाहका सन्तानले उपनिवेश बनाएको भनी ठान्दैछन् भने यसलाई कसरी एकिकरण भन्न सकिन्छ ? एकिकरण भनेको त अमेरीकामा जर्ज वासिङ्टनले १३ वटा राज्यलाई संयुक्त बनाउदा गरेको सम्झौतालाई लिन सकिन्छ । उनले ति राज्यहरुलाई समान हक दिएका थिए भने विस्मार्कले पनि विभाजित जर्मनलाई एक ठाउँमा ल्याउने काम गरेका थिए । एकिकरण समान इच्छा भएकाहरुलाई एक ठाउँमा ल्याई जित–जितको रुपमा राज्य स्थापित गर्ने कार्य हो । यो बन्दुक र शक्तिका भरमा अरुमाथि अभिपत्य स्थापित गर्ने विषय होइन ।
अहिले पनि नेपालको विस्तार काँगडासम्म भएको भनी दावा गरिन्छ तर नेपालको सो क्षेत्र एकिकरण भएको भए अंग्रेजसँगको सुगौलि सन्धिपछि त्यो क्षेत्रका मानिसहरुले विद्रोह गर्नुपर्ने थियो । तर त्यसो नगरी त्यस क्षेत्रमा रहेका २ लाख सेनासमेत अंग्रेजी सेनासँग मिलि सो क्षेत्र अंग्रेज अन्तर्गत सुदृढ गराउन लागिपरेकाले पनि यो एकिकरण नभएर साम्राज्य विस्तार मात्र थियो भन्ने प्रमाणित हुन्छ । पृथ्वीनारायण र उनका सन्तानहरुले राज्य विस्तारका क्रममा अनेक जाति, जनजातीमाथि आधिपत्य कायम गरि उनिहरुका संस्कृति र पहिचानलाई नै समाप्त गरिदिए अर्थात् शाही शासक वर्गको हुकुमत्वले गर्दा यी जाती जनजाती आदिवासी, धर्म आदिको पहिचान दबिन पुगेको थियो ।
यी सबै पहिचानलाई जर्वजस्ती केन्द्रिकृत गर्नका लागी ४ वर्ण ३६ जातको फुलबारी भन्नेजस्ता पाखण्डपुर्ण शब्दहरुको आवरणमा राष्ट्रिय पहिचानलाई नै थिच्ने र दबाउने काम भएको थियो । नेपालको राष्ट्र निर्माण जुन भनिन्छ यो राष्ट्रनिर्माण नभएर खुकुरीको बलमा अन्य राष्ट्रमाथि गरिएको दमनबाट बलात् एक ठाउँमा विलय गर्ने प्रयास मात्र थियो । यसको अन्तिम प्रयास महेन्द्र शाहले एक भाषा एक भेष, एक संस्कृतिको रुपमा ल्याउने अन्तिम प्रयास गरेका थिए । अहिले भएको पहिचानको संघर्ष यही गोर्खाली साम्राज्यवाद र विस्तारवादको प्रतिक्रियाको रुपमा बाहिर आएको हो ।
अहिलेको संघियता र पहिचान जातीय पहिचानको आन्दोलन वास्तवमा शाही साम्राज्यवादले खडा गरेको उपनिवेशिक स्थितिको विरुद्धको विद्रोह हो, यो राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय मुक्ति, जातीय मुक्तिको अभियान हो । उनले लमजुङ्गलाई झुक्याउने र तनहुँ बोनसको रुपमा लमजुङ्गलाई दिने आश्वासन दिएर साम्राज्य खडा गरेका थिए । यो लमजुङ्गका राजासँग गरेको सम्झौताले समेत उनको अभियान एकिकरणको अभियान नभई विस्तारवादी अभियान थियो भन्ने कुरा पुष्टी हुन्छ । उपत्यकामाथिको विजय पनि उनले छलछामपूर्ण तरिकाबाट गरेको देखिन्छ ।
किर्तिपुरको युद्धमा कालु पाण्डेको सैनिकहरुमा बढ्दै गएको प्रभाव र काठमाडौ जिते लमजुङ्गलाई तनहुँ दिनुपर्ने सम्झौता कार्यान्वयन नगराउनका लागी उनले नै कालुपाण्डेको युद्धमा हत्या गराएका थिए भनिन्छ । उनको युद्धमा देब्रे आखाँमा तीर लागेर फुटेपछि आफ्नो राज्यमाथि खतरा देखी भाइहरुलाई देश निकाला गर्ने, कालु पाण्डेको हत्या गर्नेजस्ता कार्य गराएका थिए । साथै किर्तिपुर विजय गराएपछि त्यहाँका जनतालाई आतंकित पार्नका लागी आफ्नो अधिनस्त स्वीकार गरिसकेका जनताको नाक र कान काटेकाले उनि कति क्रुर र नृस्रंस थिए भन्ने कुरा प्रमाणित गरेका थिए ।
यस्तै कान्तिपुर जित्न जयप्रकाशका भाई भतिजा र रानीहरुलाई पछि शासनमा सहभागी बनाउने भनि जयप्रकाश विरुद्ध लगाएकाहरुले कान्तिपुर विजयको एक वर्षजति पछि आफ्नो शासनमा भागिदारी माग्न थालेपछि यी सबै भाइभारदार तथा रानीहरुलाई हनुमान ढोका दरबारको एक बैठक कोठामा राखेर बाहिरबाट ताल्चा लगाई आगो लगाई सबैको एक चिहान पारेकाले पनि उनी कतिसम्म क्रुर थिए भन्ने वुझन सकिन्छ । उनले भक्तपुरका राजा आफ्नै मित बाबुलाईसमेत छोडेका थिएनन् ।
काठमाडौंलाई विजय गर्न १२ वर्षसम्म घेराबन्दी गर्नेजस्ता कार्यले जनतालाई सकसमा पारेर उपत्यका विजय गर्नुलाई यदि कसैले एकिकरण देख्छ भने त्यस्ता व्यक्तिहरुको विवेकलाई के भन्न सकिन्छ र ? पृथ्वीनारायणलाई महान बनाउन दिव्योपदेशका परराष्ट्र नीति, आर्थिक नीतिहरुको उल्लेख गर्ने गरिन्छ तर यो दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भिमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्धारा लेखाइएको दिव्योपदेशको संस्करणमात्र हो । पृथ्वीनारायणले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको उत्तरतर्फको बादशाह र दक्षिणतर्फको बादशाहको बारेमा उल्लेख भएको छ ।
पृथ्वीनारायण शाहले यो उपदेश सन् १७७५ भन्दा ३० वर्षपछि सम्म नेपालले राज्य विस्तार गर्दै रहेको थियो भने १८१४ मा मात्र बेलायती साम्राज्यको उपस्थिति यस क्षेत्रमा भएको अवस्था थियो । यस्तो अवस्थामा कसरी उनले आफुलाई तरुल भन्छन् अनि दुईटा ढुङ्गाबीचको तरुल भन्ने कल्पना गर्छन र उनको सन्तानले ४० वर्षसम्म राज्य विस्तार गर्दै रहन्छन् यसतर्फ विचार गर्नु जरुरी छ । यो उत्तर र दक्षिणतर्फको समद्रीय सिद्धान्त पृथ्वीनारायणको नभएर भीमसेन थापाका सल्लाहकार केयरसिंह बस्नेतको तत्कालिन परिवेशको सन्दर्भमा प्रतिपादित सिद्धान्त हो । यस्तै रणनीतिमा झिकिकटक गर्नु जाईकटक नगर्नु भन्ने कुरा पनि पृथ्वीनारायणको कुरा होइन । साम्राज्य विस्तार गर्दा जाईकटक नै गर्नुपर्दछ । झिकिकटक त आफ्नो प्रतिरक्षात्मक युद्ध नीति हो ।
यो अंग्रेससँगको युद्धको लागी प्रतिरक्षात्मक युद्धको नीतिलाई पृथ्वीनारायणको टाउकोमा पगरी बाँधि देवत्व देखाउन खोजिएको छ । पृथ्वीनारायणले त बुद्धिनारायण राईविरुद्ध अंग्रेजसँग पूर्णियामा सम्झौता गरेका थिए । सिन्धुलीमा आएका अंग्रेज सेनालाई हराएका थिए । पृथ्वीनारायण शाह युद्धमा सबै खालका षड्यन्त्र गरि विजय प्राप्त गर्ने गर्दथे । यसैले यसलाई एकिकरणको रुप दिनु पृथ्वीनारायण शाहले उपनिवेश बनाएका जाती, जनजाती क्षेत्रमाथिको अन्यायलाई औचित्यसिद्ध गर्न खोज्नुमात्र हो । अहिले यो अभियान खास गरि पहिचानसहितको संघियता विरोधिहरु र मुलुकमा शाहवंशका ताबेदारी गरी फाइदा लिनेहरुको हो ।
अहिलेसम्म लेखिएको इतिहास पनि दरबारले लेखाएको हो र यी माथि उल्लेख गरेका कुराहरु केहि इतिहासमा देखिएका झलकमात्र हुन् । यसैले नेपालको इतिहास लेखिएमा शाहवंश के र कस्तो थियो भन्ने कुरा जान्न सकिने हुदाँ यस अवसरमा नेपालको इतिहासको पुनर्लेखन गर्नु, पुनः अनुशिलन गर्नुपर्दछ । केहि व्यक्तिले संवेदनशिल राष्ट्रियताको भावनालाई ब्ल्याकमेलिङ्ग गरि शाहवंशलाई पुनः देवत्व प्रदान गर्न र उनिहरुका जनताविरुद्धका अविवेकपुर्ण क्रुरतालाई ढाकछोप गर्ने जुन प्रयास गरिदैछ ।
यो गम्भिर विषय भएकोप्रति सचेत हुनुपर्दछ । केहि व्यक्तिले पृथ्वीनारायण नभएको भए नेपाल नै हुँदैनथ्योजस्ता तर्कसमेत अघि सारी नेपालको अस्तित्वसँग शाहवंशलाई जोड्नेजस्ता कार्य पनि गदै आईहरेका छन्, तर उनी नभएको भए कुनै अर्काे नारायणले यदि मुलुकको आवश्यकता भए एकिकरण पनि गर्दथ्यो र त्यो एकिकरणले नेपालको स्वरुप समेत फरक हुन सक्थ्यो । यो अहिलेको नेपाल भन्दा पनि समृद्ध र जनमैत्रि नेपाल बन्न सक्थ्यो भनि किन विर्सने ? राष्ट्रनिर्माता व्यक्ति नभएर जनता हुन् । व्यक्तिले पनि यसलाई उत्प्रेरित र नेतृत्व गर्दछ ।
एउटा अविवेकी क्रुर षड्यन्त्रकारी, युद्धपिपाशु, सम्पत्ति र सोखका लागी जे पनि गर्न चाहने व्यक्तिबाट उसै अनुकुलको राज्य बन्न सक्छ र बन्यो पनि । त्यसबाट मुक्ति पाउन दुई सय वर्षभन्दा बढी नेपालीले संघर्ष गर्नु परेको र विश्वकै अत्यन्त समृद्ध मुलुक कंगाल पनि यसै वंशको कारणले बन्न पुगेको कुरा पनि विर्सनु हुदैन ।

Subscribe to:
Posts (Atom)