–बलदीप प्रभाश्वर चामलिङ
सबै कुरा बुझेर पनि स्वार्थमा लिप्त हुदै एमाले कांग्रेस अनि राजाबादी तिर लागेकाहरुलाई त भन्नु केही छैन तर यदि पहिचानको मुद्दा नबुझेर अन्जानमा ति पार्टीहरु तिर लागेका कोहि हुनु हुन्छ भने कृपया एक पटक ठण्डा दिमागले यो लेख पढ्नुहोस कुरोको चुरो बुझिन्छ !!
संघीयता भनेको भूगोलको होईन सत्ताको पुनर्संरचना हो । मेचीलाई उठाएर महाकाली र महाकालीलाई मेची ल्याउने भन्ने होईन । हिमाल उठाएर तराई झार्नु र तराईलाई उचालेर हिमालमा लग्नु संघीयता होईन । भारेटाकुरे जातीय कविला राज्यहरुमा नेपाललाई रुपान्तरण गर्नुपनि होईन संघीयता । नेपालको भौगोलिक अखण्डता तोडिनु होईन संघीयता । १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको आयतनमा एक ईन्चपनि छिनो लगाउने कसैलाई अधिकार छैन । हिम्मत भए बरु नेपालको भूखण्ड अरु थप्ने हो ।
त्यसैले भूगोलको नभएर राज्यसत्ताको पुनव्र्यवस्थापन हो संघीयता । अहिलेसम्मको नेपालको राज्यसत्ता एकजातीय छ त्यसलाई बहुजातीय बनाउने कर्म हो । नेपालको सत्ता केन्द्रीकृत छ, त्यसलाई संघात्मक बनाउने उपक्रम हो संघीयता । बहुरंगी नेपाली समाज जस्तै सरकारको चरित्र पनि बहुजातीय बनाउनुपर्छ भनिएको हो ।
यहाँ खोजिएको जातीय पहिचान हो, जातीय राज्य होईन । “पहिचान” को संघीयता र “जाति” को संघीयता फरक कुरा हो । यस बारे सवै स्पष्ट हुन आवस्यक छ । कसैले पनि जातीय राज्यको सिंहासन होईन, जातीय अस्तित्वको पहिचान खोजेको हो ।
नेपाललाई राष्ट्र–राज्य (Nation -State) बाट राज्य–राष्ट्र (State-Nation) मा रुपान्तरण गर्नुपर्छ भनिएको हो । राष्ट्र–राज्य भनेको जातीय राज्य हो । तर राज्य–राष्ट्र भनेको धेरै जातिहरुको एउटै राज्य हुनुपर्छ भन्ने राजनैतिक आकांक्षा हो ।
नेपालका बाहुन–क्षेत्री
बाहुन–क्षेत्री सत्ताको मात्र होईन पहिचानको पनि धनी जाति हो । उनिहरुलाई आफनो जातियता र पहिचानको लागि संगठित र आन्दोलित हुनुपर्ने आवस्यकता नै छैन । बाहुन–क्षेत्रीले आफ्नो पहिचान स्थापित गर्न इतिहासदेखि नै सत्ताको प्रयोग गर्दै आएको छ । तिनको पहिचानले गैरबाहुनक्षेत्रीको संस्कृति र जीवनपद्धतिमाथि स्वागतयोग्य उपनिवेशको रुपमा राज जमाएको छ । यसमा बाँकी समुदायको कुनै गुनासो र त्यसमा उनिहरुले खतरा देखेका छैनन् । बरु त्यसलाई आत्मियरुपमा स्वीकार र ग्रहण नै गरिदिएका छन् ।
कुनैपनि जातिको पहिचान भनेको उसको धर्म, सँस्कार, भाषा, लिपी र सभ्यताको समष्टीगत रुप हो । बाहुन–क्षेत्रीको पहिचानको कुरा कसरी नेपालमा स्थापित छ भन्ने कुरा तल प्रष्ट हुन्छ ।
गैरबाहुन–क्षेत्रीले बोलिदिएको र लेखिदिएको भाषा र लिपी उनै बाहुन–क्षेत्रीहरुकै पहिचानको सुचक हो । कुनै किरातीको घरमा छोरो जन्मिए त्यो नवजात शिशुको नाम “गणेश”, “विष्णु”, “नारायण”, “शिव”, “शंकर” इत्यादि मध्ये कुनै राखिन्छ । छोरी जन्मे “लक्ष्मी”, “पार्वती”, “सरस्वती” इत्यादि मध्ये कुनै नाम रोजिन्छ । आखिर यो शब्दहरु केसंग जोडिएका छन् त ? यि शब्दहरु अरु केही नभएर बाहुन–क्षेत्रीको जातीय पहिचानलाई प्रवर्धन गर्ने धर्मसंग सम्बन्धित “आइकन” हरु हुन् । यो बाहुन–क्षेत्रीको पहिचान हो, त्यसकारण यसलाई ग्रहण गनै हुर्दैन भनेर के त्यो किरातीले भनेकोछ र ?
नेपालपनि बाहुन कै हो भन्ने बनाउन बाहुन जातमा “नेपाल” थर सृजना गरिएको छ । बुद्धपनि बाहुन नै थियो भन्ने आधार बनाउन “ गौतम” थर राखिएको छ । यसलाई गैर–बाहुनहरुले कहिलेपनि आपति जनाएका छैनन् । यसमा कसैले कुनै खतरा देखेको नै छैन । किनकी यो पहिचानको कुरा हो । यदि यसमा पनि असमझदारी हुने हो भने यहाँ वितण्डता मच्चिसकेको हुने थियो ।
बाहुनक्षेत्री पहिचान भूगोलमा
बाहुन–क्षेत्रीको जातीय पहिचान नेपालका खोलानाला, हिमाल, पहाड, गाँउ र शहर सवैमा छन् । जस्तो, “नारायणी”, “महाकाली”, “विष्णुमति” इत्यादि शब्दहरुबाट नदीनाला नामकरण छन् । नेपालका पहाडि भागलाई “महाभारत” विशेषण दिइएका छन् । “चोमोलुङमा”, “फाक्तालुङमा” इत्यादि पौराणिक मौलिक नामहरुलाई हटाएर “सगरमाथा”, “कुम्भकर्ण”, “गौरिशंकरण”, “व्यास”, “गणेश” हिमाल भनेर नेपालका हिमालय पर्वतको नामहरु राखिएका छन् । स्थान विशेषका लागि पनि “आर्य” भञ्ज्याङ, “ खरेलथोक”, “बाहुन डाडा” “शिवपुरी” जस्ता अनगिन्ती शब्दहरु प्रयोग गरिएका छन् । गाउबस्ती, शहर, जिल्ला, अञ्चल र क्षेत्रहरु सबै खस भाषामा नै न्वरान गरिएका छन् । वास्तवमा नेपालका भौगोलिक क्षेत्र र ठाँउहरुको नाम झण्डै शतप्रतिशत बाहुन–क्षेत्रीको खस नेपाली भाषामा नै राखिएका छन् ।
एकाध स्थानीय गाँउ वा टोलहरुको नामाकरण आदिवासी शब्दहरुबाट भएपनि त्यसले कुनै अर्थ राख्दैन । किनकी त्यसको कुनै कानूनी हैसियत छैन । अहिलेसम्म प्रशासनिक प्रयोजनको लागि राजनीतिकरुपले सिमाङ्कन गरिएको क्षेत्रीय विकास, अंचल र जिल्लाहरुको नाम बाहुनक्षेत्रीहरुकै पहिचानमा रहेको छ । त्यस्ता क्षेत्र, अंचल र जिल्लाको नामहरु स्थानीय प्रशासन ऐनमा नै लेखिएको छ ।
धार्मिक स्थलमा
मठमन्दिरहरुको नामाकरणपनि सवै हिन्दुकरण नै छन् । मुस्ताङको “सिमीहेल्सो (पानी र आगोको देवता)” जस्ता पौराणिक नाम हटाएर मुक्तिनाथ राखियो । स्वयम्भुकै “मञ्जुश्री”लाई सरस्वती नामाकरण गरिएको छ । अन्य सवै धार्मिक स्थलहरु आर्य पहिचानकृत गरिको छ । जस्तो, “पशुपतिनाथ”, “दन्तकाली”, “भद्रकाली” इत्यादि । बाकी धार्मिक स्थलहरुको नाम आर्यखस भाषा मै छन् । त्यस्ता विशेषण र शब्दहरु अरु केहि नभएर बाहुनक्षेत्रीको जातीय पहिचानकै अवयव नै हुन ।
नेपाली मनोविज्ञानमा
नेपाली मनोविज्ञानमा पनि बाहुनक्षेत्रीको पहिचानले आजसम्म जरो गाडेकै छ । हिजो वाहुनहरु देवता सरह भएको पहिचान थियो । त्यसकारण कुनैपनि बाहुनले अपराध गरेता पनि उसलाई मृत्युदण्ड दिनहुदैन भन्ने मान्यता थियो । त्यहि मनोविज्ञान व्यप्त हुदा हिजोका राणाहरुले विद्रोही बाहुनहरुलाई मृत्युदण्ड दिएन । अहिले पनि यथार्थ जेभएपनि सवल र सक्षम जाति को भन्दा वाहुन नै हो भन्ने छाप समाजमा छदैछ । अझैपनि बाहुन–क्षेत्रीको तुलनामा अरु समुदायको मानिसहरु आफुलाई लघुताभाषी नै ठान्छन् । लामो समयसम्म राज्यसत्ताको मुल धारमा बहदै आएको बाहुनक्षेत्रीहरुप्रति बनेको अन्य समुदायको मानसिकता हो यो । कुनै अन्यजातिको मान्छे प्रोफेशर हुनु र कुनै बाहुन पेशाले ठेला तान्ने भएपनि त्यो बाहुनै ठूलो भन्ने मनोविज्ञान भएको देश हो यो ।
अन्य जातिहरुको पहिचान
यसरी सबै ठाँउ बाहुन–क्षेत्रीको जातीय पहिचानले ओगटीसकेपछि अन्य जातिहरुको पहिचानको लागि ठाँउ कहाँ ? हो, अब उनिहरुको लागि त्यो खाली ठाउ भनेको बन्ने प्रान्तीय राज्यहरुको नामाकरणमा मात्रै हो । तसर्थ प्रान्तहरुको नाम किरात, नेवा, ताम्मासालिङ, तमुवान, मगरात, थारुहट, कोचिला, अवधि, मिथिला, भोजपुरा र दलित प्रान्त हुनुपर्दछ । वाहुनक्षेत्रीको जातीय पहिचान स्थापित भैसकेको हुँदाहुदैपनि उनीहरुको लागि पनि कुनै प्रान्तको नाम खसानराज्य भनेर राख्न सकिन्छ ।
नेपालमा भएका सम्पूर्ण जातिहरुको पहिचानको आधारमा प्रान्त बनाउदा सम्भव हुन्छ र भन्ने कुरा पनि आउन सक्छ । एउटाले पाएपछि अरुले किन नपाउने भनेर भड्काउने काम पनि भैरहेको छ । तर यो माथिका जातीय पहिचानको आधारमा प्रान्तहरु नामाकरण गरेको जाति बाहेक अन्यले दाबी पनि गर्दैन । जातीय पहिचानबाट राज्यहरुको नामाकरणको लागि मापदण्ड भनेको जातिहरुको “ऐतिहासिकता” र उनिहरुको “उल्लेख्य जातीय जनसंख्या” हो । माध्यमिक तहमा अध्यन गर्दैगरेको विद्यार्थीले स्नातक गरेको योग्यता र प्रमाणपत्र आवस्यक पर्ने साखा अधिकृतको लागि लोकसेवा लड्छु भनेर कहिले भन्दैन । नेपालमा भएका सवै जातिले आफ्नो जातीय पहिचान कायम गराउन प्रान्तीय राज्यहरु नै चाहिन्छ भन्दैन ।
तर त्यहाँको राजनीति र प्रशासनमा त्यहाँ बसोबास गर्ने सबै जातिहरुको बराबर हक हुन्छ । सबैको प्रतिनिधित्व कायम गरिएको हुन्छ । जहाँसम्म उनीहरुको पनि पहिचानको कुरा छ, त्यसको लागि अन्य स–साना जाहिहरुको पहिचानलाई पनि कायम गराउन विभिन्न ऐतिहासिक ठाँउ र भूगोलहरुको नाम उनीहरुको जातिको आधारमा नामाकरण गर्न सकिन्छ । ठूलो कुरो, हरेक तहमा राजनीतिक भूमिका सुनिश्चित हुने व्यवस्था उनीहरुको लागि अवस्य हुनुपर्दछ ।
बहुजातीय राज्य
कुनै प्रान्तीय राज्यको नाम कुनै एकजातिको नाममा राख्दा एउटा जातिको मात्र जस्तो देखिएपनि सारमा त्यो होईन । वास्तवमा त्यो प्रान्तीय राज्यको नामाकरण एकल जातीय आधारमा गरियो भनेमात्र नेपाल साच्चिकै बहुजातीय पहिचानको राज्य हुन्छ । बाहुन–क्षेत्रीको पहिचान अगाडि नै कायम छ । त्यसकारण ति प्रान्तहरुको नामाकरण बाँकी जातिहरुको एकल जातीय पहिचानकै आधारमा हुनुपर्दछ ।
साच्चिनै भन्ने हो भने अहिलेसम्मको नेपाल बाहुन–क्षेत्रीको एकल जातीय राज्य जस्तो देखिएको छ । भूगोल, सामाजिक जीवनपद्धति, सस्कृति र नेपाली मनोविज्ञानदेखि राज्यसत्तासम्म बाहुन–क्षेत्रीको एकल जातीय पहिचान सहित उनीहरुको राज्यसत्तामा पनि बर्चस्व छ । बाहुनक्षेत्रीको एकल जातीय पहिचान भएको नेपालमा संघीयता अन्तरगतका प्रान्तीय(स्वयत्त) राज्यहरु अहिले भनिएको “एकल जातीय पहिचान” को आधारमा नामकरण भयो भने मात्र “बहुजातीय पहिचान सहितको नेपाल राज्य” कायम हुन्छ । नेपाललाई “हिन्दु राज्य” भन्नु र गाईलाई राष्ट्रिय जनावर मान्नु के बाहुन–क्षेत्रीको एकल जातीयराज्य होईन त नेपाल ?
जस्तो, एउटैमात्र जातिको आधारमा हुनुहुदैन भनेर “वागमती नेवा” र “गण्डक मगरात” प्रदेश नाम गरेको प्रान्त हुनपर्छ भनियो । त्यो भन्नु कि बचनपना राजनीति हो, या नियोजित षड्यन्त्र हो । त्यो बागमती र गण्डक शब्द किन झुण्ड्याउनु प¥यो ? के बाहुन–क्षेत्रीको पहिचान नभएर त्यसो गरिनुपर्ने हो ? आफ्नो भाग ओगटेर पनि अरुको भागपनि ओगटन खोज्नु शर्मनाक कुरा हो । यो त झन साम्प्रदायिकताको आधुनिक पराकाष्ठा हो ।
संघीयता यो मुुलुकले थेग्न सक्दैन र यो मुलुकको लागि भार हो भन्ने गरिन्छ । तर यथार्थतामा यो होईन । भैसीलाई सिंगको भार हुन्छ र ? संघीयता नेपालको लागि समस्या होईन । नेपालको समाजको प्रकृति नै संघीयतमा जानुपर्ने अवस्थाको छ । यसले त एकात्मक केन्द्रीकृत शासन व्यवस्थाको प्रशासनिक भार र बोझलाई हल्का बनाई दिन्छ ।
अतः कुनै प्रान्तको नाम किरात राज्य भयो भन्दैमा त्यो किरातीहरुको मात्र राज्य हुनैसक्दैन । त्यो प्रान्तीय राज्यको नाम मात्र किरात राज्य हो । त्यहाँको मूख्यमन्त्री किराती नै हुनुपर्छ भन्ने छैन । त्यहाँको राजनीतिक गतिविधिमा लाग्ने कुरा सबैको प्रजातन्त्र र मानवअधिकारको कुरा हो । किनकी राज्य–राष्ट्र हाम्रो सिद्धान्त हो । हाम्रो देश नेपाल हो । हामी सबैलाई नेपाली बनाउने धेरै सूत्रहरु मध्ये एक पहिचान सहितको संघीयता हो । तर निश्चित के हो भने त्यो भनेको एकल जातीय राज्य होईन ।
Friday, September 13, 2013
Wednesday, September 11, 2013
तमू जाति र ल्होछारको ऐतिहासिकता
आनन्द गुरुङ
नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।
चाड पर्व
तमू जातिको आफ्नै रीतिरिवाज, चाडपर्व र परम्परा अझैसम्म जीवित छन् । तमूको पुख्र्यौली धर्म, बोन धर्म अनुसार तमूहरूको चाडपर्वहरूमा ल्होछार (पुस १५), माँङी त्हेँ (माघे संक्रान्ति), खे कु त्हेँ (फागू पूर्णिमा), चैत र साउनको तीन मंगलबार (ट्हो त्हेँ) गाउ“ बार्ने, खेकु माँङी थेब त्हेँ (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (साउन संक्रान्ति), ख्योदो म्हाँमै त्हेँ (भदौ पूर्णिमा) आदि हुन् । तर मूल चाड भने ल्होछार हो ।
ल्होछार (नयाँ वर्ष)
ल्होछार तमू जातिको सामाजिक पर्व हो । ल्होछार शब्दको व्युत्पत्ति द्ुई शब्दहरू ल्हो (वर्ग) र छार (नयाँ)बाट भएको हो । ल्हो परम्परा कहिलेदेखि सुरु भयो, यकीन साथ भन्न सकिने स्थिति छैन । तर के दावी गर्न सकिन्छ भने नयाँ बर्ष मनाउने परम्परामा यो संसारको सबैभन्दा पुरानो प्रचलन हो । ईसापूर्व २६३७ मा चीनको सम्राट हुवाङ चीको पालामा चिनिया चन्द्रपात्रो सुरु भयो र उनको शासनको ६१औं बर्षमा प्रथम ६० बर्ष चक्र सुरु भयो ।
आजभन्दा ४७०६ वर्ष पहिले नै यो परम्परामा पात्रो निर्माण्ँ भएसँगै ल्होछार मनाउने चलन सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालका गुरुङलगायतका जनजातिले कहिलेदेखि ल्होछार मनाउन सुरु गरे, त्यो पनि भन्न सकिन्न । ल्हो पद्दतिको उत्पत्ति मंगोलियाको उर्गिस्तानमा भएको र त्यसको विकास भने चीनमा भएको तथ्य पाइन्छ । अन्य जातिको ल्हो इतिहास र घटनासँग सम्बन्धित देखिन्छ तर तमू जातिको ल्हो भने अङ्ग्रेजी नयाँ वर्ष र बेदाङ ज्योतिषमा आधारित वैदिक संवतसित अत्यन्त निकट भएको भनाई सह–प्राध्यापक डाक्टर जगमान गुरुङको छ । तमू ल्होछार चाड प्राकृतिक विधिविधान र सौर्य मण्डलको गतिसँग सम्बन्धित छ । यस विधिमा दिन, महिना, ऋतु र वर्षको गणना गर्ने भएकाले ईस्वी संवत्सँग पनि मिल्दोजुल्दो छ ।
तमू ज्योतिषशास्त्र अनुसार १२ वटा पशुपन्छीको नाममा बाह्र वर्षको एउटा ल्होकोर (वर्गचक्र) हुन्छ । यही ल्होकोर अनुसार प्रत्येक वर्ष पुस १५ गतेका दिन नयाँ वर्ग (ल्हो) फेरिन्छ । वर्गचक्र फेरिने दिनलाई ल्होछार, नयाँ वर्ग अर्थात् नयाँ वर्ष भन्दछ ।
ल्होकोर (वर्गचक्र)मा समावेश भएका पशुपन्छीहरू क्रमैसँग–
चि ल्हो (मुसा वर्ग), ल्वाें ल्हो (गाई वर्ग), तो ल्हो (बाघ वर्ग) हि ल्हो (बिरालो पर्ग), सप्री ल्हो (नाग पर्ग), मुप्री ल्हो (गरुड वर्ग), त ल्हो (घोडा वर्ग), ल्हु ल्हो (भेंडा वर्ग), प्र ल्हो (बा“दर वर्ग), च्या ल्हो (चरा वर्ग), खि ल्हो (कुकर वर्ग), फो ल्हो (मृग वर्ग) हुन् ।
यसरी ल्हो फल अनुसारको वर्ग चक्रमा १२ वटा जनावरहरूको नामबाट ल्हो चक्रको गन्ति गरिन्छ । एउटा चक्र सकिएपछि त्यसलाई एउटा ल्होकोर मानिन्छ । अर्थात् एउटा ल्होकोरमा १२ वर्षको समय समाप्त भएर १३ वर्षमा उक्लिन्छ । यसरी वर्ष गणना गर्दा प्रत्येक वर्षको पुस १५ को दिनमा पुरानो वर्ग जाने र नयाँ वर्गको प्रवेश ह्ुन्छ । यसै दिनलाई गुरुङहरूले नयाँ वर्षको रूपमा ‘ल्होछार’ मनाउने गर्छन्् । यस पर्वमा आफ्नो परम्पराअनुसार पच्यू, क्लेप्री र लामागुरुहरूलाई बोलाई पूजापाठ गरी ग्रह शान्ति गर्ने, मीठोमसिनो खाने, राम्रो लाउने र रमाइलो, सांस्कृतिक कार्यक्रम गरी धुमधामसँग मनाउने प्रचलन छ । यो ल्होछार मनाउने विधिविधानमा गाउँ, ठाउँ र समाज अनुसार केही भिन्नता देखिए पनि म्ूल विषय वस्तुमा भिन्नता छैन ।
पूर्वीय मान्यताअनुसार रातको १२ बजेबाट नयाँ दिनको सुरुवात हुने र सूर्य उदयसँगै दिन सुरु हुन्छ भन्ने मान्यता छ । त्यसैले ल्होछार पनि पुस १४ गते राति १२ बजेबाट सुरु हुन्छ । ल्होछारको अवसरमा रातको १२ बजे धार्मिक गुरुहरू (पच्यूले छ्योबा त्हे“ र क्लेप्रीले पूजापाठ गरी)ले पुरुषलाई नौसरो, नौ गाँठो (ख्येकु) र महिलाहरूलाई सात सरो र सात गाँठो (माङी) नाममा बेसार र खरानीमा रंगाएको धागो गलामा लगाई सुख शान्ति र समृद्धिको कामना गर्दै आशिमला“ (शुभकामना) भन्दै शुभकामना आदानप्रदान गर्दछ । त्यसैगरी ल्होछारका दिन घ्यू दीप बाले कुलपितृलाई चोखो पानी, अक्षेता, चोखो खाद्यान्नको परिकार, रक्सी र फलफूल राखी सिमेभूमेको पूजा गर्ने गरिन्छ । पूजापाठ गरी सकेपछि राम्रो लुगा लगाई मीठो खानेकुरा बनाई आफू आफन्तहरूसँग सहभोज गर्दछ । तमूहरू ल्हो कै आधारमा शुभ–अशुभ साइत हेर्ने, लगन जुराउने आर्थिक कारोबार गर्ने, जग्गा जमिन खरिद गर्ने र घरको जग राख्ने काम समेत गर्ने गर्ने गर्छन् ।

तमूहरूले ल्होछार कहिलेदेखि, किन र कसरी मनाउन थाले भन्ने कुनै ऐतिहासिक र ठोस प्रमाणहरू छैन र कसैले भन्न सक्ने अवस्था पनि छैन । तर नेपालमा पञ्चायती शासन व्यवस्था र त्यसअघि तमूहरूले ल्होछार आ–आफ्नै समूह र गाउँघरमा मनाउथे । काठमाडौंमा २०३३ सालमा गठन भएको तमू धींको आयोजनामा २०३६ सालमा लैनचौरस्थित शान्ति विद्या गृहमा पहिलो सामूहिक ल्होछार आयोजना भएको व्यवसायी एवम् समाजसेवी रामकाजी कोनेको भनाइ छ ।
२०४६ साल भदौमा तमू बौद्ध सेवा समितिको गठन भएपछि ल्होछारले विस्तारै महत्व र स्थान पाउन थाल्यो । समितिकै अग्रसरतामा फेरि राजधानीमा सामूहिक ल्होछार मनाउन थालियो । २०५४ सालमा राजधानी गुरुङ सेवा समिति, रूम्जाटार गुरुङ सेवा समितिलगायतका संघ–संस्थाको आयोजनामा अझ बृहत र सामूहिक ल्होछार मनाइयो ।
तत्कालीन तमू समन्वय परिषद्को संयोजकत्वमा २०५८ सालमा ललितपुरको पुल्चोकस्थित भूपू सैनिक संघको भवनमा अझ बृहत सामूहिक ल्होछार मनाइएको थियो । जुन ल्होछार अहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरहुँदै अहिले टँुडिखेलसम्म पुगेको छ भने २०५८ सालबाट गुरुङ जातिलाई मात्र बिदा दिईदै आएकोमा गणतन्त्रपछि ल्होछारको दिन सार्वजनिक बिदा दिन थालिएको छ ।
क्रम
शः
Subscribe to:
Posts (Atom)